[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159661 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 08-01-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती किन झुठ बोलेको ???!!! पुन्टेदा लाई ठिक पार्नुपर्छ है ठूल्भाउजु भनेको त मैले नै सुनेको हो है......
:P:D :D
 
Posted on 08-01-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुन्टे दाइ कठै, मैले त होइन है कुरालाएको ठुल्भाउजु लाइ, खालि पुन्टे दा र जुरेलि मेला मा गाचन् हामि घर् हेरिरा'छौ भाउजु हजुर् ढुक्क भएर बस्नु माइत मात्र भनेको थिये।लौ ।कस्ले सुनाएहोला :)
अनि कुम्ले, ग्वाचे मैले सुन्या छैन है इस्कुल् भाग्ने कुरा ,मिस्लाइ नि भन्दिन्न ल ;-)
ठुल्नानि लौ म नि नाच्ने भए है तीज् मा तिमि सङ , भरे बाख्रा चराउन जादा मलाइ नि नाच्न सिकाउ है ल :D
सान्नानि के छ खबर्? :)

उप्स् ,कुरा धेर् भएछ मिस् ले मार्नु होला
रोल्न् २२ हाजिर् मिस्
होम्वोर्क् चै बिर्सिएछु मिस् ।
 
Posted on 08-01-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु जाउ घर गएर होमवर्क लिएर आउ ।नत्र.................!!!:)

यो ग्वाचेजी ले कहिले देखेछन नि म नाचेको । म त गाइ सिंगे( दुबै हात उठाएर गाईको सिंग जस्तोदेखिने नाच) नाँच मात्र नाच्न आउछ। :D
 
Posted on 08-01-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् घाराँ नि छैन , लौ गरेकै छैन होम्वोर्क् हिजो त्यो सान्नानि र म खेल्न गएको अनि सान्नानि ले जाउ खोला म एक्छिन् पौडिखेलेर आउ भनि है अनि त पौडि खेल्दा खेल्दै होम्वोर्क् त गर्नै बिर्सिछु ।अनि त... :( लौ मिस् नकुट्नुस् है ल भोलि ल्याउछु :(
 
Posted on 08-01-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै! आरिसेहुरले बसि खान दिएनन् के रे। आखिर पोल लाउनि यई पिरती र तितौरी रैचन्। तेस्ता कुरौटे बुईनीहुर भा’ घराँ के खान जानु आबो? भोली देखुन सखारै उठेर झ्याल बाट “पुन्टे दा हग्न गयो है!” भन्दै सारा गामले सुन्ने अरि च्याठिन नि के बेर?

तो भुसतिघ्रे दैत्य जेठान नि कुरि रा’ होला, उसका मुन्छेहुर सब बटुलेर, घरै घेरेर।

आज देखि त यई चौतारिआँ सुत्न परो कि के हो?

ए, ग्वाँचे! लु त! मिलाम टिकस सिकस। साली नगए नि म त बस्न सक्दिन अब यता।

तितौरी र पिरती त तेस्तै निस्के के रे, बरु ठुल्बुईनीलाई दाईको मुया लाउँच भुने, तो लिस्नो माथि एउटा रुमालाँ अलि अलि अरेर लुकाको केई रुपियाँको पोको छ। तो अनि मेरो गुन्टो पोको पारेर सुटुक्क यई चौतारिआँ ल्याईदेओ है! म यतै कुरि रन्छु।

बुठेसकालाँ मुग्लान पस्नि लेखेको त नि! जुरली आए आम्छ, नआए भउते कै भो त नि, लौ! साली भुन्दा त ज्यान कै मुया लाम्नि के रे, काल नजिकै आएसि त!

पिसाब पुनि कति ला’को हो यई बेलाँ? लु, म गएं फेरि झ्याङ् तिर!
 
Posted on 08-01-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरी, भोली मेरो नि होमवर्क गरेर ल्याइदेउ है! म नि आज माछा मार्न जानि भनेको। फेरि मिसलाई कुरो लायौ भने भरे बाख्रा चराको ठाममा जिस्काउन आइनछु भने त के :पि

पुन्टे दाई, कस्तो बिजोग भो नि तपाईँको? मैले आदर गरेको एउटै दाई को नि हरिबिजोग भो लौ। भएन अब, ल सबै गाम्ले भेला भएर तपाइँका जेठान को सामना गर्ने। हुन त हामी तपाईँ सङ्ग डराउने अब तपाईँ जेठान सङ्ग डराउने, हामीले के सक्थ्यौँ होला र तिनलाई!

केटा हो सुरसार गर! अब धपाउनु पर्ने भो तिनेरुलाई!!

हैन कस्ता कुरौटे हुन नि हजुरका बैनीहरु?
 
Posted on 08-01-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्नी? मुखैं चुर्ना परे जस्तो! :D
 
Posted on 08-01-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O :O :O :O :O लौ आस्ति हाम्लाइ नलगि जुरेलि स गीत् गाउदै मेलाँ गाको निस्कियो ,अब बस्नुस् चौतरीआँ तालु कन्याउदै पुन्टेदा ,
रुमाल् को पैसा रे? कहा निर् छ् सोध सोध ठुल्नानि खुसुक्क? भाउजु लाइ लएर दिनु पर्च हाम्लै के के किन्दिन्चु भन्दै थिन बरै ।
 
Posted on 08-01-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले चुप् लाग । बाख्रा धापाउने लौरो ले तिमिलै नकुटे त म नि हेराउला आयौ भने ए! खुरुक्क गर होम्वोर्क् (बरु मेरो नि गर्देउ न ल ;))
 
Posted on 08-01-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी मरेनि नदेउ है त्यो पैसा त्यो पुन्टे दालाई बरु हामि सिनेमा हेर्न जाउँला के त्यो पैसाले।
के छ तिरु? तिमिनि जाने सिनेमा?
यो ग्वाँचेले कहा सान्नानिको भट्टिमा भनेको नि? धेत् के कुरा गरेको त्यस्तो म इस्कूल जानि केर्केटिलाई कता भट्टी हुनु मेरो? कि अर्कै सान्नानि हो?

मिस मेरो त होमवर्क गरिसकेकि थिएँ अनि तिरु र म खेल्न गाबेला मिस्टेले चोरेछ मेरो कापि। खै कुम्लेले मिस्टेले हो भन्थ्यो उसैले पो उडाएको हो कि? :D
 
Posted on 08-01-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी भोली देखि १ घण्टा चाडओ जाने ल बाख्रा चाडआउन ।
 
Posted on 08-01-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी किन दिन्छु र त्यो पैसा पून्ते दाई लाई । हुन्छ तिमि, म् र तितौरि फ्लिम् हेर्न जाम्ला। अनि तितौरा नि खाम्ला। सानानि तिमि तितौरिलै नि खबर् गर।

पून्ते दाई तपाईं लाई धरै माया गर्छु तर पैसा चै दिन्न
 
Posted on 08-01-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-01-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? भरोसा भ’को भनेको एउटी ठुल्बुईनीले नि धोका दिई!

आफ्नै भनाउँदो बुईनीहुरले यस्तरी हेपेसि, अब क्यार्नु? ओरालो ला’को मिरगलाई बाछोले नि लखेट्छ भुन्थे के रे। जाम के रे काली तिरै हाम फाल्न बरु!

नारायण! हरि शरणम्!
 
Posted on 08-01-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सिनेमाको टिकट किन्दा २ वटा बेग्लै अनि २ वटा बेग्लै गरेर ४ वटा किन्नु है ठुल्नानी। अनि २ वटा तितौरीलाई दिनु। हामी बेग्लै बसेर फिलिम हेर्नी। तिमी र सन्नानी बेग्लै बस्नु। हाफ्ट्याम मा बरफ किनिदिउँला।:पि
 
Posted on 08-01-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D KUMLE katti laaz pacheko bhako ha ? timi laai ma ke garau ha ki miss lai bhandeu ?
thulnaani la la 3 wata ticket linu la ma ni jaani :)
 
Posted on 08-01-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई भनि हालेनी म दाई लाई धरै माया गर्छु । तर भिर बात हाम्फाल्ने कुरा नगर्नुस् । तपाईं भिर बात हाम्फाल्यो भने भाउते ले तपाईं को साली लाई भागऔंला फेरी । :P

कुम्ले हुन्छ तेस्ताइ गरुम्ला तर तपाईंले २ वटा आईस क्रीम किन्दिनु पर्छ ।
 
Posted on 08-01-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु! कुम्ले पुनि?

के बिचित्र खप्नु परेको, लौ न नि!!!!!!!!!! काली सम्मुन पुएर हाम फाल्न नि ताकत भएन अब त! यई चौतारिआँ खाल्डो खनेर पुरिम् के रे! हे परमेस्स्वर! यो बुढो ज्यान को किरिपा गर अब!

बरु, यई चौतारिआँ गाडिएसि भूत भएर सताम्न आम्ला सबलाई। बुईनीहुरलाई सबभुन्दा पहिले! अनि तो चराम्न जाँदा बाख्रोले नि “म्या म्या” को साटो “पु पु! दा दा!” अर्छ, अनि चाल पाऊलाऊ! दिम्सै, रातै हँसै उड्ने अरि तार्साम्न आम्छु म त!
 
Posted on 08-01-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ५ वटा टिकट किनौला अनि त्यो पल्ला घरे काली दात छ्याक्क निक्ल्या बुढि दिदि र कुम्ले को सङ्गै अनि तितौरि, ठुल्नानी र म सङ्गै है त? :D
 
Posted on 08-01-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters