IS AMERICA GOING TOWARDS GREENLAND PURCHASE? - Sajha Mobile
SAJHA MOBILE
IS AMERICA GOING TOWARDS GREENLAND PURCHASE?
Posts 1 · Viewed 2207 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
अमेरिकी राष्ट्रपति Donald Trump ले ग्रीनल्यान्डबारे कडा अभिव्यक्ति दिँदै अमेरिका “ग्रीनल्यान्डले चाहे या नचाहे” त्यहाँ कुनै न कुनै कदम चाल्ने बताएका छन्। शुक्रबार ह्वाइट हाउसमा तेल उद्योगका कार्यकारीहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले यदि अमेरिकाले सक्रियता नदेखाए Russia वा China ले ग्रीनल्यान्डमा नियन्त्रण जमाउन सक्ने दाबी गरे।
ट्रम्पले भने, “यदि हामीले केही गरेनौँ भने रूस वा चीनले ग्रीनल्यान्ड नियन्त्रणमा लिन्छन्, र हामी रूस वा चीनलाई छिमेकीका रूपमा चाहँदैनौँ।” उनले ग्रीनल्यान्डलाई अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भन्दै यसअघि जस्तै उक्त स्वायत्त टापु किन्ने वा आवश्यक परे सैन्य विकल्पसमेत खुला रहेको संकेत दिएका छन्। यस अभिव्यक्तिपछि ग्रीनल्यान्ड, Denmark र युरोपेली साझेदार राष्ट्रहरूबाट कडा प्रतिक्रिया आएको छ।
ग्रीनल्यान्डका अमेरिकास्थित प्रतिनिधि Jacob Isbosethsen ले ग्रीनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारेका छन्। उनले भने, “ग्रीनल्यान्ड बिक्रीमा छैन। हाम्रो प्रधानमन्त्री Jens-Frederik Nielsen र परराष्ट्र मन्त्री Vivian Motzfeldt ले यो कुरा स्पष्ट रूपमा भनिसक्नुभएको छ। ग्रीनल्यान्ड ग्रीनल्यान्डवासी जनताकै हो।”
ग्रीनल्यान्डलाई कति रकम दिएर सहमत गराउन सकिन्छ भन्ने प्रश्नमा ट्रम्पले अहिले त्यसबारे छलफल नगरेको बताएका छन्। “म सजिलो तरिकाले सम्झौता गर्न चाहन्छु, तर सजिलो बाटो सम्भव नभए कडा बाटो अपनाइन्छ,” उनले चेतावनीपूर्ण शैलीमा भने।
अमेरिकी कंग्रेसमा पनि ट्रम्पको अडानप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। सेनेट सशस्त्र सेवा समितिका शीर्ष रिपब्लिकन Roger Wicker ले डेनमार्क र ग्रीनल्यान्डले आफ्नो भू–स्वामित्वबारे कुनै पनि वार्ता गर्न इच्छुक नरहेको बताए। सेनेट वैदेशिक सम्बन्ध समितिकी शीर्ष डेमोक्र्याट Jeanne Shaheen ले ग्रीनल्यान्ड, अमेरिका र डेनमार्क लामो समयदेखि मित्र राष्ट्र भएकाले नियन्त्रण परिवर्तनबारे छलफल आवश्यक नरहेको धारणा राखिन्।
हाउस स्पिकर Mike Johnson ले भने सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार गर्दै कंग्रेसमा ग्रीनल्यान्ड कब्जाका लागि युद्धको विकल्प गम्भीर रूपमा नसोचिएको स्पष्ट पारे।
तर उपराष्ट्रपति JD Vance ले ट्रम्पका भनाइलाई गम्भीर रूपमा लिन युरोपेली नेताहरूलाई आग्रह गरेका छन्। उनका अनुसार ग्रीनल्यान्ड केवल अमेरिकाको मात्र नभई विश्वव्यापी मिसाइल रक्षा प्रणालीका लागि पनि अत्यन्त महत्वपूर्ण क्षेत्र हो र त्यहाँ शत्रुतापूर्ण शक्तिहरूको चासो बढ्दो छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री Marco Rubio ले आगामी हप्ता डेनमार्क र ग्रीनल्यान्डका समकक्षीसँग आपतकालीन वार्ता गर्ने तयारी भइरहेको छ। ग्रीनल्यान्डलाई लिएर ट्रम्पको आक्रामक अभिव्यक्तिले अमेरिका–युरोप सम्बन्धमा नयाँ कूटनीतिक तनाव सिर्जना गर्ने संकेत देखिएको छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 263
· Posts 1 · Viewed 197
· Posts 1 · Viewed 207
· Posts 1 · Viewed 267
· Posts 1 · Viewed 370
· Posts 1 · Viewed 268
· Posts 1 · Viewed 283
· Posts 1 · Viewed 454 · Likes 1
· Posts 1 · Viewed 496
· Posts 1 · Viewed 358



Travel Partners
Travel House Nepal