[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 269486 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-29-10 6:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार नमस्कार
सबैलाई यो नेपालको शुक्रबारे जधौ ।

आज त शुक्रबार ।
बिहानै देखी मन चङ्गा भयिरहेको छ ..... किन हुनु नि उही कान्छी सम्झेर नि ।  

जिम्माल हिजो कार्य ब्येस्ताको कारनले पढ्न भ्याइन अनी बेलुका ओछ्यानमा ढल्केर पढे .....

त्येस्को बारेमा धेरै कुरा भन्नु छ तर अर्को भाग आएपछी, खुब मज्जा आयो ।

 
Posted on 01-29-10 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह राता मकैको घोघा, यो रामे, सुत्छ कति खे'र हँ? के हो यार, राति हेर्यो राति देख्छु, ब्यान हेर्यो ब्यानै देख्छु्। तिम सुत्छौ कति बेला?

लु जे भे नि, प्रणाम!

 
Posted on 01-29-10 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे ठण्डा जदौ ।


तारेमाम पुरे, रामे


कुनै जमानामा हिउं भन्दा चिसो भन्ने गाना सुन्दा के लेखेको होला गोज्याङ्ग्रोले भन्ने लाग्थ्यो । अहिले हिउं को बाजे चिसो छ यहाँ। अधिकतम तापमान नै २७ रे । अझ हावाको तापमान अहिले ६ रे । 
 


 
Posted on 01-29-10 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर्दा हेर्दै अड्डा पुगेर नि हाजिरी जनाएँ है मैले। ठुल्दाइ याँ माइनसमा छ, तेत्ती भैद्या भे त बाइर बसेर बि बि क्वु गर्थेँ होला म (भन्द्या नि!! ;) )

दाई प्रणाम गरेँ है, फ्रीजिङ टेम्पका साथ

 
Posted on 01-29-10 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अड्डा जाने ट्याम भयो । उतै बाट हाजिर हौला। अहिले लाई तारेमाम।

 
Posted on 01-29-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेले हेर्दा हेर्दै डेढ से वटा फोटो हालेछ, नेपालाँ ११ घण्टा बत्ती हुन्न भन्थे, नेट स्लो हुन्छ भन्थे, तेइ भनेर चौतारीमा नि आएनन, तर थुतुनो किताबमा चाँही तेत्रो फोटो टाँसेछन, लौ भो अब

 
Posted on 01-29-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बित्थामा पानी पर्देर आज न साऊन न भदौ, लु मेरो नि जदौ!


 
Posted on 01-29-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम जिम्मालबा, छाता त छ नि है बाजे? कि पथाइदिम? 

 
Posted on 01-29-10 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैगो किन दुख: गर्छौ त्याँ देखि छाता आईपुग्दा पानी रोकिन्छ।


बरु के छ आजको पिलान?


 
Posted on 01-29-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज केइ छैन बाजे, भरे घर गएर होम्-वोर्क गर्न छ
 
Posted on 01-29-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ..... राती ३ बजे तिर थुतुनो किताबको निरिश्यन गरेर एसो काम गरेको जस्तो गरेर सादे ४ बजे तिर सुतेर ६ बजे तिर उठेरा राती गरेको काम देखाउन ७ बजे काम मा अाइपुगेको थिए .. के गर्नु जिन्दगी यस्तै छ ....... को छ र पुरे ..... कोइ सँगै भएको भये पो मन का कुरा भन्दै सुत्न हुन्थ्यो ........ एक्लो ज्यान .... यता छाम्यो भित्तो उत्ता छाम्यो रित्तो अनी के सुत्नु ......... मखुला ठुल्दाइ  

तारेमाम ठुल्दाइ, पुरे ले भनेको जस्ताइ त्एस्तो तापक्रम भये त बि बि कु गर्न हुन्थ्यो ....... अहिले त अझ ठीक छ ... बिहान काम आउन्द त -३ थियो, अहिले ७ छ तर हावा चाँही -४ छ रे .......

बिर्खे बा तारेमाम, बुढो ज्यानलाई आरामै छ हैन त .... भरे कान्छी कहाँ बाट फुन गरौला है ।

 
Posted on 01-29-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठूल्दाई, पुरे तथा राम्पूरे!


यो बुढो ज्यानलाई सञ्चो थिएन तर अब भयो! अब त तिमी जस्ता ठिटाहरु गनि गनि एक दर्जन सित कुस्ति खेल्न सक्छ यो ज्यानले, ए रात्तै!


 
Posted on 01-29-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! लौके! धेरैमा झुल्कियौ नि?


अस्ति कहिले हो राष्ट्रिय गीत (स्वदेशगान) को कुरा आएको थियो, एउटा मजाको भेटियो-


पश्चिम कोहि पूर्व घर...





 
Posted on 01-29-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा
पानी परे त हुन्थ्यो नि बाजे, चिसो परेर पो बुढो ज्यानलाई मुश्किल भो।



सून्य डिग्री सेल्सियसमा त पानी जम्नु पर्ने होइन र भने यहाँ सून्य डिग्री फारेन्हाइट मा पनि पानी जमेको छैन ? हामीले पढ्या भौतिक शास्त्र फेल खाएको हो कि क्या हो बाजे ? खुलस्त गरी पाम।


 
Posted on 01-29-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठूल्दाई! हामिले पढेको भौतीक शाष्त्र अनुसार त शून्य डिग्रि फरेनहाईट भयो भने १७ डिग्रि सेल्सियस जति हुन पर्ने हो, मजाको कुरा, -३८ डिग्री फरेनहाईट चाहिँ -३८ दशमलव ८८ डिग्रि सेल्सियस हुन पुग्छ, छैन त अचम्मको?


१) ताप र तापक्रममा के फरक छ? बयान गर्नुहोस!


 
Posted on 01-29-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jadau!

aaja ta Friday ho kyare, yahoooooooooooo! pure, harke, rame, thulda, lauke, birkhe ba - happy Friday sabailai!

hijoko interview ko baki bhag aja pani 3 baje nai auchha ho birkhe ba?


 
Posted on 01-29-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! खुसी नानी! आज अलि छिटो आउँछ जस्तो छ, हाइलाईट नि आउँछ जस्तो छ हे हे हे म्यानेजर छुट्टिमा छ , कुरा नफुरेर मात्रै हो नत्र धेरै कुरो आउँछ


 
Posted on 01-29-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछारेउ तिमीले जिम्माल ......
त्यही ज्यानले पछार्ने भये अहिले सम्म के भईसक्थ्यो  ....


खुशी HI
 
Posted on 01-29-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो गार्हो कुरो सोध्या होला बुढाहरुले, उुइले उुइले पढ्या त हो, कुरा नफुरेर मात्रै हो नत्र .......

 
Posted on 01-29-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello!


hijo ko interview ta gajjab raicha. khushilai ali empowered role dinu paryo director saaheb!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters