[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 186256 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-21-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले गुड्नाइट् कसैले शुभप्रभiतम् !!!! लौन के गरुम् अब मेसो नै पाइन्मैले


:D
 
Posted on 06-21-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस,

पृथ्वी गोलो छ। तपाईंले नै पढाउनुभएको हैन र?

:)
 
Posted on 06-22-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर सबै जना मेरो कुरा कात्दै बसेक रैचन । खै सान कान्छा तिमी ले गीत नि बजाएनौ। सान कान्छा तिमी नि सान कान्छी सँगइ नाच । कस्तो राम्रो जोडी सान कान्छा र सान कान्छी
आफु लाई त पतकै नाच्नु आउँदैन अस्ती चित्रे ले सिकए दिन्छु भनु भको थियो ।
लौ जे भए नि सबै जना रमाएलो गर्नुस् ।
काम बहादुर तिमी र तितौर कुमारी नि नाच ।
 
Posted on 06-22-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ठूल्नानी!
हाम्रोमा त शुभदिन भैसक्यो। ल कामबहादुर र तितौराकुमारी पनि नाच्दा त मज्जा हुने भो, सान्कान्छा पनि सान्कान्छिसँगै नाच।

गालव, आज त जापानको खेल पनि छ ब्राजिलसँग, हेर है!

ल अब एकछिन नाँच्नु पर्यो। ठूल्नानी, सँगै नाचुम् है!

 
Posted on 06-22-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालव पृथ्वी गोलो छ र? छैनहोला नत्र हामी कसरी अडिन सक्थेउ होला त :P

विश्वको चित्र(World_Map) हेरेको त उ त बोल्ने नाच्ने लेख्ने पो गर्छ त् :D

के हो चित्रेभाइ ठूल्नानीलाइमात्र शुभप्रभातम् भन्ने मेरोमा नि भर्खर त् बिहान् भएको छ नि ठूल्नानीसित् कुरा गर्दा गर्दा अरुलाइ चै बिर्से जस्तो छ है
 
Posted on 06-22-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी माया मारेको छैन चौतरीलाइ यसो नबोलिकन बसेको मात्र हो।
सान्कान्छा अस्ट्रेलियामा भनेको हैन र भन्या ऐले फेरि फ्र्यान्कफर्ट मा रे? कति घुमेको हो?
मिस् रमाइलो कबिता सुनाउनुस् न पहिला को जस्तो।

तिर् कुमारि फना हेरेर हराएको रे मलाइ? लौ :)
आफू काम बहादुर सङ्ग नाच्न थालेछ अनि मलाइ पो के के भन्दो रैछ। :D:D

हो नि दीदी चित्रे र ठुल्नानीले त हामिलाइ बिर्से अब, उमेरै तेस्तै हो के तिनिहरुको।
 
Posted on 06-22-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी चित्रे लाई फैल परिदिनुस् न तपाईं लाई शुभप्रभात नवनेको मा :P

चित्रे अर्जेन्टिना ले जित्यो भेने नाच्नु पर्छ भनु भको थियो तर बराबर भो नि ।
अब किन नाच्ने नि
 
Posted on 06-22-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्रनी दिदी र पिरती जी,
मैले तपाईहरूलाई कहाँ बिर्सेको हो र? तपाईहरू सुतिरहनुभा' होला भनेर डिस्टप नगरेको नि। अब चैं शुभप्रभात है त!

अचेल भौते काजी, नेप्चे, दादा, गोतामेज्यूहरू चैं कता हराए भन्या? कि रातभरी भकुन्डो हेरेर दिनभरी सुतिरा' हो?
 
Posted on 06-22-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, अब अर्जेन्टिनाको शनिवार मेक्सिकोसँग छ नि खेल। त्यसमा जित्यो भने नाच्नु पर्छ, अनि त्यसैको लागि रिहर्सल गर्ने नि।

ल म एकैछिन ईटाली र चेकको खेल हेर्छु है त!
 
Posted on 06-22-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,

हामी कहा त बिहानै आउछ भकुन्डोको रमिता। भकुन्डो हेर्न रात-रात भर जागाराम बस्नु पर्दैन।
:D

हिजो भर्खर आको थे त म त चौतरी मा, हराको छैन नी। बरु चित्रे लाइ नै ठुल्नानी सङ नाच्दैमा फुर्सद छैन जस्तो छ, को आयो को आएन त्यो पनि बिर्सिन थाल्यो जस्तो छ।
:P
 
Posted on 06-22-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ल ल भकुन्दो को जत्रा हेर्नुस् ।

सान्नानी कस्तो लाग्यो त्यो fana मुभि । मलाई त राम्रो लागेन ।
 
Posted on 06-22-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरति म काम ले गर्दा र आफन्त लाइ भेटन भनेर अष्ट्रेलिया गएको थिए केहि दिन को लागि अनि त्यहि बाट नेपाल मा जन आन्दोलन मा गए गएर पनि केहि भएन केरे , गणतन्त्र आएको छैन अझै पनि ।
मैले पढने गाम चाइ पाताल मुनि ( जरामुनि ) हो । के कुरा बुझेउ सान्कान्छि । सबै जना नाच्ने भनेका छन केरे के गर्नु पर्ला हामि ले सोच्दै गर ल । :D:D:D
 
Posted on 06-22-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाइ नमस्ते छ है मेरो तर्फ बाट। यु एस ए ले गोल हान्यो भनेर रिप्ले हेर्न बसेको त उल्टो गोल पो खायो। :पि
 
Posted on 06-22-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात चित्रे अनि सबैलाइ।

ठुल्नानी मलाइ त राम्रो लाग्यो त, तिमिलाइ मन् परेनछ लौ किन?

नेप्चे, सिरेलाइ भेट् हुन्छ? किन माया मारेको रहेछन् चौतारीलाइ? भौते मामा पनि कता गायब् हो खै? साचै दादा पनि देखा नपरेको धेरै भयो है? गोतामेजी त उता अर्को धागोमा कस्ता कस्ता फुलबुट्टे कुरो लेख्दै हुनुहुन्छ।

ए बल्ल बुझे मैले कुरो सान्कान्छा। नाच्न त आउदैन मलाइ, उफ्रीने भए चाहि उफ्री दिउला।
 
Posted on 06-22-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पिरती ,कहाँ नाच्या हो र म नाच्ने कुरो मात्र गर्या हो के ,तिमि त बल्ल बल्ल आएर पुरै कुरो नि सुन्दिनौ :(, बरु तिमि लै उता अर्को धागो मा चाइना कम्पनि को प्राक्टिस् गर्दै थियौ नि ,के हो तिमि चाइना जान लगेको हो?
अनि गालबले त फुस्बाल् को सबै सुत्र कन्ठ गर्या रे छ येस् पलि इस्कुला फास् ल्याउनि होला ।:)
मिस् गूड् मर्निङ्, गोलो पृथ्बि को घाम् लग्या पटि भए को ले गूड् मोर्निङ् भन्या :)
अनि सबै गाम्ले साथि लाइ पनि
 
Posted on 06-22-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी जी एक्लै हो चौतारी मा?
 
Posted on 06-22-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस -- पृथ्वी गोलो छ कि छैन चित्रेलाई सोधे थाहा लाग्छ। यस्तो कुरामा मिसले नै विवाद ल्याउनुभो भने गाम्लेले तपाईंको सार्टिफिकेटमाथि शंका गर्लान्। ल है!! :D

चित्रे -- जापानको खेल हेर्न मन त लाग्या हो, तर के गर्नु बिहान ४ बजे शुरु हुनेरैछ, बस्नै सकिएन। स्कोर चाहिं चेक गरियो, आज हाइलाइट हेर्नुपर्ला। जे भएनि आशै नभाको खेल के हेर्नु भनेर अलि मन पनि मारियो।

तितौरी -- यसचोटी फस्ट हुने हो, र अर्को वर्ष रोल नं १ बनाउने हो। नमे दाइलाई आउट गर्ने पर्च। छात्रवृत्ति पाएपछि फस्ट हुन पनि त परो नि!! हैन?

बरु हाम्रो गामको पनि एउटा फुस्बाल टिम बनाम्न पर्च क्यारे!! ल पहल गर्न परो दाजुभाइ दिदीबहिनी हो।
 
Posted on 06-22-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-23-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी किन हास्नु भाको
 
Posted on 06-23-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters