[Show all top banners]

Lothar
Replies to this thread:

More by Lothar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन
[VIEWED 8301 TIMES]
SAVE! for ease of future access.
Posted on 04-22-19 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।

श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।

१. धन

सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ ।

धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।

२. निरोगी शरीर

जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।

३. सुन्दर पत्नी

महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।

४. मीठो बोल्ने पत्नी

सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।

पूजा गर्नु अघि यि नियम पालना गरे शुभ फल प्राप्त हुन्छ

यदि तपाई हरेक दिन घर या मन्दिरमा पूजा या प्रार्थना गर्नुहुन्छ भने तपाईले केही नियम पनि पालना गर्नुपर्ने हुन्छ । नियम भए धर्म हुन्छ र धर्म भए जीवन हुन्छ । अतः नियमानुसार नै कुनै पनि कार्य गरेमा उचित हुन्छ । त्यसोभए पूजाभन्दा पहिला हामीले गर्नुपर्ने कार्य के हो जो जरुरी हुन्छ ? पूजा भन्दा पहिले गर्नुपर्ने कार्यबारे उल्लेख गरिएको छ ।

सौच

सौच अर्थात सुचिता, शुद्धता, शुद्धि, विशुद्धता, पवित्रता तथा निर्मलता । सौचको अर्थ शरीर र मनलाई बाहरी तथा आन्तरिक रुपमा पवित्र पार्नु हो । सौचको अर्थ राम्ररी मल–मूत्र त्याग गर्नु पनि हो ।

सौच दुई प्रकारको हुन्छ, बाह्य र आभ्यन्तर । बाह्यको अर्थ बाहिरी शुद्धि हो भने आभ्यन्तरको अर्थ आन्तरिक अर्थात् मन वचन र कर्मको शुद्धि हो । जब व्यक्ति शरीर, मन, वचन र कर्मले शुद्ध रहन्छ तबमात्रै उसलाई स्वास्थ्य तथा सकारात्मक ऊर्जा र ईश्वरको आशीर्वाद मिल्छ ।

स्नान

शारीरिक शुद्धता पनि दुई प्रकारको हुन्छ, पहिलोमा शरीरलाई बाहिरबाट सुद्ध गरिन्छ । यसमा माटो, उबटन, त्रिफला, नीम आदि लगायर निर्मल जलले स्नान गर्दा त्वचा एवम् शारीरिक अंग शुद्ध हुन्छन् ।

दोस्रो, शरीरका आन्तरिक अंगलाई शुद्ध गर्नका लागि योगमा कैयौं उपाय उल्लेख गरिएको छन् । जस्तै शंख प्रक्षालन, नेती, नौलि, धौती, कुंजल, गजकरणी, गणेश क्रिया, अंग संचालन आदि ।

उपरोक्त करिकाबाट स्नान गर्न सकिने अवस्था छैन भने सामान्य तरिकाले स्नान गर्ने बेला तपाईले आफ्ना सबै १० छिद्रलाई राम्रोसँग सफा गर्नु पर्नेहुन्छ । १० छिद्रमा आँखा र कानका २ दुई छिद्र, कानका २ छिद्र, मुख, नाभि (नाइटो) र गुप्ताङ्ग लिाएर कूल १० छिद्र हुन्छन् ।

धोती

तपाईले सन्ध्यावन्दन, पूजा या आरती गर्ने बेला शरीरमा एउटै कपडा लगानुहोस् । त्यो हो सिलाइ नगरिएको शुद्ध सेतो कपडा । किनकी प्राचिन कालदेखि चलेको नियम यही हो । हिन्दु धर्ममा कुनै पनि प्रकारको पूजा–अर्चनाको बेला श्रद्धालुलाई धोती लगाउन अनिवार्य गरिएको छ। प्राचीनकालमा धोती नलगाएर गरिने पूजा–अर्चनालाई पुर्ण मानिदैनथियो ।

धोती प्राय सूती कपडाबाट बनेको हुन्छ । जो हावादार र सुविधाजनक पनि हुन्छ । धोतीका कारण शरीरका रोमछिद्रमार्फत हामीलाई शुद्ध प्रायवायु मिल्छ । यसलाई पहिरिए पछि सात्विक र निर्मल भाव उत्पन्न हुन्छ ।

शुद्धि र आचमन

मन्दिरमा प्रवेश गर्नु अगाडि पुनः एकपटक शुद्धि गरिन्छ । शौचादिबाट निवृत्ति भएपछि पूजा, प्रार्थना गर्नुपूर्व आचमन गरिन्छ। मन्दिरमा गएर पनि सबैभन्दा पहिले आचमन गरिन्छ । सन्ध्यावन्दन के बेला आचमन, प्राणायामादि गरेर गायत्री मन्त्रले निराकार ईश्वरको प्रार्थना गरिन्छ । त्यसैले पूजा गर्नु पहिले शुद्धि र आचमन गर्नु जरुरी हुन्छ ।

हिन्दु धर्मशास्त्र अनुसार भाेजन लिनु अगि नुहाएर मात्रै लिनु पर्छ, यस्ताे छ कारण

हिन्दू धर्मशास्त्रमा स्नान नगरिकन भोजन गर्न नहुने लेखिएकाे छ । शास्त्रमा लेखिएको कुरा,“अस्नायी समलं भुंक्ते अर्थात् ननुहाई भोजन गर्ने मानिसले मल खाए बराबर हुन्छ ।´´आजकल पश्चिंमेलि अनुकरण गरेर मानिसहरू यी कुरालाई ध्यान दिन छाेडिरहेका छन् तर यसका पछाडि वैज्ञानिक कारण पनि विद्यमान रहेका छन् ।

नुहाउँदा शरीरको मल(फाेहाेर) सफा हुन्छ र मञ्जन गर्दा दाँतको फोहर पनि निस्कन्छ अनि नुहाएपनि शरीर ताजा हुन्छ र फुर्तिलो हुन्छ , भोक जाग्छ र खाना मजाले पच्छ ।

नुहाएपछि हाम्रो शरीरमा पाचनरस उत्तेजित हुने गर्छ जसले भोजन(खाना) पचाउन मद्दत गर्छ जबकि नुहाउनु पहिले खाना खाँदा शरीरले भोजन पचाउन अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ । नुहाउनुअघि झोल पदार्थ मात्र लिएको राम्रो किनकि तरल पदार्थ सजिलै पच्छन् तर ठोस भोजन चाहिँ नुहाएपछि नै लिनु उत्तम हुन्छ ।

जानी राख्नुहोस यसरी सुत्दा रिसाउँछिन धनकी देबी लक्ष्मी, गरिब बनाउने यी बानी

हरेक व्यक्ति धन कमाउन चाहन्छ र त्यसका लागि दिनरात मेहनत गरिरहेको हुन्छ । तर, धेरै मानिस सफल हुन सक्दैनन् । उनीहरुको गुनासो हुन्छ, यतिधेरै मेहनत गर्दा पनि मनले चाहेको सफलता हासिल गर्न सकिएन ।

यसको कारण तपाईंका केही बानी पनि हुनसक्छन् । सुन्दा सामान्य लाग्ने बानी पनि धनकी देवी लक्ष्मीको लागि अनुचित लाग्न सक्छन् र तपाईंले गरिबी झेल्नुपर्छ ।

यहाँ हिन्दू धर्मपरम्पराका अनुसार यस्ता पाँच खराब बानीको बारेमा छलफल गरिँदैछ जसलाई त्याग्न सक्दा गरिबीले तपाईंलाई त्याग्नेछ र तपाईंले पसिनाको सही फल पाउन सक्नुहुन्छ ।

१. सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ । यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन ।

२. कयौंपटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् ।

३. बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।

४. जो व्यक्ति साधु–सन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् ।

५. शास्त्रका अनुसार बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो । जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Related image

https://www.mygyanbigyan.com/archives/26818?fbclid=IwAR3HhKrjfKzV1d0vRKy37_X3ls-Fyafj5IoIM5EPcxTsKrdtfaGlBwFH2ls


 
Posted on 04-23-19 1:03 PM     [Snapshot: 551]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइले पालना गर्नु भएको छ कि खालि अरुको लागि टासी दिनु भएको हो | पालना गर्नु भएको भए के के प्राप्ति भए सो को अनुभब टासी दिनु भए साझा बासि र साझा कुरुवा लाइ पालना गर्ने / नगर्ने बारेमा थप सहयोग पुग्थ्यो |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters