[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 208210 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-19-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४७ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 147 editions.



 
Posted on 06-24-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नक्कली होइन नक्कले लहरे होला



त्यसो भए आज तिमीले आइ- श्याडो र गाजल लाको छैन? तिमीलाइ सुहाएकै थियो नि।


ओहो, आज त लाली लाएर आएछ लहरेले। कस्तो राम्रो देखेको!


 
Posted on 06-24-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<आज चौतारी किन यती उज्यालो छ भनेको त सान्नानी ले ढोका खोल्या रइछ आज ! ल धन्यवाद छ साथी !>>>

अ रिट्ठे मड्साप, त्यो टेक्नोकिदले गीत हाल्यो भन्दैमा, त्याही सम्म गीतन्जली भन्न मिल्छ? सन्नानी भन्दा पैले आएर कुर्सी सुर्सी टक्क मिलाउनी म, क्रेडिट जत्ती सन्नानीलाई दिन्छ बा, सान्नानीले खोलेर धपक्क उज्यालो भो भन्छ असत्ती, तेतो २०० वाट को चिम बल्नी को त्यो? दिउसै त्यो पनि। हेर्नु सेर्नु छैन।

<<<पुरे सर को नयाँ नौलो के छ? खान पिन भयो? >>>

खान पिन चाँही हुन भ्या छैन, ऐले एक घण्टा पछी। तिम्रा भा हुन?

क्रेजी, मेरा नि ठिकै चल्दै छन

हर्के, तिमी नि सञ्चै त होलाउ केरे भन्ने मानेछु

ठुल्दाइ चिसो बरफमा बस्नु के, केइ नि पोल्दैन

 
Posted on 06-24-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिस्काउन पाएपछी त क्रेजी ले कहाँ छोड्छ र


 


 
Posted on 06-24-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको गल्ती सुधार्न पुरे कहिले आउँला भनी कुर्या थिए आइ पुग्यो । हेहेहेहेहे


के गर्ने रिट्ठे काम तमाम नभई चौतारी छिर्नै गाह्रो, फेरी नयाँ नयाँ काम थपीदै छ , रिसेसन लाग्या बेला त राम्रै हो नि ।


अब चौतारी को माया कसरी मार्न सकिन्छ र , म त अरु जस्तै आकल झुकल होइन डेली हाजिर त गर्न आउछु


 
Posted on 06-24-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<खुशी के छ खबर? उता अर्को धागो मा बाद बिवाद गरेको देखेको थिए ! त्यस्तो नगर्नु !>>

thik chha ritthe, ali dikka chai lagirachha tyo dhagoko linkma haleko photo dekhera. badbibad nagarnu ta? la ta la gardina, gyani chhu ma.

lahare, pure, baire, thulo dai. crazy, dipika, sannani, harke sabaiko din shuva hos.

 
Posted on 06-24-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउ पुरे ! म त गीत टासेको देखेर रातिकै पोस्ट भन्ठानेको ! पुरे ले ढोका खोलेको साँचो सत्य रहेछ !


बैरे प्रभु, त्यो त मैले पनि मानेको छु, जे होस् हाजिर गरेर टाप कसेनी हाजिर चाँही गर्या छ है !


क्रेजी फ्रेडी, मेरो पनि नमस्ते स्विकारम है !


अब यसो चारो टिप्न जानु पर्‍यो



 
Posted on 06-24-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि खुशी, मलाई पनि आज त्यो अर्को धागो को बिस्त्रित समाचार पढेपछी त यती बिरक्त लाग्यो कि ! फेरी आफ्नै गाउ ठाउँ को बैनी रहेछिन ! शायद मैले चिनेको हुनु पर्छ जस्तो पनि लागिरछ ! कस्तो बिभत्स हत्या ! त्यसरी अङ भन्दा गरेर हत्या गर्नु को पछाडि अरुनै केही कारण होला जस्तो लाग्छ मलाई त ! त्यो हत्यारा चाँही नमरोस बरु ! मरे तुल्य जीवन बिताउनु परोस त्यो हत्यारा ले !
 
Posted on 06-24-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे,


तिमिलाइ शक्ति कपुरको रोल बाहेक अरु रोल सुहाँउदैन क्या। अब अमरिश पुरि को नाटक धेरै नगर।


पुरे, तिमीले त्यो ख्यातिको कान्ड बारे अरु केहि कुरा थाहा पायौ? पत्रिकामा आएको बाहेक। त्यो बिरेन त एक नम्बरको जुवाडि रैछ नि त है?


बैरे, अनि के छ त नयाँ हालखबर?


 


 
Posted on 06-24-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


बरफ नि जल्दो रहेछ बैरे कहिले काहीं त । जलन त जलेको मन तन लाई पो थाहा । अरुलाई त केवल जल न मात्र हुन्छ । 
 


 
Posted on 06-24-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेले गल्तिले मिस्तेक गरेको भेर ऐलेलाई माफ गर्दिएँ, फेरी फेरी एस्तो गरेमा ठीक हुने छैन, भन्द्याछु

मैले पनि पत्रीकाबाट नै थाहा पाउन्दै छु, तेइ गर्न नहुने गरेकोले अङ-भङ गरेको जस्तो लाग्छ मलाई त, मोरो पिसाचले। अर्को धागोमा पढेको थिएँ,  मन नै खिन्न भो। अझ कपाल काटेर जेलमा हिंडेको भिजुअलाइज गर्छु झन रिसको पारा टाटेर आउन्छ। तेल्लाई त दिन दिनै ब्लेडले खुर्केर अनी नुन खोर्सानीमा चोप्न पर्छ।

अहिले सुन्दा चाँही अरु बहिनीहरु सँग पनि अली बेसी नै हात लगाएर चल्थ्यो रे। तेस्का हात काटेर तेस्कै अगाडि झुन्दाएर राख्न पर्नी।
 
Posted on 06-24-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन क्रेजी मैले नाटक गर्‍या होइन -


नाटक गरेकै मन पर्ने रहेछ मान्छे हरुलाई -


ओरिजिनल त मनै नपर्ने रहेछ -


 


हो पुरे त्यो असत्ती को त - के भन्ने - गर्न पनि कसरी सक्या होला -


 
Posted on 06-24-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा,


यो तिम्रो रुप ओरिजिनल होइन। डुप्लिकेट हो?


त्यसैले तिमी हाँरा भएर नैं ओरिजिनल रुपमा आउ। तिमि नक्कले सोबर हुँदा चौतारी नुन नपुगेको तरकारी जस्तो खल्लो भएको छ।


पुनश्च: लहरे तिमि हाँरा हुँदा नैं हेन्सम देखिन्छौ।


 


back to khyati's murderer


त्यो हत्याराले टाउको लुकाको ठाँउ भन्नै कति दिन लगाएको। मेरो बिचारमा अरु कुराहरु पनि आँउछ बिस्तारै। त्यसले B.P को औषधी धेरै खाएर फेरि बिरामी भएको नाटक गर्‍या रे। छिटो फुत्किन कोशिशमा छ। तर त्यो भन्दा अघि नै प्रहरीले तथ्य कुरा पत्ता लगाउनु जरुरी छ। 


 
Posted on 06-24-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब म के भन्ने -


हाँरा मान्छे हरु नै सबैले मन पर्ने र ह्यान्ड्सम लाग्ने रहेछ -


ज्ञानी भयो भने त नराम्रो रहेछ - कस्तो कलयुग आएछ बा -


अनी तिमीलाई मेरो यो रुप ओरिजिनल कि डुप्लिकेट भनेर कसरी थाहा भो त -


अनी नि नुन धेरै खानु नि हुँदैन ब्लड प्रेसर बढ्छ - कहिले काही नुन कम नि मिठै हुन्छ खान लाई 


 
Posted on 06-24-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
 
Posted on 06-24-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रिट्ठेले गल्तिले मिस्तेक गरेको भेर ऐलेलाई माफ गर्दिएँ, फेरी फेरी एस्तो गरेमा ठीक हुने छैन, भन्द्याछु <<<


 


हस अब देखी त्यस्तो गल्ती म कहिले दोर्याउने छैन !


 


क्रेजी र बौचा को हाजिरी जवाफ फेरी सुरु भईसकेछ !


मलाई पनि त्यसरी अङ भङ गरेर हत्या गर्ने अरु पनि केही उदेश्य हुनु पर्छ जस्तो लाग्छ ! आजकाल मानव अङ तस्करी पनि निक्कै बढेको छ !


 
Posted on 06-24-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन! नक्कलि लहरे,


तिमिलाइ शुरुमा नैं हेर्दा रावण जस्तै देख्थ्यौं, पछि सबैसङ निँहु खोज्ने, झगडा गर्ने, चौतारीको दादा हुन खोज्ने स्वभाव हेर्दा तिम्रो टाउकोमा अरु नौ वटा टाउको थप्दा रावण भन्दा कम नदेखिने जस्तो लाग्थ्यो।


तिमिले ठिक भन्यौ लहरे, कलियुगमा मात्र होइन, सत्य युगमा पनि रावण कहिले राम हुन सक्दैन। त्यसैले त्यो ख्वा:पा (मुखौटा) झिक र पहिले जस्तै बन।


मेरो ब्लड प्रेसर लो छ लहरे, मैले नुन धेरै खानु पर्छ रे।


रिट्ठे, यो लहरेसङ झगडा गर्न नपाएर हिजोदेखि मलाइ भोक, निद्रा र प्यास पनि लागेको छैन।


 बैरे, राम राम!


 
Posted on 06-24-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 24-Jun-09 02:20 PM

 
Posted on 06-24-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मामा कहाँ बाट चौतारी तिर ओ हावाल्दार साब कता लाग्यौ फेरी ?
 
Posted on 06-24-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सँग झगडा गर्न नपाएर भोक निन्द्रा प्यास केही ला छैन रे लौ -


म त तीन छक्क - अब क्रेजी को भनाइ अनुसार त दस छक्क पर्नु पर्ने हो


मैले ख्वा:पा झिकेर नै आको हुँ क्रेजी -


तिमिलाइ शुरुमा नैं हेर्दा रावण जस्तै देख्थ्यौं, पछि सबैसङ निँहु खोज्ने, झगडा गर्ने, चौतारीको दादा हुन खोज्ने स्वभाव हेर्दा तिम्रो टाउकोमा अरु नौ वटा टाउको थप्दा रावण भन्दा कम नदेखिने जस्तो लाग्थ्यो।


त्यो स्वभाब त तिमीले हेरेको भन्दा मैले देखाको जस्तो भएन र - जानी जानी त्यही स्वभाब देखाको हो के क्रेजी कसम झुठो बोल्या होइन


 


ल पुलिस दाई नि आउनु भा रहेछ चौतारी मा


तारेमाम् पुलिस दाई - कथा मनपराइ दिनु भएको मा धन्यवाद


अर्को पनि कथा छन त छ तर अली हात पात नै भएको सिन छ के त्यस्मा


फेरी डोमेस्टिक भ्वाइलेस भनेर मलाई समातेर लाने हो कि भन्ने पिर पर्या छ -


त्यही भर दिउ कि नदिउ भा छ

Last edited: 24-Jun-09 01:38 PM

 
Posted on 06-24-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा बिचार अचार् खाँदाखादै आयो। त्यो बिरेन भन्ने मान्छेले ख्यातिलाई अपहरण गरेर पैसा कुम्ल्याउने बिचार  गरेको हुनु पर्दछ । मार्छु नै भनेर अपहरण गरेको जस्तो लागेन।


समाचार पढ्दा बिरेन को डेरामा पुग्ने बित्तिकै ख्यातिले त्यो नरपिसाच लाई चिने पछी क्लोरोफोर्म सुँघाएर बेहोस् पारेको रे। कच्चा बैद्यको मात्रा यमपुरिको यात्रा भने जस्तै या त क्लोरोफोर्म को मात्रा धेरै भो, बेहोस् मात्र होइन प्राण नै उडे। या त क्लोरोफोर्म सुंघाउन अघी नै अक्सिजन संग भेट्घाट भएको हुनु पर्छ । क्लोरोफोर्म मा अक्सिजन अलिकती मात्र पनि मिल्न गए  Carbon Tetra Chloride बन्ने हुन्छ जो सुघायो भने एक छिन मै राम नाम सत्य हुने हुन्छ।



कच्चा बैद्य को हातमा क्लोरोफोर्म परेको। यमपुरिको यात्रा भाको । अनी म्रित शरीर लाई टुक्रा टुक्रा पारी बिभिन्न ठाममा फ्याक्न लगाको। पैसा को लोभ, त्यो पनि क्यासिनो को नशा ले यो दशा आइपर्‍यो। क्यानडा जाने टिकेस काटेर बसेको बिरेन को टिरेन अब क्यानडा होइन नक्खु तिर जादै छ ।



हत्या चानचुन पैसा सरि भाको छ देश मा। ३-४ हजार को लोभमा २ जना कलीला केटाहरु मानन्धर र रौनियार लाई १६ बर्षे सहपाठिले मारेको घट्नाले वार्षिकी मनाउन नपाउदै यस्तो ह्रिदय बिदारक घट्ना घट्यो। घट्यो होइन बढ्यो। गोपाल दाई को परिवारको पीडा अरुले भोग्न नपरोस ।    


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters