[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 217582 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-26-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बदाम मिल्ल्क नभै म भात खादै खन्न नि
पून्टै दाइको सालि नली म जादै जन्ननि।
बल्ल पर्यो निरमाया माकुरी जालैमा.
 
Posted on 01-26-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा त जाद्रै जो भिड लागेछ के रे। यै मौका पारेर म:म: पसल खोल्नु परो मैले त।

ल है ! आयो तातो तातो म:म:। भउतेको हातले भर्खरै बनाएको, तातो तातो, मीठो मीठो।

बाफ उड्दैछ, नपत्याए हेर्नुस। :-) हे हे हे।

आज यै म:म:ले छाक टार्ने बिचार भो आफ्नो त। भात पकाउन झ्याउ लाग्यो।
यो एक्लो जिन्दकी जिउन त शत्रुलाई नि नपरोस यार। :-(

:-)
-भउते

 
Posted on 01-26-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे ! कता छौ तिमी हँ ? यै गतिले चौतारो चिन्दै लानी हो भने त यो भोलि नै भ्याइएला जस्तो छ ! लौ राजा, फेरि तिम्रो सिप देखाउनी बेला आइसके जस्तो छ । हा हा हा !
 
Posted on 01-26-06 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते ! यो मध्यराताँ मेरो मुख रसाओ । अब भोलि तिम्रो पेट दुख्नी भो के रे ! कुच्चिङ ! :)
 
Posted on 01-26-06 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि मुन्द्रे अब ति बौमाराका चौतारा जति सक्किए बनार म त सेति पारि तर्न आटे भनडाडिक तिर, उत खुदिको मुआना खास्साको चौतारो छ अरे, तइ राख्नु पर्यो यसपालि त । आफु परियो मिस्त्रि हाम्रा डकर्मि ले चिने नि हुनि हो नि चौतारी । उत दादा त चुनाप लड्न नेपाल जानि रे । त्यो मुला जापान सापान बस्दिन उतै म्यार भ र बस्चु अरे पुतलि बजारां ।
भउते चाइ चुनापा म:म पसल खोल्ने रे ।
 
Posted on 01-26-06 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त्यो म:म: कुखुरोको पर्यो के रे। फेरि हाम्रा सिरे जवैँले माछा मासु नखानी । अब त्यो
पिठोले पोको पारेसि यो त फालफुलै भो नि भनेको, मान्दैनन फेरि। यस्तो भोज भतेरमा यी
सिरे जवईँ अप्ठेरोमा फलेको फर्सि जस्तै हुन्छन के। तिनलाई भनेर यो घाँसपात र फालफूलको रस। :-)

:-)
-भउते

 
Posted on 01-26-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये कका, हैन घरां बसेर रमाएन, महभारत पड्नि, भुसाआ तंआखु ( तमाखु) तान्नि बेलां, ओ' लुकि लुकि गामका तरुनिओ फुटो खिच्नि यो कइदा भएन हे कका। उता नातिओ बिआ अर्नि बेला भअछ गांठे। लोकको नि ख्याल राख है बुडा। ति काकि माइतडि फर्केसि के के हुनिओ इनका घरां।
 
Posted on 01-26-06 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नीती सास्त्र

नीति बीना को सास्त्र। सास्त्र बीना को नीति। रीति बीना को थीति। होस बीना को जोश। धागो बीना को पोते। प्राण बीना को सरीर्। चैतारी बीना को भैते। अब यहाँ पनि मम पसल खोल्ल्न आही पुगो बा।
 
Posted on 01-26-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा नयाँ पाहुनाको नाम जुरेनछ। खाशमा त यिनको न्वारनको नाम खिलेश्वर, अग्निकान्त र
नटवरलाल हो के रे। अनि सबैले सजिलो मानेर त्यै अन्तिमको नामलाई "नटे नटे" बनाका त
हुन् नि। केका बदाम र सदाम हुन्तो र यिन को नाम। एउ-दुइटा अँउरेजी सँग मिलो भन्दैम
हुन्च ?। यिनको नाम नटे नै हो, लुज्जा। :-)))

:-)
-भउते
 
Posted on 01-26-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैते। म पनि साहाकरि हूनी। अब चौतारो मा पू न्या त साझा को त नया होइननी भौते साउ।
 
Posted on 01-26-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो यो भौते काजिको म:म: देखेसि त मेरु मुखाट पानी पो आउन थालो। हन कति हो पिलेटको? हामि पनि छ्म क्यारे चाहिन्जो खानलाई मुख तिखारेर बसिचम्, लु!!
 
Posted on 01-26-06 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जेठानले अर्नु सम्मन बेगार अरे,
आफूले जोत्न जानी हलिले जत्ति चईनी सुपा (नाङ्लो) भरि फिँदारेर राखेका मम खाए केरे । तेति खान्कीले त
अपुरहुरको त चईनी चार छाक पुहुन्च केरे नि ।मलाई भने यो त फालफुलको रस, उता बटौली पखराहुँदी
सहरबजारतिर चईनी झुस (जुस, juice) भन्चन भनेर दे केरे । मैले नि फिरीमा पाको, जेठूले लेराएर देको
भनेर धोक्नी बेलाँ आँखा देखिन केरे ।

हैच हेऽऽऽरि लाएर उही रउसी जो । रउसीमा पुनि क्यार्न अबिर बेसार हालेर चईनी रातो र प्याँलो (पँहेलो)
बनाम्न परेको हुँदो हो नि । मलाई त चईनी उँधो-उँभो जो बनाओ केरे नि तेसले त ।

बल्ल होस आओ, धन्न ।

Keep rolling...
 
Posted on 01-26-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे, आर्को चौतारो चाहि उताको मेरा मीतको चौतारो भरिएसी शुरु गरे कसो होला?

दादा नेपाल गएर मेर हुनी रे! गज्जब हुन्छ, मान्छे नपुगेर छुट्टी छ रे, दादाका भागाँ तीन चार वटै नगरपालिका पर्न सक्छ!
 
Posted on 01-26-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो अर्नी हो र गोताएँ ? फेरि भोलि पर्सि अर्का अर्का चईनीले कुरो बिगारिरहन्चन् कि ? अर्न अर्न तो ढुङ्ग्यान
भाको सुर्कोलाई मेटेर बल्ल यता लाग्न पर्नी थियो केरे, अब त जे भए नि भईहालो केरे नि ।

बरु मेलो त क्यार्न रोक्नी हो र, तेता पुनि लिड्को लाम्दै अरम्ला केरे बेला बेलाँ, येताको मेलो बढाम्दै अरम भो ।
मेरो बिचार मत्रै है, अब माउ कर्मी नमेले जे अर्च अर्च, रामो बसिला तेसैका हाताँ, छिनो घन पुनि तेसैका हाताँ छन् केरे ।

Keep rolling...
 
Posted on 01-26-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बुढी मोरी भनेर पिर नमान्नु, काल पल्क्यो भनेर पीर मान्नु" भन्चन के रे। सर-सल्लाह अर्न नपाम्दै फेरी आर्को "ढँग न डाल ढिँडाओ काल" बिचाँ पर्न भ'न है जे भा'नी !
 
Posted on 01-26-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझाँ नि थेउसिस लेख्नी ताका ३-४ साता लाई हो भनेर पसेको, पसेको पसेई जो भओ । तो पनि यै चौपारीले जो अर्दा हो, नत्र त क्यार्न अडिई राखोन्थ्यो होला र । दिनकै कति रमाईलो भा को हो, म त साझाँ
आम्नी जो यही चौपाराँ बस्न हो ल ।

बरु मेरो बिचाराँ त यो पान्डव सुनुवारको चोरी-सिको अर्न र त्यो गत न पतको गीत-भाता हरेक पल्ट सिरानाँ
चईनी लेखेर टाँस्न भन्दा त यो साझाको बाटो भएर हिँड्नी र चईनी यो चौपारीमा बेला बेलाँ थकाई मार्नी
रमाईला रमाईला रङ्गीला गाम्लेहुर भनेर चईनी हामेरु जो जो ले यहाँ लेख्नी अर्चम्, हो तिनेरु सबैका नाम
चईनी बाह्रखरी कखराको रोल अन्सार (alphabetical order) चईनी राख्नी (एकै लाईनमा जो, कमाले
छुट्टयाएर - जस्तो काले, सेते, खैरे आदि ), त्याँसी तो नाममा थिचेसी साझाकै ती ती मुन्छेको बयान भाको
पातामा पुग्नी अरेर के, जस्तो

< a target=new href="http://sajha.com/sajha/html/userinfo.cfm?username=nepalean"> नमे </a>

गराम्नी हो कि भनेर नि ।

अर्को कुरा यो लम्बर लेख्दा नि I, II, III भन्दा त 1,2,3.. जाति हुँदा हुन् कि ? साने ले मानेछन भनी त
CHAUTARI भनेर लेख्न भन्दा "साझा चौतारी -९" लेखे अझ गज्जाप हुनी हो केरे । सानेले तेस्तो अर्न
मिल्नी बनाईसकेका छन जस्तै मान्चु है म त ।

मेरो बिचार मत्रै है, साथी सँगीहुरले जे गरे नि रमाईलै भाको छ, कति पुनि कम्ता भा को छैन । खाली आफ्नो बिचार मत्रै दिएको हो ।

Keep rolling...
 
Posted on 01-26-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा घर तिर त चौपारी भन्चन है, चौतारो भनेको त बरु भन्न जानेन, चुत्रो भन्नी फल भनेको होला भन्ठान्चन केरे । कता पट्टिको कुरा हैच कुन्नि चौतारी भन्नी त ?

Keep rolling...
 
Posted on 01-26-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे जवईँ को कुरो मलै नि १६ आना मुन परेको हो। म पनि बोलम बोलम भा'थ्यो, तर
आफूले नि क्यै नअर्नी अरुलाई नि क्यै अर्न नदिनि कस्तो ज्ञाने जस्तो हो यो भउते भन्छन
कि भनेर हच्किएको। त्यो पान्डबदाईको शब्दहरु भन्दा बरु चौतारीकै कुनै कुनै घत पर्ने
वाक्यहरु राखेर चौतारो चिन भन्नु परो नमेलाई। ए नमे ! नरिसाउ है, तिम्ले धेरै दुख अरेका
छौ, अझै थोरै दुख अर न यार। जे छ त्यो, सुरुमा त एकदम राम्रो हो। अब मुन्छेको लर्को
नै लाग्न थाले पछि ख्यास्स कसैले कानुनीकुरा अर्न थाल्यो भने खिस्रिक्क हुन्छ कि !

भा'कोलाई नि भएन भन्नी, आफूले नि क्यै नअर्नी भन्नी होकि नमेले। रिसले कान तात्यो भने तेल तताएर खन्याउनु कानमा। म त सुतेँ। :-)

:-)
-भउते
 
Posted on 01-26-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ नि तेस्तै लाग्यो । अर्को बनाउदै अरम, तेसमा नि मेलो सार्दै अरम कसो ? सप्पैको चित्त बुज्च के तेसो भ सि । अब उत गोत्र पनि हसाउन भन के रे । फेरि नियाम को कुरो नि अर्न पर्यो । मेरो त सल्ला यइ भो , अरु दौतारि हरु के भन्चन कुन्नि ?
 
Posted on 01-26-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले काहीँ झगडा गरे पनि ऐन मौकाँ भने यी ज्वाईँ-जेठानका कुरा मिल्छन् । मेले पनि सहि थपें ल! ल ल नमे, आर्कोको पनि जग खन्दै गर्नु।
अनि सिरे, चौतारी, चौपारी जे भने नि भो, भन्न खोज्या एउटै हो के रे। काठमाण्डुतिर चौतारी भन्छन् क्यार। अनि पूर्वतिर पनि चौतारीनै भन्छन् कि जस्तो लाग्छ। एक छिन पहिला एउटो पूर्वेली केटो पनि चियाउन आइपुग्या थ्यो। भोलि पनि आउला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters