[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 216779 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-11-06 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाचन मेरि मारुनी आँगनमा छम छम

ऊडिजाने कालो बादल हो
पानी पर्छ छम छम
पानी पर्छ छम छम
नाचन मेरी मारुनि आँगनमा छम छम

लौ नमे अर्को चौतारि बनाएको मा शुभकामना छ!

:)
 
Posted on 01-11-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइ एउटा गित गाम्दै थिएँ। ऊ बेलाँ जिम्माल्नीलाई फकाऊँदा गाको गित याँ नि गाउनु परो -

हे अख्खम…….
डाँडा घरे काइँला बाउ कि पाँच वटी छोरी
जेठि देखि कान्छि सम्म सबै छुच्ची मोरी
कान्छि भने काली काली सारै नै दिलवाली

ओ कान्छी!!!!!!

एक एकै एघार, एक एकै एघार कान्छि नानी लाइदेऊ पियार
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

अछता पाती सिन्दूर देउराली भाकेको
बसौँला जोडी लौ परमेश्वरी तिमिलाई मागेको
(मागेको कान्छि है मागेको कान्छि)
खोलि देउ है ढोका त्यो मनको
विसाउन देऊ भारी यो जोवन को

दुई र पाँचे पच्चिस, दुई र पाँचे पच्चिस हाँस्दै खेल्दै माया बसेछ
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

कुखुरे बैँश यो कान्छिलाई कतिमा चढेको
तिमी सिता म हुँ राम कलियूग को
(कलीयूग को है कलीयूग को)
चोलियामा लौ माया बस्यो नि
फरियामा यो मन फस्यो नि

पाँच र दुइ ले बाउन्न, पाँच र दुइ ले बाउन्न यो गाउँ छोडि नजाऊ टाउन
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

नसन्काउ आँखा ए काली नानी दिल चोरि लगी दिउँला
न फुकाऊ धेरै रिसको पोको रोइरने पार्दिउँला
(रोइरने पार्दिउँला है रोइरने पार्दिउँला)
माया तिमि नरिसाऊ ठुसुक्क
दिलै खोली हाँसिदेऊ मुसुक्क

सात र दुईले बहत्तर, सात र दुईले बहत्तर तिम्लाइ लान मलाइ भो हतार
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

 
Posted on 01-11-06 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी हामी यसरी भेट भाको दिन
सग्लो पानि हे माया धमिलो मन
बाँझो खेतमा
छड्के सलाम छ मायालाई पहिलो भेटमा
बाँझो खेतमा
छड्के सलाम छ मायालाई पहिलो भेटमा
... ...
 
Posted on 01-11-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनीको बजार-
जता माया उतै छ नजर,
किरे मिरे जाली रुमाल,
.......
रुमाल धुँदैछु-
आमालाई सम्झेर रुँदैछु,
किरे मिरे जाली रुमाल,
..................
बेनीको बजार........
 
Posted on 01-11-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐऐऐऐ
के हो यो गाँठे, चौपाराँ मेरो नाम नाइ? त्यै पिपल रुखमुनि भोक हड्ताल सुरु अर्दिन्छु नि म त फेरी। दुइ चार दिन दाइ तिर यस्सो अन्तै आँखा लाको त रस्टिकट पो गर्देचन बा। जाँ गे नि मन त उहि चौतारैमा त हो नि गाठे। त्यो भख्खरको कटमिरोको नाम राखेर मेरो चैं नराख्नी?
के भन्छौ त जिम्मालबा, तिमी हँ?
 
Posted on 01-11-06 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईँलाओ कुरो मुनासिब हो। नमेले लेख्दा लेख्दा कम्फटारको बत्तिले आँखा खाएर यस्तो भा हुनु पर्च। आज बेलुकी समाज बोलाम्न परो अनि तिम्लाई भा अन्नेय को कुरो राख्नु परो।
:)
 
Posted on 01-11-06 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साहिलो वास्तवमै अन्यायमा परेको छ। मिलाम्नु पर्यो हे कुरो!
 
Posted on 01-11-06 3:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टेकले गल्ती त भ'कै हो । अब नमेले हाजिर कितापाँ हेर्न त हेर्या थे के रे कुन्नी के भ'च ? पल्ला चौतारा'ट आम्नीबेलाँ जनैसनै फुका'र तिनपाने गिलाँसाँ खनाम्दै अरेको त मुइले नी देखेकै हुम् के रे अब खानचैँ कति खाए भौवान जानुन्। मु त कैले कैले खाएनी एउडो मुन्छे दुडा देउछु नमे त भ'को मुन्छे नि देउथा रइन्चन् र हो कि ! जे भ नि तेस्तरी मुन दुखाम्न त भ'न नी साइँला । हेर न अब तिनपानेया सुराँ त्यो चौताराओ सइनबोटनी अटाइ नअटाइ हालेर मोरेचन् । सिङ आम्दैन जुरो आम्दैन यीनको अब, आम्नी ठाँ सपै आइसके र पनि कैले कैले आलिकिति खा'सी कच्चो काम अर्चन ।

कटमेरो भुनेर कुन्लै भने यीनले? आबुइ !आइले ला'को सट फुका'र नारी मिच्दै आउला र चौताराँ फेरी आर्को रमैलो होला । :)

हे ऽऽऽऽ
ढाऽऽका ओडेकीलाइ सालघाऽऽऽरीमा तानातान
दुइटा ठिटा हानाहान

ढाऽऽका तान्यौ ताऽऽऽन्यौ, चोली ताने गाल पाउला
जारी तिर्दा चाल पाउला !
 
Posted on 01-11-06 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलै नी कैले कैले त दिक्कै लाउँदो हो । सकि नसकि चौतारो बनाओ यौडा यौडा कुरो नमिल्लनी । कैले लौ चौतारो त बानबासीरु आ'र भासन अरेर बस्नीअस्तो भो भन्नी, कैले सइनबोट भ'न भन्नी । जे भ'नि काम अर्न नछोडे है नमे मलै त राम्रै लाइच । आबु हाम्रा गामघराँ आफैँले बनाको चौतारो नि काँको त्यो पैलाको डाँफेकला मन्दिरा भिताँ पखरेलि कर्मि ला'र लेख्या'स्तो हुन्तो त नि !
 
Posted on 01-11-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भा हो यस्तो यो समून्द्रे संग त बात मार्नै नपाइने। म सुतेको बेलाँ ऊ चौताराँ आम्दोरेच ऊ सुतेको बेलाँ चाइन्जो
म यता आम्दोरेचु।
 
Posted on 01-11-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

''अचार जसरी अरु व्यञ्जन माझाँ पितिक्क हाल्नु र मेन कोर्स बनाएर ह्वात्त पस्किनुमा अन्तर हुन्छ के । तर पात पात अन्सार दुनो, दुनो दुनो अन्सार मुख, मुख मुख अन्सार जिब्रो, जिब्रो जिब्रो अन्सार स्वाद भन्छन के रे ।''

...के स्वादओ कुरो अर्चन भनि यी नेपे दाजी! यस्ता ज्ञानी मुन्छे चौपाराँ अलि धेरै आए त याँ काम छोडेर हल्लिनि लंठूहुरले नि धेरै जो सिक्ते के रे नि!

आजकल तो लोकतन्तर लोकतन्तर भन्निहुरओ गुट तो सिमोरवोटओ ओडाराँ जम्मा भएर गुपचुप देशाँ के अर्नु पर्च, को कोलाई लखेट्नु पर्च भनेर अनेक थरि कुरा अर्चन रे भन्नी सुन्चु। नेपे दाजी नि तेतैतिर जो धेरै जान्चन् के रे। अव अरु त अरु तो सिरे केटो नि कन्नाँ काउसो लाए झैं तेइ ओडाराँ गओ गै अर्च रे। तो दादा नि पल्केओ छ कि भन्नि मान्चु। लोकतन्तर त लेइ जो हाल्चन र हो कि देशाँ? ल्याए त राम्रै जो हुन्तो के रे नि। तर यिनी जमातले ओडाराँ बसेर कुरो अर्नु भन्दा त यस्तै धेरै मान्छे आउनि चौपारा सौपाराँ आएर कुरो अरे त सप्पै गाम्लेले जो सुन्ते, अनि तिनले नि कुरो बुज्ते के रे नि। जान्निबुज्नि मात्रै गुपचुप कुरो अरेर गाम्लेहुरलाई के राम्रो किन राम्रो भन्नि कसरी था हुन्च तो भन्चु म त!

जे अरे नि अरुन अव! पक्कै राम्रै जो कुरा अर्दा हुन के रे नेपे दाजीहुर। उनी मुन्छे त ज्याद्रै जो काइदाआ हुन के रे नि। सधैं यतै गाममै बसेर राउनिति अर्नि। काँ काँ स्कूल, अस्पताल चाइन्च, बाटा कलधारा काँ चाइन्चन् भन्नि कुरा उनलाई जस्तो भेउ त अरु राउनिति अर्नि कोलाई पो छ र? तै नि उनको पाटी काउँरेसओ हाईकमान (high command)ले गएका तीनटै जो चुनापाँ नि टिकेस देएन के रे। उतै नेताहुरको वरिपरि हिन्निले टिकेस पाएचन। तैनि खटेओ खटै छन्। अव उनि उठे त हामी सप्पैले जो सयोग अर्नि भनेकै थिम्। अइले नि के को चुनाप आउँदै छ रे भन्नि सुन्चु। यस्पालि चैं नेपे दाजीले हामी उठनि नि हैन, कसैलाई भोट नि दिनि हैन भन्चन्। उनले भनेसि कुरो ठीकै त होला के रे नि। भोटसोट एत्रेनि हालिन्न यस्पालि, कन्नैसिति!
 
Posted on 01-11-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आजलाइ हा टा गरेँ है।
 
Posted on 01-11-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका,
खासमा भन्ने हो भने त्यो गुगलानको ओडाराँ हुने कानेखुशी सभा कत्ति चित्त बुझेको छैन मलाई । काकाले भन्या जस्तै खुल्ला आकाशमुनिको उज्यालाँ सारा लोकले देख्नी पो लोकतन्तरको चौपारो हुन्छ । मैले गुगलानको ओडाराँ कम्तिमा बत्ती बालेर उज्यालो पारम् ताकि ईच्छुकहरुले ओडारा मुखाँ आ'र कुरा हेर्न-सुन्न पाउन, जबाफ फर्काम्न नपाए पनि भनेर परस्ताप राख्या थिएँ अलिक मास अघि, क्यै लागेन । त्यहाका भुँडीवाल भलादमीहरु त्यसै थरथर हुन्चन् बा । यो व्यर्थको थरहरी हो वास्तवमा । त्यहाको गोपनियता एउटा भरम मात्तै हो । त्यहाँको सब कुरा नारनहिटी दरबार, बल्खु दरबार, टेकु दरबार देखि रोल्पाको जंगलसम्म पुग्छ भन्ने कुरामा म विश्वस्त छु । यो कुरा त्यहाका भुँडीवाल बुढाहरुलाई पनि थाहा छ । तर यो नक्कली पराईभेसीको अभिनय किन हो, सप्पैलाई प्यारो छ त्यहाँ ।

भोटो फटाईलाई योग्यता र स्वास्नी कुटाईलाई मर्दाना मान्नेहरु पाटीका सरदार भएसम्म पाटीको डोकोमा दुध हाल्नु बेकार छ भनेर सरदारहुरले सात हातको टाँगाले पनि छुन नसक्ने ठाममा बस्या छु । टिकस भन्या कुरा नौलो साधुले होईन चिनिएको चोरले पाउने कुरा भा हुँदा सबभन्दा असल चोर पो खोज्न निस्क्या छु त । एकदुई असल चोर त देख्या छु, तर ती पनि सरदारहुरले लोकतन्तर पारी पुग्ने पुल हाली पो हाल्चन् कि भन्ने कुरा गर्चन् । मैले चाहि भुत्रो हाल्चन् पुल, खुरुक्क फड्को नमारेर भन्दिया छु । यस्तै यस्तै दुखम सुखम को कुरा हालेर यौटा शिलक बनाको छु ।

हालम् है त शिलक चौपाराँ ।

एउटा तात्तातो गजल:

नौलो साधुले हात रित्तो लिएर आयो
चिनेको चोरले बरु पैंचो लिएर आयो

बलवानहरु ताल्चा फोरीरहेका थिए
यस्तैमा एक बालक साँचो लिएर आयो

कुर्दा कुर्दाका कति आँधी-बेहरी पछि
मेरो साथी बल्ल बल्ल कुच्चो लिएर आयो

होचाहरु हो नुह सोझाहरु हो बाङ्ग
बचाऊ मुख साथी घोचो लिएर आयो

किसानहरु आकाश ताकिरहेका थिए
खेत गयो र आफै कुलो लिएर आयो

मारेनौ किन फड्को ? पर्खन्छौ पुल नै किन ?
को गयो रे लिन पुल ? भुत्रो लिएर आयो !

मैले छेकिरहँदा मलाई छेकि सकेछ
काल मेरै नापको कात्रो लिएर आयो

ढुङ्ग्रो लुका'को भए 'नि मही दिउँ भन्नु
के दिउँ जुलुसलाई, डोको लिएर आयो !

बहस योग्यताको भईरहेको थियो
दीपु किन फाटेको भोटो लिएर आयो !

 
Posted on 01-11-06 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माझीदाइको अगाडि माछाको बयान के गरुम र ! कति सरल तर कति गहन !

मैले नसुनेको शब्द कुनै छैन, मैले नसोँचेको भाव कुनै छैन, मैले नभोगेको कथा कुनै छैन र
मैले नदेखेको यथार्थ कुनै छैन।

धन्यबाद नेपे गुरु !

तपाईँका गजल पढे'सि त्यसै त्यसै गजलको ज्वारभाट उठ्छ, भावको
कम्पन छुट्छ, रहरको सागर उम्लन्छ र पोखिने बेलामा फ्यास्स शिषिरको शीत झैँ
फिस्किन्छ। अनि सक्न नपाउँदै बलेनीमा उठेको पानीको फोका जस्तै बिलाएर जान्छ।

:-)
-भउते
 
Posted on 01-11-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त बोल्ने कुरै पाइन।
जसरी प्रशंसा गरे पनि कम हुन्छ जस्तो लाग्छ!

लु जिम्माल्नीले ढिँडो खान बोलाई म चाई लागेँ। राती आउँला 'तुच्च तुच्च' पार्न
:)
 
Posted on 01-11-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल नेपे दाजी, खर्राँट गओ केरे । अब तपैँ नि थुतिनु भइच केरे हाम्रा गामतिर, चईनी येस्तै येस्तै गजल
टाँसिराको देख्न पाम है ।

यी मुला केटाहुर जान्दैनन् के राम्ररी नाँच्न ।

गजल गाम्दा नि के को झाम्रे (झ्याउरे) मा नाच्नी झै भुत्रुक_भुत्रुक नाचेका होलान् त नि, बरु हे़ऽऽऽरि काकाले अलि अलि
मेसो ल्याए, चईनी सालैजो मा जस्तो ढलक_ढलक नाँच्न पर्च केरे नि गजलाँ त । यो लालेले क्यारेको होला नि अझ खुट्टो
फाल्दै नाँच्छ चईनी घोडाले लात्तो हानेको जस्तो । तेसरी त हैन के, उ काकाले जस्तो सलक_सलक हात बटारेर हो नि
गजलाँ नाच्नी त ।

अनि यो चौपारीको कोटा सकिनी बेलाँ त हाम्रा केटाहरु कति रगरगाका हुन् नि साङ्ले किरा जस्तो, २७० पुगेसि त चईनी बाँकी त
आधा घन्टाँ जो भेईहाल्नी केटाहरुले र आर्को चौपारी खोलिहाल्दा रैचन है ।

आफूले भनि साहूको मेलो जोतेर अझै सकेको छैन, आम्ला नि फेरि काम साम सकेर अलि फूर्सद भा़सि ।

Keep rolling...
 
Posted on 01-11-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सिरेले एऊटा गित सम्झायो मलाइ, गित गाएर मात्तै खान जानु पर्ला-

संगैका साथी नि हवाइजाज माथी
सालै ज्यु सालै ज्यू
म भैँसी गोठालो

:)
 
Posted on 01-11-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नि:शब्द छु नेपे गुरु गजलबाट। यो पो लेखाई!
 
Posted on 01-11-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राती चौतारीको जग हालेर सुतेको, अइले सम्म त १६ वटा छपनि भइसकेचन । अब सबइको सल्ला अनुसार त राम्रो बनाउन टराइ अरेकै हो के रे, यता उता परे माफि पाउ है ?
नेपे र नेपे साइला दुबैलाइ नेपे दाजि भनेर भउते संगै सारङि र मुर्चुङ्गा मा राखेको हो के रे, अलि परस्ट भन च जस्तो छ , परस्ट पारे है ?
यसपालि त इस्टाइलनै गितको भर हो कि, चौतारीमा त सप्पैले गितै मात्र गाम्न थाले के रे, कसै कसैले त गजल नि गाउन थाले । ल है म त सिरेले भने जस्तै अरेर नाच्न थाले ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters