[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158220 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 03-04-06 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He looks so funny...

 
Posted on 03-05-06 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा क्यार्नु तेतिबेला के सोध्ने सुरसार केइ पाइन!
लु हुँदा हुँदा हाम्रा लाउरे दाईले बोल्ने अस्तो देहाति भाषामा बोल्द थालेचन गाम्लेअरु!
हन आइते त्यो के जाति माथि झन उत्तरतिर जाडो ठाममा (रुसमा) खुब रमाएलो अरेछौ नि गाँठे? लु खुसि हुनु जहाँ भा' नि जे अरे नि!

माष्टरनी नानि क्यारिँदैछ अचेल?

साइँला के हो एस्तो सुइटरको बुट्टा अस्तो अछ्छेर? मिल्ने भा' फेरि लेखन बरु

यो गोरे शासकले नि किरकेट खेलेछ भारत गएर!
 
Posted on 03-05-06 5:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साँइला, मेरो नि ठ्याक्कै तेइ भओ थो अस्तिन, अनि मलाई सिरेले यसो अर्न सिकाओ थो। तर अइले अर्दा चैं कता हो कता जस्तो भओ के। यसो गर्, सकिनस भनि सिरे केटो छदैछ।

MS Word: Tools>>Options, then on 'General' tab, check on 'Confirm Conversion at Open' or sth like that

Reopen the contents in MS-word and choose 'encoded' in the file conversion dialog box. keep playing with the options till you find it readable.
 
Posted on 03-05-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepesahila wrote..........................

"सबको पिरेम कहानीले मलाई पनि मेरो कहानी याद आयो। कहानी त धेरै थिए तर एउटा चैं लप लेटर संबन्धि हास्उ ्दो खाले।
म ११ कक्षामा पढ्दाको कुरो हो। म सँगसँगै बसमा आउने जाने गर्नी एउटि केटि थिइन्। राम्री त राम्री तर म भन्दा पनि ुली। तर पढ्ने भने आ कक्षामा।
एक दिन बसमा घर तिर जाँदा भित्रै सम्म छिट्टा आउने गरी पानि परिरहेको थियो। त्यो छिट्टाले म भिजिरहेको थिएँ। तर सिटमा बस्ने मान्छे चाहिं मैले अनुरोध गर्दा पनि झ्याल लगाउनै मानिरहेको थिएन। मुलेलाई गर्मी भयो रे। अनि मैले पछि यस्सो दायाँ फर्केको उनीलाइ देखें। म र ऊ सँगै उभिरहेका रहेछौं। उनी पनि भिजिरहेकि थिइन्। यसभन्दा अघि मा कहिल्यै पनि उनी सँग बोलेको थिइन। पछि मैले उनीलाई अलि भित्र पट्टि सर्न मद्धत गरें, बसमा अत्याधिक भिंड थियो र उनको र मेरो जीउ नराम्रो सँग एकआपसमा टास्सिइरहेको थियो। तर मैले, उनले अन्यथा नसम्झिउन, भनेर मेरो स्कुलब्याग उनको र मेरो सम्बेदनशिल अंगको बिचमा राखेर अलि पछाडि हटिदिएँ। मेरो हिरोगिरी अलि बढिनै भएछ क्यारे, उनी त मलाई छन् झपार्न पो थालिन, "त्यो हात किन यता उता गरिरहेको, फेरि त्यो ब्याग किन बिचमा राखेको?" रे।
पछि मैले नै भनें, "हैन, मैले तिम्लाई अप् ्यारो लाग्ला भनेर राखेको।"
यति भयो। घर पुगे पछि त मलाई के भो के भो। उसैको मात्रै अनुहार याद आउन थाल्यो। सधै जसो देखिरहे पनि त्यो दिन देखि त राम्री राम्री पो लाग्न थाल्यो। त्यसको एक दुई दिन पछि आँटेरै मैले कुरा गर्न गएको त म आएको देख्ना साथै साथिहरु सँग हास्दै भागिन्। अरु एक दुइ पल्ट पनि त्यसै गरी भागी तर मैले अरु सँग कुरा गरेको चाहिं हेर्दै हाँसिरहन्थि।
भएन ब्रो, कि आयो, कि गयो, यो मुले निन्द्रा हराम गरेर केहि गर्नु छैन, भन्यो मेरो मनले। र एक दिन हलमार्कको कार्ड, स्विस चकलेटको प्याकेट बनाएँ। र बसमा भेट भो। दुबैजनाले हेराहेर गर्न थाल्यौं। उनी बस बाहिर आइन, म पनि आएँ। उनले मलाई नदेखे झैं गरि टेडो आँखाले मलाई हेरिरहेकि थिइन। मेरो मुटु उफ्रिरहेको थियो, तैपनि, म उनको नजिकै गएँ र भने, ".....ता, तिम्रो ब्याग खोल न, मलाई एउटा कुरा दिनु छ।" मेरो मनस्थिति रुमालको पोका, थप्पड, जुत्ता यस्तैको आसमा थियो। तर उनले भनिन्, "मैले तिमीलाई चिनेकै छैन, कसरी तिमीले दिएको कुरा लिने?"
म त अक्क न बक्क परें। हँ? के भन्ने अब? म पनि त्यस्तै मुर्ख। पहिले कुरै न गरी सिधै लपलेटर रेडि गर्नी। बढि बवाल होला भनेर मैले त्यो आफ्नै ब्याग भित्र राखें। अनि उसले मेरो एउटा साथीलाई मेरो बारेमा धेरै कुरा सोधिरहेको, मेरो नाम, घर कहाँ, सब उसलाइ थाह भएको र मैले पनि उनलाई चिनेको छु भनेर भनें। बस हिड्न लाग्यो र उनि अलि रिसाएझैं गरेर बस भित्र चढिन्। मलाई पनि कस्तो कस्तो लाग्यो। पछि मैले पनि किन हो किन उनको वास्तै गर्न छाडें। तर त्यसको १५ दिन जति पछि त उल्का पो भो। त्यो मेरो साथी मार्फत त उनले मलाई पो लपलेटर लेखेर प ाईछिन्। मिल्क चकलेट र हलमार्कको कार्ड। मेरै जस्तो। सायद पसल पनि त्यहि थियो होला। तर किन किन मलाई त झुरपो लाग्न थाल्यो। र अलि रिस पनि उ ्यो। त्यतिका दिन आर्कालाई तड्पाउने, अहिले आ'र चैंनी "यस" भन्नी? मैले बोल्नै छाडें। त्यहि बेला स्कुल पनि ट्राँसफर भयो र मेरो उनी सँग भेट पनि हुन छाड्यो। मेरो घरको फोनमा फोन गरिन् रे एक दुई पटक तर मैले उ ाउन पाइन र कथा यत्तिकै सिद्दियो।"
 
Posted on 03-05-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो साइँलो चैँ म जस्तै र'च ! बिनासित्तीयाँ नखरा देखासी स्वर्गकी औसरा भएनी बाल मतलप छैन आफुलाइ त ! :)
 
Posted on 03-05-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुतको सारी चौबन्दी चोलीमा
मोह मीठो लजालु बोलीमा
फूल छ कपालमा
ओ! के! सारो रुमाइलो जिन्दगानीमा
ओ! के! सारो रुमाइलो जिन्दगानीमा

यसो लहडमा: भरे घर फर्किँदाखेरि सम्मन "च्यात्न नसकेको चिठी आइपुग्छ कि..."
 
Posted on 03-05-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:
चिलाउनेको हलो जुवा
बकैनाको ठेडी
धेरै कुरा गरेछन् भने
फुकाल्दिन्छु गेडी
Maina यो कुरा कसैलाई नभने!

 
Posted on 03-05-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मैनालाई लिएर काठमाण्डु घुम्न गएको बेला..

चित्रे-

चट्ट सफा साईँलिको पसल
तुम्बा पनि पाइन्छ असल
ट्याक्सि मोटरकार
साईँलिको भट्टीमा तुम्बा तानौ यार

मैना-

फलफूलको पसलमा जाउ न
तुम्बा भन्दा फलफूलकै रस खाउन
ट्याक्सि मोटरकार
फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार

चित्रे-

दुध र घ्यू त बच्चैमा खाइया छ
आजभोलि तुम्बा नै चाहिया छ
ट्याक्सि मोटरकार
साईँलिको भट्टीमा तुम्बा तानौ यार

 
Posted on 03-05-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा!
क्यारिँदै छ आजकल? नेपाल मै हो?
 
Posted on 03-05-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, थक्क थक्क लागिरा' थ्यो मनाँ, दम्तरीहर्लै आफ्नो कुरो सुनौन पाईएन भनेर। एक्ससाझाले सुल्ट्याईदेछन् अक्षर, धन्यबाद छ है।
आर्को पाली नी तेस्तै भो भने काकाले भन्याँस्तै अर्न पर्ला अब।
साँच्चि भउते हरा'र हैरान पारिरा' छन् यता फेरी सिरे काँ मुन्टेछन्?
 
Posted on 03-05-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर किन किन मलाई त झुर पो लाग्न थाल्यो।"

साईल्दाईको रामकहानीको यो क्षण चाहि विशेष चाखलाग्दो छ, मनोविज्ञानको हिसाबले ।

यस झुर लगाईमा साईल्दाईको पहिलो साहसिक कदमप्रति ती किशोरीले देखाएको तिरस्कार/अस्वीकार को मात्रा पनि हुँदो हो, तर सहजप्राप्य वस्तुको महत्व कम लाग्ने मानव मनोविज्ञानको पनि अंश छ है त्यसमा । हुन त कसै कसैले त्यहि घटनालाई क्षतिपूर्तिको रुपमा अनुभव गरेर केहि आनन्द पनि लिदा हुन् । तर साईल्दाईलाई झुर लाग्नु चाहि अलिक intriguing छ र अलिक complex पनि ।
 
Posted on 03-05-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल!
म फर्क्या २/१२ मै हो केरे नि. १४ दिन नेपाल बसेर.
 
Posted on 03-05-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा बुनु( छोरी)लाई कस्तो छ?
बधाइ छ है त ढिलै भए नि:)
 
Posted on 03-06-06 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(धन्यबाद मिस! पुन्टेदाजी, राताढुगें, आइते लगायत सबै दम्तरीहरुलाई!
मिसको शिफारिसको नाम "बिभुषा" मा पनि धेरै अल्मलिएको नि.
तर जापानीमा लेख्दाखेरि अल्लि के नमिले, के नमिले जस्तो हुनाले... बुनु is doing well. )
 
Posted on 03-06-06 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DG jee,
This must seem rather late for a greeting but better late than never. Very many congratulations. The DG household must be pretty chuffed with the arrival of its newest member. Happy nappy changing GD jee! :)
 
Posted on 03-06-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका सबै साथिहरुलाइ नमस्ते, लाहुरेदाइ लाइ सलाम ठोके, बिर्खे दाजु धेरै दिनपछि झुल्कनू भयछ, खुशि लाग्यो। अब सबै मिलेर भौतेलाइ खोज्नु पर्यो। नेपे दाजुको कीताप् कस्तो चल्दैछ? चित्रे त मैना सङ नै मस्ति मा होला।

ल धेरै पछि भये पनि मास्टर्नि नानी लाइ मेरो Good morning लन्के (Kalankisthan) त आज्कल् आउन छाडेछ कि क्या हो चौतारिमा? अनि बुनु लाइ मेरो सम्झना ल दादा।

-------------

डीअर् डल्लि,

चिनारि हाम्रो धेरै पुरानो भएझै लाग्छ...........serioulsy!!!!!!!!!!!
 
Posted on 03-06-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाजी स्वयम् र मुन्द्रेलाई ति दुई शब्दको लागि धन्यबाद।

***"तर किन किन मलाई त झुर पो लाग्न थाल्यो।"***

***" सहजप्राप्य वस्तुको महत्व कम लाग्ने मानव मनोविज्ञानको पनि अंश छ है त्यसमा।"***

सबैलाई त्यस्तै लाग्छ कि मलाई मात्रै होला?
 
Posted on 03-06-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे केटोले चेपूआँ हात राखेर पक्क पर्दै अपूरका पुराना पिरेमका कथाहुर सुनो। एक पछि अर्को रमैला कथा सुनाए दम्तरीहुरले। ज्याद्रै जो आनन्द मानो सिरेले। त्याँट यस्सो लाएर आफ्ना बेलाआ रमैला नि सुनाम्न परो भनेर लाको त ए मेरी बास्सै, के अनौठो भओ, केइ छैनन के रे सुनाम्नि जस्ता कुरा!?

उफ!... हरे शिव! के भयो हँ यस्तो? आफै छक्क परो। आफैलाई धिक्कार्दै ‘एकबारओ जूनीआँ नि तेस्तातेस्ति रमैलो केइ अर्न पाओ रइन्चु गाँठे मैले त’ भन्दै पुराना दिनहुर सम्जिन खोजो।

..एक दुई एक दुई
एक दुई एक दुई
दायाँ फर्क
बायाँ फर्क
एक भन्दा बायाँ खुट्टा टेक!
दुई भन्दा दायाँ खुट्टा टेक!

....ए बरै, सिरेओ कुखुरे बैंश त मामाओ स्कूलाँ बोकै-बोकाहुरका माझाँ दिनरात परेड खेल्दा-खेल्दै पत्तै नपाइ सुइँकेच। कठै!
 
Posted on 03-06-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेममय चौपारीमा,

बैगुनी हौ भनुँ भने आँखा जुधाउँछ्यौ
मायालु हौ भनुँ भने माया लुकाउँछ्यौ
आँखा हेर्दा आँखै राम्रो, मुहार हेर्दा झनै राम्रो
लाग्छ किन होsss
बैगुनी हौ भनुँ भने आँखा जुधाउँछ्यौ
मायालु हौ भनुँ भने माया लुकाउँछ्यौ..
 
Posted on 03-06-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन लाहुरे दाई आका रेछन गाममा, फेरि कता लाएचन? आजकल त दाईले हाम्रो
माया मारे के रे।
काका सिरे कता लाओ हँ आजकल?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters