[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 195921 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 01-08-06 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो यस्तो पो रच , अनि त भउते आजकाल तेसै तेसै दङ हुन्च ।एक्लै एक्लै के के हो गित गाम्दै हिड्चन । अस्ति त" यसपाली त झ्याइ पार्ने झ्याइ पार्ने " भन्दै चौतारां को उद्याउनि ढुङा आसि उदाउदै थिए । अनि मुइले ए भउते मुन्द्रेलाइ देख्एउ भनेर सोधेको त ' मैले तेस्को ठेक्का ले छु र हेक्का राख्ने ' पो भन्च भउतेले त । अब यो भउते त तेस्ता मुन्छे होइनन् जो । मुन्छे त खाटि काउरेस, ति शङकर दाजि भन्दा पानि सोझा , मनमा केइ पाप नराख्ने । नत्र त जुमुनीलाइ कता कता पुरार पनि चोखै ल्याउनि मुन्छे त के भाका हुन, कता को भुतले छोच कुन्नि भन्दै चुप्प लागे । अब मुर्ख देखेसि दैब डरायो भने जसो हातां जो खुर्पा आसि छ, अब रिसाए भने के बेर, रट भटट जस्तै खुर्पा आसिले नि केइ अर्नि हुन कि, मुन्छे जो इलिन्जियर भका, तेसै डर लाओ के मलाइ त ।
बल्ल पो थाहा लागो, त्यो मुन्द्रेलाइ भउते मेरो बाइफिरेन हो भनेसि । ल है मुन्द्रे त्यो बाइ फिरेन भनेको त केटा केटीले बिया नै नअरि चुप्प मुइ खान पाइनि अनि एक्लै एक्लै कसैले
नदेख्नने काम अर्न पाइन कुरो हो के रे। अब क्यार्नि हो त नि, भउतेसं सुनाखरिको बाइफिरेन भसि ? अब त्यो सप्पै ले नदैख्ने कुरो पनि त अरि सके होलान? व्हां दादा ले भाउजुले यसो आखा झिम्काउदा त के के जाति खोल्न भ्याका थिए, अब भउतेले त सप्पैले आखा चिम्ले बेला के के पो अर्यो ? काकालाइ भनेर जो अर्के खोज्न लाउनु पर्यो , तिमि त माओलि गामका मुन्छे, सारै माया लाउच के मलाइ त ।
 
Posted on 01-08-06 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सुनाखरी सँअ त सँगै इस्कुल गा'को के रे नि म। केटी पढाइमा नि खतरै थी के। अब सँधै साँझ साँझ मेरै घर आम्थी पढ्न, रातभरी मिलेर पढ्थेम। अनि किन खतरा न होस् त नि। अब म सँधै पहिला हुनी, त्यो दुसरा हुनि के रे। सात कलासाँ त कता'ट केटी पो पहिला भै के। अब मैलेइ सिखाउनी मैलाई जित्नी भ'सी मलाइ ति जातिबित्ति जो रिस उठो के रे, अनि त बोल्नै छाडेँ त्यो सँअ। अनि म सँअ मिलेर पढ्न छोडेसि त्यसका के चल्नु नि। आठ कलासाँ झण्डै फेल भाकी। अनि त्यसका बाले छोरी बिग्रन लागी भनेर शहराँ बोडिङ हो कि सोडिङ हो के जाति ईस्कुलाँ हाल्दिए के रे नि त। अनि त अउँरेजी पनि भटटट मकै पड्क्या जस्तै हो तेसको त।

अनि इसेल्सी दे'सि फेरि केटी गाम मै आइ के रे, चुच्चे ढुङ्गो उहीँ टुङ्गो भने जस्तै। एउदिन म भुटेका मकै खादै चौतारातिर निस्क्याथेँ। सुनाखरी नि त्यैँ छापाको चौताराँ बसेर तल बनतिर बाख्रा लगाएर एक्लै गट्टा खेल्दै बसि रै'छ के रे। केटीले आजै नुहाएकी रे'छ। लपक्क तोरीको तेल लगा'र चिटीक्क परेर बसेकी रे'छ के। अनि म सँअ धेरै दिन नबोलेको भ'र हो कि कुन्नि असाध्य अतास्सेकी रे'छ के। अनि त पहिला बोल्न नि सकिन, अनि मलाई हेर्दै मुसुमुसु हाँस्दै फेरि गट्टा खेल्दै गरि के रे। मलाई नि सारै बोल्न रहर लाग्यो के रे। अनि मकै खान्छेउ ? भनेर सोधेँ। केटी त फुरुक्कै नि। खान्छु भन्दै म भा'को ठाममा आई। लु खल्ति थाप भनेको त्यसले त खल्ति नै नभाका कपडा लगाकी रे'छ के। खल्ति नै छैन मेरो त, लु यै फराकमा देउ भउते भनेर फराक उचालि के रे। म त नजिकै उभ्भेको, क्यै मेसो पाइन के रे। खुरुक्क मकै हाल्दिएँ त्यसका फराकमा। तल बार मुनि त्यै नमे लुकेर बसेको रे'छ के रे। केटी सँग झ्याप्पै नजिक पर्न लाज मान्छ के यो नमे। अनि त त्यस्तै बार सार तिर'ट लुकेर चैँ हेर्छ केटोले।अनि नमे त एकैचोटी हित्तित्तित्ति हाँस्यो के रे। के भे'छ भनेको त सुनाखरीले कट्टुनै लगाकि रैनछ के। अब आज नुहाको, कट्टु चिसो भेर सुकाकी रे'छ। सप्पै कपडा शहरमै छाडेर आकि फेरि।

अनि त केटी रातो र पिरो भैँ। मकै सकै भुईँ भरी भयो के रे। त्याँसि हाम्रो नजिक परो कि रातो न रातो हुन्थि के केटी।

अस्ति फेरि हाम्रा घराँ आई। मेरो त बिहेको कुरो चल्याछ भउते, भनी। आफूलाई नि केटी मुन परेको के रे। पैला त के भनम भनम भो। अनि को सित नि भनेर सोधेँ। कुन्नि कुन मुन्द्रे भन्ने सँअ भनी। अनि तिम्ले चिनेको मुन्छे हो रे, कस्तो छ भनेर सोध्न आकी हुँ। नाम सुन्दा त यत्तीलामो कपाल पालेर कानमा मुन्द्रा लगा'र, जिनस पाईँट ७ ठाममा टालेर हिड्ने मुन्छे जस्तो छ। फुनमा गफ अर्दा फेरी तारीगाइ जस्तै सोझो मान्चु। फेरि मलाई कतै मुग्लान तिर ल'र बेच्नि त हैन? भनेर गुनासो अरी के रे। अब त्यो स्यानेलाई मैले राम्रै चिनेको के रे। त्यसैले ल ल नडरा, त्यो स्यानेलाई मैले चिन्याछु। त्यसले सानै देखि कानमा सानो सुनको मुन्द्री लगाउँछ, त्यसैले मुन्द्रे भनेका हुन। नाम त स्याने हो। केटो खास्साको छ। अब तँ बाख्री हैनस, भैँसी हैनस केका बेच्नी हो तँलाई? भनेर सम्झाएँ। त्यति भन्दा नि केटी खासै खुसी देखिइन के रे। त्यसका मन पनि मेरा जस्तै म माथि भा' अब के जानम र। केटी मुन्छे, हजार ओटा रुप हुन्छ भन्छन। नत्र भने त्यसका र मेरा बिचाँ कुनै लस-पस छैन ल। अब त्यो वाइफिरेन स्वाइफिरेन भन्नी मैले नि बुझिन के रे। बजाराँ बसेकि केटी, सिनिमा हेरेर केके केके जानेका हुन्चन।

कुरो त्यै हो। अब के अर्छौ त नि स्याने? मलाई त तिम्रो र त्यो सुनाखरीको जोडी चखेवा चखेवी को जस्तै हुन्च जस्तो लाउच के रे। अब तिम्रो बिचार।

:-)
-भउते
 
Posted on 01-08-06 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

^^^^तिम्रो बर्थे कहिले हो नी भनेर नी सोधी, अनि आफ्नो त आजै जनमदिन के रे, आजै हो मेरो त भन्देको त �हेपी बर्थे� भन्चे बाबा ठाकुरे ! अनि मु नी के कम्ताको थिएँ र ? भउते र नमेले सिकाझैँअरी �सेम टु यूऽऽऽ� भन्देको केटी त दङ्गै परेर खितित्त हाँसी । जे भ�नी चौताराँ आ�र धेरै कुरो सिकिचु मुइले । ^^^^^^

हाहाहाहाहा, स्याने जी, म त भुईँमा लडिबुडी।

साच्ची बर्थे हो कि ख्याल ख्यालको बर्थे हो आज? साच्चीनै हो भने मेरो तर्फ बाट नि ह्याप्पी बर्थे है तपाईँलाई। फेरि सुनाखरीलाई जस्तै "सेम टु यु" न भन्नु होला :-)

:-)
-भउते
 
Posted on 01-08-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्ची बर्थे हो कि ख्याल ख्यालको बर्थे हो आज? साच्चीनै हो भने मेरो तर्फ बाट नि ह्याप्पी बर्थे है तपाईँलाई। फेरि सुनाखरीलाई जस्तै "सेम टु यु" न भन्नु होला :-)
---------------------------------------
मुइले नि भउतेको काटेर टासिदिए ।
 
Posted on 01-08-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(चौतारीया जम्न नपाए पनि दम्तरीहुरका गफ सुनेर हाँस्न भने छोडेको छुईन हे मुइले पनि।)
 
Posted on 01-08-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ,
म चैं के रे दम्तरीहरुको कथा सुन्दै नै छु, बेपत्ता भो, नभने, हाजीर चैं जनैरा' छु है जे भे नी।
 
Posted on 01-08-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ चै चौतारयां हाटा अर्न थाले कोइ चाइ मावलि घर तिर गचन, जनै पुर्निया त आको छैन के रे ?
 
Posted on 01-08-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुन्द्रे,
मेरो तर्फबाट नि जन्म दिनको धेरै धेरै शुभकामना छ है ।

म त मावलि तिरा'ट आको, फेरि साहूले टन्न दुई हलको मेलो ठिक्क पारिदेको रहेछ जोत्नलाई भनेर ।

आफूलाई फेरि नेपे दाजीले के हो एउटा काउसो ल्याएर सल्काईदेका थिए कन्ना तिरा'ट, तेता तिर हेरेको हेरेई पनि छु।

अब सक्दो चाँडो फेरि अर्नी बनाएर ल्याम्छु चौतारीका सईँहुरलाई ।

जे होस, मुन्द्रेको यो कुरो त जाद्रै जो मन परो,
"त्यसै त्यसै उचालेर बान्ना दुलो देखेनी बाँसा ढुम्रो देखेनी मनै ढुक्क फुलेर आउनीअरी काउली र प्याउलीआ कुरा अर्चौ ..."
जे होस्, भउतेले भनेसि सङ्खा मान्न पर्दैन, सुनाखरी ठिकै छे होला । अब अस्तिनै कि कन्ने देखेर
हुरुक्कै भएर यताको कुरा पन्छाम्न तेस्तो कुरा अरे भन्नलाई पनि जतिवोटा भए पनि स्याहार्चु भन्थे केरे, तेसो भासि
भउतेका लईन बाट त ढुक्कै भओ ।

लौ काका, बराउनी अर्नै पर्ला जस्तो छ । तपैँलाई चईनी बराउनी गरे बापतमा एउटा पल्पाली ढाकाको टोपी त
टिकै लाएर दिन्छन केरे ।

तेही भएर होला, मुन्द्रेले नि गीत गाम्दै देखेको थिएँ ,
ढुङ्गे बगर, ढुङ्गे बगर
मया छँदैछ हल्ला नगर ...

Keep rolling...
 
Posted on 01-08-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन चौपारीयाँ नौलो मुन्छे देखिदैन भनेर गुन्दै थिएँ। बल्ल भेउ पाएँ। राती चौपारीट फर्केर सुतेको बिहान उठेर चौपारीयाँ आम्दा गोडा बिसेक बराम्नी भैसकेचन्। कतिमा सामेल हुनी हो।
 
Posted on 01-08-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दादा चौतारी को हेरि बिचार अरे, यता राति पर्यो के रे अब चोसो ओछ्यान तताउन जानु परो ।
 
Posted on 01-09-06 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>दादा, तो माकुरीआ कथा हामी नि पढम न! यस्सो हाम्ले पढन सक्नी फन्टाँ हालम न!

काका, यहाँ भने अनुसार कान्तिपुर फन्ट राखम् त एकताल। अनि हेर्न मिल्छ।
- http://www.nepalnews.com.np/kantipur_font.htm
 
Posted on 01-09-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दम्तरीहुर,
फेरी भउते र नमेओ कुरो सुनेसी मलै त क्यारम क्यारम भ ! दादाले घराँ तेत्रो ठूलो थाली हुँदाहूदै त आँखा
झिमिक्क अर्न नपाम्दै तो मोरो स्यानो प्यालीयाँ उम्लो डोवेचन् भने, इस्कुलाँ सँअइ पडिम हामी भन्नी अनि
त्याँसी रातभोऽऽऽरी सँअइ पड्तीम् पनि भन्नी, म सँ फेरी हाम्रो क्यै उठबस भ’छैन भन्नी, क्यारी पत्याम्नी
हो र ? खोइ क्याओ क्याओ !?
अब भउतेओ कुरो मान्नी हो भने त चौतारा’ मुन्तिरका बार’ट यो मोरो नमेले सपैकुरो देखेर मोर्यो र’च !
सुनाखरीयो कुरो अर्दा नमेले त त्यसको अनार भन्दानी त्यै ओडार सम्जिन्च होला । भोलि मैले घराँ तेल्लाइ
हुलेनी नमेओ मनले त झल्झली त्यै देख्नीहोला !

भौतेनी त्यो सँ मेरो कुरो अर्दा खासै खुशी देखिइन भन्चन् । मन त यीनको नी तेतै ग’रच । केटाऽटी देखुन्टै
सँअइ पडेका भ’सी मया पिरिम बसेकै र’च जस्तो माने ! सपैकुरो बिर्सेर आँटम भने नि टिकोटालो अरेर
लगनका दिन नआउदै यी दुइटै घर छोडेर भाग्नी हुन् र आर्को बिजेत हुनि हो कि !

हे भौवान, म त कस्ता बिलखबन्दाँ परेँ लौ ! “अबाकी हउन बसो तिन बित्ताऽऽ ठोसो पसो” भन्यास्तो पो भो मलै त !

लाले र बिर्खे माइल्दाइ सँ नि एउफेर मतो बुझ्न पर्ला, अनि त्याँसी था हुन्च ।

मनमा थियो झ्यालैमा बसनी
कर्म रच खरानी घसनी
जिरा मरिच
मलै पर्नु पिर कल्लाइ परिच

कर्म मेरो छेउलाउदै ग'को छ
शत्तुरले भनेझैँ भ'को छ
जिरा मरिच
मलै पर्नु पिर कल्लाइ परिच ।

लु अबो सपैसँ भोलि भेटम्ला !
:)
 
Posted on 01-09-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बात त चाइन्जो सोच्नै पर्ने गरेउ मून्द्रे। मुलाई पनि निको चाल चाइँ लाएन, सङै पडेका रे फेरी चाइन्जो हाम्रा ठिटाअरुनि कम्ता उरन्ठेउला छैनन्। कुरो राउँरो सित बुझ्नु परो
जन्मदिन रे मून्द्रेको? कति बर्खा भयौ साँच्चै, त्यो हाम्रो कैले गोरु र तिमि संग संगै को हउ अस्तो लाउच मुलाइ त
त्यो गोरु जोत्न छाड्या पनि गोडा तिनेक बर्ख भो क्यारे....भनेसि बुढो हुन लागेउ तिमी नि अनि क्यार्न यस्रो छटपटि नहोस त ब्या अर्नलाई..
ळु जन्मदिनको शुभकामना छ, छिटै जोइ पाए
 
Posted on 01-09-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर् यो मुन्द्रे केटोले त मैलाई जो गाली गर्नि रैच ए गाँठे। झन दुख अरेर ट्रंकल अर्न लएँ। फोनओ पैसो म तिर्चु है काका भन्नु त काँ हो काँ उल्टो मलाई जो तथानाम भनो भन्दो रैच। मैले सुनाखरीओ फोटो देखेसि तँ बहुलाइस् भनेओ काँ हुम र। फोटो देखेरै ज्याद्रै जो मन पारो पो भनेकोम् के रे नि। तँ नि तेइँ जो थिस् तो मैले कुरो अर्दा। अलिअलि वैरो पो छस् र हो कि भन्चु? सुनाखरीले तलाईँ के भन्नी रैच भनेर मन चोर्न तेसो भने होलि के रे नि। कुरो सुरो बुझ्नु छैन, अर्कालाई दोष लाउन कति छिटो हो यो मुन्द्रे?

भउते र नमेले सुनाखरीलाई पैलै चिने नि हाम्लाई भनेन के रे। तेइभार यिन केटाले के भन्चन् विचार गरेर सोचेस्। डाह लाएर नानाथरि कुरा झिकेका हुन कि? जान्नि बुझ्नि तैं छस के रे।

हिँजै बजाराँ जो हुँदा तेरो जन्म दिन आजै हो भनेओ भए त तो मधेसीआ पसलाँ लएर जुल्फी ख्वाउँते के रे नि!
 
Posted on 01-09-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर् यो मुन्द्रे केटोले त मैलाई जो गाली गर्नि रैच ए गाँठे। झन दुख अरेर ट्रंकल अर्न लएँ। फोनओ पैसो म तिर्चु है काका भन्नु त काँ हो काँ उल्टो मलाई जो तथानाम भनो भन्दो रैच। मैले सुनाखरीओ फोटो देखेसि तँ बहुलाइस् भनेओ काँ हुम र। फोटो देखेरै ज्याद्रै जो मन पारो पो भनेकोम् के रे नि। तँ नि तेइँ जो थिस् तो मैले कुरो अर्दा। अलिअलि वैरो पो छस् र हो कि भन्चु? सुनाखरीले तलाईँ के भन्नी रैच भनेर मन चोर्न तेसो भने होलि के रे नि। कुरो सुरो बुझ्नु छैन, अर्कालाई दोष लाउन कति छिटो हो यो मुन्द्रे?

भउते र नमेले सुनाखरीलाई पैलै चिने नि हाम्लाई भनेन के रे। तेइभार यिन केटाले के भन्चन् विचार गरेर सोचेस्। डाह लाएर नानाथरि कुरा झिकेका हुन कि? जान्नि बुझ्नि तैं छस के रे।

हिँजै बजाराँ जो हुँदा तेरो जन्म दिन आजै हो भनेओ भए त तो मधेसीआ पसलाँ लएर जुल्फी ख्वाउँते के रे नि!
 
Posted on 01-09-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“अबाकी हउन बसो तिन बित्ताऽऽ ठोसो पसो”

.....मुन्द्रेले चौपाराआ केटाहुरसँग त ज्याद्रै जो हसाउनी कुरो अर्दो रैच। हिँज बाटाँ त यस्तायस्ति कुरै अरेन्। सुनाखरीआ कुराओ चेपले होला।
**
सिरेले बराउनी बराउनी भनेर हैरानै अरो गाँठे! अस्तिन नि तेइ भन्दै थो। के रैच कुन्नी? बे अर्नी बेलाँ बराउनी भनेओ त मलाई था भएन लौ!
 
Posted on 01-09-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर त, काकासँ त चर्को स्वराँ घुर्की लाउन नि नहुनि र'च गाँठे गाली अर्यो समुन्द्रेले भन्दारचन् ! तिम्लाइ किन गाली अर्तेँ र काका मुइले ! हत्तेऽऽऽरि ! मेरा दुखाँ मन खानि अरु को छ र ?

अनि बिर्खे माइल्दाइ ! त्यो कैले गोरुले कति बर्ख बाली लाओ हँ ?

लु जे भ'नी ह्याप्पी बर्थेयाँ सपैलाइ "सेम टु यू" छ है । चौताराँ मुइले धेरै कुरो त ल्याइन, अइलेलै यत्ति पुवा र मिठैँ ले चित्त बुजाम् के रे, भतेर त कैले खानी भन्नीकुरो काकालै जो सोध्न पर्च, मुलाइ था'भेन !
कैले खानि अरे काका ? :)

म त गयेँ लौ मेलाँ, खेताला ले तिर्ख लाओ पानी लेइदे भन्दै थे, पानी ले'र जान परो ।

 
Posted on 01-09-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कैले गोरु जिम्मालले फोउसिगंका चुरामणीसित किनेका हुन्. हाम्रा माली गाईको बाच्छो हो. उतै चुरामणीकाँ लायो होला गोडा चारेक बालि.जिम्मालकाँ आर १ बिसे ३ बालि लायो. भनेसी ३ वर्षदेखी बालि लाउन सुरु गरेका भे पनि २९ टेक्यो ल. हाम्रा आँडे गोरुको बहर हो त्यो.
 
Posted on 01-09-06 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबा ठाकुरे, मैले त पुवा खाको खेतालो तिर्न बिर्सेको.
ळु जन्मदिनको शुभकामना छ! मुन्द्रे, छिट्टै रुई र फुई सित २ भए!

 
Posted on 01-09-06 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ब्यानै जो तो भङली दमिनिओ छोरोलाई तल बजाराँ पठाएर जुल्फी मगाइदेओ छु तेरो जन्मेओ दिनओ खुशीआँ। लौ चौपारीआ सप्पैसँग बाँडेर खाएस्। मैले मेरो भाग खाइसकेँ।
.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters