२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु । यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं । यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो । जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि । अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।
अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ । अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ । ए चिटिक्कै भा छु रे पोते र चुराले मै दङ्ग परेँ, मै छक्क परेँ सङ्गिको कुराले
ए चिटिक्कै भा छु रे हिराको टपैले हो क्यारे साँच्चै खाउँला झैँ काच्चै हेर्छन नि सबैले
विरहि कविता मन पर्दैन भनेकोले मैले यो आशावादी कविता 'KAVITA KO DESH 'बाट सुटुक्क ल्याएर ह्या टाँस्देको है ------------
आज पनि तिमी आयौ खै किन ? सायद म हडबडाए सम्हालिन खोज्दा मैले सोध्न बिर्से।
यि बाटोहरुमा एक्लै हिडिरहेछु मानिस हरुको भिडमा म आफूलाई एक्लो पाउछु हल्लै हल्लाबिच पनि स्तब्धता मलाई पच्छ्याउछ र पनि म हिडिरहेछु मानौ म हिड्न चाहान्छु फेरि सोच्छु कतै मेरो हिडाइ निरर्थक त होइन? अनायासै मेरो पाइला रोकिन्छ एक झोक्का चिसो बतास मलाई छोएर जान्छ लाग्छ कोहि मेरो छेवैमा सुमधुर आवाज कानेखुसी गरे जस्तो “किन रोकिएको?” म झस्किन्छु लक्ष मलाइ प्रेरित गरिरहेछ अनि म फटाफट हिड्छु।।
दिनभरको घोटाई पछि थकित मेरा पाइला सुस्ताउन चाहान्छु म सजिएको रित्तो कोठा मलाई चिसो अनुभूति हुन्छ म सोच्न थाल्छु के छैन यँहा? के नपाए जस्तो के नपुगे जस्तो सुषुप्तमेरा चाहना हरु कतै गुम्सिएको जस्तो भाउन्न हुन्छ मलाई अनायास मुड्कि बज्रिन्छ टेबलमा खत्र्याक्क आवाज फोटो फ्रेम भुइमा देख्छु म त्यो हातमा लिन्छु अनि हेर्छु तिमी मुस्कुराउदै सोधिरहेकी “किन रिसाएको?” पूर्णताको आभास हुन्छ मलाई जुरुक्क उठ्छु म झस्किएर ठिक अगाडी भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको हत्तेरिका!!!!!
हजुरको उमेरको त के कुरा गरुम र खै, परउढ कक्छेको हेड-मास्टर्नी पनि हजुरलाई नै बनाउनु पर्ला जस्तो छ। :-)
:-) -भउते-देवर
((((((((मनमनै: यो बुढेसकालमा नि के को बर्थ डे मनाउन मन लागेको होला कुन्नि। न केक खाने उमेर, न जाँड खाने उमेर। हाम्रो जस्तो उमेर भा'को भे छुट्टै कुरा। :p :p :p )))))))))
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.