[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 206476 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-20-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे कहा हरा'होला भन्ठन्या म त ,ट्राफिक् पुलिसाँ भर्ति भएछन् अनि पो यता आउन कम् भा'रे छ।
 
Posted on 10-20-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा! नमेले हँसायो।

लौ, पून्टेदाईको फोटो खिच्दिएँ मैले तास खेलिरहनु भएको। एक हातमा तास, अर्को हातमा पैसा हो। पून्टेदाई मलाई जितौरी दिनुस् है! ;)

 
Posted on 10-20-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को जितौरी नि, चित्रे? चश्मै नलाईदिएसि के तास देख्या होला र जित्नु मुईले? बेपत्ते हराईदियो नि! बरु हतौरी लेऊ मलाई, घर जान ट्याम्पु भारा नि छैन खल्तिमा!

खप्पर भुने ट्याक्कै मिलाएछ। तर तो सट त...छि छि छि! हरिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽयो! नौटंकीमा जोकरै बनाम्ने बिचार हो कि के मुलाई? तेसो भए त नाक नि राऽऽऽऽऽऽऽऽऽऽतै पार्दे हुन्थ्यो नि! :D

ल हेर, ल हेर! तितौरीको कपाल झपक्कै रे'च। अब को लोभि त? लोभी होईन भुने सापट लेऊ के रे अलि कता कपाल! धर्मै हुन्थ्यो। "तितौरी मैया कपाल कल्याण कोष" को अदेछ्छे नि तिम्लाई नै बनाम्ला! :p
 
Posted on 10-20-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-20-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई मस्त तासमा
जित्छु कि भन्ने आसमा
ए औँसी बार गाइतिहार भैलो!!

छेउमा बसिन् तितौरी
पाउलिन् कि तिन्ले जितौरी
ए औँसी बार गाइतिहार भैलो!!

नमेको कार्टुन् हसाँउने
सुर ल्यायो मलाई फसाँउने
ए औँसी बार गाइतिहार भैलो!!

चित्रेले बनायो नक्शा
खोलन पैसाको बक्शा
ए औँसी बार गाइतिहार भैलो!!
 
Posted on 10-20-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा बरा सिर्फ् ३ वटा कपाल् बाकि रे'छ,भएन यो तिहार् मा हरियो टोपि गिफ्ट् दिनु पर्यो छोप्न :पि

चित्रे मेरो पनि फोटु खिच्देउ न।

कुम्ले लाइ भैलेनि गीत् आउदो रे'छ, भरै राति हामि स भैलो खेल्न आउ ब्याक् ग्राउण्ड् मा तिमि गाउ हामि मुख् चलाए जस्तो गर्छौ, अनि पैसा हाम्लाइ चामल् तिम्लाइ बाडौला हुन्च। :D
 
Posted on 10-20-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पुन्टेदा !!
सब आउनुभा'रछ । रमाइलो हुने भो चौतारी

तिरु सन्चै छौ ?
ल झन पुन्टेदाले १०१ दिन्छु भन्नुभा'छ । अरु को केइ भरोसा नै छैन तिरु । कति दिने हो .. म चै ढुक्क छु गौतमले जापानी साडी अनि पुन्टेदाले बणारसी साडी रे :D हैन त पुन्टेदा ?
बरु सबैले भन्दिए त्येअनुसार सेलरोटि सुपाडि अनि अरुखाले खानेकुरो तयार गर्न हुन्त्यो :P

ल भैलो खे्लदै र'चन । म चै छिटो छिटो घर पुगेर आगन करेसो सफा गरेर राख्नु पार्यो ... आगन मा तितौरीको साथि करेसा तिर कुम्लेको मादाल अनि गित । (तितौरि बाठी र'चिन ) म संग त पैसा छैन रंगी चंगी रोटि र चामल दिनपर्ला
 
Posted on 10-20-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाई,
तपाईले हिजोदेखि कन्ट्याक्ट लेन्स् लाउन थाल्नुभाको भुल्नुभो कि क्या हो? अब चश्मा लाउँदा नाक, कान दुबैलाई भार हुने हुनाले कन्ट्याक्ट लेन्स्को पर्योग गर्ने डाङ्डर सा'बको सल्लाह बमोजिम गरेको पो हो त। फेरी त्यो हरीऽऽयो सर्ट नि डाङ्डर साबले नै किन्न सल्लाह दिनुभाको त हो नि। हरियो बस्तु हेरेमा आँखा तेजिलो हुन्छ भनेर तपाईले नै घाँस जस्तै हरीऽऽयो सट छानेर किन्नु भएको नि कति चाँडै भुल्नुभएछ! :)

कुम्ले आयो साईकलमा गाउँदै गाना
हाम्लाई फसाउने बुन्दै तानबाना
हे औंसीबार गाईतिहार भैलो

पून्टेदाईको सर्ट कस्तो हरीयो
तासमा चैं सबकुछ हारीयो
हे औंसीबार गाईतिहार भैलो

तितौरी माला उन्दैछे
दक्षिणा मनमनै गन्दैछे
हे औंसीबार गाईतिहार भैलो

:P
 
Posted on 10-20-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी, तिम्रो फोटू नि खिच्दिएँ, माला उन्दै गरेको। :P

 
Posted on 10-20-06 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा चित्रे कस्तो राम्रो फोटु खिच्देको मेरो,धनिया को पात् तिमिलाइ । बरु एउटा सानो झोला पनि थियो नि दक्षिना राख्न लाइ भनेर ल्या'थि खै त्यो पनि राख्देउ न छेउमा । :D
 
Posted on 10-20-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रे! नाममात्र चित्रे होइन मान्छे नि खतरा चित्र बनाउने रहेछ नि। ल ल बनाम। बनाँउदा बनाँउदै राम्रो चित्र बन्यो भने "यो चाँहि कुम्लेको चित्र" भनेर टाँस्नु यहाँ।

तितौरी सङ्ग भैलो खेल्न जान त हुने हो क्यारे तर फेरि मैले लुकेर भैलो गाएँ भने गाउँले "यो तितौरीको स्वर त कुम्लेको जस्तै भइसकेछ" भन्लान नि त।

चामल नै चाहिएको हो हुन त मलाई। पैसो पाएपनि गएर चामलनै किन्नु पर्ने हुन्छ क्यारे।

ल मिस त्यो रङ्गिन रोटी यता पठाउनुस् त।

तितौरीको छेउमा झोला त थियो अघि, तर मलाई चटपटे खान मनलागेको हुनाले "खाली सिसी, पुरानो झोला" भन्नेलाई बेचेर चटपटे खाइसकेँ। पून्टे दाई सङ्ग माग न अर्को झोला, है!!

:D
 
Posted on 10-20-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D

कस्तो हसाँउन जानेको यो कुम्ले ...पठाउला नि रोटि त पहिले भन ..... तिज देखि को बाकि छ नि दिनु पर्ने सम्झना त छ??

तिरु त्यो पहेलो सयपत्रिको माला कुम्ले लै हो ?:)
 
Posted on 10-20-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेSSSSSSSSSS मेरो झोला स चट्पट्टे साटेर खायो रे ?! , त्यहा भित्र २० रुप्पे थियो :o ।
 
Posted on 10-20-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई नमस्कार!
यै बेलाँ मेलो बढी परेर रामधूलाई भईराख्या छ। ढुक्कले बसेर गफ पनि गर्न पा'को छैन।
हुँदा हुँदा थला परेका जिम्माललाई भेट्न जानी फुर्सद समेत भा' छैन। अब भरे अलिक समय निक्लन्छ कि, दुई चार गेडा स्याउ र एउ शिशी हर्लिक्स ले'र पस्नुपर्ला जिम्मालकाँ।


फेरि एक चोटि गाम्लेहरु सबैलाई, विशेष गरी चौतारीका दिदी-बहिनीहरुलाई धेरै धेरै शुभकामना!
 
Posted on 10-20-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस सब सम्झना छ। सबै तयार गरेर राखेको छु, हजुर सङ्ग भेट हुनेबित्तिकै सब बुझाउछु। तर त्यो रङ्गिन रोटी चाँहि चाडै पठाउनुभए राम्रो हुन्थ्यो क्यारे!

तितौरी, ओहो! २० रुप्पे थियो त्यस्मा?? एकछिन् है त, म फेरि चटपटे माग्छु त्यो सङ्ग त्यो २० रुप्पे को।

गोताएँ दाई त्यो "साइध्वा" भनेको के हो नि? अस्ति नै सोध्छु भनेको त्यत्तिकै भएछ।
 
Posted on 10-21-06 2:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे -- फिर्ती सवारी भो? अनि इन्डिया टुर कस्तो भो हो? कुनै पसलेले जबर्जस्ती समातेर सामान त भिडाएन? ल, परदेशमा पुन: स्वागत छ।

चित्रेले क्या दामी चित्र बनाउने रैछ। हैन, कि फोटोग्राफर-सोटोग्राफर पर्यौ? यदि हो भने हाम्रो पनि फोटो खिच्न लगाउन पर्नी।

ल, गाम्ले हो!

तलको दुइटै प्रश्नको उत्तर एउटै शब्दमा दिनुहोला।

गोरु रोगायो के ले?
पैसा जोगायो (खर्च हुनुपर्ने, नभैकन टर्यो) के ले?

सही उत्तर दिनेलाई एक दर्जन पटक्का उपहार दिइनेछ।
 
Posted on 10-21-06 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gaalab bro,
k question ho tyo?
sunda sajilo hola jasto
answer dida pasina niskiyo ehehe
lemme try hai...
Goru rogayo-rog lagera/budo bhayera
paisa jogayo-paisa nabhayera/kharcha nagarera.
ehehe
happy deepawali...
 
Posted on 10-21-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल यस्सो समय निक्ल्यो गाँठे! अघि जिम्मालकाँ ग'को थें, के को बिरामी हुनु नी ती बूढा त! हिजो बिहानदेखि जूवाको खालमा छन् रे, खाना खान सम्म आ'का छैनन् रे।

कुम्ले तो 'साइध्वा' भन्या गाली गर्ने शब्द हो, खास अर्थ त मलाई थाहा छैन। तर मैले कुम्लेलाई 'साइध्वा' भनेकोचैं गाली गरेको नभ'र एकदम नजिकको ठानेर प्रयोग गरेको हो है!

ग्वाँचेलाई 'वेलकम ब्याक'!

गालबको सवालको जवाफ मेरा दिमाखले फुराउन सकेन जति छड्काएपनि!
 
Posted on 10-21-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau pataka padkauna thalechan.............pallo gauma ta..............

 
Posted on 10-21-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau arko pani hernu hos....

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters