[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सबिता र कबिता

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 97065 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 03-06-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }


बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
 
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।"
"बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।

"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।"

"के हुने हो के?"

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। "
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
 "ज्ञानेश्वर्जाने? "

"जाने २०० लाग्छ।"

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

"२०१ दिन्छु, लौ छिटो हिड।"
 
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"

 ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी।  बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार्  पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट  बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "

"अबश्य।"

"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
 
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
 
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"

"हुन्छ ड्याडी।"

"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।"  मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'

"बेस्ट अफ लक।"
 
"थ्यान्क्यु ड्याडी"
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

क्रमश:


 
Posted on 03-06-08 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kun chahi sabita ra kabita ko kura garna launubhaho kunni rahul daile , tyahi sabita ko ho ki? la na chado, tyahi ho bhane chahi ali ali gai gui sunya the , aja ramrai sita thaha paine bho.


 
Posted on 03-06-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न यो के भयो? एक जना मात्र हो र दुइ जना पो छन् हो यहाँ त। म त चस्मा नलाइकन कथा पढ्न नसक्ने भाको छु। आँखा दुखिराको छ क्या।यो एउटा चस्मा लाएर पढ्छु है राहुल दाइ?

सबिता र कबितामा कुन चाहि राम्री?? भाउजु आउनु होला कथा पढ्न फेरि। म त भाँगे है।


 
Posted on 03-06-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनी बसे कथा सुन्न, अनी ठुल्दै, के के भयो त।
 
Posted on 03-06-08 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।

धारावाहिक नै सुरु भये जस्तो  राम्रो सुरुवात छ ठुल्दाइ ! नारिवादी क्रान्तिकारीको चस्मा नलगाइ पढ्नु भन्नु भा' रइछ, खतरा जान्छ होला !



 
Posted on 03-06-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो सुरुवात छ, ठुल्दाइ। अनी तेस पछी के भयो ? बाकी कथा पनि चाडै टासम है।
 
Posted on 03-06-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धमाकेदार सुरुवात छ दाई।

 
Posted on 03-06-08 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै इस्टायिल को बोली रे लेखाइ दुरुस्तै।

 
Posted on 03-07-08 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले त झन्डै बिर्सेंको, लुकिसकेछ तल
'अनुराधा' लाई बिर्साउने कथा आयो कि क्या हो, अब त झन दुई जना (नारी शिर्शक मा कथा? दाई त नारिबादी हो कि क्या हो?)

दाई को उही पारा के

जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्

२०१ दिन्छु, लौ छिटो हिड।

 नो टेन्सन्, ओन्लि आटेन्सन्।

लौ अर्को पनि आओस, बल्ल त सुरुवात छ


 
Posted on 03-07-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो शुरूवात राहुलदाइ।
त्यसपछि के भयो त?
 
Posted on 03-07-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के भो त ठूल्दाइ ?


 
Posted on 03-07-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पाठक महोदयहरुमा आफ्नो आमुल्य समय यता खर्चिदिनु भएकोमा धन्यवाद।

शिवनगर जी,
मैले तिनै कबिता र सबिता को कुरा गर्‍या, जस्लाई हामीले कमलपोखरी चोकमा भेट्या थ्यौं।

क्रेजी जी,
सबिता र कबिता दुबै उत्तिकै राम्री । तर उनिहरु संग आफ्नो कुनै सम्बध न भएकोले धक मान्नु पर्दैन।

लहरेजी, 

कथा को बल्ल कास्टिङ सुरु भयो। के को हतार ? हतार मा कतार गएर पछुताउन हुन्न क्या।

रिट्ठे जी, 

कास्टिङ नै यस्तो खतरा र भने? आगे आगे देखो होता है क्या।

नेप्छे जी, 
 

सके सम्मा छिटो छिटो राख्ने प्रयासमा छु ।

सुर न ताल जी,

धमाकेदार सुरुवाट त खासै लागेन हो। सबिता र कबिता लाई चिनाउन बाँकी नै छ।

पर्बते जी, 
 
अनुराधा छुट्टै चरित्र को कथा, यो छुट्टै। नारीको अनेक रुप मध्ये का केही रुप लाई चित्रन गर्ने प्रयास हो यो।

चित्रे जी, 
 
त्यस पछी के भो? छोरी टोफल दिन गआइ, म चुरोट पिउन बसें।
चेली जी,

त्यसपछी अर्को अंक मा।
 
 

हर्क बहादुर जी, 

के अर्ने ? आफ्नो स्टाइलमा को कपी राइट छोरी ले प्रयोग गरेकोमा उजुर गर्ने कुरा भएन।


 


 
Posted on 03-07-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्ट्रेस्टिङ, ठुलदाइ को जीवन मा सहपाठी जुनियर,सिनियर निकै जना सँग निकै घुलमिल थियो जस्तो छ् नि ।
छोरी हरु लाई सप्पै को काहानी भन्दा भन्दा ठुलदाइ हैरान हो? साचिक्कै तेस्ताइ होला है ठुलदाइ भोली पर्सी।
छोरी ले टोफल कस्तो गरी त , घर कसरी आउनु भो त ,,, अर्को भाग को प्रतिक्ष्यामा।
 
Posted on 03-07-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे जी,
छोरी लाई कथा सुनाउदै छु, हैरान भै सकेको छैन। सुन्ने अरु पनि छन क्या रे।
 
 
Posted on 03-08-08 3:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेन्सन् लेने का चिज नहिं है देने का है।

wa wa!!!

mero life ko theme pani yehi nai ho!!! dai ko naya katha pherai suru bhayo..... daami jaala jasto jasto cha!!!

waiting for next part!!


 
Posted on 03-08-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा,
म पनि एकाग्र चित्तले सुन्दै छु, सबिता र कबिता । पछाडि बसेर ।

 
Posted on 03-08-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ को अर्को धमाकेदार धारबाहिक आइसकेछ, झन्दै छुटेछ। ल म पनि एकाग्र चित्तले सुन्दै छु है
 
Posted on 03-09-08 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाईले ब्रेक मारेर पो झसङ्ग भइयो नत्र कविता र सबिता मा झण्डै डुबिसकेको!अनि म चिन्छु कबिता र सबितालाई !

कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', राहुलदाइको सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"


 
Posted on 03-11-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता र कबिता
भाग २

छोरी टेस्ट सेन्टर भित्र गए पछि उकुस् मुकुस् भयो। छोरी  प्रति पूर्ण बिश्वाश थियो। सके सम्म राम्रो गर्ने छिन् नै तै पनि एक् पितालाई चिन्ता हुनु स्वाभाबिक थियो नै। आफुले टोफल् दिंदा कस्तो टेन्सन् भएकोथ्यो, तै पनि छोरीलाई सम्झाएको छु।
फेरि एक कप चिया थपें। केही क्षण स्कूलको जमानामा बिचरण गरें। कति जिवन्त थियो कति अनन्त थियो त्यो बेलाको दिन। साथी संगी माझ, न न झेल थियो न खेल थियो, मात्र मेल थियो। सबैको उद्देश्य राम्रो अम्कका साथ एस् एल् सी पास गर्ने लक्ष्य मात्र थियो। सबिता को प्रसंगमा तिनै दिन एकै छिन भए नि ताजा भयो।

समय बितेको पत्तो नै भएन, युसेफ बिल्डिङबाट टोफल् टेस्ट् सक्याई केही निस्की सके। छोरी पनि निस्किने बेला भयो भनी चिया चुरोटको पैसा तिरी निस्के बाटोमा। छोरी को हसिलो अनुहारले टेस्ट् कस्तो भयो सोधिरहनु परेन तै पनि औपचारिकता निभाउनै पर्‍यो।

"कस्तो भयो?" 
"एक्सिलेण्ट"

"मलाई थाहा थियो, एक्सिलेण्ट मात्र होइन महा एक्सिलेण्ट हुन्छ भनेर। छोरी कस्की?" 

" इस्से बाहेक १००% "
छोरी ले गर्बका साथ भनी।
"वाहु वणडर्फुल्!"

"लौ यही उपलक्षमा आज म गौशालाको शानदार् म: म: खुवाउन लैजान्छु। यहाँबाट ५-१० मिनेट मात्र हिड्ने हो।"

"जस्ले यहाँको शानदार म: म: खाएको छैन, त्यसले असली म: म: को स्वाद पाएकै छैन।"

"लौ जाऔ अब"
 
" ड्याडी, अघि सबिता र कबिताको कहानी भन्छु भनिसेको भन्दैगिस्योस् न।"

  "हुन्छ, पहिला म  सबिताको कहानी सुनाउछु।"
 
हुन त सबिता र कबिता दुबै एकै टोलका हुन्, एकै थरका, एकै स्कूलका। यी दुबैको जीवन कथा ब्यथा उस्तै छन्। नियति उस्तै भोग्दैछन्।
सबिता १

सबिता मेरो क्लासको सहपाठी। कक्षा ८ मा हामी सबै भर्ना भएका तर निम्न माध्यामिक स्कूल भने भिन्ना भिन्नै।
स्कूलको केही दिन मै मिल्ने साथीहरुको एउटा ग्रुप बन्यो। हाम्रो ग्रुपमा सबिता पनि थिई। पढाइमा औसत दर्जाको, फेशनमा भने  दिया मिर्जाको।

औसत भन्दा राम्री बान्की परेकी, ८ पढ्दा नि फेशन गर्न जान्ने थिई।  तै पनि उत्ताउली भने थिइनन्।

९ मा जब म अप्रत्याशित रुपमा फस् भएं तब हाम्रो ग्रुप को घनिष्ठता झन् बढ्यो। सबिता, सरिता, अरुनिमा, किशोरी, पंकज, ज्ञान लाल्, राजेन्द्र आदिको मजबूत समूह बन्यो। राजेन्द्र म्याथमा च्याम्पियन। म भने त्यसै फस् उसै फस्।

हफ्तामा एक दुइ दिन खैले कसो घरमा कहिले कसको घरमा ग्रुप स्टडी हुन्थ्यो। यसमानेमा सबैको पढाईको स्तर मा केही न केही बढोत्तरी भएकै थियो। म त सबैको ठुलदाई भैहालें, उमेर ले पनि, फस् भएको कारणले पनि।

 हामी बिचको मित्रता मा इर्ष्या गर्नेहरु जन्मिसकेका भए पनि धावा बोल्ने हिम्मत कसैमा थिएन। एक अर्काको परिवारमा समेत हाम्रो ग्रुपको मित्रता ग्राह्य थियो, प्रसंशित थियो नै।
 
९ को बिचमा अर्कै सेक्सनको मित्रको नजर गहिरो संग  सबितामा पर्‍यो। लम्बू उपनाम ले चिनिने सुनिल भन्ने साथीको ध्यान ज्ञान मा नभै सबितामा केन्द्रित भयो। हेराहेर अनि केराकेर पछि दुबैको मित्रता सतहमा छछल्कियो। मित्रता मात्र पक्कै थिएन त्यसभित्र, धेरैको अड्कल थियो। हाम्रो पनि।

  तर पनि कसैको ब्यक्तिगत जीवनमा हस्तक्षेप नगर्ने र पढाइ भन्दा इतर बिषयमा छलफल नगर्ने हाम्रो अघोषित नीति नै थियो।

समय संगै उनीहरुको घनिष्टता मा दिन् दुइ गुणा रात चौगुणा प्रगति भए। बैंश अंकुराए छ, समय भन्दा चाँडो। बैंश कुनै साइत जुराएर आउदैन, यौबन कहीँ लाइट बालेर आउदैन। भूकम्पको अचानक कम्पन जस्तै, सुनामीको अपत्यारिलो तरङ्ग जस्तै,  जहिले तहिले कहिले , जहीँ तहीं कहीं आउन सक्छ यो बैंश।
प्रेम गर्नेहरुको लागि न जात हुन्छ, न धर्म हुन्छ। न उमेर भन्छ, न अबेर भन्छ।
सच्चा प्रेमको पूजा जता पनि जहिले पनि हुनै पर्छ भन्ने मान्यता छ मेरो।


९ सकियो , १० मा पनि हाम्रो मित्रता यथावत। केही सदस्यहरु थपिए। शनिबारको दिन झनै ब्यस्त भएं। सिक्न आउने , छलफल गर्न आउने मित्रहरु धेरै हुन्थे। जति सिकायो जति डिस्कस गर्‍यो त्यति आफुमा निखार आउने रैछ। आफ्नो उद्देश्य बोर्ड हान्नु थियो,  त्यसै क्रमको एक कदम  मानेको थिए मैले। जुन दिन हाम्रो ग्रुपको ग्रुप स्टडी हुन्थ्यो, हामी भेला भएको केही समय मै सुनिल पनि टुप्लुक्क आइपुग्थ्यो। केही सिक्ने बहानामा, सबितालाई हेर्ने, भेट्ने चाहनामा।
पढ्ने सिक्ने ध्यान थिएन।
संगै निस्कन्थें। कहाँ जान्थे के गर्थे हाम्रो चासो थिएन।

सबिताको पढाई मा कुनै कमि थिएन।  लम्बू  पनि राम्रो स्टुडेण्ट , उनको क्लासमा। स्पेलिङ्ग कन्टेस्टमा संगै थियौं, लम्बू र म।  हुने खाने परिवारको छोरो। बोर्डिङ स्कूल ड्रप आउट्। अंग्रेजी राम्रो मानिन्थे। लाटा देशमा गाँडा तन्नेरी  भने जस्तै। फसब्वाई भन्नेको अंग्रेजी त ८ सम्म "ब्लाक अल्फाबेट बफालो इक्वाल् टु" थियो मेरो। पछि सुधार भए पनि बोर्डिङको केटाको अंग्रेजी गज्जबको हुन्छ अजबको हुन्छ जस्तो लाग्थ्यो।

समय संगै उनीहरुको प्रेम खुल्ला किताब जस्तै भैसकेको थियो। संभवत परिवारजनले समेत यिनीहरुको जोडिलाई सहर्ष स्विकारी सकेको थियो।
म्याथ र इङ्लिसको ट्यूशन संगै जान्थे। अर्थात उनीहरुको जोडि अब कहिलेइ नछुटिने बन्धनमा बाँधिसकेको जोडी जस्तो भैसकेको थियो। हामी माझ पनि कुनै कुराको पर्दा रहेन। प्रमाणपत्र तह सकिने बित्तिकै बिहे गर्न दुबै परिवार राजी भैसकेको थियो।

एस् एल सी सकियो। हाम्रो ग्रुपका किशोरी भने ९ बाट १० मै गुल्टिएकी भएकीले अन्तै स्कूलबाट परीक्षा दिएकी थिइन्। बाकी सबै जना पास। अरुनिमा, सरिता, अनि सबिता सबै पास्। केटाहरुमा नि ज्ञान लाल् फस् डिभिजनमा, पंकज सेकेण्ड डिभिजनमा। तर अचम्म भयो, लम्बू भने फेल भयो इङ्लिस् मै। राजेन्द्र म्याथ मै।

"लौ शान्दार म: म: आइपुग्यो, पहिला म: म: हाम् अनि मात्र बाकी कथा तिर् जाम्, कसो छोरी?"

"एस् ड्याडि, भोक नि लाग्यो, कोक नि पिउने हो कि?"
 
क्रमश:


 
Posted on 03-11-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको बिचमा म: म: ल्याएर ठुल्दै,
भोक लागेको बेलामा, अब देखी नियम बनाउनु परो,
३ देखी ५ को बिचमा म: म: को कुरा गर्न नपाई,
नत्र टाएर बाल्दिम
ठुल्दै यो भाग पनि गामी गयो, अली छिटो छिटो हाठ चलाउने हो कि। 
 



PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters