[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-10-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउबाजी शहर ग'र गाइजात्रा नि हेरुम एसो एउजोडा राम्रो लुआको दौरा सुरुवाल नि हालुम हनि चाइन्जो भउवानको दरशन नि अरम भनेर ग्वाँचेलाई ले'र शहर गा'को गाम्लेओ, कसरि पुगियो मलाई मात्तै था छ।
टेशनको कुरो त ग्वाँचेले अरिहालो। बसाँ मजाले झ्याल पट्टि बसेर तल खोलो हेर्दै शहर जाने मन थ्यो, बस गुडेओ एउछिन पछि त ग्वाँचे अमिलो मुख ला'र ठुस्स परेर " जिम्माल बा मलाई त होला अस्तो छ" भन्छ। कुरो बुझे मार्दिनु।
" ए ग्वाँचे के होला अस्तो छ?" भनेर सोधेओ केइ नबोलि अघिको भन्दा नि मुख चम्र्याक चुम्रुक्क पारेर बज्जेको साह्रो कुइन्यूले मेरो बुडो छातिमा ठेलेर बसको झ्याल खोल्छ बा।
त्याँसि बल्ल बुझेँ मोराको आन्द्रा बटारिएछ भनेर। अनि तेसपछि त कताटी झ्यालको सिठमा बस्न पाउनु नि।
छेउमा बसेर गुडियो। बेला बेलाँ घुम्ति र जोल्ठिङ आउँदा कहिले ग्वाँचेले हुSS...व्वाSS.... अरेको सुनिन्छ, कहिले छेउको च्याङ्ग्रो दुई हात पर पुगेर फेरि आफ्नै खुट्टो हान्न आउँछ। बडो सकसले मुउलिन सम्म पुइयो गाम्लेओ।
गर्मिले घाँटि नमजाले सुकाएको त्यो, तल ओर्लेर धाराको टुटिमै मुख ला'र एउ भुँडि पानी टन्न भरेर बसाँ चढेँ। " जिम्माल बा, मेरो भुँडि त ढिँडोको पानी उम्लेओ जसरी उम्लिराछ लौ न के अर्ने होला" भनेर पो भन्छ त ग्वावचे मोरो त।
झन म बुडालाई भर हुन्छ भनेर बज्जेलाई ल्याको यसैको स्यार अर्नु पर्नेभो भनेर मनमनै मुरमुरिँदै फेरी बाहिर गाएँ। बाहिर ग'र..." अब तेल्लाई केई नुनिलो पिरो कुरो खान दिनु परो, छाद्दैन कि?" भनेर यताउता हेरेँ। एउडा भात खानि होटेलको बाहिरपट्टी काँक्रो बेच्न राखेओ रेछ एउडा ठुलो काँक्रो किनेर काजतको पोकामा एउ पोका नुन खुर्सानि ले'र बस चडेओ।
एक टुक्रो खान पा छैन ग्वाँचेले त तेई काँक्रो र अलिकता मोराको भुँडिभित्रको पित्त समेत
फेरी हुSSS...व.वाSS..अरेर फालो।
"लु भएन मरि त हाल्दैन होला, छाद्दै छाद्दै भएनि शहर त पुग्ला नि" भनेर मन मनै सोच्दै काँक्रो नुन खुर्सानीमा चोपेर चपाउँदै ठिटा हुँदा जिम्माल्निलाई फकाको कुरो सम्झिराको सपै खाएर सकाइछु। पेट डम्म भ'र एकछिन मजाले निदाइछु।
सपनामा त गैरीबारीको डिलमा बसेर तल बेसि हेर्दै कान्लो भिजाउन खोजेको देखिरा, सुरुवालको ईँजाल खोल्न खोज्छु रे खुल्दै खुल्दैन, यता ईँजार खुलेओ छैन उता खुट्टोमा चिसो लाग्छ बा! सपनैमा "हन कसरि भो यस्तो" भन्ठानिराको त निँद्राबाट झल्याँस्स बिउँझिएँ। आफ्नो त उहि हाल रेछ तुरन्तै ओर्लेर भित्तो तिर जानु पर्ने तर मेरो खुट्टोमा चाइँ च्याङ्ग्रा महोदयले बडो शान पुर्वक सिँचाइ गरिदिनुभएछ!!
 
Posted on 08-10-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्मालबा पनि आइपुग्नु भे'छ चौतारीमा, सञ्चै हुनुहुन्छ, जिम्माल बा ?
तपाईं बस्दै गर्नुस्, म चाँही भोली आउँछु है अलिकति काम पर्‍यो । । ।
 
Posted on 08-10-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, माल्दाई र ग्वाँचे को कथा! लौ साँच्चिकै गाइजात्रा भयो आज। सार्है राम्रो!!

अत्ति.....!
 
Posted on 08-10-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, हो नि म भुवन के सी को डाइ हार्ड फ्यान!

गाममा एकचोटी मात्र सिनेमा हेर्न पा'हो आफुले, अनि त्यो पनि त्यहि भुवन केसी को मात्र। अरु त हेरेको भए पो।

हैन! को होला यो जोन अब्राहम भन्ने चाहिँ? हाम्रै गामको हो? कि पुन्टे दाईको ससुराली तिर को मान्छे पर्यो? ससुराली गामको पर्‍यो भने त भउतेलाई सम्झाइ हाल्न पर्यो। फेरि जुरेलीले भेट्ली र कुरो बिग्रेला। :पि

जिम्माल बा ले हामीलाई नि यसो सहर जा'म भन्या भए लाग्थ्यौँ नि पछि पछि। त्यस्तो केहि न कामको ग्वाँचेलाई लगेर। हे हे हे!!
 
Posted on 08-10-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो बल्ल हो अलिकति फुर्सद पा’को। साली घउते काजीको जिम्म लाएसि अब यो बुढो ज्यानलाई आँखा लाउनि मेरी जेठी र धोबिनी बाहेक कोई रहेनन्। हिजो चईनि जेठी उनकी दिदी सुतकेरी सम्हाल्न भनि एक साता जतिलाई गई के रे। म चाईं आफूले न स्यार्ने, न सुसार्ने, बरु तिम्लाई लिन आम्नि बेलाँ भेट घाट अरम्ला के रे भुनेर घरै बसें।

साँझ पख साली को झल्झली याद आयो। ए भेना! भन्दे खितिति हाँसेको जस्तो लाउनि तै ढोका बाहिर। भउतेको ग्वाङ्ग्रे आवाजले फेरि झस्काईदिनि।

जेठीले कठै पोईलाई भुनेर गाबाको तिऊन र ढेंडो एक सातालाई पुग्ने अरि बना’र हा’की थि के रे। तेई बेलाँ धोबिनीले डाके डाके जस्तो लाओ। अन्खेर लु त नि भुनेर हुत्तिएँ म नि उतै तिर।

धेरै दिन पछि ग’को के रे। धोबिनी त रमाई। उही पुरानो च्यात्त्या पेटिकोट चुलो पास्तिर झुन्डाई रा’ रईछे। बरकको दुई पटक धुन्छे के रे। यई बेलाँ परेछ। मोरीले तुरुन्तै फेरि एउटा हाँसको गर्धन बट्टारेर कर्‌याक्कै पाति हाली। समात्न न एकेछिन गारो भ’थ्यो के रे धोबिनीलाई। “आ! आ! आ! मेरी हाँस आ! बाबु राजाको आहार बन्न आ!” अर्दै थि, कुन बेलाँ च्याप्प पारेर झ-याप झुरुप नि पारि सकिछे।

कोदाऽ रउसी फेरि मेरी धोबिनीकाँ हाँडी मै चुर्लुम्म डुबौं डुबौं अरि बान’र राख्छे, हर हरि बास्ना आम्नि। अन्खेर तो हाँसलाई पोलुन्जेन त रमईलो कुराकानी भइ र’त्यो के रे। गाम पुरै चार्दै हिँड्नि मेरी धोबिनी, सबको कुरा सुनाम्छे। “के भने थेउ र ए पात्त्या बुढो? मास्टर्नि नानी त खुब रिसा’छ रे तिमी संग!” रे!

“सारै लठेप्रो छौ के तिमी नि बुढो! हाम्संग पो तेस्तरी कुरा अर्नि! पढेलेखेका, अरुलाई पढाम्निहुरले काँ बुझ्छन् त नि हामी जस्ताका काम, कुरो, मर्म?” भन्दा पो सारै घत् परो, गाँठे! बेलाँ नपठेर अल्लारिएसि मर्ने बेलाँ पनि हेप्छन् के रे जान्नि ले, जस्तो लाओ। क्या्नु? अब बेलाँ पढिएन के रे, अनि जिम्मालको जस्तो पुरोढ सिछ्छे जान नि जाँगर छैन।

तो हाँसको सिकार त खुब पछ्नि हो फेरि कोदा रउसीसंग। सिंगै हाँस एक्लैले घिचेम् के रे। तेस्को आन्द्रा, भुँडी, एउटा सानो टुक्रो हड्डी, केई बाँकी राखेनम् के रे। धन्न ति धोबिनीले पोल्न अधि भुत्लाइ सकेर मात्र हो तो हाँसलाई, नत्र भुत्ला सुत्ला सबे चपाईदिन्थें के रे।

हाँडिआँ कनिका हुन्जेल राँ**लाई के निन्द्रा लाग्थ्यो फेरि? पुरे रित्ताएँ के रे। धोबिनी नि के के भुनेर बर्बराई रा’थि। बुझे त मरिजाम्। बरु, तेस्को अनुहार हेर्दा चईं ४-५ वटा हिन्दि फिलम को होरोन ऐस्वर्जेको मुहार आम्नि। एउटालाई समात्न खोज्यो, मिलिक्क बिलाम्नि, अनि अर्को खित्त हाँस्नि। तेल्लाई समात्न खोज्यो, फेरि तो बिलाम्नि, अनि अर्को खित्किनि। अर्दा अर्दै कुन बेलाँ भुक्लुक्कै ढलेछु, पत्तै भएन।

बिहान पखपो फेरि धोबिनी ले घच्घचाउन आई।

“ए, पात्त्या बुढो! जाग है, जाग! सँधै तिम्लाई ले’र सहर जानी जिम्माले त आज देखुन तिम्लाई माया मारेच। तो ग्वाँचेलाई ले’र गयो रे!” भुनेर कानै सेकाई।

हुन नि, उठाम्न आ’ भे त नउठ्नि काँ हो र हाम्पुनि? बसाँ फेरि सुत्दै जानी त हो नि! एउटा बहाना चाईएको तो जिम्मालेलाई!

एउटा छातेर झन्डै खुस्केछ के रे, अर्कोऽ गोडाँ भेंडा हो कि बाख्रोले मुत्देछ।

खुच्चिङ्!
 
Posted on 08-10-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ कुम्ले..लैजाम्ला...तर यि गामका मै हुँ भन्ने ठिटा भनाउँदाहरु सँअ आजित भैयो के तेसइले। अब गामका ठिटिहरुको बरु भर हुन्तो होला तर लैजाउँ भने नानाँभाँति कुरा अरने होलान गाम्लेअरु, हनि ठाम ठाम मा चेखिङमा नि पुलिस आर्मिले दुख दिने होलान....
हरिशरणम्!!
 
Posted on 08-10-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle ,malai sodhyaa bhae bhanthea ke re john abraham ko ko bhanere ;-) :P:P
 
Posted on 08-10-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए पुन्टे दाई कस्तो मनै हरहर भ'र आओ गाँठे, हाँसको तिउन र कोदाओ रउसि को कुरो सुनेर।लु एउबाजि जानु पर्छ हामि दुइ जना। घराँ मनकामना दर्शन अर्न जाने भनर कुरो मिलाम अनि लागुम, बरु खैरेनि तिरै पाँच सात दिन बसुम, डुम्रेमा २ दिन बसुम, उता तुर्तुरेतिर दुई दिन, अनि फलिया साँघु, सुन्दरबजार तिर अर्को ३ दिन, त्याँसि बेसिशहर एउदिन डुलेर, गोडा सातएक हाँस र गोडा २-३ घ्याम्पो कोदोओ रउसि धोकम्ला...अनि पन्द्र सोर दिन पछि गाम फर्किम्ला।....कि कसो?
 
Posted on 08-10-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम!! तितौरी, नभन मलाई त्यो को हो भनेर, मनै चसक्क पो होला जस्तो भएर आयो। :डि


जिम्माल बा, भोटेओडार, सिउडीबार नि बस्ने कि एक दुइ दिन जति? हे हे हे!!
 
Posted on 08-10-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर जिम्माल् बा को कुरा नि, मनकामना दर्शन् भनेर कता कता जानि रे? बुढबुढिको तेस्तो कुरो हाम्ले के सिख्नि होला ल अब।

ए अर्को चौतरी चिन्ने बेला भएछ है कता गाको हो नमे?
 
Posted on 08-10-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो कुम्ले तेतैको परो अस्तो छ।
तिमी पनि हिँड त्यसोभ' माथि खुदि भुल्भुले सम्म न पुगमला, तेस्तै परे चाइन्जो मनाङ उक्लमला के रे नि।

हैन सान्नानी, घरमा यो बुडेसकालमा क्यार्न ठाम कुठाम हिन्नु परो भन्छन कि भनेर पो मनकामना भनेको त। अब रउसिको कुरो अर्छौ भने पुन्टे दाई तेति नभने मरे नि जान्नन हामिसँअ क्यार्नु...हामि त के जाति टुर अर्न पो जान लाएको त।
 
Posted on 08-10-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म पनि आए है हाजिर गर्न लाइ।

रोल नम्बर २१ नेप्चे
यस मिस
 
Posted on 08-10-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LAU ta kumle nabhanumlaa ....:D
tei ta saannani ke bhaa holaa purod sichhe ka budbudi haru :p
raamro raamro kur sikaunu parne haamlai ni ......:D testo iskul bhaagera mankaamanaa jane re lau ...
 
Posted on 08-10-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो रमाइलो भैरा रैछ यो चौतारी मा । के गेर्नु काम म ब्यस्त ले गर्दा आउन नि टाईम निकाल्न गाह्रो।

guys enjoy hai
 
Posted on 08-10-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकल लाले र साने कता हरायेछन्। सानेले गित झुन्ड्याम्थो मिठो मिठो।
अस्ति शहर जाँदा गाउँदै अरेको भेट्या थेँ, आउँछ होला दुई चार दिनमा।

साने-

घाँस काट्ने खुर्केर
आयो जोबन हुर्केर
कसलाई दिम यो जोबन

बारिको बाँस भैँसिलाई घाँस
तरुनि भेटो पैसाको नास
कसलाई दिम यो जोबन

किलिप र काँटा नक्कले भाका
चिनेओ छैन झिम्काम्छे आँखा
कसलाई दिम यो जोबन

 
Posted on 08-10-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, म त्यता तिरको चाँहि होइन तर त्यो ठाउँ घुमेको छु। मलाई एकदम मनपरेको ठाउँ हो लमजुङ जिल्ला। समय मिले एकचोटी फेरि घुम्न मन लागेको छ। तपाइँले ति ठाउँहरुको नाम लिदा त्यहिँ पुगे जस्तै भयो।
 
Posted on 08-10-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो वीरखे दाई नि आती गेर्ने क्या । त्यो घास् कात्ने खुर्केर भने गीत नगाउँउस् न मलाई सरो डर लाग्छ क्य । पिलिज ।
 
Posted on 08-10-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी नया बनाउने बेला भा'होइन र ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters