बिस्टे
Replies to this thread:
More by बिस्टे
What people are reading
Subscribers
Please log in to subscribe to बिस्टे's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 873]
|
[VIEWED 485708
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-14-08 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~चौतारी ११९~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 16-Jun-08 12:43 PM
|
| |
|
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-17-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्मालबा
जिम्मालबा लोल
हैन चिप्ले खुजली ले अझै कुरा बुझेन रे।।।लोल   
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोश्रो राउन्ड को लोल सरि २,३,४ सबैलाई ! 
अघी चित्रेलाई देख्या जस्तो ला'थ्यो मुखाँ पट्टी बानेर आइरथ्यो , कतै गन्नु भायले किट्न्याप त गर्या हैन? सन्कै छ 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गन्नु को एपिसोडमा मिस दिदीको डेब्यु आज?  ल ल पार्टी खाम न त अब? चिप्ले खुजली रे लोल
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कता मरेछन सबै भाय बेन हरु
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-17-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
श्री लहरेकान्त लाकौल इन्टरनेटको पेजमा धेरै प्रख्यात रहेछन्!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रा अती मिलनसार मित्र तथा 'चौतारी रसरंग प्रधान' एवम 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष', 'तोतेबोलि सुधार आयोजनाका प्रमूख आयुक्त', चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष', 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समितीका बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब', 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख' श्री लहरे लाल लाकौल लाई हार्दिक बधाई तथा शुभकामना
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-17-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
श्री लहरे लाल लाकौल
उर्फ
'चौतारी रसरंग प्रधान' एवम 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष', 'तोतेबोलि सुधार आयोजनाका प्रमूख आयुक्त', चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष', 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समितीका बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब', 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख' लाई हार्दिक बधाई तथा शुभकामना
-बिष्ट परिवार -
|
| |
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-17-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रा बिर्खे माइला नि कम्ता छैन।
|
| |
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 06-17-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Tara.
Please log in to subscribe to Tara.'s postings.
Posted on 06-17-08 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
choutari kina bigrera google google bh ako
|
| |
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 06-17-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
tei ta tara. :D:P
nam rakhne haina jimmal baa tara. ko?
|
| |
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-17-08 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ सबै चौतारीबासी लाई यो मीथो गीत ल्याइ देयको छु। मेरो काम बाट गीत तास्न मेल्दैन ।।कसैले यो गीत तासी देय धन्य हुनेछ।
लोलाएका टी ठुला तिम्रो दुई नजर्ले मलाई हेरिदिये मलाई चाहिन्न अर्को केही
लोलाएका ती ठुला........
सौ-भाग्यशाली औथी तिम्रो हात को भेइ स्पर्श मात्रा पाये चाहिन्न अर्को केही सुन्दर मुहार तिम्रो चन्द्रमा शर्माउने एक पल्ट देख्न पाये चाहिन्न अर्को केही
लोलएका ती ठुला...
छिनेको त्यो कत्ती मा जल्को घदा सारी भ् इे तास्सी रहन पाये चाहिन्न अर्को केही काला घता भ दौ जस्ता केश दाना छन्या भये मलाई चाहिन्न अर्को केही
लोलाएका टी ठुला तिम्रो दुई नजर्ले मलाई हेरिदिये मलाई चाहिन्न अर्को केही
लोलाएका ती ठुला........
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तर तिमी आएनौ.............. कती दिन बिते कती रात हराये तर तिमी आएनौ अन्धकार तिम्रो जीवनमा ज्योति मेरो नहोला सुन्दर तिम्रो जीवनमा सुन्दरता मेरो नहोला तर मेरो जीवनमा तिमी सधैं हुने छौ कैले काही रुनेछौ शायद तिम्रो बाटोमा.......
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-17-08 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Aaja ta Google maya bhayechha hamro chautari!!
K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le.  
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-17-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
>>>K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le<<<
त्यस्तो होइन चेली यस्तो पो त
K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-17-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
la la BHOOL SUDHAR:
K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-17-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-17-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
वो रिट्ठे के गरेको के को बधाई मलाई - फेरी यो बिस्टे हेर न, त्यो रिट्ठे को ल-लहैमा लागेर, के को बधाई हो हाम्पनी सुनौन,
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-17-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो चौतारीका औतारीहरुको नाम राखेर, कहिले गन्नु महात्म्य त कहिले कमिलाटारको कुरा गरियो र गरिँदै पनि छ। यसपाली चाइँ चौतारीकै औतारीहरु राखेर कुनै सेटअप सहितको एउटा गाउँ नै बनाउन खोज्या हे हे हे! हेरौँ कत्तिको टेम मिल्छ चाइन्जो, मिलो भन्देखुन एउटा गाउँ नै हेर्दै जाम्ला बिस्तारै भनेर आँट्या हो। कोइले राम्रो गर्या लेखिएला कोइले नराम्रो गर्या लेखिएला गाम्ले हो तर कुरो न हो।---------------
बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथी नै भित्तामा अडेस लागेर बसे।
“सान्नानीssss, ए सान्नानी!”
नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।
पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।
“ ए सान्नानि!!”
बुढा यसपाली अलि चर्को स्वरमा कराए।
“ए हजुरवा आउनुभो?”
भित्रबाट सान्नानीको मसिनो आवाज आयो।
“ त्याँ चोटामा मेरो सुरुवाल होला ले’र आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!”
बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।
बुढाले पुलुक्क ढोकातिर हेरे।
“अझै एक बर्खा त कसो नधान्ला”
ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।
“ यि लिनुस हजुरबा सुरुवाल”
बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।
बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-
“ एक घान मकै भुट् त बा, साह्रै भोक लायो!”
“ आगो सल्का छैन, मइतेल नि सकिया छ!” सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।
बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।
पानी रोकिने नामोनिशान थिएन!
“ हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?”
सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।
“ के भो तँलाई? माथ्ला गरमा ग’र मइतेल पैँचो मागेर लेरा’ न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।“
“ आज नि बिर्सनुभो हजुरबाले!”
सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।
बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।
सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-
“ हेर् बा आज ब्यान सम्झिरा’ थेँ, बारिको काम सिद्धयार’ पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!”
“जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ!” सान्नानिले रुन्चे स्वरमा भनिन्।
“ खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!”
सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।
पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।
“कैले साउले देला जस्तो छैन!”
मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।
भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।
“ यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?”
बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।
“ बरु बिर्खे सम्धी संग पो माग्ने कि?” फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।
“ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ’ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!”
बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।
पानी रोकिने लक्षण थिएन।
पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले “ माष्टर्निले मइतेल दिइनन्!”
“ प्वss! प्वss! प्वss!”
गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।
लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-
“होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!”
गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।
हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।
“बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!”
हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-
“प्वss! प्वss! प्वss! होss तिल्के!”
हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।
गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!
|
| |
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 06-17-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरे शिव! हाम्रा माल्दाइलाई कुरा पनि कति आका हुन्!!!! लु अझै जाओस् है, म त पलेंटी कसेर बसें कथा/धारावाहिक सुन्नलाई !!!!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Deepak Bhatta could help bring down the three stooges |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|