Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हसायो रामचन्द्रेले
[VIEWED 9391 TIMES]
SAVE! for ease of future access.
Posted on 09-14-10 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मेरो सानैदेखिको एउटा सपना छ, 'गाउँबाट विस्थापित भइरहेको मनलाई गाउँमा नै आधुनिक
सेवा र सुविधा पुर्‍याएर बसौं-बसौं बनाउन म राजनीतिमा लागेको हुँ ।' 

नेपालका राजनीतिक दलहरूमध्ये वामपन्थीहरू आफूलाई मजदुरको पार्टी भन्छन् ।
राप्रपाहरूमध्ये कति दरबारपरस्त र कति उच्च घरानियाँ उदारवादी भनिन्छन् त कति
पार्टीहरू भूगोलविशेष र जातिविशेषमा सीमित छन् । नेपाली कांग्रेस आफूलाई कुनै वर्ग,
जाति वा सम्प्रदायमा आधारित नभएको सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने पार्टी
ठान्छ, यसको मूलआधार नेपालका किसान, मजदुर, ग्रामीण जनता हुन् । यो मूलतः किसानको
पार्टी हो, श्रम गर्ने मजदुरको पार्टी हो ।

नेपालमा कृषि पेसा सबैभन्दा अपहेलित छ, जबकि ठूलो जनसंख्या कृषिमा नै निर्भर छ ।
बढी मिहेनत र लगानी 
गरेर कम आम्दानी हुने पेसा भएकाले यो पेसा दुःखी पेसा बनेको छ, त्यसैले नेपाल दुःखी
छ । यसलाई उल्ट्याउनुपर्छ । कांग्रेसले यसै कुरालाई प्राथमिकता दिनेछ, दिनुपर्छ ।
नेपालको अर्थतन्त्र दह्रो र आत्मनिर्भर बनाउन कृषि र किसानको उन्नति पहिले
गर्नुपर्छ । कृषि पेसालाई सम्मान्ाित र आकर्षक बनाउनुपर्छ । गरिबी निवारण,
बेरोजगारीको अन्त्य र व्यापार घाटाको समाधान यसैबाट हुन्छ । बेलायत र पश्चिमा कतिपय
मुलुकमा राज्यबाट बढी सुविधा पाउने र राम्रो आम्दानी गर्ने वर्गमध्ये किसान

पर्छन् । नेपालका किसानले सहुलियत पाए भने र किसानहरू सुखी भए भने सारा देश सुखी
हुन्छ । व्यापारको विकास र औद्योगिक क्रान्तिको सुरुवात पनि यहींबाट सुरु हुन्छ ।
हामीले घरको जग नबसाई धुरी छाउन थालेका थियौं, अब जगबाट सुरु गर्नुपर्छ । कृषिको
व्यवसायीकरणबाट राष्ट्रको समृद्धिको जग हाल्नुपर्छ । कृषि उन्नतिका लागि उपयुक्त
औजार लगायत मध्यमखाले प्रविधिको विकास गरी सबै पूर्वाधार निर्माण गरिने हो भने
कृषिक्षेत्रमा कायापलट हुन्छ । अनि कृषि पेसा अहिलेको जस्तो धेरै मिहेनत गरेर थोरै
आम्दानी दिने पेसा रहन्न ।

मेरो सानैदेखिको एउटा सपना छ, 'गाउँबाट विस्थापित भइरहेको मनलाई गाउँमा नै
आधुनिक सेवा र सुविधा पुर्‍याएर बसौं-बसौं बनाउन म राजनीतिमा लागेको हुँ ।'  अब
राष्ट्रको माटो, पानी र प्रकृतिमा सन्निहित अपार सम्भावनालाई दोहन गरेर राम्रो
नेपाल बनाई विदेशिएका तमाम नेपाली जनशक्तिलाई स्वदेशमै फर्केर बसौं-बसांै बनाउने र
यहाँको उन्नतिमा सहयोगी बनाउनेे लक्ष्य छ । यसैबाट सम्पूर्ण नेपाली र नेपालको हित
सम्भव छ । नेपालको तरक्की हुन्छ । वास्तवमा कांग्रेस कहाँनेर कुन वर्गको साथमा छ
भन्दाखेरि मेरो निष्कर्ष छ- "कांग्रेस किसानको पार्टी हो, मजदुरको साथी हो ।"
कांग्रेसको विशिष्ट पहिचान यहींनेर छ । कांग्रेसलाई बचाउने र जनआधार भन्नु कृषक
वर्ग नै हो । ग्रामीण जनता नै हो । कांग्रेसले विर्ता उन्मूलन गर्‍यो, किसानकै लागि
भूमिसुधार र मोहियानी हकको अवधारणा अघि सार्‍यो, किसानकै लागि जमिनदारी उन्मूलन
गर्‍यो र जंगलको राष्ट्रियकरण गर्‍यो, सामन्तको चङ्गुलबाट खेतीहरू भिक्यो, किसानको
मुक्तिका लागि । कांग्रेस अब वैज्ञानिक भूमिसुधार र भूमि व्यवस्थापनद्वारा कृषिमा
क्रान्ति ल्याउन चाहन्छ- किसानको उन्नतिका लागि, नेपालको समग्र उन्नतिका लागि ।

नेपालमा लोकतन्त्र आएपछि नेपालका अन्य सबै वर्ग समुदायले एकपछि अर्को गर्दै
बन्द, हडताल, घेराउ, धर्ना, चक्काजाम, अनसन, नाराजुलुस र अनेक प्रकारका दबाब र
असहयोग आन्दोलन चलाएर राज्यलाई झुकाई आ-आफ्ना माग पूरा गराउँदै आएका छन् । त्यसबाट
समाजमा धेरै परिवर्तन आएको छ । तत्तत् वर्गका जीवनमा तात्त्विक अन्तर पनि आएको
हामीले देखेका छौं । तर विचरा किसान जो असंगठित छ, सरल, सिधा र कमजोर वर्गका रूपमा
छ । उसले कुनै हडताल गरोस् भने उसकै भैंसीको थुनमा दूध टन्किन्छ, उसकै बारी बाँझो
रहन्छ, उसकै खेती सुकेर जान्छ । ऊ आफ्नै तुनेलोमा रातदिन बाँधिएको छ । "विषं सभा
दरिद्रस्य" उसले कुनै सभामा जान पनि फुर्सद पाउँदैन । ऊसँग लच्छेदार वाणी पनि छैन ।
दबाब दिएर आफ्ना माग पूरा गर्न नसक्नुका कारणले आजपर्यन्त कृषि र किसानका समस्या
ओझेलमा परेका छन् । नेपालको पानी बगिरहेको छ, माटो सुकिरहेको छ ।

किसानलाई मल, बीउ, बिरुवा, भूरा तथा आधुनिक औजार र उपयुक्त प्रविधि उपलब्ध गराउन
संस्थागत प्रबन्ध जरुरी छ, कृषि सामग्री संस्थानको पुनर्गठन र पुनःसंरचना उपयुक्त
होला । किसानलाई प्राङ्गारिक मलको उत्पादनदेखि प्राङ्गारिक कृषि उत्पादन र बाली
संरक्षणसम्म तालिम र प्रशिक्षण दिइनुपर्छ । वास्तवमा सबै किसान जेटी, जेटीए र सबै
जेटी, जेटीए किसान बन्ने स्थिति नबनेसम्म कृषि क्रान्ति सम्भव छैन । नेपालको कृषिमा
ज्ञान र कर्मको ठूलो विछोड छ, कृषि पढेकाले खेती गर्दैन, खेती गर्नेले कृषि पढेको
हँुदैन । अब यो अन्तर मेटिनुपर्छ, ज्ञान र कर्म एकैठाउँमा हुनुपर्छ । कृषि स्नातकले
वकिल, डाक्टरले जस्तै मेरो पेसा कृषि हो भनेर सगौरव भन्न सक्नुपर्छ, भन्नु र
गर्नुपर्छ । अनि बल्ल कृषि क्रान्ति हुन्छ । औद्योगिक क्रान्तिको पनि जग बस्छ ।
किसानकै माझबाट आएको कांग्रेसले किसानको घाँटीमा अड्किएको आवाजलाई वाणी दिन
सक्नुपर्छ ।

बन्द-हडताल गर्न नसक्ने किसान, आफ्नो हित ठम्याएर त्यसका लागि दबाब सिर्जना गर्न
नसक्ने निमुखा किसानका लागि कांग्रेस स्वयम् उसको सच्चा वारेस बनेर न्याय दिन अघि
सर्नुपर्छ । तब कांग्रेसको 'निमुखालाई न्याय, विपन्नलाई आय भन्ने नारा साकार हुन्छ
।' कांग्रेसले विगत दिनमा सात सालको क्रान्तिपछि सामन्तवादको अवशेष हटाउन सुरु
गर्‍यो । गाउँ-गाउँमा शिक्षा र स्वास्थ्यको प्रसार गर्‍यो, सत्र सालको सेरोफेरोमा
भूमिसुधार र ग्राम विकासको थालनी गर्‍यो । छ्यालीस सालपछि ग्रामीण पूर्वाधारको
सञ्जाल देशभर फिँजाएर गाउँ-गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारको
विस्तार गरी ग्रामीण स्वावलम्बनको आदर्श चरितार्थ गर्ने प्रयास गर्‍यो । अब
कांग्रेसले किसानलाई राम्रो आम्दानी र राम्रो रोजगारी दिने विकास अभियानको नेतृत्व
गर्नुपर्छ । त्यो नेपालको जमिन, जल र जंगल अनि सुन्दर प्रकृतिबाटै सम्भव छ ।
कस्तूरी मृगजस्तो अन्यत्र कतै भौंतारिनु पर्दैन ।

कृषि क्षेत्रमा नेपालले अर्को एउटा विशिष्ट उपलब्धि हासिल गर्न सक्छ, त्यो हो-
प्राङ्गारिक खेती । नेपालका समतल मैदान र असंख्य पाखापखेरामा फैलिएका सिमान्त
भूमिहरू अझै पनि वातावरणको दृष्टिले शुद्ध छन् । ती ठाउँका पूरै एरिया ओगटेर
कीटनाशक विषादी र रासायनिक मललाई रोक लागाउने र ती क्षेत्रमा प्राकृतिक कीटनिरोधक
औषधीका सहाराले प्राङ्गारिक मलमात्र प्रयोग गरी विशुद्ध फलफूल र तरकारी उत्पादनको
अभियान चलाउने हो भने हाम्रा ठूलठूला होटल र पर्यटकहरूका लागिमात्र होइन, संसारमै
जहाँ पनि हाम्रालागि राम्रो बजार प्राप्त हुनेछ । विषालु खाद्यपदार्थहरूको सेवनबाट
आज विश्व मानव स्वास्थ्यमा ठूलो संकट देखापर्दैछ । यसबाट मानवतालाई बचाउने एउटा
पवित्र अभियानको थालनीसँगै हाम्रो आर्थिक प्रणालीमा समेत ठूलो सघाउ पुग्नेछ ।
किसानले राम्रो आम्दानी पाउनेछन् । वातावरण शुद्ध रहनेछ । पर्यटकहरू भारी मात्रामा
बढ्नेछन् । देश उन्नतितर्फ लम्कनेछ । यसका लागि राज्यले विशेष कार्यक्रम लागू
गर्नुपर्छ, विशेष लगानी गर्नुपर्छ । सहकारीको सञ्जाल फैलाउनुपर्छ । पूरै नेपाललाई
प्राङ्गारिक कृषिको देश बनाउनसके झन् ठूलो चमत्कार हुनेछ ।

२०४८ को आमनिर्वाचनमा तनहुँसुर र वरभञ्ज्याङका डाँडाको उकाली-ओराली पार गर्दै
अनेक कोणसभालाई सम्बोधन गर्दै विचारी चौतरा (वरभञ्ज्याङ) मा गाउँले जनतामाझ
बोल्दा-बोल्दै मैले भनेँ- "म यी गाउँहरूबाट भागिरहेको मानिसहरूको मनलाई गाउँतिरै
फर्काएर यही नै बसौं-बसौं बनाउन राजनीतिमा होमिएको हुँ ।" यद्यपि मेरो त्यो
अभिव्यक्ति कम्युनिष्टहरूको दबदबाबाट त्रसित भएर मेरो भाषण सुन्न डराइरहेका निमुखा
जनताको मनोदशा देखेर मेरो मनमा उर्लेको भावातिरेकको प्रस्फुटन थियो, तर पनि त्यो
विचार व्यक्त गर्दा मेरो मनबाट मैले सानैदेखि एउटा ग्रामीण किसान परिवारको बच्चाले
भोगे-देखेका परिदृश्यहरूको प्रस्फुटन भइरहेको थियो । त्यहाँ मैले नेपाललाई
सिङ्गापुर पेरिस र न्युयोर्क बनाउँछु भनिरहेको थिइन ।

मैले त गाउँ छोडेर सहरतिर भागिरहेको मनलाई गाउँमै फर्काएर ल्याउन चाहेको, गाउँको
बसाइलाई नै, किसानको जीवनलाई सुविधासम्पन्न बनाएर बसौं-बसौं बनाउन चाहेको कुरा
गरेको थिएँ । पछि स्थानीय विकासमन्त्री भएपछि ग्रामीण स्वावलम्बन कार्यक्रम तर्जुमा
गर्दा होस् वा कृषिमन्त्री हुँदा व्यावसायिक कृषि विकास कार्यक्रम लागू गर्दा होस्
वा निमुखालाई न्यायको खोजी गर्दा होस्, मेरा त्यस्ता चिन्तनका पृष्ठभूमिमा मेरा
पथप्रदर्शक नेता वीपी कोइरालाको- "प्रत्येक नेपाली परिवारको एउटा बस्ने घर, एउटा
दुहुनो गाई, बिरामी पर्दा ओखतीमूलो गर्ने र बालबच्चालाई पढाउन सक्ने, गाँसवासमा
पुर्‍याउन १५ वर्षमा सकौं" भन्ने उक्तिको दार्शनिक पक्षले ओतप्रोत पारेको स्पष्ट
देखिन्छ । निर्वाचित प्रधानमन्त्रीका रूपमा वीपीले यो भन्नुभएन कि "प्रत्येक
परिवारसँग एउटा बंगला र एउटा चिल्लो गाडी होस्", त्यसको सट्टा पत्येकसँग एउटा सानो
घर र दुहुनो गाईको परिकल्पना गर्नुभयो । यो कांग्रेसको साँच्चिकै किसानमुखी चिन्तन
थियो र आमजनताका लागि सुलभ हुनसक्ने चाहना थियो, नेपालको सन्दर्भमा समाजवादको
प्रारूप थियो । भूमिपुत्रहरूको समूहबाट जन्मेको कांग्रेसका चिन्तन र विचार पनि
प्रायश किसान लक्ष्यित पाइन्छन् ।

कांग्रेसले आफ्नो आन्दोलनको सुरुवात मजदुरहरूको हकहितका लागि मजदुर हडताल,
गाउँ-घरका श्रमजीवी ज्यालादारी मजदुर-किसानको पक्षमा सुसेमानापाथी कुच्याउने र
बहिष्कार गर्ने आन्दोलन तथा झाराप्रथा विरोधी अभियानबाट सुरु गरेको थियो । अब आएर
नेपाली कांग्रेस राज्यका सम्पूर्ण विकास प्रयत्नहरू कृषि र किसानलाई केन्द्रमा
राखेर थालनी गरिनुपर्छ भन्छ । कृषि क्षेत्रमा उत्पादन बढ्यो भने, कृषिको ज्ञान र
कर्म एकैठाउँमा भयो भने र खेतमा काम गर्न सजिलो भयो भने, कृषि पेसा राम्रो आम्दानी
दिने आकर्षक पेसा बन्न सक्यो भने, नेपालमा श्रमको पूजा र श्रम गर्ने संस्कृतिको
सम्मान भयो भने मुलुकको व्यापारमा वृद्धि, औद्योगीकरणको सुरुवात, बेरोजगारी र
गरिबीको अन्त्य हुन थाल्नेछ । कांग्रेस यही बाटोबाट राष्ट्रको सर्वाङ्गीण विकास र
उन्नति गराउन चाहन्छ ।

लेखक कांग्रेस संसदीय दलका नेता हुन् ।


 
Posted on 09-14-10 10:58 AM     [Snapshot: 18]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sancho kura garya 6 ....prachande jasto switzerland banaunchhu bhanya chainna...

 
Posted on 09-14-10 4:12 PM     [Snapshot: 287]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachanday ra Ram Chandray, autai dayang ko Mulaharu ho.....
 
Posted on 09-14-10 4:12 PM     [Snapshot: 287]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachanday ra Ram Chandray, autai dayang ko Mulaharu ho.....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters