[Show all top banners]

AmeeenRandhichora

More by AmeeenRandhichora
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भ्रष्टाचारविरुद्ध अन्नाको अभियानको जित
[VIEWED 4973 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-11 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्युनिसियाबाट शुरु भएको आन्दोलन साँध जोडिएकै छिमेकी देशसम्म आइपुग्दा हाम्रो नेपालमा केही प्रभाव पार्ला त ? नेपाल, जहाँ ८०% बढी जनता ४० वर्षभन्दा कम उमेरका छन्, त्यहाँ हामी हजुरबा जेनेरेशनको बुढो, भ्रष्ट, मिति गुज्रिसकेको र निकम्मा नेतृत्वबाट शासित भैरहेका छौँ। मन्त्री भएको दुई हप्ता नपुग्दै देशका समस्यालाई लात हानेर सरकारी खर्चमा श्रीमतिसहित अम्रिका घुम्ने फोहोरहरुलाई ओखरपौवा पुर्‍याउन ढिला भएन र ? जनताले तिरेको करलाई सरकारी ढुकुटीमा नराखी आफ्नै गोजीमा राखेर देशको राजस्वमा लुट मच्चाउने व्यापारीहरुविरुद्ध उत्रने बेला भएन र ? यो सब देख्‍दादेख्दै पनि नदेखे झैँ गरी बस्ने मूलधारका मिडियाविरुद्ध आवाज उठाउने बेला भएन र ? जनताको शासन ल्याउने भनी भाषण गरी हिँड्ने तर जनताविरुद्ध कामकुरा हुँदा एक शब्द नबोल्ने नेतालाई दबाब दिने बेला भएन र? आर्थिक र नैतिक रुपमा पतित यो झुण्डले प्रजातन्त्रका नाममा कहिलेसम्म शासन गरिरहने हो हामीमाथि ? कहिलेसम्म मौन बस्ने हामी ? कहिलेसम्म अमुक राजनीतिक दलले आयोजना गर्ने सभासम्मेलनमा मात्र भेडाबाख्राजस्ता भएर सहभागी हुन जाने हामी ? हाम्रो अस्तित्वको पहिचान खै ?

अन्नाले हल्याए सिङ्गो भारत

-स्याटेलाइट, मुम्बई-

७३ वर्षीय किसन बापट बाबुराव हजारे अर्थात् अन्ना हजारे अहिले हरेक भारतीय शहर, गाउँ र गल्लीमा मात्र हैन भारतबाहिर पनि चर्चामा छन्। गान्धीवादी हजारेले भ्रष्टाचारविरोधी ‘जन लोकपाल बिल’ पारित गर्नुपर्ने मागसहित ५ अप्रिलबाट दिल्लीमा शुरु गरेको आमरण अनसन र यस अभियानमा भारतभरबाट बढेको जनसहभागिताले १९७२ देखि पारित नगराइएको यो बिल पारित गर्न मनमोहन सिंहको सरकारलाइ चर्को दबाब पर्‍यो। हजारेले शुरु गरेको ‘भ्रष्टाचारविरोधी अभियान’ मा लाखौँ भारतीयले साथ दिए, सेलिब्रिटीहरुसमेत त्यसमा मिसिए र भारत सरकार झुक्न बाध्य भयो। अनसनको चौथो साँझ भएको सम्झौतामा हजारेको माग अनुसार सरकार नागरिक समाजका प्रतिनिधि र सरकारी प्रतिनिधि सम्मिलित समितिमार्फत् भ्रष्टाचारविरोधी प्रभावकारी कानुनको मस्यौदा बनाउन तैयार भएको छ। ९ अप्रिलमा हस्ताक्षर गरिएको सहमति अनुसार, ‘जन लोकपाल बिल’ आउँदो हिउँदे सेसनमा प्रस्तुत गरि पारित पश्चात भष्टाचारसम्बन्धि मुद्दा हेर्ने बिशेष अधिकारसहितको ‘फास्ट ट्रयाक कोर्ट’ स्थापना गरिनेछ जसले भष्टाचारसम्बन्धि मुद्दाको तिब्र छानविन र फैसला गर्नेछ। भ्रष्टाचारको मुद्दा टुङगिन बर्षौ लागेर अपराधिहरुले उन्मुक्ति पाउने क्रम रोकिने आशा राखिएको छ।

रेडियो, टेलिभिजन, फेसबुक र वेबसाइटहरुले हजारेको यो अभियानका बारेमा हरेक घण्टा अपडेट गरिरहेका थिए। मान्छेहरु गान्धिवादी टोपी लगाएर ‘आई एम हजारे’ लेखिएको प्लेकार्डसहित शहरहरुमा जम्मा भइरहे। दिल्लीबाट हजारौ किलोमिटर टाढाबाट हजारेको भ्रष्टाचारविरोधी अभियानलाई समर्थन गर्न आएकाहरु देख्दा लाग्यो, यहाँ गहिरो रुपमा फैलिएको भ्रष्टाचारबाट आममान्छेहरु आजित भैसकेका छन र स्वतन्त्रता खोजेका छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनलको २०१० को भ्रष्टाचारसम्बन्धी तथ्याङ्क अनुसार भारत १७८ वटा देशहरुमध्ये ८७ औँ स्थानमा छ । राजनीतिक र प्रशासनिक भ्रष्टाचार हुने देशहरुमध्ये भारत पनि प्रमुख हो। माग पूरा नहुँदासम्म बरु मर्ने तर आमरण अनसनबाट पछि नहट्ने हजारेको घोषणासँगै मनमोहन सिंहको सरकार हजारेका प्रतिनिधिहरुसँग बार्गेनिङ प्रयासमा थियो तर सफल भएन, हजारेका सामु सरकार झुक्न बाध्य भयो। जन लोकपाल बिलको मस्यौदा बनाएर सदनबाट पारित गर्ने सम्झौताले देखाएको छ, सुतेको सिङ्गो देशलाई जगाउन एउटा दृढ, त्यागी र नैतिकवान मान्छे पर्याप्त हुँदोरहेछ
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters