[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 डसान

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 35060 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 04-24-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डसान

कुरा पुराणबाटै सुरु गरम होला। आफ्नै पुराण। हिंजो अस्ति जस्तो लाग्छ ति दिनहरुमा यो जिन्दगी खेलेको तर एक जुग बितीसकेछ।

मौसम गर्मीको थ्यो। भर्खरै जस्तो पानी परेर रोकिएको। दिन बिदाको अनि समय फक्रदो अपरान्हको थियो। रन्किदो घामले अघि परेको पानीलाई बफ्याउँदै गर्दा घरमा अब के गर्ने हो सोच्दै थिएँ। घरमै बसीरहनु उचित थिएन। घरमा भएको तिर्पट फुटबल बोकेर बाङ्गेको घर तिर लागें।

बाङ्गे ओछ्यानाँ तेर्सीरा रेछ। ", हिन फुटबल खेल्न" भन्या "यो मध्ये दिउँसो नी कोई फुटबल खेल्न जान्छ? तरुनी हेर्न भए नी लौ भन्नु" भन्यो।

"दुई चार सट हानम अनि तरुनी छदै नी--बुलबुले जाउँला त्यसपछि" भनें। अनि बल्ल बाङ्गे तात्यो। बुलबुलेमा उस्की बुलबुल थिई त्यो बेला। बिचरी बुलबुल एक्ली थिई, बाङ्गे जस्ता ब्याधाहरु छ्यापछ्याप्ती।

बाङ्गे बल उफार्दै डबली तिर लागिम। "तँ मात्रै के खेल्नी अरुलाई नी बोलाम " भन्यो बाङ्गेले। कुरा ठिक हो। जति धेरै भो, खेल्न उती मजा। सुपारी, ट्वाक, बर्मु छ्याकलाई नी भेला पारियो। सुरुमा जो पनि नाईँ भन्ने। बाजी खेल्नी, अनि हार्नेले कोक, चुरोस, मोमो ख्वाउने भरे नक्सालाँ भनेसी बल्ल कुरो मिल्यो।

जना भैयो जम्मा। दुईटा पोस्ट बनाएर खेल्न नमिल्ने। के गर्ने? एउटै पोस्टाँ गोल हान्ने दुईटा टिम बनाएर कि के गर्ने भन्दै सल्लाह गर्दै धोबीखोलाको फाँट तिर पुगियो। त्यहाँ एउटा बारी थ्यो जुन कसैले खन्दैनथ्यो। चौर जस्तै थ्यो। तिन तिर खनेका बारीहरु थिए एकातिर रुखै रुख। थोरै जना खेल्न त्यो चौर ठिक्क थ्यो।

अनेक तर्क बितर्क पछि कसरी खेल्ने त्यस्को तय भयो। बिचार छ्याकको थियो। दुईटा टिम बनाउने अनि पालै पालो दस "प्ल्यान्टी" हान्ने। हार्ने टिमका तिनजना मिलेर जित्ने टिमकालाई भरे नक्सालाँ एभरेस्ट :: कोक चुरोस सँग ख्वाउने। प्ल्यान्टी हान्नु अघि एक छिन एउटै पोस्टाँ गोल हान्ने गरी वार्म अप गर्ने पनि कुरो भयो।

हप्प थ्यो। चौर अझै भिजेकै थ्यो। स्लिप हान्दा लुगा बर्बाद होला भनेर सबैले भित्रि कट्टु बाहेक सबै लुगा फुकालेर छेउमा राखियो। त्यो चौरको बरीपरी घर थिएनन। अलि पर बाटामा पुगे पछि मात्रै बाक्ला घर थिए। त्यस्तो लुगा फुकालेर बेला बेला पहिले पनि खेलेकै हो। केही असजिलो थिएन। चप्प्ल जुत्ताको पोस्ट बनाईयो। चप्पल लाएर खेल्न नमिल्ने। कोहि नाङ्गै खुट्टा कोही जुत्ता लाएर खेल्ने कुरा भएन। नली खुट्टाँ जुत्ताले बजायो अर्कोले भने भुतुक्कै पार्थ्यो। फेरी "अन्दरप्यान्ट्स" जुत्ता लार के फुटबल खेलाई भयो ?

खेल्न थालियो। गर्मी पनि भयो। जोस पनि बढ्दै गयो। तिर्पट बल पनि ढाडिदै थ्यो। यसै क्रममा छ्याकले जमार एक सट हान्या के थ्यो बल बत्तेर परको रुखाँ पुग्यो। बाङ्गे बल लिन पुग्या थ्यो एक्कासी आत्त्तेर मुख छोड्दै हुईकियो। पहिले कुरा बुझिएन, बुझे पछि देखियो पनि। बाङ्गे "अरिन्ङगाल अरिङ्गाल" भन्दै बतासियो। छ्याकको सटले त्यो रुखाँ अरिङ्गालको गोलो रे त्यसैमै दिएछ दनक। अरिङ्गालहरु भुसुक्कै अपसेट भएर बल फलो गर्दै ओर्लेछन। बल टिप्न पुग्या बाङ्गेलाई पछ्याउँदै एक हुल आएका ति अरिङ्गाल देखेर हुर्धुराउँदै टाप कसेका हामीलाई पनि ति अरिङ्गालहरुले साथ दिए। हामी सबै ठुलो बाटो तिर दौडदै थिम। मेरा पछाडी दुईटा लागेका थिए।

टाउकाँ ल्याण्ड गर्लान भनेर दुईटै हातले टाउको मुसार्दै नो ल्याण्डिङको संकेतमा बत्तिदै थिएँ। मेरो अघि अघि बाङ्गे अनि ट्वाक थिए। बाङ्गेलाई एउटाले डसी सकेछ। उ उत्पात मुख छोडदै दौडान दि रा थ्यो। ट्वाकको पछि पनि दुई तिनटा थिए। पछाडी फर्केर मेरो पछि लागेकाहरुलाई हेर्दा बर्मु छ्याक पनि बत्तिंदै गर्या देख्या थिएँ।

त्यता तिर भएका घरका बार्दली, कौसी, अनि झ्यालाँ भएका मान्छेहरुले हेर्दा अरिङ्गाल के देख्दा हुन तर हामी कुदेका देखेर " हेर यि बिग्रेका केटाहरु -- अब हुँदा हुँदा दिउँसै यसरी नाङ्गै दौडिन थाले" भन्दा हुन। हाम्लाई भने अर्कै पिर। कलिलो ज्यानमा अरिङ्गालले धाबा बोलेका थिए।

भन्दा भन्दै मलाई नी एउटाले डसी हाल्यो नी टाउकाँ। ढुङ्गेधाराँ पुगेसी हाम्रो दौड सकियो। डसानमा पर्नेहरुमा बाङ्गे, , बर्मु भएछम। छ्याक, ट्वाक सुपारीले हामीले के गरेको भए टोकानमा पर्दैन थिईम त्यस्को बारेमा ज्ञान बाँढ्दै थिए। लुगा लिन जान बाँकि नै थ्यो। टाउको आफ्नो यसै टन टन हुन थालि सक्या थ्यो ज्ञान गुन चाहिया थिएन, लुगा चाहिया थ्यो त्यति बेला। मुखमा जे जे आयो बोल्दै हामी डसानमा परेकाहरु नपरेकाहरुलाई त्यो चौरमा गएर लुगा ल्याउन आदेस दिदै थिईम। एउटी आमैलाई अत्ति भएछ क्यारे बार्दलीबाट कराईन " मोरा हो, तिमीहरुलाई लाज सरम त्यस्तो केई कि छैन हँ?"

आफुलाई कस्तो भै रा बेलाँ अझ लाज सरम रे। झनक्क रिस उठ्यो। मैले केही बोल्नु अघि नै बाङ्गेले पनि आमै तिर हेरेर सोध्यो "खोजेको जबाफै कि यत्तिकै?"

आमै छक्क परीन। अघि लाग्दै गर्दा एउटा हातले उस्लाई डस्या ठाम मुसार्दै अर्को हातले कट्टुको ग्यास्टिक प्याट्ट् तानेर छोडदै भुतभुतायो बाङ्गे "अहिले यै त्यान्द्रो नी खोल्दिन्छु अनि -- आफुलाई अरिङ्गालले डसेर यस्तो भैरा बेला अझ लाज सरमको कुरा गर्दा --"


 
Posted on 04-24-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"टाउकाँ ल्याण्ड गर्लान भनेर दुईटै हातले टाउको मुसार्दै नो ल्याण्डिङको संकेतमा बत्तिदै थिएँ। ""  lol

 

superb as usual.  sachai dasya ho?


 
Posted on 04-24-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-24-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "काम पाइनस बाङ्गे अरिंगालको गोलामा फुटबल हान्" भनेको यहि हो!
 
Posted on 04-24-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गे पुरा सुनेर प्रा रमणिय भएको क्षमा आफ्नो धारणा राखेर पोस्ट प्रसार गरेपछि प्रेरणालाई देखियो प्रणाम छ!

हुर्रेssss... बल्ल झन बढि बुडेसकाल लागेसि प्रेरणा भन्न जान्ने भइयो गाँठे!

अब त हाउँरो घर तिर आउलिन कि दीपिकालाई लिएर!

Last edited: 24-Apr-08 02:07 PM

 
Posted on 04-24-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.हा हा हा दीप ब्रोले अत्ति हँसायो यार!!

"प्ल्यान्टी" त हान्नै पाएन छ! लोल!!


 
Posted on 04-24-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

त्यो छ्याकले "प्ल्यान्टी" हान्दा "गोल्कि" चाइँ को बस्या थ्यो कुन्नि?


 
Posted on 04-24-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्ल्यान्टी त अरिङ्गालले मात्रै हान्यो नी त्यो दिन। सम्झ्यो भने अहिले नी खिल पल्ट्या जसरी चस्किन्छ टाउको। एक इन्ची जति छेड्यो कि जस्तो भाको भन्या त्यति बेला।
 
Posted on 04-24-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो "प्ल्यान्टी" रोकिएसि डसान खानेहरुले फ्रि मःमः खान नपाभे चै बिजोगै भो।
 
Posted on 04-24-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि एही प्रश्न हो
म: म: खान पाये कि पाएन नि
 
Posted on 04-24-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बे गरेर बिजि हुनुका साथै बुढेस्काल लागेर ब्रिध भएको बिर्खे बाजे लाइ मेरो पनि बिग प्रणाम छ
 
Posted on 04-24-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for making my day Deep Jyu,

I really need stuff like this. I laughed and laughed and laughed and "die die laughing....

WOW, kya mazza ko aringal raicha bangelai tokne ta!

ha ha ha ha ha ha h a


 
Posted on 04-24-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! प्ल्यान्टी त अरिंगालले मात्रै हान्या रे'छ! बाँकी सबै गोल्कि भइहाले नि! हा हा हा!! हान्नु पनि खिलको प्ल्यान्टी हान्या रैछ, गोल्किहरुको बिजोग!  साँच्ची म:म: को कुरा त भुसुक्कै बिर्सिएछ! पछि खाइयो त म:म:? हुन त फुटबलमा नजितेपनि रेसमा त जितेकै हो क्यारे अरिंगाललाई!

जिम्माल बा बे गरेर बिजि भा रे? लोल!


 
Posted on 04-24-08 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत तेरिक, हाँस्दा हाँस्दा झन्डै खुस्कया । पुरना दिनहरु याद आए, [Ronast] को चौर, टक् सारको चौर, नखिपोत, तीखिदेवल, लगनखेल तिर फूटबल खेल्या दिनहरु । धन्यवाद दीप ब्रो ।     
 
Posted on 04-24-08 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त देखेकै थिइन ! बबाल गइसकेछ, दिपज्यूको ! 
 
Posted on 04-24-08 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो को अर्को धमाका आएछ। धित मरुन्जेल हास्न पाइयो।

तर यो साझा लाई नै सुन्य पारेर बेला बेलामा भूमिगत चाइ हुनु भएन है प्रभो ।


 
Posted on 04-24-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


डसानमा पर्नेहरुमा बाङ्गे, , बर्मु भएछम। छ्याक, ट्वाक सुपारीले हामीले के गरेको भए टोकानमा पर्दैन थिईम त्यस्को बारेमा ज्ञान बाँढ्दै थिए।

सटिक छ लेख , खुब हासियो जे होश।

 
Posted on 04-24-08 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"टाउकाँ ल्याण्ड गर्लान भनेर दुईटै हातले टाउको मुसार्दै नो ल्याण्डिङको संकेतमा बत्तिदै थिएँ।"

उ बेलैं हाँरो यो बेलाँ जस्तो, दिप? अहिले हुँदि त छाला नि बाँकी छ कि छैन, हँ?

भर्खरै हुसु-या थेम् के रे। हाँस्दा हाँस्दै पचाईयो पनि, अब सुत्न गईं। ज्यानलाई बेड ल्याण्डिङ् चाईयो, जो।

पि.यस.: जिम्माले बे अरेसि के खान बिजी हुन्थे? नपाउन्जेल पो खोज्दा खोज्दै बिजी। पाएसि त भुँडी मुसार्दै थचक्कै बसि रा' होलान् नि! कि कसो, कुम्ले? तेस्तेई होईन र भन्या?


 
Posted on 04-24-08 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पुराना दिन  को याद दिलायौ यार !!! दशै ताका काठ को बिजुली खम्बा चदडै चङ्गा खसाल्ने भाथिए --अरिङ्गाल को गोला समातिएछ अनी त चप्पल धानबारीमा मान्छे अगाडि अगाडि अरिङ्गालको हुल पछाडि , झझली याद आयो मलाई .

 

"घरमा भएको तिर्पट फुटबल बोकेर बाङ्गेको घर तिर लागें " & " जोस पनि बढ्दै गयो। तिर्पट बल पनि ढाडिदै थ्यो। "       

 साचै  बल त्यो पनि हिले चौरमा नखेली त कस्को बाल्यकाल बित्यो होला र हैन त साथी हो ?  

superb brother, keep going


 
Posted on 04-24-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are you this funny in real life too ?

यो बाड्गे र दीपको जिन्दगीमा कति कुरा हुन सक्या हो !

‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌+++++++++++++++

अचेल भै राख्या कुरा कहिले सुन्न पाईने होला - प्रतिक्षारत छु !

podcasting गर्ने हो की ?


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters