ABU OJHA, TRADE LINK, Dhangadhi Kailali लाइसेन्स लिएका ६० प्रतिशत नर्स पलायन हुँदा स्वास्थ्य संस्थामा नर्स अभाव चर्कँदै - Sajha Mobile
SAJHA MOBILE
ABU OJHA, TRADE LINK, Dhangadhi Kailali लाइसेन्स लिएका ६० प्रतिशत नर्स पलायन हुँदा स्वास्थ्य संस्थामा नर्स अभाव चर्कँदै
Posts 1 · Viewed 1711 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
सुदन र मिराजलाई रक्षा बमको चेतावनी: मेरो चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोला
एकजना जेन जी मित्र, जो Sep 8 को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई “कामचोर” घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन्।
अर्का एक जेन जीका दाइ छन् , उनले पनि केही दिन अगाडि कान्तिपुर टिभीको फायरसाईडमा संसद पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै ‘हामी तिमीहरूलाई आउन दिन्छौं र? हामीले हातमा चुरा लगाएका छैनौं’ पनि भन्दै थिए।
जेन जी मित्र र जेन जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईहरू दुबैले जुन संसद पुनस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ। अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।यतिखेर सबैभन्दा प्रमुख कुरा, हामीलाई “Political Process” को आवश्यकता छ। हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनैतिक/रणनैतिक गोटी बन्नुहुदैन।हामी थप सचेत हुन जरूरी छ।देशमा शान्ति जरूरी छ।
अनि जेन जीका दाई , मेरा यी चुरा लगाएका दुबै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाईरहेकै छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस र याद गर्नुस, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 34
· Posts 1 · Viewed 113
· Posts 2 · Viewed 538
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 226
· Posts 1 · Viewed 196
· Posts 1 · Viewed 296
· Posts 1 · Viewed 285
· Posts 1 · Viewed 259
· Posts 1 · Viewed 248



Travel Partners
Travel House Nepal