Acharya Dilip
Replies to this thread:

More by Acharya Dilip
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नारन दाईको होटेल
[VIEWED 12093 TIMES]
SAVE! for ease of future access.
Posted on 05-11-08 5:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसको वास्तबिक नाम त शायद नारायण प्रसाद बुर्लाकोटी हो क्यार, तर सबैजना उसलाई 'नारन दाई' भन्थे । कुनै जिल्ला सदरमुकामको सडक छेउमा उनि यौटा सानो खाजा र खाना खुवाउने होटेल चलाउँथे।

 

भन्नलाई 'होटेल' भने पनि त्यो वास्तबमा केवल यौटा टहरा मात्रै थियो । चारैतिर जस्ता पाता उठाएर घेरीएको र छत पनि जस्ता ले नै छाएको त्यो टहरा मा एक्कै चोटि १० जना सम्मले खाना खान मिल्ने गरी पुरानो खाट र बेन्चहरु लहरै राखिएका थिए । त्यसो त नारन दाई उनकि श्रीमती र ३ जना केटा-केटीको सुत्ने, खाने, बस्ने कोठा, वा समष्टिमा उनको 'घर' पनि त्यहि नै थियो ।

 

केहि समयको लागि कार्यालय बाट खटाईएकोले मेरो पनि बिहानको नास्ता देखी बेलुकोको खाना सम्म सबै खाने ठाँउ त्यहि नारनदाईको होटेल नै थियो । टहरा नै भए पनि जागरिला बुढा बुढिले सरसफाईमा राम्रै ध्यान दिएकाले प्राय: वरिपरिका कार्यालयका एक्ला कर्मचारिहरु त्यहि नै खाना खान जान्थें ।

 

हसिलो स्वभाव र मिजासीला नारनदाईको होटेलको अर्को विशेषता के थियो भने जिल्ला भरिका कार्यालयका खुफीया खबर र "ब्रेकिङ न्यूज" आधिकारिक रुपमा आउनु अगाडि त्यहि बाट खुल्ने गर्थ्यो ।

 

बिहान ६ बजेको चिया देखि दिनको खाना, खाजा गर्दै कहिले काहि हाकिम साबहरुको मुड चलेको दिनमा रातको बिजुली पानि समेत त्यहि चल्थ्यो । वरिपरि त्यत्ती सफा खाने ठाँउ नभएको र मानिस पनि फरासिला भएकाले नजिकका सबै सरकारी वा निजि कार्यालका सबैको बिहान देखि बेलुकि सम्म भेला हुने अखाडा त्यहि भएकोले त्यहिबाटै सबै कार्यालयको कार्यनीति देखी लिएर कर्मचारीहरुको सरुवा-बढुवा मात्रै हैन कुन अफीसमा कुन मान्छे जि एम बनेर आउँदै छ र कुन हाकिम कुन दिन फर्कदैँछन समेत त्यहिबाट सबैलाई थाहा हुन्थ्यो ।

 

एक दिन बिहान चीया खाँदै गर्दा नारन दाई मेरो नजिकै आए "…..सरहरुको हाकिम पनि सरुवा हुदैंछन रे होईन ?" उनले प्रश्न सोधको झै गरि मलाई यौटा नयाँ खबर दिए। "खै नारन दाई मलाई त थाहा छैन…." मैले अनभिज्ञता प्रकट गरें । नभन्दै त्यहि दिन दिउसो हाकिमको काठमाण्डौ सरुवा भएको समाचार आधिकारिक रुपमा कार्यालयमा फैलीयो । मेले सोचें नारनदाई पक्कै पनि हाउडे कुरा गर्दैनन् र हामिलाई भन्दा पहिला यिनलाई यस्ता गोप्य कुरा थाहा हुन्छन ।

 

त्यसो त कहिले काँहि जाँडको सुरमा केहि कर्मचरिहरु उनलाई " नारनदाई खोई हाम्रो पनि सरुवा गराई देउन" , " मेरो पनि बढुवाको सिफारिष गरिदेउन" भनेर जिस्क्याउने गर्थे तर नारनदाई ति सबैलाई हासेरै उडाईदिन्थे ।

 

एक दिन म अबेर गरि रातको खाना खान पुग्दा, खाने ठाँउमा अरु कोहि थिएनन्, अनि खाना पनि सक्की सकेकोले नेपालिहरुको राष्ट्रीय त्वरित भोजन याने चाउचाउ बनाउदैँ नारनदाई मसंग कुरा गर्न थाले "…..अनि सर!, 'त्यो' भवनको ठेक्का पनि क्यान्सील हुने भो रे नी हैन?" हाम्रै अफिस परिसरमा बन्न लागेको नया भवनको शिलान्यास समेत भैसकेको अबस्थामा ठेक्का के क्यान्सील होला र भन्दै मैले भने " हुन्न होला नारनदाई यो ठेक्का किन क्यान्सील हुन्छ र? …..कि कतै खुफीया खबर पाउनु भयो…..?" । "…..अनि के सरलाई पनि यो ठाँउ मन परेन रे?" उसले प्रसंग फेरेर अर्कै कुरा सुरु गर्‍यो "….. हैन मलाई यो ठाँउ मन परेन भनेर कसले भन्यो र? "खै काठमाण्डौ सरुवा हुन खोज्दै हुनुहुन्छ भनेर काग ले भन्थ्यो नि सर….." । "ठाँउ मन नपरेको हैन, तर घरमै बसेर काम गर्न पाए अलि सजिलो हुन्थ्यो नी….." मैले सरुवा हुन खोजेको कुराको भने सत्यता प्रकट गर्दै आफ्नो तर्क तेर्स्याएँ "…..ल त नारन दाई तपाईको 'काग' ले अरु पनि के के खवर दिन्छ मलाई बताउँदै गर्नु होला है" चाउचाउ सक्काएर म डेरातर्फ हिडें।

 

त्यसको भोलिपल्ट कार्यालयमा दुईवटा निर्णयको खबर आयो । यौटा नारनदाईले भने जस्तै भवन निर्माणको टेण्डर रद्द भएको थियो भने मेरो काठमाण्डौ सरुवाको पनि पत्र मैले पाँए । मलाई पत्र पाएको मितिले १५ दिन भित्र काठमाण्डौ कार्यालयमा हाजिर हुन निर्देश दिईएको थियो । म सरुवा पुर्जी लिएर सिधै नारनदाई कहाँ पुगेँ । नारनदाईले शायद म भन्दा पहिल्यै सो कुरा थाहा पाईसकेका थिए क्यार …..टाडैबाट मलाई "ल सर! घर जाने हुनुभयो हैन ….. तर माया नमार्नु होला" भन्दै तात्तातो चिया ले सत्कार गरे।

 

१५ दिनको म्याद भए पनि घर मै सरुवा भएकोले म सातौ दिनमा नै आफ्नो कार्यभार सुम्पेर काठमाण्डौ फर्कने तयारिमा जुटेँ ।

 

पत्र पाएको सातौं दिनमा म सबैसंग बिदाबारी भै काठमाण्डौ फर्कने उपक्रममा लागें, अफिसका हाकिम देखि सहकर्मी अनि चिनजानका सबैसंग बिदा भएपछि म चिया पिउने बहाना गरि नारनदाईसंग पनि बिदा हुन म नारनदाईको होटेलतर्फ लागें ।

 

कार्यालयको कम्पाउण्ड बाट नजिकै बाटो छेउमा रहेको नारनदाईको होटेलनिर आज निक्कै भिड जम्मा भएको थियो, म अनायश जम्मा भएको भिडबाट सशंकित हुदैं छिटो छिटो पाईला चालेर उनको होटलतर्फ लाग्न थालें…..त्यहा धेरैको संख्यामा तमासे र दर्शकहरु जम्मा भएका थीए ….. अलि नजिक गएर हेरें नारनदाई नीन्याउरो मुख लाएर आफ्ना झिटि गुण्टा र हाँडी चिण्डा त्यो टहरा बाहिर सारेर उदाश बसिरहेका थिए, उनको नजिकै उनका ३ जना केटा-केटि र श्रीमती पनि रनभूल्ल र पिडित अनुहारमा माटोको गाग्रो, फुटेको दराज अनी भाँच्चिएको खाट टहरा बाहिर सार्दै थिए ।

 

भिडको गाँईगुँई बाट थाहा भयो उनको त्यो होटेल राजमार्गको किनारामा निर्माण कार्य गर्न नपाईने जग्गामा बनेको रहेछ, त्यसैले नगर बिकासले भत्काउन लागेको रहेछ । अझै नजिक पुग्दा टहरा नजिक यौटा डोजर बिस्तारै बिनाशको दाह्रा फैलाउदै टहरा तर्फ बढदै गएको देखीयो । नारनदाई र उनका परिबार आफ्नो घर र कमाईखाने थलोको बिनास हेर्न नसकी भक्कानो फूटालेर रुन कराउन थाले । मलाई अझ नजिक जाने शाहस भएन र नारनदाईसंग बिदा नमागी ठाडै खुट्टा फर्के। सबैजनाको खबर पहिल्यै थाहा पाउने नारनदाई आज आफ्नै खबर पाउन नसकि बेसहारा बनेका थिए र सधै तिनकै होटेलमा खाने, पिउने, तिनैलाई जिस्क्याउनेहरु मुक दर्शक बनि हेरिरहेका थिए । 


 
Posted on 05-11-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा सटिक छ, पढ्न थाले पछी सक्केको थाहा भएन, अरु पनि लेखौ है ।
 
Posted on 05-11-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलिप अर्याल जी, त्यो नारान दाई को काग ले उहा लाई  समाचार दिन बिर्सिएको जस्तो छ नि। कि काग पनि गाउ छोडेर गई सक्यो? धेरै राम्रो कथा। अरु पनि पढ्न पाउ न त।
देवता को सधैं आशिर्बाद्,
NepTex

 
Posted on 05-11-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 11-May-08 05:10 PM

 
Posted on 05-11-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harka Bahadur Ji !

Neptex Ji !

हौशला बढाईदिनु भएको मा धन्यबाद!

नेपालीमा ऊखान छ नी "ओरालो लागेको बाघलाई मृगले पनि हेप्छ" भन्ने ।

नारन दाई ओरालो लाग्ने बेलामा चाँहि 'काग' ले पनि त्यसै गरेछ जस्तो छ ।हुन त 'काग' ले पहिल्यै बताई दिएको भए पनि 'स्टे अर्डर' नै लेराएर सो कार्य रोक्न सक्ने औकात त थिएन बिचरा नारन दाईको के गर्नु ।

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters