[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 157513 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-15-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छी, अर्को पनि लेख्न न, कस्तो राम्रो तिम्रो लव लेटर यार।
 
Posted on 10-15-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ कानची, अथी उ त सला हमको भि मालुम छेन!

उ जो छ तिमि जो पुलिसियाके लाँछ लैटर लिख्यो उ बहुते बढियाँ छ।


 
Posted on 10-16-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारी पब्लिक डिमान्ड मा  आर्को एउटा  लभ लेटर,   लोल

ड्राइभरको लवलेटर

मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया !
अहिले सम्म म कण्डिसनमा नै छु , आशा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला ।
म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । तिमीलाई नदेख्दा  कहिलेकाही मेरो मुटु को ब्रेकफैल हुनखोज्छ!

तिम्रो सम्झना मा मेरो प्रेम ले ऐक्सीलेटेर दबाकोदबाइ छ।

केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नेपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!

उहि तिमीलाई हर्न बजाउनेड्राइभर
  माइला,
बि.च.रा.४३२३




 
Posted on 10-16-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छी तता पनि एस्तो भाको।
हिजो हल्दार आज ड्राइभर, भोली को नि।
गजब को लुव लेटर लेख्ने राइछ कान्छी तता पनि।

कस्तो व्हिम चल्या हो सबैलाई लुव लेटर लेख्ने


 
Posted on 10-16-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

P.S - एस पत्रका पात्र हरु कल्पनिक हुन कसैको वास्तवइक जिबन सँग मेल खान गएमा, गएमा,
मलाई छु मतलब, मिल्यो भने मिल्यो, ल जा त।

डियर मतिना,

तिमीले साँढे एक बर्ष सम्म मलाई प्रेम गरेको मा धन्यवाद।आशा छ, चिट्ठी मिल्दा सम्म तिमीले नयाँ लवर् पैसाक्यो होला।उ सँग डेटिङ पनि गैरहेको होला सबै प्रेमी लाई धेरै स्त्रगल गर्नु पर्छ।
म पनि स्त्रगल गर्दै छु।मैले पनि तिमीलाई मिस गरेपछी, टोल कै माया सँग ट्राइ गर्दै छु।
प्रेम को यो मेरो चौथो प्रयास हो।तर यि प्रयास हरुले मलाई एुता पाथ सिकएको छ।
मतिना,, तिमीलाई थाहै छ, प्रेम सुरु गरेपची लभ लेटर लेख्नै पर्छ।तेसैले तिमी मेरो सबै लभ लेटर फर्काइदेउ।तिमीलाई लेखेको त्यो चिट्ठीमा मतिना लाई तिपेस हलेर तेस माथि माया लेखिदिन्छु।
एसो गर्‍यो भने मेरो मिहिनत जोगिन्छ।प्लिज, मेरो चिट्ठी पार्कऐदेउ, किनकी तेसो फोटो कपि पनि म सँग छैन।

मतिना, तिमी मेरो त्यो फोटो पनि फर्कैदेउ।तिमीलाई त थाहै छ, कि त्यो फोटोमा मात्र म ठीक ठाक देखिन्छ।त्यो मेरो पहिलो प्रेम को समय को फोटो हो।मेरो लभ लेटर को सँगइ त्यो फोटो पनि पथैदिनु, तकी म त्यो फोटो माया लाई पथाउन सकु।अनी, यो कार्ड सँगइ  मैले साँढे एक बर्ष को हाम्रो प्रेम काल्माखर्च भएको हिसाब पनि पथआइ दिएको छु। आशा छ, सिघ्र भुक्तनी हुन्छ होला। हिसाब एस प्रकारको छ  पकउदा ८९५ रुपैयाँ, कोल्ड द्रिन्क्स २९३६ रुपैयाँ, स्नकस ५६४५ रुपैयाँ,जुस ३८४५ रुपैयाँ, फिलिम ११२३५ रुपैयाँ, चत्तिङ १४९९ रुपैयाँ, मोबाईल फोनमा कुरा २५४६ रुपैयाँ, पेट्रोल ४२५५ रुपैयाँ, गिफ्ट ७८५० रुपैयाँ, टोटल ४०,७०६ रुपैयाँ(अक्षर म: चलिस हजार सात सये ६ रुपैयाँ मात्र)।

कृपया, त्यो पैसा मलाई चाडै पथैदिनु होला, तकी म त्यो पैसा माया को प्यार मा खर्च गर्न सकु।एदी तिमी सँग मैले दिएको गिफ्ट छ भने म तिमी सँग हाल्फ मोल म किन्न तएेतयार छु। तिमी तेस्को हिसाब बनएर मेरो टोटल बाट घटाऊन सक्छौ।एस चिट्ठी सँगइ, तिम्रो चार किलो तीन ग्राम चिट्ठी को सन्कलन पनि पथौ दाई छु। तकी तिमीलाई पनि प्रेम पत्र फेरिओ लेख्न नपरोस।
तिम्रो हिसाब पनि मलाई भनिदेउ। तिम्रो खर्च केही पनि आएन होला। तिमी सधैं अफनो पर्से बिर्सिन्थेउ।प्रेम म केटा हरुको मात्र खर्च हुन्छ।खैर, पुरनो कुरमा केही अफसोच छैन।आशा छ तिमी मेरो हिसाब चाडै मै क्लेअर गरिदिएर मलाई नयाँ प्रेम मा हाम्फल्न मद्घत गरिधिछ भनेर।तिमीलाई आठऔ प्रेमी को शुभकामना।

उही तिम्रो साथौ पुरओ प्रेमी

सेरिअल।


 
Posted on 10-16-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepakanchi,

Awesome. Keep on posting,

Serial, thank you.

chyangba and maddy,

You both are so boring. I am eloping with harke. He is hot, sexy and romantic.

He's chwak and durable too. His sixth sense doesn't work.

Please don't follow us. We are taking a flight to Mexico.

Bye

CL

Last edited: 16-Oct-07 09:37 AM

 
Posted on 10-16-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए कान्छि नानु, कति हँसाको हँ?  लडिबुडि गरेर हाँसियो,

हे हे हे हुनत डाइबरको लप स्टोरीमा जता पनि कान्छिको कुरो आउने क्या! नाइँ नाँ एउटा कुरा नि!

ल हाउँरो हर्के संग मेउसिको जाने कुरो पो गर्छिन त ए रात्तै क्रेजी त? हामि मर्या त थेनम नि गाँठे जिम्दै थेम! तिमि मेउसिको गयौ भने त फेरि, दीपको दीपक निभ्छ, बिर्खेको बित्याँस पर्छ, मदनवाको मादल बज्छ, च्याङ्बाको चाउर्या मुख हुन्छ, सेरियलको सत्तोपरान जान्छ र चित्रेको जिन्तखि बिचित्रको चित्र बन्छ बाबै! अनि उहिले हाम्ला गामघरमा बज्ने गितको प्यारोडि बन्छ-

(साइँलि र माइलि पोइला गएछन को भाकामा)

 

क्रयाजि लप मेउसिको गइछिन

अउँरिका नै सुन्ने पारेर

हर्केलाई फकाइहालिछिन

बिर्खे, दिपे लोप्पा ख्वाएर

धिन- ति-नाक-धिन-धिन-ति-नाक-धिन


 
Posted on 10-16-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


HAHA CL eloping with harke eh.now you must be busy coochi cooing with him in beautiful beach of cancun mexico gosh why my imagination is running wild today poor chyangba n' maddy maya lagyo

 
Posted on 10-17-07 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kinaara let it run wilder...it ain't dat bad either :D...Crazylove, don't worry they can't follow its a private jet...:) Birkhey maila...teta bata yeuti mexicanni pathai dimla...chitta nadukhaau raja :D...tehi jet maa haalera pathai dimla, lau jaa...ani deep ko ta tyo kaki ko bahini cha ni :P...marchey telley :D...

 
Posted on 10-17-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear all (chyangba, madanwa, biru, deep and chitre)

I miss you all.

CL


 
Posted on 10-17-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डियर लप्पूऽऽऽ!!!
आइ मिच यू टू!

 
Posted on 10-17-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! क्रेजीले हाम्लाई नि सम्झ्या रेछिन सम्झन त, तर के जाति माहाभारतको जस्तो सम्झन पनि एकै पटक पाँच पाँच जनालाई सम्झिछिन!

बरु त्यो सात ठाउँ भाँच्चिएर मस्कने जस्तो अरु नि केहि जावस न प्रभु पहिलाको सम्झनाहरु।


 
Posted on 10-17-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ड्राईभरको अनुरोध, नेउकान्छीलै

 

मेरी प्यारी ईन्जिन आयल भन्दा नि चिप्लो, नेउकान्छी,

मैले हाम्रो पिरेम कन्डिशनमा रहोस् भनेर स्टेरिङ् घुमाई घुमाई लेखेको पिरेम पत्र तिमीले सार्वजनिक गर्देछौ, मेरो चार वटै पाङ्ग्रा पन्चेट भो। हामी त सानदार टडक ड्राईभर थिएम्, अब मेरो पिरेम पत्र मिनि बस, माईक्रो बस, ट्याक्सी, टेम्पो, लगायत दुई पाङ्ग्रे मटर साईकल, साईकल, तथा जाबा रिक्साले नि पढ्ने भए। कतै हाम्रो खिल्ली उडाउँदै अरुको ब्रेक फेल नहोस्।

 

तिम्लाई फस्ट, सेकेन्ड, र थर्ड गियर पार गराई फोर्थ गियरमा धमाकाका साथ एक्सिलेटर दबाउने विचारमा थिएं, साईडबाट तिम्रै खुट्टाले अचानक बिरेक पो थिचिदिएछौ, अफसोच! अब त बेटरी डाउन भयो, मेरो ईन्धनको ढुकढुकी नेउकान्छी, आँसु पुछ्नको लागि वाईपर पनि चल्दैन। बाटो सिधा छ, तर लाग्छ अरुलाई साईड दिन सिग्नल दिऊँ, तर दायाँ या बाँया, होश भएन।

 

तर जिन्दगी न हो, मेरी प्यारी, ठीकै छ, आफूलाई सम्हाल्ने छु। वर्कशप थुप्रै छन्, आयल चेन्ज गरम्ला, ट्युनअप गरम्ला, बेटरी फेरम्ला, बेल्ट कसम्ला, अनि फेरि पिस्टन चलाम्ला। अब त चेतें, प्यारी, दिउँसै पनि हाई बिम हेट लाईट बालेर हाँकम्ला।

 

जे भइ नि तिमी मेरो पहिलो थियौ, तेसैले तिम्लाई पनि नयाँ मोडेलमा केहि स्थान त दिम्ला नै। मफ्लर देखि साईलेन्सर पाईप सम्म तिमी नै रहने छौ, ता कि, एक्जाउस्ट भएका दुषित ग्याँस तिम्रै मार्फत पास होओस्।

 

ट्र्याजिडि नै परेको भए नि, तिमीलाई लास्ट एक मीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽठो चुम्बन स्वरुप यो हुड कुचिने गरि ठोकिएको क्र्याश स्वीकार, प्रिय!

 

दैवले साँचे, नमरी बाँचे, अर्थात मरिएमा अर्को जुनिमा, "हर्न पिलिज"!

 

सिनियर गुरुजी पुन्टे,

ख.त.रा. १४३ 

 

 


 
च्याँङवा
Posted on 10-17-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्देले कास्दु हासाउने लेकिचा मेरो च्याङ्ग्रा पानि साप्पै लाडिबुडि गार्दाइ छा

 
Posted on 10-18-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए! होए! पुन्टे प्राजी! तुसि कुडिनु फड्तिला!!

 

 


 
Posted on 10-18-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न कती लेख्न जान्या होला। हाँस्दा हाँस्दा म त मर्न आटे।
फेरी के सारो मुटु नै पञ्चर हुने गरी भन्या होला पून्टे ले
तर केइ छैन  अत्ती दामी लेटर।

 
Posted on 10-18-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो मारा सला पापडवालेको!!

हमि सोचेछुँ कि लव करनेको सला किलास लेने गइहालुँ पुनटे दाजुके हियाँ!

 

अरे रुपकी रानि

हमरो परेम दिवानी

प्यार कि खानी

तोहर सुन्दर मुखडा देइखके स्वर्गके अप्स्रा

शरमाइके हुन्छ पानी

तुम किधर हो????


 
Posted on 10-18-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PUNTE is soooooooo hot yaar. jaro ako belama pani kakhma rakhchu bhancha patya budo.

he he he......

 

oye myaady,

kisko try kar raha hai. ham lautke tum se milenge kasam se.

 


 
Posted on 10-18-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.kura herana CL ko  he hee...lekhai tyattikai ramro...nasakine baaa saarai jaanne..maile ta duitai haat uthaidiye....

 

Last edited: 18-Oct-07 05:07 PM

 
Posted on 10-18-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.duitai haat hawama mathi uthako ni...arko artha nalagoss...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters