[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 203983 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 10-21-05 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५२ x ३ = १५६ चाहिन्छ नमे। बी ब्लकको २०७ नं कोठामा खेलेको बिर्सिसक्यो ? कि जुटपत्ति खेल्न खोजेको हो?

:-)
-भउते
 
Posted on 10-21-05 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर खेलेको जस्तो लाउच किन भुल्नु नि । के रे त्यो त अपराधको कोठा हो कि जस्तो लाउच है । अनि अरु क छ यार यसो तातो चिठ्ठि को हुलाकिसं गफ अर्नु पर्ला जस्तो छ ?
 
Posted on 10-21-05 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बागचाल, तास, कौडा पनि खेलौँ साथीहो, तिहारको चाइने जो पलान पनि बनाउनु परो। यसपालीको कुकुर तिहारमा चाइने जो कुकुर खोज्ने झञ्झट पनि छैन। साझामा लुते कुकुर चाइने जो भुकेको सुनिन्छ। त्यै लुते कुकुरलाई चाइने जो माला टिका गर्नु परो।
भैली देउसी पनि चाइने जो खेल्नु परो। भैली खेल्न त साझाका चेली पो चाइने जो तात्नु पर्ने। यी सिरे बूढाले यो पालीबाट चाइने जो जमुनीलाई भैली खेल्न जान नदिने हुन् कि क्या हो?
देउसी भट्याउनचैँ चाइने जो सिरे बूढा एक नम्बरी, दादा दुई नम्बरी भन्ने सुनेको छु। भउते र नमे पनि चाइने जो कम्ता छैनन् रे, गाऊँमा त चाइने जो दश नम्बरीनै छन् भन्थे।

निर्माण, ओके ए बेंसिथाने
नाच्नुपर्छ जाने नि नजाने,
नमे, दादा, भउते र सिरे
भन भन सबैले देउसी रे।

 
Posted on 10-21-05 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउसिरे
जमुनिको पोए सिरे होइन नि फेरि ?
 
Posted on 10-21-05 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे आउलान् भनेर आसा नगरे हुन्छ । उनी जमुनीको चाकडीमा व्यस्त छन् ।


 
Posted on 10-21-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो शिरे त जमुनिको खुट्टा पो माड्न थालेचन !
 
Posted on 10-21-05 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचरा सिरे बूढा, पहिले चाइने जो असोजमै हाम्फालेर ब्या गरिहाले केरे; अहिले चाइनी जो दुःख पाएचन्। हैन यो फुटु चाइने जो सिरे बूढाको तो के जाती हानीमुनीको हो?
 
Posted on 10-21-05 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्नकी छे जमुनि ?, मलाई त अनाहकमा गोर्पुर पुर्याइ, सिरेलाई यत्तिकै के छोड्थी।

:-)
-भउते
 
Posted on 10-21-05 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्?तै नेपे साथीले त घत्?लाग्?दो गरि पो भट्?याउन थालेछन गाँठे। हुदाहुदै
अब हाम्रि कुप्रि हजुरामा पनि देउसी भट्?याएको सुनेर दङ्?दास भइन केरे।
लौ साथीहो मैले त नेपे र सिरेलाइ मादल बनाइदिन थाले है।

 
Posted on 10-21-05 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रि कुप्रि हजुरामा

 
Posted on 10-21-05 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मादल बजाउने मान्छे पनि भटेयो । ल बेशिथाने बाबु घुन्तुनुतुङ घुन्तुनुतुङ अरेर झ्याम पार्नु पर्च है अइलेको देउसुरे ।
 
Posted on 10-21-05 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा सिरे!
दु:ख पाइस् मगंले आफ्नै ढगंले !
बाउले खोज्या केटी ब्या गर्दिन भुनेर सिगौँरी खेल्थेऊ नि।

हेर हेर आँखा पनि कमजोर भऽर सुन्नै छोड्या जस्तो छ, चस्मा लाउन परेको त्यो कलिलो उमेरमा।
 
Posted on 10-21-05 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल माने यार मईले त हाम्रो सिरेलाई, जो चाईनेजो सिरेले जे गरे राम्रै गरे। जमुनिको खुट्टा माडेछन्, बहुत ठीक गरे, भउतेलाई पछुतो लगाईदिए। मुंग्लान पु-यार पनि "मेरी देवी" भन्दै छुदै नछोई आएँ भन्थे भउते (हुनत के के गरे के के गरे हामीलाई के थाहा, गोडा मात्रैले के चित्त बुझाउँथे र !)। सिरेले जमुनीको गोडा माडेको देखेर अहिले घुटुघुटु थुक निल्दै होलान्।

कुरा एउटा चाहिँ अलिक गडबड भए जस्तो छ है। हैन यो सिरे र जमुनीको बेडसिन कताबाट नेपेजीको हातमा प-यो नि? कुरा गहिरो छ।
 
Posted on 10-21-05 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनभन भाई हो - देउसिरे ।
देउसिरे भन - देउसिरे ।

हाम्रो देशका - देउसिरे ।
नेता माओ - देउसिरे।
राजा चाटुकार -देउसिरे ।
जन्ता पिर्ने - देउसिरे।
हे... देशै निल्ने - देउसिरे।

जन्ता उठौँ - देउसिरे।
मुठ्ठी कसौँ - देउसिरे।
राजा लखेटौँ - देउसिरे।
घुस्याहालाई खेदौँ - देउसिरे ।
हे.. गणतन्त्र ल्याउँ - देउसिरे ।

काठमाण्डौमा - देउसिरे।
रेल बनाउँ - देउसिरे।
पुर्व पश्चिम - देउसिरे।
रेल कुदाउँ- देउसिरे।
हे... बिकाश गरौँ-? देउसिरे।

कालापानीको भूमि ?- देउसिरे।
सुस्ताको माटो - देउसिरे।
कोशि गण्डकी - देउसिरे ।
नेपालको पाटो - देउसिरे।
हे... जोगाउन उठौँ - देउसिरे ।

क्रमश:
 
Posted on 10-22-05 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर हाम्रा ओ के जि ले तियार को देउसुरे त राजनिति पाराले भट्या है । केरे कुन कलब सलब बाट देउसुरे खेल्ने बिचार छ ? हुन त ओ के जि जेल परेका मान्छे अलि अलि राजनिति त गनाइहाल्च ( त्यो मन्जुको कथा जेलनिर पुगेर कता जाने हो कुन्नि ?) । ए ओ के जि स्यान स्यानां 'ओ के भुढि बोके 'भनेर गित गाउदै हिडेको याद आयो - नरिसाउनु होला नि , हुन त केटा ले केको भुढि बोक्ने है ( मान्छे बोक्ने भुढि भनेको नि भातको भुढि त सबैले बोक्चन नि )
 
Posted on 10-22-05 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर गाम्लेहुरले पुनि के के जाति कुरा काटेका हाम्रा, मुन्छेलाई गामतिर नदेख्नी बित्तिकै नाना थरिका कुरा काट्चन
यी फटाहाहुरले । पहिले भउतेलाई पुनि पखाल्न सम्म पखाले, अब मलाई पखाल्न लागेका छन, क्यार्नु र, समाजै
यस्तै छ केरे ।

चईनी जमुनि हिजो आज अलिक फेरिएकी छ के, के भाको हो कुन्नि । अलिक सन्चो छैन तेसलाई, बिरामी बिरामी
जस्तो, मदौरु मदौरु जस्तो छ के, तेही भ'र तेति सारो फुर्सद पुनि भाको छैन के मलाई ।

काम अर्न परो भने के के जाति बहाना बनाएर ठग्नी त तेसको जमुनिको सानै देखिको बानी हो केरे । अब पहिलो महिना
त चईनी जमुनि एक महिनामा चार पाली सम्म नछुने भई केरे, पहिले पहिले आफ्ना माईताँ पुनि तेस्तै अर्ने बानी थियो
के तेस्को - भात पकाम्न पर्च भनेर, चुलाँ गएर आगो फुक्न परो कि "ई म त पन्छिए जस्तो छ " भनेर तर्किने अर्थी के
तेसले । अब हेऽरि लाएर यो महिना मा त के भओ के भओ, तेस्तो पुनि एक पाली पुनि भाको छैन केरे, त्याँसी सन्चो
पुनि छैन भन्छे, घरि पेट दुखो भन्छे, घरि खुट्टा गल्यो जाद्रै, खुट्टाले चईनी टेकेर उभिनै सकिन भन्छे, के भाको के भाको
हो । अनि एउ दिन तेसका खुट्टा साह्रै गलेछन र अब क्यार्नी त भनेर मैले खुट्टा माडि दिईराको थिए केरे, ठ्याक्कै नेपे
दाजी आईपुगेछन कता बाट । पुन्टे दाजीकी दुलही हुन केरे, बाटुली भाउजु, नेपे दाजीकी त बहिनी हुन केरे । अब तिहाराँ
चईनी टिको लाम्न चेलिबेटी बोलाम्न आका रैचन केरे, तो क्यामोरो भन्नी भाँडो सर्जाम पुनि बोकेर आका रैचन, ठ्याक्कै मैले
जमुनिको खुट्टा माडिदिएको बेलाँ त फुटो खिचिहालेछन । धन्न तेति को मत्रै फुटो खिचेछन, नेपे दाजी हाम्रा घरबाट पानी
खाएर गए पछि त अरु के के जाति भन्न नहुनी कुरा पुनि अरेका थिएम केरे, धन्नै फुटो खिचेर मरेन छन ।

अनि हिजो त जमुनिले जे भा पुनि चईनी आमिलो खान जाद्रै मन लागो, मलाई आमिलो खानी कुरा खोजेर लेइदेउ भनि केरे ।
गाममा भनी पुन्टे दाजीका घराँ त टन्नै निबुवा लगाउछन । अरुले भैसी पालेर घीउ सँगाल्छन, पुन्टे दाजी भनी बाठा पुनि,
अल्छी पुनि, उनका घराँ घिउ तेति सारो सँगाल्न नपाउनी केरे, उनले भनी चुक आमिलो बनाम्चन के । घर मुन्तिर
खोरिया भरि निबुवा र कागती रोपेका छन, अनि तो पेलेर चुक आमिलो बनाम्छन केरे, अब एक मानो चुक र एक मानो
घीउ सराबर बराबर छ केरे गाममा, तेसो भासि क्यार्न तो भैसीको गोबर सोहोर्न परो र ?
 
Posted on 10-22-05 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जमुनिले आमिलो खान खोजे पछि म पुनि पुन्टे दाजीका घरा' ट भा पुनि दुई चार गेडा निबुवा र कागती मागेर लिएर आम्ला
भनेर पुन्टे दाजीका घराँ गा को त कस्तो अभागि भईएछ नि । ठ्याक्कै अस्ति मत्रै जम्मै निबुवा र कागती पेलेछन है बुढाले त ।
" नपत्याए करेसामा हेर कोल गाडेको " भने केरे, हो रहेछ, पुन्टे दाजीको करेसामा गाडेको कोल चीसै थियो केरे । नेपे दाजीका
हात बाटुली भाउजुले चुक आमिलो आफ्नो माईत पठाम्न भनेर तेही दिन नै पेलेर पकाएर चुक पारिसकेछन के ।

मैले त्याँसी ठिकै छ, चुकै भा पुनि लान्चु, मुलाको अचार थिचेर त्याँसी आमिलो लगाए पछि त मलाई पुनि भात खान सितन
हुनी, जमुनिको पुनि चित्त बुझ्नी भनेर एक ढेउवा (काठको सानो ठेकी, घीउ आदि राख्ने) चुक आमिलो लिएर फर्के केरे ।

चईनी अपुर थोक भन्दा पुनि हिजो आज जमुनिलाई के भओ, के भओ, जति खेर पुनि सन्चो भएन, यस्तो त पैला पैला कहिले
पुनि हुदैन थ्यो भन्छे, कसै कसैले असोजमा बिसाईतमा लगन सगन नजुराईकन बिहा गरेर यस्तो भाको हो, बिहा नफापेको हो,
नजुरेको हो पुनि भन्छन, म त जाद्रै डराम्न लागे केरे । लौन गाम्लेहुर, केही उपाय कसैलाई थाहा थियो कि ;)

keep rolling...

 
Posted on 10-22-05 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे त्यो निउआ पेले पछि त्यो बाकि झ्यामटो खादा पनि अमिलो नै हुन्च । बरु खान हुनि छन कि नहुनि छन है ? मैले माथि ओ के जि लाइ के ' ओ के भुढि बोके' भनेर जिस्काएको त जुमिनसं पो मिल्न गए जस्तो छ है । अब सिरे बुढा राता जुमुनि सं के के अर्न नहुनि कुरा अर्यो होला केरे अनि त तेस्तो के के जाति पो भयो ।
 
Posted on 10-22-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deusire ko wait gari raheko chu!! la. chhito chhito deusire khelnu paryo saja ma.!!

Deusire!!
Deusire!!!

Deusire!!!!
 
Posted on 10-22-05 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केका पानी खान आम्नी हो नेपे दाजी। याँ कुरो अर्कै छ के।

अब बिहे भा'को १-२ महीनामा केटीहरु जात्निकै राम्रा देखिन्छन अरे के रे। सन्तोष र
आनन्दले होला नि। हुन त नेपे दाजी पुन्टेदाइ जस्तो छाडा मुन्छे त हैनन केरे। अब पुन्टे
दाइले त राम्रा मुन्छे देख्यो कि जे सुकै पर्छ भुनेर आँखा झिम्याइदिहाल्छन् अरे के रे।


नेपे दाजी भनेका गामका भद्र भलाद्मीमा पनि पर्ने केरे। सँधै सफा लवेदा सुर्वाल लगाएर
सिलोक गुन्गुनाम्दै हिड्नु हुन्छ। त्यसैले गामका मुन्छेले वहाँलाई सारै मान मर्यादा अर्छन नि
त।
अलेली राउनिति पनि अर्नुहुन्छ केरे। पोहोर बर्ख गामको वडा सदस्य पनि हुनु भो केरे। अब
बिस्तारै वडा अदक्छे, गामको पर्धान, अनि हुँदै साउँसद भएर मन्तरी पनि हुने हो भन्नुहुन्छ
अरे, कइले काँही चौतारिआँ गफ अर्दा। आफ्नै कानले त सुनेओ छैन है।


राउनिति अर्नी भ'र कुनै कुनै पाटीका मुन्छेले तेति मुन पराम्दैनन् अरे। तर राउनिति भुन्दानि
राम्रा राम्रा सिलोक लेख्नि अनि चौतारिआँ सुनाम्नी भर धेरै मुन्छे नेपे दाजी भुनेसि हुरुक्कै
हुन्छन् के। राउनितिआँ पानी बाराबार अर्नि मुन्छे पनि बरको रुख पछाडि सुटुक्क बसेर उहाँका
सिलोक सुन्छन अरे।


गाँठी कुरो यैँ छ के। अब सिलोक भुनेको कुरो पुनि तेत्तिकै खल्लुकका रुखाँ झटारो हानेर
बररर झार्या जस्तो हुँदो रैनछ के रे। त्यै भ र सिलोकको लागि कच्चा पदार्थ भुनेका त्यै राम्रा
राम्रा आइमाई मुन्छे हैछन के रे। जमुनीलाई हेरेर एउटा सिलोक बनाम्नु पर्यो भुनेर खास
तेसैको लागि गा'को रैछ के रे। अस्ति भर्खर बिहे भ'को , उसै त जमुनी सात गामका आँखा
लाग्ने थिइ, यो बेला त झन कस्ति भ'की होली। अब सिलोक पो कस्तो आम्ने हो कुन्नि। अब

यैबेलाँ तिहार पनि परेकोले बाटुली भाउजुलाई नि बोलाम्न पसेको होला नि।

:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters