[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135707 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 06-30-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ, मास्टर्नी दिदीले दुईटा चौतारी बनाम्नु भएछ। यो त्यो भन्दा राम्रो छ, त्यसैले यसैमा लेख्छु म त। अब नाचगान गरम् गाम्ले हो, आज त शुक्रवार, तर अर्जेन्टिना हारेकोले बोर भैरा'छ।
 
Posted on 06-30-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले कोचको जागिर पाएछन् अपटाउन गाल र तितौरी पनि विश्व कचौरा मा जाने रे ४ वर्ख पछि त।
अपताउन गाल!

 
Posted on 06-30-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी

 
Posted on 06-30-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले खास्साको चौतारी बनाउनु भएछ, साह्रै खुशी लाग्यो। यसपालाको चौतारी पनि ठूलो रैच,
बस्न मात्तै हैन, नाच्न पनि मिल्ने जस्तो। ल गाम्ले हो, यसपाला चैं गोटा तीनेक बनभोज नगरी हुन्न है। बनभोजमा बेस्सरी नाच्न पर्छ! अब रउसी खान नपाइने होला के रे, मिसले के भन्नुहुन्छ कुन्नि? अलि अलि चढाउन पाए साईँध्वा केटाहरु बेस्मारी नाच्दा हुन् के रे!

यो तितौरा र थुल्नानी त फरक टिमका रचन र पो यस्तो नमिलेका! आफूलाइ त साह्रै गाह्रो भो, कस्को समर्थनमा ताली पिट्ने भनेर! अब म चैं चिठ्ठा हाल्छु, तितौरा र ठूल्नानीमा। नपर्ने चैं नरिसाउने है!
 
Posted on 06-30-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero computer ma kehi mahina dekhi Nepali font ma lekhna namilera matra, natra ta chautarima ma nai sabbhanda badi lekhthe hola...

Gaf deko ke... gafai ta ho...Lekhna ta dhanga chahiho ni dhanga!

Miss_me le birseko uhileko sajha-pal

OK
 
Posted on 07-01-06 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले ठूल्नानी र तितौरीको तस्वीर उल्टो राख्नुभएको जस्तो लाग्यो। अर्जेन्टिनाको जर्सी लाउने चैं ठूल्नानी हुनपर्ने, उनी त अर्जेन्टिनाको फ्यान हुन् नि!

गोतामेज्यू, ल यसपाली चैं बनभोज गर्नु पर्छ, तपाईका अरू मीठा मीठा कविता पनि सुन्न पाइन्छ होला।

अनि ओके ज्यू पनि धेरै दिनपछि चौतारीमा देखापर्नुभो, मन्जूको किताब कहिले छपाउँदै हुनुहुन्छ? मेरो लागि एक प्रति बूक गरिहालुम् कि?
 
Posted on 07-01-06 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World_map jee,

Manju ko kitab ta harayo. Nepali font ma lekheko kitab, nepali font udera ahile ta kotha kotha matra bha chha. Feri Nepali font install garda unai characters haru aaye bhane chai publish hola, natra ta khai !

Ani ke chha tapaiko khabar? Ke hudai chha UK ko Uttar tira? ANA ko convension ma yeta tira? Hamro poote dada le natak (film) dekhaune re!
 
Posted on 07-01-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल मिस् ले यो पो नए चौतारी बनाम्नु भएछ ।कस्तो राम्रो , फराकिलो,सबै इस्कुले भुर् भुरि अटाम्ने। अ, बन्भोज् एउटा चै गरिहाल्नी कि?इस्कुल् लाग्नु भन्दाअघि।
ठुल्दादा ,म होइन नि त्यो फोटू को, मेरो मितिनि पनि होइन उस्तै देखेर झुक्किएको भनुम् भुने ।दादा कसरि झुक्किनु भो लौ । दादा को आखाआ बिगार् परो ,बोक्सि लागो जस्तो छ् है। ल ल दादा म डाडाघरे धामि बा लाइ खबर् गर्दिम्ला हैत। बरा दादा आखा गएचन् उमेर् मै क्यार्नि होला।
गोतामे जि त्यो म होइन , ठुल्नानि नि होइन होला दादा का आखा को के भर् भो र है, तेसैले चिट्ठा नहाल्नुस् है त ,बरु कबिता बाचन् गर्नुस् न शेर् खा।
 
Posted on 07-02-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी, मेरो हालखबर ठीकै छ। पून्टे दाईको फिलिम हेर्न त मन छ तर आउन पाउँदिन होला।

हैन यो चौतारी त चौतारीको लिस्टमा छैन, कुराकानीकै लिस्टमा छ। सान दाईलाई भनेर चौतारीमा राख्न लाउन पर्यो जस्तो छ। चौतारीमा खोज्दा त भेटिंदैन बा।
 
Posted on 07-02-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिज रातभरि भृकुटि मण्डपको १६ फुटे पर्दामा जम्मै मिलेर भकुन्डो हेरे पछिन् विहानपख देखुन्ट सुतियो। दिम्स भरि सुतियो लाटोकोसेरोको झैँ।
अब राती के गर्नी होला।

पोर्चुगलको सपोर्ट गरेको मैल चैँ।

जितियो जे होस् लास्टाँ।
 
Posted on 07-02-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भकुन्डे भूतले पुनि अर्नु अरिच, आफ्नु त अड्डाँ जानु पर्च धेरै हेर्नु पाको चैं छुइन तेस्मा पुनि आफ्नु टिम ले हारेसि रिस उठिरा'छ । भौते गुरु पुनि हरा'को धेरै नै भो क्यारे, मैले भेट्टाएँ भने चैं त्यो भकुन्डो को रिस उनैलाई पोख्नु परिच । होस् अरे होइ गाम्ले हुर्, भौते ले जुरेलिलाई पाएसि हाम्लै भुले जस्तो छ। कुन दिन मैले भकुराम्चु त्यो बाजे लै ।


:-)>
 
Posted on 07-03-06 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी तितौरीले किन लाज मानेकी होलीन् शेर खाँ? फूटबल खेलेको हो भनेर सोझै भन्दिए भै गो नि! जे होस् हाम्रो गाममा पनि एउ-दुइ म्याच जमोस्, रमाइलै हुन्छ शेर खाँ!

कविता फुरे पछि त यतै छर्ने हो के रे, तर पहिला फुर्न त परो नी!आजभोलि नफुर्ने रोग लागेजस्तो छ!

बनभोजका कुरामा गाम्लेका कान ठाडा भए जस्तो छ, साउने संक्रान्तिमै जानुपर्छ कि के हो?
 
Posted on 07-03-06 4:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पाली पोर्चुगलले कचौरा लैजाओस् भनेर देवी-देउराली भाकेर बस्या छु। जर्मन, इटालीको खेल त हेर्न पनि मन लाग्दैन। फ्रान्स ठीकै हो, जिदान त "जति बूढ्ढो-उति सूढ्ढो" हुँदै आको छ। तर जितिसकेकोले किन जित्ने, पोर्चुगलले जितोस्। एउटा कालो बोकै भाकेको छु।
 
Posted on 07-03-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे २ दिन चौतारीमा के न आको लौ हेरे मास्टरनी दिदी ले नयाँ चौतारी नि बनै सक्नु भरै छ । धरै राम्रो चौतरि बनानु भाको रैच देखेर् धरै खुसि लग्यो।

दादा ले के कुरो गर्नु भाको । लौ मेरो तस्वीर भनेर कस्को तस्बिर् तास्न भको हो कुनी । दादा ले नि आज काल बोबे दाई ले जस्तो गाजा तान्न सुरु गर्नु भाजस्तो चनि।
 
Posted on 07-03-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाजा होईन ठुल्नानी आँखा बिग्रेको दादाको ,लौ हेर तिम्रो नि होइन रेच नि त्यो फोटु।ठुल्नानि क्यार्दै थिऔ एतिका दिन् चौतारो मा आइनौ नि बरै। सबै आउन छोडेचन् किन हो अजकाल्।
गोताएजि,त्यो पोर्चुगाले ले पक्का जित्छ, तर जिते नि नजिते नि कालोबोको बनभोज् लाइ है त।
 
Posted on 07-03-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-03-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ईश्वर जी, त्यो भौते काँ हराएछन् साँच्चि? कि फेरी गुप्तवास बस्न थाले?

हो हो, गोतामे ज्यू, यसपाली चैं पोर्चुगालले नै जित्नु पर्छ विश्व कचम्रा, अर्जेन्टिनापछि मेरो मन पर्ने टिम पोर्चुगालै त होनि। तपाई नि पोर्चुगाल फ्यान कलबमा साइन अप गर्नुस् न।

ठूल्नानी र तितौरीको फोटा हैनन् रे ती? दादाले कसका फोटा टाँसेछन् त? ल ठूल्नानी, म त अर्जेन्टिना हारेपछि पोर्चुगलतिर लाग्दैछु। तिमीपनि पोर्चुगलतिरै आउन, जित्यो भने सँगै नाचौंला, हार्यो भने सँगै रोऔंला। :D

ए तितौरी, अचेल कुम्ले कता हरायो? :)

मास्टर्नी दिदी मुस्कुराउनु मात्र भो, केही बोल्नु भएन नि?
 
Posted on 07-03-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा कुमारी के गर्नु काम मा बिदा थियो । मेरी आमाले घर् मा कम्प्युटर चलायो भने घर बात निकालीदिन्छु रे । लौ भन तिमी नै येदि मलाइ घर् बात् निकलि दिनु भोभने म फेरि आफ्नो सामान् लेयेर् चौतरिमा बास् बस्नु पेर्ने हुन्च।

दादा को आखा बिग्र्यो रे लौ मैले त गाजा पो तान्न थाल्नु भ् येच भन्थानेको।
 
Posted on 07-03-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी तिमीलाइ था नै रेनचन्त ।हेर अ मा लाइ त आ मा होम्मक गरेको कम्पुटार् भन्नु पर्छ नि,
लौ हेर है चित्रे लाइ,अर्जेन्टिना ले भकुन्डो हारेछि त चिप्लेकिरा जस्तो सुरुक्क लाएर पोर्चुगल् तिर रे :)
अनि कुम्ले बा स अ धान् बेच्न सहरा गा होला ,धान् बेचेर इस्कुला नाम् लिखौनि रे क्या।
मिस् न आउनु आइसकेपछि मुसुक्क गरेर मात्रै जानु के हो येस्तो?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters