देउराली जनता फर्मास्युटिकल्सले एक वर्षमै साढे २ अर्ब नजिकको व्यापार गरेको छ DGLP Nepal - Sajha Mobile
SAJHA MOBILE
देउराली जनता फर्मास्युटिकल्सले एक वर्षमै साढे २ अर्ब नजिकको व्यापार गरेको छ DGLP Nepal
Posts 1 · Viewed 1622 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
देउराली जनता फर्मास्युटिकल्सले एक वर्षमै साढे २ अर्ब नजिकको व्यापार गरेको छ। निजी क्षेत्रको अग्रणी औषधी उत्पादक संस्था देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो।
एक वर्षको अवधिमा उद्योगले आफ्नो व्यापारमा झन्डै १६ प्रतिशतले वृद्धि गर्दै गरेको छ। सन् २०२४ मा देउराली जनताले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीको विगत पाँच वर्षको वित्तीय अवस्था हेर्दा व्यापार निरन्तर उकालो लागेको देखिन्छ। सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले २०२२ मा १ अर्ब ७० करोड ५० लाख र २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन १९ प्रतिशत रहेको छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 127
· Posts 1 · Viewed 145
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 257
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 241
· Posts 1 · Viewed 229
· Posts 1 · Viewed 303
· Posts 1 · Viewed 403
· Posts 1 · Viewed 283



Travel Partners
Travel House Nepal