[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 140488 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 09-02-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

many many happy returns of the day - happy b'day dear miss :-)

-tyra
 
Posted on 09-02-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त ब्यस्त छु! तै नि मासटर्नि नानी र चित्रेलाई जन्म दिनको शुभकामना दिम भुनेर पसेको!

हैपी बडे!

अरलाई नि आरामै होला के रे। पछि कुरा अरम्ला!
 
Posted on 09-02-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लाई ढिलाई भए पनि जन्मदिन को शुभकामना र मिस् लाई पनि जन्मदिनको शुभकामना छ ।

"उज्ज्वल रहोस् सुर्य
शितल रहोस् चन्द्रमा
बिशाल रहोस् भावना
यहि छ मेरो शुभकामना।।"

:डि
 
Posted on 09-02-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् B'day केक् एक्लै एक्लै खान पाइदैन :(
we want cake right NOWWWWWWWWWWWW..............
 
Posted on 09-02-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई सप्ताहान्त लागेको जस्तो छ!
 
Posted on 09-02-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“ए हजूर मा!!! हजूर मा!!! “
हरिशरणम!!!!!
बत्तिकात्न लागे’कीम के रे । यसपाला चौतारियाँ भएनि सत्यनाराणको पूजा लागौनु नि पर्यो लाख बत्ति बाल्न नि पर्योभनेर सोचिरा’किम यि नात्नतिनाहरुले बसिखान दिनीभा’पो ।
“ किन करौचस, के भो भन?” भनेकि बोल्नु त काँछ र? मेरो हात पक्डेर तान्न पो थाल्यो सानो चै नातिले। “हिड्नुस त चौतारियाँ सब जनाले के जाति ह्याप्पि ह्याप्पि डे गरिराछन हजूर्लै हो रे”।
लौरो नि कताराखे’किम कुन्नि त्यैबेलाँ भेटिएपो ....सानो नातिको हात पक्डेर हिडे के रे । त्यो उकाला सास बढेर कति साह्रो ह्याप्ह्यापि भा’को नि फेरि.... अब त्यो सानो नाति कति दौडेको .....


ए मेरी बास्सै!!!!! चौतारियाँ त.....???!!!!! यो बुढेसकालाँ सास पनि ह्याप ह्याप गर्ने बेला यि भुराभुरि नि के को इउलिस मा के जाति ह्याप्पि भनिरा’होलान।लाज लागेर एउछिन त हेर्नै नि सक्या भ’पो भीडिया नि र’छ के रे फेरि


जे भएनि ल यस्तो मया अरेर अझै ह्याप ह्याप गर भन्छौ भनेनि तिमुर सब्लै धन्याद!!!

कुम्ले अस्ति त्यो बिर्खेले लाहुर’ट ल्याको के जाति रिडिया बजौदै हिडिरा देखे’किम के रे। सिपालू र’छ कुम्ले के जाति भिड्यो नि खिच्न मिल्नेर’छ कि के हो ? यो बुढेसकालाँ भिडिया हेरेर मर्न पाउने भे भनेर दंग दास भैकिम के रे ।

निश्चल नाति नि शहराँ फढ्न ग’थ्यो मज्जाको इउलिस सिक्या रे’छ भिडियाँ बोल्न सक्ने भ’छ जे भए नि यो बुढेसकालाँ सप्पैको राम्रो भाको सुन्न पौदा खुसि लाग्छ के रे।

सत्यनाराणको पूजाँ त्यो टिपरिकाटाँ हालेर क्याउसको भजन बजौन पर्ला भने’कि थिम
के रे। देवरजी( भौते) ले झन मनमनै गालि पो गर्नुभे’छ त्यो के जाति इउलिस गित भन्दा एउडो नाम्रो ( राम्रो) भजन राख्द्या भसि मलै हाइ सन्चो हुन्थो कसै सित माग्न फर्थेन के रे ॥“अब भावि भन्दा एउ (एक) वर्ष त कान्छो हुम् नि ....बुढेसकालाँ मलैनि त चाहियो.त्यो भाबिलै दे’सि कल्ले दिन्छ मलै” भनेर सोच्नु भ’होला के रे ।
फिरि गौतमबाउ( बाबु) लै के के भाँति जान्नु पर्या होला जो जति उमेराँ भएनि एउ बाजि मर्ने नै हो के रे। किन चिन्तार्नुन्च’र गौतम बाउ( बाबु) सप्पै ढिकढिका पुग्याचन । मलै त् त्यो के जाति एउ विस र एउ दश भन्दा माथि भन्नै मन मला’र हो के रे ।

त्या’उता’ट को हो ग्वाँचे चित्रे गालउ फुलौरे सबले झ्याँइकुटि पार्दै पुन्टेदा लै लयाउदै र’चन त्यै बेलाँ का’ट तितौरि भेट्टिछिन र लालटिन बाल्दै अगि अगि बाटो देखौदै र’छिन। अति जो इमान्दारछ के रे लुते नि ..... के विधि भुकेको .... सप्पै मेलाँ जादा त्यै उउडो लुते कुकुर ले घर धानेछ के रे ..... साच्चिकै इमान्दार हुनेर’छ केरे यो जाति नि ‘ त्यै अलि लुतो लाग्या’छ मन कटक्क खान्छ ।दवाइ ल्या’र खुवाउ भन्या नि..... यो बुढेसकाला मलै ...... कसैले सुन्ने भा’पो ।

त्यै बाटा आउदा चित्रे ले बाकलै बाक्लो रोटिअस्तो( केक) भेटेच’र ल्याछ त्यै काटदिन्चु र खाउला चिया सिया बनौ भने आँखा देख्दिन .. फेरि यो राताँ बेला के चिया खान्थेउ र ?

**********************************************************************

Wow !!! लाइफ मै फस्टाइम !!!
यँहाहरुको शुभ-कामनाको अमूल्य शब्दहरुको लागि म त केवल मुस्कुराउन मात्र सक्छु ।

(मेरो लेखाइ र भाषा बाट यहाँहारु कसैलाइ चित्त दुखेमा ह्रदय देखि नै क्षमा चाहान्छु .. विशेषत: लुतेलाई ---- अलि भढि नै भनेकि :) ???? )

 
Posted on 09-03-06 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, हे हे हे
अब गुरुआमाको कुरालाई पनि कसैले अप्ठेरो मान्छ र? हजूरको चौतारी स्कूलबाट हामी विध्यार्थीहरूले धेरै सिक्ने मौका पाएका छौ, जसका लागी हामी हजूर प्रति आभारी छौं।

अनि त्यो केकको लागि मुरी मुरी धन्यबाद! बरु जम्मा १४ वटा मात्रै मैनबत्ती देख्छु नि? :पी

लुते :)
 
Posted on 09-03-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस हजुर लाइ मेरो तर्फ बाट पनि धेरै धेरै जन्म दिन को सुभकामना। अनि चित्रे लाइ पनि मेरो तर्फ बाट जन्म दिन को धेरै धेरै सुभकामना ।

सानोकान्छा।
रोलन - १३
 
Posted on 09-03-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब जी मैले तपाईंलाइ बिजुली पत्र पठा'छु, हेर्नुहोला है ।
 
Posted on 09-03-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thankyou !!!!sano kancha!1
 
Posted on 09-03-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यम यम यम..............कति मिठो केक्!!!
केकको लागि धेरै धेरै धन्यवाद मिस् । हरेक बर्ष यस्तै मिठो केक खान पाइयोस् ।

जन्म दिनको फेरी पनि धेरै धेरै शुभ-कामना । । ।
 
Posted on 09-04-06 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे, मिसले आफ्नो बुढेसकालको कल्पना गरेर लेख्या हो कि क्या हो? अहिलेनै बुढीभा' कुरा किन नि?

काठमान्डू त जस्ताको तस्तै गाँठे! उल्टो कल्चर सक भयो! तर जे होस् सामान्य मान्छे बनेर हिंड्नुको
मज्जा चैं दामी हुने रैछ

ग्वाँचेलाई धन्यवाद! पत्रको उत्तर पठा'छु!
 
Posted on 09-04-06 3:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारी त सुन्सान पो भे'छ, गाँठे! सबै जना कता गे'छन ?

बाइ द वे, गालब धन्यवाद, पत्रको उत्तरको लागि ।
 
Posted on 09-04-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy b-day masterni didi
 
Posted on 09-04-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हेलो, सुम्निमा छिन्?" राजले हरेक दिन झैँ फोन गरे।

उस्को यो हरेक दिनको रूटिन हो। जसरी एउटा पुजारीले हरेक दिन मन्दिरमा पुजा गर्छन्, जसरी पसलेले बिहान धूप बाल्छन्, जसरी गायकले हरेक बिहान रियाज गर्छन्, त्यसरीनै राजले हरेक बिहान सुम्निमालाई फोन गरेर "शुभ बिहानी" को सन्देश दिन्थे। सुम्निमालाई पनि हरेक बिहान राजको फोनको प्रतिक्षा हुन्थ्यो। सबैको बिहान चियाको स्वाद सङ्गै सुरु हुन्थ्यो भने उनको बिहान राजको फोन आएपछि मात्र हुन्थ्यो। राजको मिठो बोली सुनेपछि मात्र सुम्निमा झ्याल खोलेर सुर्यको दर्शन गर्थिन्।

"सुम्निमा त बिमारी छिन् त्यहि भएर अहिले फोन भएको ठाउँमा आउन सक्दिनन्, बरु तपाईँ को बोल्नु भएको?" उताबाट सुम्निमाकी आमाले जवाफ दिनुभयो।

"बिमारी भएको रे? के भयो सुम्निमालाई?" राजले आफ्नो मनलाई काबुमा राख्न सकेनन्।

"खासै केहि होइन, ज्वरो आएको, हिजो बाहिर साथीहरु सङ्ग घुम्न गएको बेला पानीमा रुजेकी थिइन् अनि त्यसैको ज्वरो आएको" आमाले सरल तरिकाले उत्तर दिनु भयो।

अघिल्लो दिन राज र सुम्निमा बंगलामुखी गएका थिए। फर्किँदा पानी परेको हुँदा उनिहरु मोटरसाइकलमा निथ्रुकै भिजेका थिए। राजलाई सार्‍है चिन्ता भयो। त्यही भएर उनले फेरि फोन गरे अनि सुम्निमा सङ्ग कुरा गर्ने असफल प्रयास गरे। उनलाई बिहानभरी छटपट्टी भइरह्यो।

"एकपटक बोलीमात्र सुन्न पाए हुने थियो" उनको मनमा केवल यहि एउटा इच्छा थियो।

हरेक पलहरु उसलाई बर्षौँ जस्तो हुनथाल्यो। आफुलाई सम्हाल्न खोजे तर मन थिर हुन सकेन। केहि बेर सोचेपछि राज एउटा निर्णय गरेर आफ्नो कोठा तिर लागे।

एकैछिनमा उनि तयार भएर बाहिर निस्किए। मोटरसाइकल स्टार्ट गरेर हुइँकिए।


"टक टक टक" ढोका ढकढकाएको आवाजले सुम्निमाकी आमालाई झस्कायो।

"को हो?" भन्दै आमाले ढोका खोल्नु भयो।

"आमा नमस्ते, सुम्निमा छिन्?" राजले आमालाई सोधे।

"भित्र छिन्, बाबु चाँहि को नि?" आमाले राजलाई कहिले पनि देख्नु भएको थिएन, न त उसको बारेमा केहि थाहा थियो।

"म उनको साथी हो, उनि बिमारी भएको थाहा पाएर हेर्न आएको" भन्दै राज भित्र छिरे।

आमाले उसलाई सुम्निमाको कोठा तिर लैजानु भयो।

"राज तपाईँ??" सुम्निमाको सात्तो गयो।
"तिमीलाई कस्तो छ, सुम्निमा?" राजले छेउमा बसिरहनु भएका आमा, फुपु कसैलाई वास्ता नगरी सुम्निमाको नजिक गएर टाउकोमा सुम्सुम्याए।

"मलाई ठिक छ, अनि तपाई चाँहि कताबाट यहाँ आइपुग्नु भयो नि?" उनले कुरा मिलाउने इशारा गर्दै राजलाई सोधिन्।

"ए! म यहि बाटो आउने काम थियो अनि प्रतिमाले तिमीलाई पनि हेरेर आउनु भनेको हुनाले निस्केको" राजले कुरा मिलाए।
"ए! प्रतिमालाई सम्झेको छ भनिदिनुस् है!" सुम्निमाले थपिन्।
"हुन्छ! ल म अहिले जान्छु, तिमी आफ्नो खयाल गर्नु है!" भन्दै राज त्यहाँबाट निस्किए।


"बुझ्नुभयो कुम्ले! मलाई उहाँले त्यत्ति टाउको सुम्सुमाएको ले ज्वरो निको भयो" आफ्नो तिन बर्षे छोरालाई काखमा च्याप्दै भाउजुले मलाई भन्नुभयो। उहाँले भन्नु भएका हरेक शब्दहरु प्रति उहाँलाई कत्ति बिश्वास छ भन्ने कुरा उहाँका आँखाहरुले स्पष्ट पारिरहेका थिए।

"म त्यो दिन पहिलो चोटी उनको घर गएको थिएँ। अरु बेला मलाई कहिले आँट आएन उनको घर जान, तर त्यो दिन आफुलाई कन्ट्रोल नै गर्न सकिन" छेउमा बसेका राजले आफुँलाई सबैभन्दा मनपर्ने मान्छेलाई हेर्दै थपे।

काखमा बसेको निश्चयले आमा र बुवाको कुरा बुझिरहेको थिएन, उ आमाको काखबाट बिस्तारी निस्किएर मेरो नजिक आयो। अनि मेरो काखमा चडेर मेरो गालामा पहिले म्वहि खायो अनि उसको दुबै हातले मेरा दुइ गाला समाएर आँखा मा आँखा गाडेर मलाई हेर्दै भन्यो "कुम्ले अंकल! सिन्धु मल्लको गाना हेर्ने नि"

मैले निश्चयलाई अंगालोमा च्यापेँ, उस्लेपनि मलाई सजिलो पार्दै मेरो अंगालोमा गुटुमुटु भयो। अनि म मेरो छेउमा रहेका एउटा साँच्चो अनि सफल प्रेमीहरुलाई हेरेर मनमनै सोच्न थालेँ,

"वास्तवमै, जोडीहरु स्वर्गमा बनेर आएका हुन्छन्।"

समाप्त
 
Posted on 09-04-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा कुम्ले, हजुर त डरलाग्दो हुनुहुँदो रे'छ। :-)
मनको कुरा गर्यो भने कथा बनाएर सार्वजनिक गरिदिने? :p

यस कथाका सबै घटनाहरु काल्पनिक हुन् । *राज सँग मिल्न गएमा सन्जोग मात्र हुनेछ।
:p :p

मेरो नम्बर कहिले आउँछ ? :-) :p

जाँदा-जाँदै राज, सुम्निमा/प्रतिमा भाउजुलाई नमस्ते अनि निश्चयलाई धेरै मायाँ ल ! :-)

:-)
-भउते
 
Posted on 09-04-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!
हुँदा हुँदा हाम्रो चौतारो त साझाको पानाबाट नै गायब भएछ।
लु मैले माथि धकेलेँ।

हन कुम्ले कसको कथा परो यो?
 
Posted on 09-04-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपताउन गाल:


डाँडैको देवी देऊराली
माया होऽ पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झलझली
माया होऽ पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झलझली
... ...

कम्ले:

पैले थियो वर पिपल छहारी
वर पिपल छहारी
माया होऽ आजभोलि सुन्य भो चौपारी
डाँडैको देवी देऊराली
माया होऽ पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झलझली
... ...

 
Posted on 09-05-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गौम्ले दाजु भाइ दिदी बहिनी ।
रोल # ६ ठुलि
हजुर मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्'
 
Posted on 09-05-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठूली मात्र र'छिन। धन्यवाद है ठूल्नानी ॥

ल कता गएछन सबजना ??!! आज भोलि सबजनालाइ बिदा लागेको रहेछ ?
ए!!सानकान्छो कि आफै गित बजाउनु पर्यो कि सिकाइदिनुपर्यो अरुलाई नि यसरी गित बजाउ भनेर ...... कस्तो सुनसान भयो के..।
********
ल कुम्ले ले दाइभाउजुको लभ स्टोरी को पो कथा बनाइदे'छन । वास्तव मै काल्पनिक कुरा भन्दा देखे भोगेको कुरालाई नै यसरी पढ्न पाउदा झन सन्तुष्टि र रमाइलो हुन्छ।

बरु अलिक लामो र बिस्तृत बनाएर लेखेको भए हुने :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters