[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 192716 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-08-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे हो म पनि नेपाल खोज्दै आएको हो साझामा। चौतारीमा नेपालीमा कुरा गर्न पाउँदा औधि रमाइलो लाग्छ। सबै आफ्नै साथिहरु जस्तो लाग्छ।
राम्ररी जाउ अनि रमाइलो गरेर आउ है नेपालमा?

चित्रेले गाएको हो मिस् त्यो?
 
Posted on 09-08-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, के खा'र हुनु नि आफ्नै कथा, ग्वाँचे त शुत्राधार मात्रै हो, पात्र हैन !! :-)


मिस्, धन्यवाद, तपाईंका प्रसन्शका शब्दहरुले अझै केइ लेख्ने हौसला दिन्छ । यसभन्दा अगाडिको सम्झनाको पोस्टमा मिसको बारेमा लेख्नै भुलेछु तर चौतारीमा मिसको सहभागीताको बारेमा मैले केही लेख्नु, मैले चौतारीका गाम्ले'रुलाइ सुर्य पूर्वबाट उदाउँछ भनेर बताउनु जस्तो मात्रै हो । मिस् चौतारीको नेतृतवको लागि फेरी पनि धन्यवाद र तपाईंको साथ सँधै पाइरहनेछौं भन्ने आसा छ ।


गौतम गुरु, म त एउटा शिकारु भुसुना मात्रै हुँ । हो कथाको अन्त अझै राम्ररी गर्न सकिने थियो तर लेख्दा लेख्दै कता पुगेछु कता...... तपाईंको सुझावको लागि अनुग्रहित छु, हिन्दिमा भनिन्छ नि तपाईंको सुझाव 'सर-आँखोंपरा'.......... अब केही लेख्दा बिचार पुर्‍याउने छु । अझै तपाईंको अमुल्य सुझाव र न्यानो सद्भभावको आसाबादी छु । फेरी पनि धेरै धेरै धन्यवाद!!
 
Posted on 09-08-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ, खै कसरी भन्नु गलउलाइ उठ्बस् अराउँछु भुनेर्, नेपाल गे'सी सप्पैको हालत उस्तै हो भुन्या बेलाँ माउसाँ बस्ने पाउने होइन । तैपनि अब गोताएँले भुनिहाल्नु भो, गालउलाइ मात्रै होइन, गालउ र म दुबै भाइ मिलेर उठ्बस् अरम्ला नि, क्यार्ने अब्!

तेइ त सान्नानी, चौतारीआँ छिरे'सी आफ्नै परिवार अस्तो लाग्छन सप्पै!!
 
Posted on 09-08-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको सुनको ठोसा भन्दा मलाई कसैले सुनायको याद अयो' मास्तिरको मास्टरले तल्तिरको मास्टरलाई नास्ता खादा वास्ता गरे पो तल्तिर को मास्टरले मस्तिर को मास्टरलाई नास्ता खादा वास्ता गर्छ ।
 
Posted on 09-08-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे भो तपाईंले मलाई कबिता लेख्न सिकाउनु पर्दैन ।
दिप सँग नै सिक्छु ।
सानानी, तितौरी के छ तिमीहरु को हालखबर ?
मिस् अनि तपाईंलाई सञ्चै छ । अनि सर र भुर-भुरिहरु को के चनी ?
ग्बचेँ को कथा नि धरै राम्रो लाग्यो
 
Posted on 09-08-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache Have a nice trip
 
Posted on 09-08-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो ठीक छ ठुल्नानी, तिम्रो तोते बोलि त ठिक भएछ जस्तो छ त, दीपसँ कबिता सिक्नला भेर हो कि क्या हो? सिर् लाइ नि सर रे अहिले त :D:D
 
Posted on 09-08-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यो ठोसा भनेको के हो? कस्तो गाह्रो भने लाई ।
 
Posted on 09-08-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्नानी, तिम्रो घरमा केइ खबर पठाउनु पर्ने छ कि ( चित्रे को घरमा केइ खबर पठाउने भे' नि लाग्दिन्छु ;-))
अझै म चौतारीमा त आउँछु अर्को हफ्ता, यो सप्ताहन्तमा मात्रै अलिकति बाहिर जाने कार्यक्रम छ, साथीहरुसँग ।

नेपालबाट केइ ल्याउनु पर्ने भे नि भन्, ल्याइ दिन्छु क्यारे!!!
 
Posted on 09-08-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चि हो त ग्वाँचै ? भनुम ल्याइदिने हो ??:):) नेपाल बाट केइ??

:D
ठुली सर र भुर भुरि सप्पै लै निकानन्दै छ :)
 
Posted on 09-08-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर ठुल्नानीलाई मात्र सोधेको ग्वाँचेले? :(
 
Posted on 09-08-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ धन्यवाद । मेरा सबै यताइ चन । आमा, बुवा, भाई, सबै ।
बरु सक्नु हुन्छ भने तितौरा ल्याएनुस् क्यारे ।
 
Posted on 09-08-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरिसाउके ....नसोधे नि नबुझेको अस्तो अरेर भन के प्रिती मैले भन्यास्तो अरेर
 
Posted on 09-08-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते!

जस्तो सुकै भ्याई नभ्याई भए पनि ग्वाँचेको कथा पढ्न भने समय ननिकाली मलाई सुखै छैन। पढेँ, खूब राम्रो लाग्यो! 'सारा'लाई हाम्रो तर्फबाट नमस्ते सुनाउनु होला।

गोताएँ जीले मेरो पनि जिब्रो लट्पट्याइदिनु भयो। गार्हो हुने।

दादा गिरी को गीत पनि राम्रो छ।

अनि सान्नानी, मिस, ठुल्नानी, चित्रे, दीप जी सबैलाई जदौ!!

*****************************************************************
प्रश्न सोध्ने क्रममा एउटा प्रश्न मेरो तर्फ बाट है!

तल लेखिएको कविता कस्को हो? म फेरि सोध्छु, तल... लेखिएको.... कविता.... कस्को....हो...?

मेरो मित्रले मलाई
दिन दिनै कराउछ
भन्छ इष्टमित्रलाई
"यो सपनामा बर्बराउछ"

थाहा छैन मलाई
किन सधैँ उन्को याद आउछ
डक्टरसाब यो रोगले मलाई
आचेल निकै सताउछ

के यो निको पार्नलाई
भिटामिन B-Complex पाउँछ?
 
Posted on 09-08-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, लौ न समाइहाल्नु भो!!, मिस् लाइ पनि केइ ल्याउनु पर्ने भे भनुम क्यारे ....

ठुल्नानी, भन के ल्याइदिउ?

चौतारीका सप्पै गाम्ले'रु लाइ: कसैलाइ नेपाल बात केइ चाँहीन्छ भने यै धागोआँ लेखौँ क्यारे, सोमबार मंगलवारसम्म्, सकेसम्म ल्याइदिउला ।
 
Posted on 09-08-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् "निकानन्दै" भनेको के हो?
 
Posted on 09-08-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ मलाई पिरो तितौरा ल्याइदिनुस् न पिलिज :D
 
Posted on 09-08-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तपाईं लाई नि नमेस्ते । कुम्ले तपाईं नेपाल बात हो ।
 
Posted on 09-08-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ कुम्ले, के छ खबर्?
मैले नि निकानन्दै भन्या के भन्ठानिरा। निको + आनन्द हो मिस्?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters