[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 संझना दिदी !

[Please view other pages to see the rest of the postings. Total posts: 134]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 89825 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 06-05-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संझना दिदी !


धेरै बर्ष पछि काम बिषेश ले आफ्नो पुरानो स्कूलमा पुगेको थिएं। बिश्व निकेतन को स्वरुप पुरै बद्लिसकेको भए पनि स्म्रिति पटलमा अझै संझनाहरु छरप्रष्ट थिए। आधुनिक भवन, नयाँ नयाँ सर् मिस् हरु। तर पनि हामीले  चिन्ने, हामीलाई पढाउनु भएका सर् मिस् हरु थिए नै
। हेडसर् संगको भेटको क्रम मा उही पुरानो गुनासो भनुं को चिन्ता प्रकट गर्नु भयो।


"बोर्ड ल्याउन सकेन स्कूलले। आजभोलि राम्रा बिद्यार्थीहरु सरकारी स्कूलमा आउन नै छाडे।"

"राहुल्,  आज को लास्ट पिरियड मेरै छ क्लास् टेनमा, संगै हिंड। बिद्यार्थीहरु लाई केही प्रोत्साहन गर्नु पर्यो। यसपालीको ब्याचमा केही राम्रा बिद्यार्थीहरु छन्। बोर्ड ल्याउन सक्ने। मोटिभेशन को कमी छ।"

"हुन्छ सर्!"  मेरो सानो प्रयासले प्रेरणाको संजिवनी  बन्छ भने एक् चोटि त के बारम्बार यो स्कूलमा आउन तयार् छु। आखिर यो स्कूल ले नै त हो नि म जस्तो लड्डु लाई मान्छे हुनुको अनूभुति दिलाएको।" मैले नि दिएं एक भाषण।

हेड् सर् ले मेरो परिचय दिनु भयो,  बढाइ चढाइ । यस्तो थियो राहुल्, उस्तो थियो राहुल्।
आफ्नो पालो मा मैले नि आफुले स्कूल पढ्दा को, गरिबी बिरुद्ध लड्दा को राम कहानी सुनाएं। इङ्लिशमा नेगेटिभ सेन्टेन्स के भन्ने थाहा न पाएको राहुले ले कसरी उच्चत्तम अंक हासिल गरे, नेपाली को एउटा वाक्य शुद्ध लेख्न न जान्ने ले नेपाली मा नेपाल भरि मै सर्बाधिक अंक  कसरी ल्याए, आदि इत्यादि भनें।


अन्तमा हेडसर् ले, दाइ संग केही सोध्नु छ भने सोधी हाल् भनेर बिद्यार्थीलाई भन्नु भयो। एक जना छात्राले मात्र केही सोध्ने हिम्मत गरिन्। उनको जिज्ञासा पुरा गर्न सकें वा सकिन अर्कै कुरा तर उनीमा भएको कन्फिडेन्स ले प्रभाबित पार्यो। फर्किने क्रममा, हेड सर् ले अघि प्रश्न गर्ने छात्राको बारे केही भन्नु भयो।
 सदिच्छा श्रेष्ठ, बाबु ४ बर्षको नहुदै गुमाई, आमा पनि १० बर्ष देखि जापान मै छिन्। बिचरी मामा घरमा  दुखले बसेकी छिन्, तर ट्यालेन्टेड छे।
मलाई आशा छ, यसले केही न केही गर्छे। पारिवारिक चिन्ताले पढाइमा असर गरेन भने छात्राहरु तर्फ बोर्ड ल्याउछे।

 स्कूल छुट्टीको टाइम पनि भयो, हेडसर्  संग बिदावारी गरी स्कूल बाट फर्किने क्रम मा मैले स्कूल को गेट निर सदिच्छालाई देखें। अघि सर् सदिक्षा को बारेमा भन्दा कता कता चिनेचिने जस्तो लागेको थियो। मन ले कहि सम्झना दिदी को छोरी त होइनन् सदिच्छा भने जस्तो लाग्यो। पारिवारिक हुलिया ले त्यस्तै संकेत गर्थ्यो। 


सोधि हालुं जस्तो लाग्यो र बोलाएं-"सदिच्छा!"


एक छिन अलमलीइ उनी। हजुर , तपाईं ले बोलाउनु भएको?

"हो।"


"तिमी संझना दिदी को छोरी हो?" मैले ठाडै सोधी हालें।


"हो सर्,  तपाईले चिन्नु हुन्छ, मेरो मम्मी लाई?" उनको चेहरामा अनौठो चमक् आयो।

 
"हो म चिन्छु दिदी लाइ, कुनै समयमा हामी एउटै अफिसमा काम् गर्थ्यौं"  मात्र  भने। भन्न त मन लागेकोथियो धेरै कुरा तर कलिलो उमेरको कलिलो मष्तिस्क मा गहिरो चोट पर्ला कि भनेर भनिन।  संझना दिदीको जीवन  यात्राका प्रतिकूल् समयमा  केही बाटो मैले नि संगै हिडेको छु, घाउहरु दुखेको छु।

संझना दिदीको बारेमा सुन्ने जान्ने रहर् थियो होला तै पनि साथी सङ्गिहरु सित घर् हिड्न लागेकीले मैले डिस्टर्ब गर्न् उचित मानीन।
मलाइ हतार् छ, कुनै दिन फेरि स्कूल आउला भन्दै थोत्रो के बजाजलाई लात मारें।

संझना दिदी र म एकै ब्याचमा जागिर् भएका थियौं। उमेरले हामी भन्दा सिनियर भएकी ले सबै जना  ना सु संझना श्रेष्ठलाई संझना दिदी भन्ने गर्थे। साह्रै मिजासिला,काम प्रति लगनशील, भलादमि कर्मचारिको रुपमा चिनिन्थ्यो। जागिर् को केही समय मै मेरो शाखा मा सरुवा हुनु भयो। समय मै अफिस आउने अनि भएको काम् सके पछि मात्र जीवनको यावत पक्षमा खुलेर बहस् गर्ने गर्नु हुन्थ्यो। किन यो उमेरमा कसरी हाम्रो अड्डा मा जागिर् खान पुगी देखि लिएर पारिवारिक किचलो, बाल् बच्चाको भबिष्य सम्म को कुरा गर्नु हुन्थ्यो। हाकिम् आफु भए पनि जीवनका धेरै जीवन्त वसन्त भोगेकी, धेरै जर्जर् पटझर् झेलेकी दिदी को कुरा मनन् गर्थें।

सदा झै टाइम अफिस आउने  संझना दिदी त्यो दिन म अफिस पुग्दा पनि देखिएन। हाकिम भएर भन्नु भन्दा पनि नानी देखि लागेको बानी टाइमा अफिस बिरलै पुग्थें। स्कूलमा त ढिला पुग्ने रेकर्ड राख्ने मान्छे।
टाइपिस्ट् लाई सोधें। "संझना दिदी आउनु भएन?"
 
"खै सर्, अहिले सम्म न आएकी ले आउदैन कि?"
"फोन सोन त गरेकी छैन?"
"छैन सिर्।"

नेवारहरु को घर् मा अनेक भोजभतेर् होला त्यसैले न आएकी होली। एुउटा टिप्पण्णि लेख्न दिएको थिएं, फाइल पो कहाँ राखेर गई फेरि, म एक छिन आफै संग कराए।
ड्रयर् खुला थियो, मैले खोजेको फाइल माथी नै रहेछ। अधुरो टिप्पणीको साटो आफै अर्को टिप्पणी लेखेर स्वूक्रितिको लागि कर्यकारी प्रमुख कहाँ पठाइ दिएं।

अर्को दिन पनि संझना दिदी म अफिस पुग्दा सम्ममा देखिएन।  मौसम खराब् छ, बिरामि भयो होला भन्थाने। दिउसो खाजा खाने समय तिर् हस्याङ् फस्याङ् गर्दै आइन्।
मैले केही भन्न न पाउदै भन्न थालिन्।

"सरी सर्, सर लाइ फोन पनि गर्न भ्याइन।"
"के भयो दिदी?"
"मेरो श्रीमान् लाइ हस्पिटल् लगेको। कोइ छैन हेर्नुस् त हेल्प गर्ने।" (बिबशताको उदबोधन!)
 
"के भएको किन लगेको?
अस्ति नै टाइफाइद भएको निको भैसकेको भनेको होइन?"
 
हो सर्, ज्वरो बल्झियो, बेहोस् हुनु भयो घर् मै। अनि हस्पिटल् लगेको।

"डाक्टर् साहेबहरु के भन्छन् त?"

खै टेस्टहरु को रिजल्ट नआउन्जेल केही भन्न सकिन्न रे। के हुने हो के? म त साह्रै टेन्सन् मा छु।

"टेन्सन् न लिनु, टेन्सन् लेने का चिज नहि है, देने का है भन्थ्यो इलाहाबाद मा।"

भोलि सम्ममा टेस्ट् को रिपोर्ट आउछ भनेको छ, सर् ले कोइ डाक्टर् चिन्नु भएको छ भने भन्दिनु पर्‍यो, मेरो बुढा लाइ खास के भएको हो?

उनको स्वरमा नमिठो त्रास् को अक्म्पन थियो। आत्तिएकी, बिबश नारी को अन्तर्आत्माको आवाज सुने जस्तो लाग्यो।

"बीर हस्पिटलमा होइन?"
 
हो सर्, मेल् मेडिकल् वार्ड्, २०१ नम्बर् को बेडमा।


 "त्यता भए त म संगै पढेका ३७ जना डाक्टर् छन्, कोइ न कोइ त भेटिएला। म भोलि अफिस् सकिना साथ त्यतै आउछु। धन्दा नलिनु। बिरामी लाई राम्रो सङ हेरबिचार् गर्नु।

 "हस सर्" भन्दै हतार् हतार् पाइला बढाइन्। क्रमश:


 


 
Posted on 06-05-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्मिक कथा को सुरुवत भएछ दाजु। ल खोल्दै जानुस कथाहरु, यो पटक म पनि छिट्टो चिट्टो पढ्ने प्रण गर्छु।
 
Posted on 06-05-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, कथा शुरुवात राम्रो छ ,......सर ररर अघी जादै छ,

अर्को भाग पनि राख्नु भएहुन्थ्यो


 
Posted on 06-05-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठूल्दाई , नयाँ कथा सुरु गर्नुभएकोमा शुभकामना छ!

सुरुवात राम्रो छ, तपाइँ पस्कँदै जानुहोस हामि रस्वास्वादन गर्दै जान्छौँ!



 
Posted on 06-05-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको नयाँ कथा आएछ। लु म त पलेटी मारेर बसे पढ्न। सुरुवात राम्रो लाग्यो। अरु पनि छिटो पस्किनुस् है      
 
Posted on 06-05-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile pani padhe thuldai, arko bhagko byagra pratichhyama chhu. :)

 
Posted on 06-05-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, निकै मार्मिक कथा लेख्न लाग्नुभएछ। पहिलो भाग धेरै राम्रो लाग्यो। अन्य भागहरुको प्रतिक्षामा!


 
Posted on 06-05-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै को अर्को कथा वा वा वा। तर यो कथा अत्ती मार्मिक होला जस्तो छ।
 
Posted on 06-05-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai Dai, it is going superb. Please don't delay posting upcoming parts.


 
Posted on 06-05-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनि बसे है राहुलदाइ कथा सुन्न!!अरु पनि पस्कँदै जानुहोस
 
Posted on 06-05-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baki part jindabadh

 
Posted on 06-05-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पनि सम्झना दिदी हुनु हुन्छ सक्रमेन्तोमा। एकदम भलद्मी
 
Posted on 06-05-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साथीहो राहुल भाई जागे, सबै जाना लाई बधाई अनी राहुल भाई लाई साधुबाद बिहीवार को बगलामुखी जस्तो साझामा हुल हुने भो
 
Posted on 06-05-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

marmik katha jasto cha  -   rauldai aru bhag pani chhitai padhna paiyos.
 
Posted on 06-05-08 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, नयाँ कथाको लागि शुभकामना !!
दु:खद जस्तो देखिन्छ, नहसाए पनि रुवाउने पनि नहोस् है  
 
Posted on 06-05-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ni base hai thuldai, katha sunna!!

hajur ko nepali ma kati marks aako ni?? bafre nepal bhari highest??

I m proud of our thuldai.


 
Posted on 06-05-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai,

                    To be continued hos chadai nai...


 
Posted on 06-05-08 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ अर्को पिडाले भरिएको कथा होकी के हो? लौ सुनम जीवन नै एउटा पिडा हो हैन त, यस्तै पिडाले भरिएको कहानी सुनियो भने केही सिक्न मिल्छ, ल चाडै जावोश अर्को भाग है त दाई।
 
Posted on 06-06-08 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ जे सुकै परोस ,हामी पनि बसियो अब दाईको कथा पढ्न ,शुरुवात राम्रो लाग्यो दाई अरु भागहरुको प्रतिक्छ्यामा।।।।।।।।।।।
 
Posted on 06-06-08 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dai suruwat ramro chha aba aauney bhag haru ajhai ramro hunchha bhanney mailey aash gareko chhu. Good goin .
 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters