[Show all top banners]

fashioninstitute

More by fashioninstitute
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जहाँ घृणा, बदनामी, हत्यारा कसैको मुत्यूकुन्डली बाकेर हिडेको थिँए
[VIEWED 4962 TIMES]
SAVE! for ease of future access.
Posted on 06-01-16 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहाँको देहान्त पछिका मेरा दिनहरु यति कष्टकर भएर बितेकी सामान्य मान्छेले कल्पना सम्म पनि गर्न सक्दैनन् । सिक्का एक पाटो बाट अर्को पाटो तिर पल्टिए जस्तो भयो । जहाँ घृणा, बदनामी, हत्यारा कसैको मुत्यूकुन्डली बाकेर हिडेको थिँए । तै पनि आज सम्म सत्मार्ग कहिल्यै छोडेको छैन । पिताको हरेक बचन कहिले नागेको छैन । हरेक काम कारण विना गर्दिन । 
साथीहरु भन्थे सकारात्मक सोच्नु पर्छ, इमान्दार हुनुपर्छ । तर त्यो भन्नेहरुलाई नै थाहा छैन कि सकारात्मक कसरी सोच्नुपर्छ । इमान्दार कहाँ हुनु पर्छ । सकरात्मक सोच्नुपर्छ जिवनको उदेश्य र लक्ष्यलाई पुर्ण गर्न । इमान्दार हुनुपर्छ जिवनको उदेश्य साकार पार्न । इमान्दार हुनुको यो मतलव होइन कि कसैको अन्याय सहनु । कोही मेरो प्राण हरण गर्न खोज्दैछ भने के म त्यसलार्ई सकारात्मक सोचुँ अनि इमान्दार बनेर माफी माग्न जाउँ । त्यस्तो पनि गर्छन् कति दिमाग नभएका भ्रमित मान्छेहरु कुन जमानामा बाँचेका छन् । आँशु लुकाएर पनि किन हाँसेका छन् । 
आज हिजो विहानको घटनाले रातको १ बजेसम्म पनि निन्द्रा लागेन यो जाबो २ कौडीको केटीले मेरो ठेगाना कसरी पत्ता लगाएर गुहार माग्दै यहाँ आई । को हो यो । यसको यहाँ आउने कत्रो हिम्मत मेरो आगनको ढुङ्का ढुङ्काहरुमा मुत्यूको अक्षरहरु कोरीएका छन् । कोहि त आँगन टेक्न नपाई त्यहिँ ठहरै हुन्छन् । मेरो आँगनको ढुङ्का पनि बोल्छ । माटो पनि बोल्छ । कोही चिच्याउन खोज्छ भने फलामको पारो बनेर त्यहि पोल्छ । 
त्यहि नारी पात्र आँगनमा अझै सुक्क- सुक्क गर्दै रोइरहेकि थिइ ! मैले कसैलाई आग्रह गरे त्यसलाई कोठा नं. २० मा लगिदिनु । आराम गर्नु भनिदिए । मनमा शंका लागि रह्यो कतै यो केटि जासुत त गर्दे छैन । तुरुन्त मेरो प्राइेभेट इन्जिनियरलाई यस्को फोन चेक गर्न लगाए । कल लिस्ट सबै चेक गर्न लगाए । त्यस्तो केही रहेनछ ! निसन्देह जिवनमा पहिलो पटक मेरो घर प्रवेश गरी कुनै प्रेमिको नाताले होइन एक मानवताको नाताले...... जहाँ -जहाँ मानवता हरण भएको छ त्यहाँ कृष्ण, त्यहाँ जिसस् क्राइस्टको रुप लिन्छु । अचेल मेरो जिवनमा एउटै दर्शनमा चलेको छ त्यो हो "न्याय र स्वतन्त्रता "
कुनै बेला, ऊ न त क्विन एलिजाबेथ थिइ, न त क्विन भिक्टोरिया नै, तर मैले रानी जतिकै कै इज्जत दिएको थिए । मेरो लागि सन्सार नै तिमी थियौ । मैले माया पाउन माया गरेको थिइन । कुनै स्वार्थ थिएन । फिर्फ मेरो भनाइ के हो भने तिम्ले मलाई बुझ्न सकेनौ, म घायल भै, तिमी - तिमी भन्दै दिन रात बिताउथे । तिम्लाई लाग्ला त्यो पागलपन थियो । अह, बिल्कुल होइन्, त्यो कुनै पगलपन थिएन । माया प्रेम मात्र होइन तिम्रो लागि जिन्दगी नै उपहार दिन चाह्न्थे । नारी लाई इज्जत गर्नु नै आफ्नो सम्मान ठान्थे । तर परीस्थीति निकै फरक रै’छ, मैले एक कोहोरो जती जे माने पनि कसैले मन देखी स्विकारे को छैन भने त्यसको कुनै अर्थ हुदो रहेनछ । हृद्यको नसा - नसामा
तिम्रै माया बगेको सम्झन्थे तर बिडम्बना तिमी ले नै झुटो साबित गर्ने कोसिस गरी रहेयौ । बगरको ढुङा -ढुङा हरुमा, रुखको पात- पात हरु मा कोरिएका थिए हाम्रो नाम हरु तर तिम्ले त्यसलाई मेट्नु नै आफ्नो कर्तब्य ठान्यौ ।अहिले सम्झिदा अचम्म लाग्छ,कस्ले दियो तिम्लाई त्यो अधिकार ? मुटु भरी पलाएका पालुवा लाई निमोठेर बगर मा फ्याक्न खोज्ने ? शृङगार उपहार दिन खोज्दा सुबार मात्र रोज्ने । जस्ले मुटु देखी माया गर्‍यो उसै माथी बज्र प्रहार । थाहा थियो तर समय निकै ढिला भैसके को हुनेछ! । कुनै दिन तिम्रो जिबनमा अन्य कसै सँग प्रेम हुनेछ । आज सम्म मलाई लाई दिन कन्जुस गरेको त्यही २ अक्षर सिर्फ माया र खुशी नै त थियो नि ! तर सबै म जस्तो कहाँ हुन्छन र सबै कुरा बुझ्ने कुनै यस्तो दिन आउने छ तिम्रो जिबनमा, कसैले पहिलो भेटमा नै तिम्रो त्यो यौबन लुट्ने छ । तिम्रो जिबन नै लीलामि मा राखिदिने छ । अनि जब तिम्रो जिबन मा आधी हुरी आइ, मन सुनामी को छा;ल हरुले बगाउने छ त्यो बेला मलाई सम्झने छौ, मेरो नि:स्वार्थ प्रेम - जहाँ तिम्रा हरेक इच्छा र चाहना हरु को पुजा गरिन्थ्यो ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters