[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एक हात तेस्तै भो --

[Please view other pages to see the rest of the postings. Total posts: 56]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 35877 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-07-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हात तेस्तै भो --

दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो कुबेर राख्देछन। मलाई देख्ने बित्तिकै कुबेरले माथ्लो तला तिर हेर्यो। बाङ्गे उस्कै कोठामा रे छ क्यारे। छ्यास्स मनमा बिरामि भएर पातकी ढलेछ क्यारे भन्ने लाग्यो। सिङ्ग मरमरको घुमाउरो भर्याङग चढनै के लाग्या थें बाङ्ग्या बा आईलागे हवात्तै। उनी सङ्ग मेरा गरह दशा तेती राम्रो मिल्दैनथे- बाझ्थे। हुन त नातेदार थिए उनी हाम्रा मामाघर तिरका तर मेरा भने दुश्मन।

"के हो?" म तिर हेरेर गर्जिए।

के के हो? परेबा पुर्ने एकादशी तेस्तो के हो भन्या भे पन्डीतलाई सोध्नु -- बार के हो भन्या भे सनिबार -- ब्यान दिउँसो के हो भन्या भे साँझ, मैना खोज्या भे माघ, गते १६, साल सम्म त याद होला नी? भन्दीम कि जस्तो नलाग्या त हैन तै पनि मधुरो स्वरमा भनें "केई न केई"।

बा गर्ज्या सुनेर होला बाङ्ग्या आमा आईन। ए बाबु, के छ तेरो हालखबर? आईज आईज -- माथि नै जा न कोठामा भनीन। बाङ्ग्या बाउको जुँगा मात्रै ठुलो हो हैकम आमाकै चल्छ भन्ने जग जाहेर थ्यो। ओभर राईड भा बा तिर हेर्दा पनि नहेरी भर्याङग चढें।

कोठामा बाङ्गे लम्पसार परी रा रे छ।

बुढानिलकण्ठ पोजमा किन नी तँ? सोधें।

बोलेन बरु ढोका लाउने इसारा गर्यो। लाईदिएँ।

"मैले भाग्ने बिचार गरें" म तिर यस्सो हेरेर आँखा झ्याल बाहीर फ्याल्दै भन्यो।

म त एक छिन अलमलिएँ अनि सोधेँ "काँ?"

"यहीँ भनेर भन्न लाई त काईं जान ला हो र? भाग्ने भन्दैछु -- जता जता हुन्छ तेतै अब" झर्केझैं गरी भन्यो।

"भागेर के गर्ने? तँ र म नी कुबेर हुने?" मलाई भाग्ने कुरो मन परेन।

भाग्या भागेई गर्ने हो त?

अनि के त?

पछी धुई धुई खोज्छन आइज बाबु आइज भन्छन अनि आउने नी --- भाउ बढ्छ के -- एइले त किच किच गरेरै मार्न लाईसके।

भाउ बढने कुरा चैं मलाई नी राम्रै लाग्यो। भाउ त घराँ दुई पैसाको थे न हाम्रो।

बाङ्गेले त पैसाको बन्दोबस्त गर्न सक्थ्यो तर मैले के गर्ने? भनेँ म सँग त गाँठ छैन अनि काँ भाग्ने नी?

"गाँठ साँठ छैन भने पस्पती तिर भाग -- तीँ पस्चिम ढोका बाहीर दुई चार मैना बस कचौरा राखेर अनि पैसा उठेसी अन्त भाग्नु --" बाङ्गे रिसायो।

तेरो कोठामा नी गतिलो एउटा रेडियो त छ त -- भागे पछी त्यो रेडियो तँलाई के काम? सोध्यो बाङ्गेले।

हो एउटा रेडियो त छ स्टेरियो -- तर मेरो हैन त्यो स्टेरियो मात्रै के भन्या थें "सबै थोक आफ्नै भा भे के खानलाई भागी रनु पर्थ्यो?" झर्कियो फेरी।

सल्लाह भो। बाङ्गेले सक्दो हाईज्याक गर्नी अनि मैले नी स्टेरियो बोकेर हिन्नी। तेई सुन्धारामा बेच्ने स्टेरियो अनि चढ्नी बस जताको मन लाग्छ उतैको।

रातभरी निन्द्रा लागेन। सब भन्दा बढता मायाँ तेई स्टेरियो को लाग्न थाल्यो। जति हेर्यो उती प्यारो।

जाडो को छुट्टी चल्दैथ्यो।

ब्यानै देखी मन एक तमासको भो। भाग्न मन लाग्न छोड्यो तर बाङ्गेलाई भनी सक्या छ। मैना दिन जतिमा त आखिर आउनेनै हो भाउ बढार -- तेतीन्जेल था पाउन न घरमा पनि कस्तो हुँदो रे छ म नहुँदा -- चेतुन न सधैं बिग्र्यो बिग्र्यो भन्या रागले के गर्दो रे छ भन्दै मन बाँधे।

भात सात खाएर अलि ठुलो झोलामा स्टेरियो अनि एक दुईटा लुगा हालेर बाङ्गे काँ पुगें। बाङ्गे हिनी सकेछ।

"तेत्रो झोला बोकेर काँ हिँड्या?" बाङ्ग्या आमाले सोधिन। के भन्ने के भन्ने भो "काई न काईं" भनेर छिटछिटो हिनें।

सुन्धारामा स्टेरियोको भाउ मिलेन। पैला त कोई किन्नै नखोज्ने। कोई चोर जस्तो गर्ने कोई किन बेच्न ला भन्ने नकिन्ने। किन्ने भेट्या एक दुई जना बेपत्ता थोर दिन्छु भन्ने। आफुलाई नी बेला बेला नबिके नी हुने जस्तो पनि लाग्न थाल्यो माया लागेर।

लगातार बेपार तिर लाग्दा फेरी चिन्या जान्याले देख्लान भनेर बेला बेला छेउ लाग्दै च्या चुरोट तान्दै थिम्। छोटा दिन ढलकी हाले।

चिसो बढ्न थाल्यो। घराँ भात पाक्न थाल्यो होला -- भात सात खाएर सिरकाँ गुटुमुटु सुत्न छोडेर जस्तो लाग्न थाल्यो। बाङ्गे चैं गाहाकी ल्याउँदैछ।

मैले छोडदे बाङ्गे भन्या उ किन मान्थ्यो। अब चार जना गाहाकी ल्याउँछु किनेनन कसैले भने म सँग गाँठ छ टिकट किन्ने जाने -- स्टेरियो आफैलाई सुन्न हुन्छ भन्न थाल्यो।

साँझ पर्यो। मन अरु छटपटाउँदै थ्यो।

पछी फन्दामा परेको खण्डमा मैले पनि रेडियो बेचे पछी बदमास उ एक्लै कहलिदैन थ्यो तेसैले म सित्तैमा भागुम्ला भनेर मेरो रेडियोको दुस्मन भाको हो बाङ्गे जस्तो नलाग्या हैन मलाई। नभए उ सँग कति छ पैसा त्यो मलाई भनेकै थिएन। मेरो रेडियोको भरमा उ भाग्दैन थ्यो। मैले उस्लाई नचिनेको हैन।

चार जना ल्याउँछु गाहकी चार जना-- गनी राख भन्दै पस्चिम तिर लाग्यो बाङ्गे। तेस पछी बाङ्गेले ल्याको पैलो गाहकि नै अन्तिम गाहकी भो।

हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी।
 
Posted on 09-07-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep - authentic and natural story teller.

Discription with minute details in bolichali ko bhasa - awesome.

Endings are always - priceless.
 
Posted on 09-07-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप! हा हा हा!

हैन के के आउने हो त्यो बाङ्गेओ दिमागाँ? भाग्ने पनि एउटा फेशनै जस्तो रैछ। मेरो एउटा साथी भागेर मुम्बइ सम्म पुग्या थियो उ बेला। बल्ल बल्ल फिर्ता बोलाइयो, त्यो पनि उस्का बा आमालाई सबै मागहरु पुरा गरिदिने बाचा गराएर।

शिरिष ब्रोले भन्या झै भन्नुपर्दा

दीपको स्टेरियो - रु ५००
बाङ्गेको भाग्ने आइडिया - रु १०००
फुपाजु गाहकी - प्राइसलेस!

दियर इज समथिङ मनी क्यान नट बाई!
 
Posted on 09-07-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गएछ प्रभो ! दण्डवत गरेँ।

हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी।
 
Posted on 09-07-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हे दिपेश्वर, हे पावनभुमि हाँडिगाउँनिवासि, हजुरको मुखारविन्द बाट बाङ्गे महात्मय को अर्को अध्याय सुन्न पाउँदा अत्यन्तै प्रफुल्लित भइयो।

 
Posted on 09-07-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Superb Deep! your writing style especially the ending resembles alot like O Henry. I am still laughing Omygosh
 
Posted on 09-07-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha..

and what did your phphaju do when he saw you?

Well written Deep.. I enjoy reading your short stories.. And that Bangey is quite a character...

cheers..
 
Posted on 09-07-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछि प्रभूको दर्शन भो -- कथा ले अट्याक् गरेछन् -- पढ्नै पर्यो भनेर पढि पनि हाले -- छोटो मिठो -- ट्वाक्क -- ठाम ठाम मा त झन्डै हिरिक्कै भाको -- हाँसो उठेर (बुढानिलकण्ठ पोज -- हा) -- असाध्यै राम्रो लाग्यो -- ल -- अरु नि अट्याक् गर्दा झन् सुन मा सुगन्ध हुन्थ्यो -- प्रभूको महिमा -- अपरम्पार (महिमा चौधरी होईन नि फेरी, हुन त उसको महिमा नि अपरम्पारै छ)

त्यो बांगेको चर्तिकला जमाना मा पढ्या झल्यास्स याद आयो -- एक नम्मरको क्यारेक्टर थ्यो नि त्यो त -- त्यसको बाउ नि उस्तै क्यारेक्टर रैछन् -- खानदानी क्यारेक्टर। त्यसको बाउको चर्तिकला नि साझामा छापे त धन्य हुन्थे नि प्रभू ।।।
 
Posted on 09-07-07 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry Guys, Please don mind la

आजको प्रशान्तको जीत सधैंभरिको जीत अनी नेपालीहरु को जीत हुनेछ"

लौन साथीहरु छिटो छिटो प्रशन्तलाई vote गरौ
यो लिन्क बाट free एस् एम एस् गर्न सकिन्छ
Step 1 (Log on)

http://8r1.syminet.com/zipper/

Step 2. Type 52525 in the space box "enter mobile number" , 2nd box, after +91
Step 3: Type PRASHANT in the space box "enter your message here"
Step 4: Type verification code, whatever mentioned there
Step 5: Click "SEND SMS"
 
Posted on 09-07-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यु,

धन्यबाद, राम्रो कथा पढ्ने मौका दिनु भयेकोमा। म हासेँ। धेरै दिन पछि हास्न पाइयो। बाङे त नेपालि समाजको पात्र हो। उ जहा पनि पुग्न सक्छ र बाच्ने रणनितिहरु बुनिरहेको हुन सक्छ। फेरि नेपालको त्यो दिनहरु याद आयो। मैले चिनेका धेरै बाङेहरु अहिले सिधा भैसकेका छन् ( राजनितिको कुरा हैन है फेरि)। यो खुसिको कुरा पनि हो।
तपाइको बाङेले कहिले काहि "गाँजा" पनि तान्ने गर्छ?

अर्को कथाको प्रतिछ्यामा,

urfrenrites
 
Posted on 09-07-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो विषय वस्तु र प्रस्तुति दीप पर्भो! लेखाई भनेको यस्तो पो!
 
Posted on 09-07-07 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै दामी । राम्रो छ लेख्ने स्टाईल ।
 
Posted on 09-08-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pushdya -- dhakeldeko.
 
Posted on 09-08-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धकेलेपछि वल्ल पो मेरा आँख पुगे।
दीप् ज्यो। अति उत्तम् प्रस्तुती, पहिले जस्तै।
 
Posted on 09-08-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha..
Deepji,

"Malgudi days "jastai "Bange days " lekhnu paryo.


 
Posted on 09-08-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुपु को घरँआ कस्तो बजो तनी स्तेरिओ? उत्तम लागो केरे मलाई त। भाषामा सार्है मिठास। हैन यो "त" र "त" कसरी पार्ने हो एस्मा। I mean 'ta' as in 'tapaai' vs 'ta' as in 'tempo' kyaa.
 
Posted on 09-08-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! दीप ज्यो, तपाइको 'ट्रेडमार्क' मौलिक शैली झल्केको छ भाषाको बहाव र हाँस्यरसमा! अन्तको रहस्योद्घाटन जोडदार लाग्यो!
>>> हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी। <<<

 
Posted on 09-08-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी।

के भनुँ खै, खालि यति मत्रै सोचिरहें हन कसरि लेख्छ यो दीप पातकीले यस्तो?

साच्चैँ दीप ज्यो गजब छ, आफ्नै अगाडि भा जस्तै।
 
Posted on 09-10-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirish,

सोमबार पनि शुक्रबार झैं लाग्ने टिप्प्णीको लागि आभार।

CaMoFLaGeD,

बाङ्ग्या दिमागमा आउने कुरो गरेर के साध्धे हुनु -- एक ताका बिस्वरुप तिर दुई चार सर्को तानेसी एक छिन जङ्गल तिर बरालिंदै गरम न मादेब मृग भ र आउँछन कि न भन्थ्यो -- अब आएनै पनि कुन चाईं मृग हो मादेब क्यारी चिन्ने हो भन्दा हुँदी म चिनाम्ला नी तँलाई भन्थ्यो।

भउते

दन्डबत सम्म त ठिकै हो -- तर भेटीमा तेस्तो रित्तो खाम छोडेर हिन्दिन त भे न नी -- झन्नै चिरन्जीबी --मनले चिताको पुगोस भन्देको सित्तैमा।

ल भैगो जे होस तिजा दिन एउटीको कृपा दृष्टी परोस।

Birkhe_Maila,

कल्याण होस -- गतिला मुन्छ्या सँउत गरी रहे --प्रहुल्लीत बनाम्छ -- सबनम खै?

Athena,

राम राम राम के मिठो बोली र छ हौ -- हुरुक्कै बनाम्नी -- चिन्न पा नी हुनी जस्तो लाग्ने गाँठे!

आभार।

yacc,

फुपाजुले देखेसी त फेरी त्यो कथा सक्केर अर्कै कथा सुरु भैगो नी -- बियोगान्त कथा पर्भो बियोगान्त।

बाङ्गेको चरीत्र त तेई लोला भित्रको पानी जस्तो लाग्थ्यो कैले त।

हौसला को लागि धन्यबाद।

KALANKISTHAN ,

अचेल साउनीकी छोरी उस्कै छोरी इस्कुल पुर्याउन जानी झ्यालाट हेरी हेरी सि कुड बी माइन भन्दै बिरक्त्या हो कि के हो, प्रभो? दर्शनै दुर्लभ भो।

Amazing,

हेरी धर्मसङ्कटाँ पारे ई गुरुले मलाई। धन्नेबाद दिम न कथा पढ्याछन् न टिप्प्णी लेख्या नदीम मेरा घरा आए अतिथी भ र --- तर जे भा नी मिसनको रनाहामा छन -- धन्नेबादमा अलमलिए पनि सुभकामना चै दिन्छु दिन्छु।

urfrenrites,

उत्साहको लागी आभार।

बाङ्गेले गाँजा तान्थ्यो रे?

अब भो की? राम मन्दिर र बिस्वरुप तिर बाङ्गे मादेब खोज्न जान्थ्यो एक ताका --मलाई नी चिनाईदिम्ला भन्थ्यो -- एक् दुईटा जोगीलाई न इनै हुन कि मादेब भनेर घुर्दा हुँदी आँखा झिम्काउँथे ती जोगी त --

Gautam B.,

हौसला हम्कीदेको मेरो हार्दीक आभार।

nepkanchhi,

दामी छ है? -- फेरी लेखुम लेखुम लागो गाँठे ---

धन्नेबाद है धन्नेबाद।

SurNaTal ,

पैल्या भन्दा राम्रो भन्दीम न -- सधैं पैल्या जस्तै भ र अनि मैले परगति गर्ने कैले? हो हैन त कुरो? हैन भने हो भन्दीम।

ImI,

लेख्नु त पर्ने हो बाङ्गे -- द पातकी -- डेज भनेर है --

आभार।

oho,

स्टेरियो फुपुको घरा त हैन दनक मेरो घुच्चुकाँ रन्न हुने गरी बज्या चैं सम्झिन्छु।

ta -------->त
ta** ------>तँ
Ta--------->ट

world_map,

हास्यरस त तेई बेलाँ सक्कियो --तेस पछी बिरक्त रस सुरु भो पछी त्यो रस गएर क्रन्दन रसमा परीणित भाको याद छ पर्भो।

PallaGhareAntare ,

को आफ्नै अगाडीको भाको जस्तो, पर्भो?

जो पायो तेई आफ्नो अगाडी पछाडी भाको त राम्रो हुन्न --

टिप्पणीको लागि धन्यबाद।

-----

लौ त बिसाम, अहिलेलाई। प्रतिकृया दिने नदिने सबै पाठकहरुलाई समग्र न्यानो अभिबादनका फुलहरु यहीँ छोडेर बिदा लिएँ मैले।
 
Posted on 09-10-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नमस्ते है ! फुर्सद छैन कथा पढ्ने मुलाइ त। बाबाले तेइ अस्ति केनेर ल्याको स्टेरियो बजाम्दै गित सुनिराकिम म चै
( मनमनै : बिचरा 'म' कस्तो थियो होला अनुहार ... पुपाजु ग्राहक बनेर आउदा --- यो बांगे ले गर्नु गर्यो)
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters