_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अपराधीले दण्ड नपाउने देश
[VIEWED 4427 TIMES]
SAVE! for ease of future access.
Posted on 09-29-10 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपराधीले दण्ड नपाउने देश ―पीपी सुवेदी


नेपालको इतिहासमा सयौं वर्षअघिदेखि इमानदार र बेइमानहरूको प्रसंग आउने
गर्छ। गोरखा राजवंशका आदिपुरुष जैत खानका पालादेखि मात्र होइन, राम शाह र
पृथ्वीनारायण शाहले समेत विभिन्न 'थिति' बनाएर तत्कालीन परिस्थितिलाई सङ्लो
पार्न खोजेका थिए। मूल्यमान्यता, धर्म, संस्कार, परम्परा, रीतिरिवाज र
इज्जतका आधारमा मानिसको मूल्यांकन गरिन्थ्यो। लमजुङका राजा यशोब्रह्म
शाहसाग गोरखाका जनताले हामीलाई तपाईंको सुपुत्र दिनुहोस्, हामी उनलाई राजा
बनाएर गोरखाका जनतालाई न्याय निसाफ दिलाउन चाहन्छौं भनेपछि गोरखाका पहिलो
राजाका रूपमा द्रव्य शाह गद्दीमा बसेको कुरा इतिहासमा पाइन्छ।
पूर्ण शाह राजा भए भने पुरन्दरको मृत्युपछि उनका छोरा छत्र शाह राजा भए।
सात महिनाको राज्यकालपछि छत्र शाह
(क्षेत्र शाह) को मृत्यु भयो र उनका सौतेनी भाइ राम शाह राजा भए। आजका
कतिपय मानिसहरूले नेपालको परम्परा, मूल्य मान्यता र इतिहास नबुझेर दुई सय
४० वर्षको लामो इतिहासलाई नै गाली गरिरहेका छन्। एक सय चार वर्ष राणाशासनमा
र अधिकांश युग अभाव र अन्धकारमा बितेको हुादा त्यतिबेला राजाहरू निरंकुश
हुने प्रश्नै उठ्दैन थियो। तत्कालीन राजाहरूले जनतालाई निर्भीक र निष्पक्ष
रूपमा न्याय निसाफ दिएको हुादा अहिले पनि 'न्याय नपाए गोरखा जानू' भन्ने
उखान जीवितै छ।
द्रव्य शाहले ६ थरी पदाधिकारीको व्यवस्था गरेर गएका थिए भने राम शाहका
पालामा अन्य पदाधिकारीको व्यवस्था पनि गरियो। चोरलाई चौतारो, साधुलाई शूली
नहोस् भनेर त्यसबेलाका राजाहरू निकै सतर्क थिए। राजाहरूले आफ्ना सहयोगीका
रूपमा आफ्ना भाइ भतिजालाई चौतारीयाको पदवी दिएका थिए भने त्यसपछि
प्रधानमन्त्रीसरहको पदलाई काजी भन्ने चलन थियो। काजीपछि सरदार (सेनापति)
रहन्थे भने त्यसपछिका पदमा खचाञ्जी, कपरदार र खरदार जस्ता उच्च तहका पदहरू
रहन्थे। आज देशमा जुन बेथिति र अन्योल देखिएको छ, त्यस्तो पहिले थिएन। राम
शाहको पालामा गोरखादेखि त्रिशूलीसम्म फैलिएको गोरखा राज्य पृथ्वीनारायण शाह
र बहादुर शाहले राज्य विस्तार गरेर टिस्टादेखि सतलजसम्म पुर्यााए।
राष्ट्रवादी युवा मनोज पण्डितले 'ग्रेटर नेपाल' नामको चलचित्र नै बनाएर
यसको लामो व्याख्या गरेका छन्। इतिहास सम्झाउने र स्वाभिमान जन्माउने यस्ता
चलचित्रहरू हरेक स्कुल, कलेजका विद्यार्थीहरूलाई देखाउन आवश्यक छ।
नेपाललाई आज अपराधीले दण्ड नपाउने देश भनेर विदेशीले चिन्न थालेका छन्।
दण्डहीन अवस्था सिर्जना गर्नमा राजनीतिक दलहरू दोषी पाइन्छन्। आफ्ना समर्थक
र कार्यकर्ताले जे जे अपराध गरे पनि आममाफी दिने र राजनीतिमा लाग्नेले जे
गरे पनि हुन्छ भन्ने प्रवृत्तिका कारण भ्रष्टाचार, अनाचार र बेथिति बढेको
हो। आर्थिक, नैतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिकलगायत सबै
क्षेत्रमा सरकारले अनुशासन कायम गर्नसक्ने हो भने बेथिति र विसंगतिको आफैं
अन्त्य हुादै जान्छ। पहिले पहिले कचहरीमा भेला हुनेहरूले मर्यादा पालन
गर्दै स–साना कुरामा पनि विचार पुर्याअउनुपर्थ्यो भन्ने कुरा इतिहासमा
पाइन्छ। उदाहरणका लागि राम शाहले बााधेको थितिमा जंगलको रुख काट्नेलाई पााच
रूपैयाा दण्ड गर्ने व्यवस्था थियो। वनको संरक्षण किन गर्नुपर्योा भन्ने
कुरा जनतालाई बुझाउादै राजाले यस्तो आदेश दिने गरेका थिए। 'पाधेरामा वन
पाल्नु नत्र पानी सुकी जान्छ, वन धेरै फााडिया उघारो भई पहिरो पनि जान्छ,
त्यसो भया खेत पनि लैजान्छ, वन नभया गृहस्थीको कौनै काम पनि चल्दैन।'
राजाका आडमा भाइभतिजा र भारदारहरूले मनपरी नगरुन् भनेर राम शाहले एउटा नियम
बनाइदिएका थिए, 'चौतरिया भाइ गोत्रीया इनीहरूले जिउसम्बन्धी ठूलो बिराउ
गर्याेको भए मुडी विदेश गराउनु, सन्यासी, वैरागी र भाट इनले ठूलो बिराम
गर्याह भन्या मुडी विदेश निकाला गराउनु, जिउ मारिन्या बिराम गर्यो भन्या
जिउ लिन्याको पनि जिउ लिनु भन्या शास्त्रमा पनि कह्याको छ।' राम शाह र
जयस्थिति मल्लमात्र होइन, २००७ सालसम्म पनि यस्ता धेरै नियमहरू प्रचलनमा
थिए। कतिपय अव्यावहारिक भए पनि धेरैजसो नियमहरू सामाजिक मर्यादा कायम राख्न
उपयोगी थिए। बैठकमा बस्दा राजाले आफ्ना भाइहरूलाई दाहिनेतर्फ राख्ने चलन
थियो भने गुरुलाई अगाडि चारपाटे आसनमा राख्ने र काजी भएमा बायाातिर राख्ने
चलन थियो। मैले दरबारमा प्रवेश गर्नुभन्दा अगाडि नै मेरा पिताजीबाट यी सबै
नियमहरू सिकेको थिएा। जातअनुसारको मर्यादा र पद दिने चलन दरबारमा थियो।
त्यसकै फाइदा उठाएर २००७ सालपछि पनि राजधानीका धेरै नेवार परिवारका
मानिसहरूले राजदरबारका प्रमुख पदमा हालीमुहाली गर्ने मौका पाएका थिए।
धेरैलाई लाग्न सक्छ, दरबार भनेको सामन्तवादको केन्द्र हो, तर त्यहाा
सभ्यता, संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज र शालीनता सिक्न पाइन्थ्यो।
दरबारका उच्चपदस्थ अधिकारीहरूमध्ये धेरैजसो स्वार्थी प्रवृत्तिका भए पनि
त्यहााभित्रको अनुशासनले गर्दा मर्यादामा बस्न बाध्य हुन्थे। राजा
महेन्द्रका पालासम्म पनि दरबारका अधिकांश कर्मचारी मर्यादित थिए, तर राजा
वीरेन्द्रका पालामा महारानी ऐश्वर्यले समानान्तर शासन गर्न खोज्दा
दरबारभित्रको अनुशासन भााडियो र भ्रष्ट मानिसहरूले महत्व पाउन थाले।
मैले विगतका लेखहरूमा धेरैपल्ट राजा वीरेन्द्रको विषयमा लेखिसकेको छु।
उहाालाई हृदयदेखि नै सहयोग गर्ने व्यक्तिहरू दरबारमा थोरैमात्र थिए।
भ्रष्टहरूको बाहुल्य भएकाले त्यस्ता व्यक्तिहरूलाई एक्लो बृहस्पति बनाएर
पत्रपत्रिकामार्फत बद्नामी गराउन पशुपतिभक्त महर्जन, रञ्जनराज खनाल,
नारायणप्रसाद श्रेष्ठ, चिरनशमशेर थापा, रेवतीरमण खनाल, मधुसूदन राजभण्डारी,
शारदाप्रसाद प्रधानलगायतका धेरैले सम्पादकहरूलाई प्रलोभन देखाएर राजा
वीरेन्द्रका निकटतम मानिने इमानदार व्यक्तिहरूलाई भ्रष्ट देखाउन खोज्थे।
यस्तो मारमा पर्ने व्यक्तिमा म पनि थिएा र जर्नेल ऋषिकुमार पााडे जस्ता
स्पष्ट वक्ता, इमानदार र स्वाभिमानी सैनिक सचिवलाई समेत भ्रष्ट, लोभी र
निरंकुश व्यक्तिका रूपमा पत्रपत्रिकामार्फत प्रचार गराइयो। भ्र्रष्ट र
शिष्टहरूको यो लडाइा धेरै वर्ष चल्यो, तर पैसा पाएपछि जे पनि लेख्ने सञ्चार
माध्यमहरू एकतर्फी भएपछि इमानदार व्यक्तिहरू एक्लो पर्नु स्वाभाविक
देखिन्छ।
मलाई नारायणप्रसाद श्रेष्ठले संवाद सचिवालयमा धेरै दुःख दिएपछि मैले श्री ५
मा बिन्तीपत्र चढाएर सिंहदरबारमा सरुवा मागें। स्वतन्त्र रूपले लेखपढ गर्न
समय अभाव भएको कारण देखाउादै सरुवा मागेपछि मैले सहसचिवको रूपमा
सिंहदरबारमा केही वर्ष सेवा गरेर जागिर त्यागें। अहिले म बेल्जियममा
छोराछोरीहरूसाग बसिरहेको छु र बेलाबखत आफन्तजनलाई भेट्न नेपाल जाने गर्छु।
इन्टरनेटमा पत्रपत्रिका एवं किताबका साथै साथीहरूबाट प्राप्त हुने इमेलबाट
नेपालबारे धेरै कुरा थाहा पाइन्छ। नेपाली पत्रपत्रिका पढ्दा हृदय कुाडिएर
आउाछ। नेपालको अवस्था झन्झन् धराशयी बन्दै गएकोमा दिक्क लाग्छ। ७० वर्ष पार
गरिसकेको म जस्तो व्यक्तिलाई त निराशा छाएको छ भने नेपालमै बसेर भद्रगोल
हेरिरहेका त्यहााका सर्वसाधारण कति निराश बनेका होलान्।
आजका नेपाली शासक र राजनीतिक दलका नेताहरूले नेपाललाई सम्हाल्ने हो भने
एकपल्ट पृथ्वीनारायण शाहको दिव्योपदेश ध्यान दिएर पढून् भन्ने मेरो आग्रह
छ। बाबुराम आचार्य र योगीनरहरिनाथ जस्ता विद्वान् इतिहासकारहरूले लेखेका
इतिहाससम्बन्धी पुस्तकहरू पढे भने नेताहरूमा अलिकति सद्बुद्धि पलाउन सक्छ।
इतिहासलाई तथानाम गाली गरेर कोही पनि ठूलो हुन सक्दैन। महान् बन्न महान्
कर्म गरेर देखाउनुपर्छ। इतिहास र मर्यादित व्यक्तिहरूलाई गाली गरेर कसैले
पनि आफ्नो मर्यादा उठाउन सक्दैन। नेपालको इतिहास निर्माण गर्न योगदान गर्ने
वीर पुरुषहरूको सम्झना गर्दै उनीहरूले देखाएको बाटोमा हिाडे भनेमात्र
राजनीतिले पनि सही मार्ग पछ्याउन सक्छ। यदि नेताहरू अहिलेकै अवस्थामा
अलमलिइरहे भने हामी ठूलो गृहयुद्धमा फस्न सक्छौं र विदेशीले हामीलाई सधैं
घोडा चढ्न सक्छन्। आज विदेशीको षड्यन्त्रमा परेर धेरै देशहरू पराइको
खेलमैदान भएका छन्। त्यस्तो अवस्था आउन नदिन राजनीतिज्ञ र राज्यका सबै अंग
इमानदार हुन आवश्यक छ। नेपाल दण्डविहीन र उच्छृंखल व्यक्तिहरूको देश हो
भनेर विदेशीले गिज्याइरहेका बेला नेताहरूले आफ्नो चरित्र सुधार्ने प्रयास
गरे भनेमात्र नेपाल र नेपालीको कल्याण हुनसक्छ। आफूलाई महान् भन्ने, तर
अरुलाई सधैं उपेक्षा गर्ने प्रवृत्तिले कुनै पनि देश अगाडि बढ्न सक्दैन।
मर्यादा, अनुशासन, चरित्र एवं नैतिकताले मात्र मानिसलाई मानिसको कोटीमा
राख्न सक्छ। सिंहदरबारमा जे भए पनि राजदरबारभित्र राजाहरूले अनुशासन कायम
राख्न निकै मेहनत गरेका थिए। मलाई सम्झना छ, राजदरबारका नायब बडागुरुज्यू
विधिराज पाण्डे नयाा सडकमा मातेर हिाडेको खबर राजाकहाा पुगेपछि तत्काल
उनलाई खोजिएको थियो। त्यस्तै, तत्कालीन सरकारका सचिव श्यामकृष्ण भट्टराई
एउटा करणी मुद्दामा फसेपछि उनलाई तत्काल श्री ५ महेन्द्रबाट निलम्बन
गरिबक्सेको थियो। भट्टराईले राजा वीरेन्द्रकी काकी प्रिन्सेप शाहमार्फत
राजा महेन्द्रलाई बिन्तीपत्र पठाए पनि करणी गर्ने बदमासलाई कारबाही
गर्नैपर्छ भन्ने आदेश भएको थियो। जतिसुकै ठूलो मानिस भए पनि मर्यादामा बस्न
सकेन भने उसको पतन हुन्छ। तर अहिले जसले जे गरे पनि हुन्छ भन्ने नजिर बन्न
थालेको छ। दरबारलाई बेस्सरी गाली गरेर महान् बन्न खोज्नेहरूले कम्तीमा
दुई/चार वर्ष अनुशासनमा बसिदिए यो देशको कायापलट हुने थियो।

http://www.weeklynepal.com/newsite2/index.php?option=com_publication&task=display&view=news&id=8569


















































 
Posted on 09-30-10 2:08 AM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लेखमा आरोपित ब्यक्तिहरु : [पशुपतिभक्त महर्जन, रञ्जनराज खनाल,
नारायणप्रसाद श्रेष्ठ, चिरनशमशेर थापा, रेवतीरमण खनाल, मधुसूदन राजभण्डारी,
शारदाप्रसाद प्रधान] को बिरुधमा लेखक ले केही प्रमाण निकल्न सक्लन र? नत्र यतिकै कसै माथि औंला उठाउन त उचित देखिन्न है।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters