[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 265721 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-07-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँशु रोक्ने उपाए धेरै छन छानी छानी
कि सुनाउ कविता कि सुनाउ कहानी
मुटुको रोग भए छुट्टै कुरा भयो नत्र
मुखले हाँसे मुटु कहिले दुख्दैन नानी
:p :p
(खोकी लाग्याछ कि के हो? छाति दुख्ने गरि? लोल हा हा हा)
 
Posted on 01-07-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरुलाई,

तिम्रो फूलको बगैँचामा म आउँला भूँ भूँ गर्दै
कहिले उकाली देउरालीको कहिले ओराली झर्दै
खेर जान पक्कै दिन्न आँशुको त्यो झरनालाई
सिँचुला ओइलिएको गुलाफ अंजुलीमा त्यै आँशु भर्दै। :p
 
Posted on 01-07-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै निधाए साथि हरु
जब मैले सुनाए कथा
कबिता को के गरौ कुरो
सुनाइ सकेर हेर्दा बाकि रहेछ एउटा गधा (जनाबर् है!)
यस्तो मेरो प्रतिभा
छुट्याउनै गार्हो सुरु कता अन्त्य कता
त्यसैले आएन हिम्मत सुनाउने
चौतारी मा कथा कबिता

hehehe
 
Posted on 01-07-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गधा रे ! :-(
 
Posted on 01-07-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O ओ भौतेदाइ के भन्या? सारै उल्टो खेद्ने बानि के छुच्चो :O :( :@ :S!!
 
Posted on 01-07-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटी कालीको कविता सुन्दा मलाई बेर्थै गधा हुनु पर्यो
आफ्नो ठूलो अपमान सम्झी, सँगैको गधाले आँखा तर्यो। :p
 
Posted on 01-07-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHAAHAHHAA...LOL
 
Posted on 01-07-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! यहाँ त गाम्लेहरूको घमासान कविता गैरा' रैछ नि।:P

आफ्नो त कविता लेख्ने फुर्सतै छैन, पढ्न चैं यस्सो पढिन्छ जे भए नि। ल ल लेखम् लेखम् कविता लेखम्।
रमाइलो गर्दै गरम्। गरम् गरम् चाय गरम्। :P

म चैं केही दिनपछि खेत जोत्न सकाई आएर कथा, कविता जे जे मन लाग्छ फलाकम्ला, अहिले त सुत्ने बेला नि भो।

श्री स्वस्थानी माता कि जय जय जय!
 
Posted on 01-07-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजु-बहिनी को कबितामय दोहोरी पो चल्दै रहेछ यहा। अरु पनि जाओस बरु।

म चाही मेरो सायरीमय मुडलाइ निरन्तरता दिदै एउटा अर्को टुक्रा पस्किदै छु।


जुबान खामोश और आखोन मे नमी होगी,
यही बस एक दास्तन-ए-जिन्दगी होगी,
भर्ने को तो हर जख्म भर जाएगा
कैसे भरेगी वो जगाह जहा तेरी कमी होगी।

 
Posted on 01-07-07 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा भउते काजी,
मैले कहिले तिमीलाई आँखा तरेँ????? :O

:P:P:P
 
Posted on 01-07-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Camo !!!!! hahahahahahahahahaha
 
Posted on 01-07-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL kumle !!!!! hahahahahahahahahaha
 
Posted on 01-07-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउको स्वस्थानी निस ब्रो ले केई पनि बुझेन रे, त्यसैले मैले यहाँ अनुवाद गरि दिएको छु। अब सोस्थानीको संस्कारले नेपालको पुर्वी सिमाना नाघ्ने भएको जानकारीका साथ:

यं ब्रह्मा बरुणेन्द्र रुद्र --- समर्पयतत्। (ब्रम्हा सोमलाई डेडिकेट देको रे कि)

कुमारजीले दामी नऽऽऽ दामी खोक्स दिएछ कि - हे अगस्त्यमूनि सोमहरु हो! त्यसपछि त भउते सोमलाई रड्डी नऽऽऽ रड्डी भएछ कि। आबो हो, पुन्ट्स ब्रो त दामी चलाक कि, अन्त सुड्डाले त के के गरेर सालीलाई त लुकाको लुकाई रेन्त! आमामामामा, पुन्ट्स ब्रो को त फिरि हरामी सोर्स चल्दो रईछ, हो! शिवजीलाई धरि नराम्रोसंग फकाको रैछन्त, एभ्रि डे गाँजाको सप्लाई गरेर। अन्त फिरि शिवको ग्याँस पार्वतीलाई पनि हप्तै पिछे नयाँ पेटिकोट किन्दिने रे कि ब्रो ले, आफ्नो धोबिनीलाई लास्ट ईग्नोर हान्देर भए पनि! अन्त त ईन्द्रको ड्याड चन्द्रले पनि केई गर्नु नसक्ने रे कि, सिवजी र उसको ग्याँस त मोरे पनि नपट्टिने रे कि भगवानहरुको राजा ईन्द्रले भन्दा पनि। आमामामा, पार्वती सोमनी ले त फेरि लास्ट गफ देको रेन्त शिबजी चाईं घरमा छैन भनेर, हो! ईन्द्र गाको बेलामा त खासमा शिबजी पलङ् मुनि लुकि राको थियो रे कि, पुन्ट्स ब्रो ले पार्वतीलाई गिफ्ट देको पेटिकोटले मुख छोपेर!

अन्त पुन्ट्स ब्रो को सालीले जस्तो सुकै बर्त बसे पनि केई नलाग्ने रे कि, लास्ट रेल्ला भएछन्त बोईनीलाई त हो! सुनिमा छेमाकोमा गएर रोको रोई रेन्त हो! आबो सुनिमा छेमाले नि के भन्नु, हो? बरु तिरु बडीलाई गएर भन, हो, अन्त तिरु बडीको त दाजु पर्छ रे कि पुन्टस्, उसले फकाईदेला भन्यो रेन्त! पुन्ट्स ब्रो त फिरि फक्केको फक्कै होन्त! बल्ल बल्ल साईनो जोडेको साली, हो! बरु चुप्पी भुँडीमा रोपेर हावा फुस्काउँछु रे कि, तर मोरे पनि यो कुरामा चाईं नफक्किने रे कि!

उता भउते सोम को फिरि भेजाऽ फुस्किने बेला भाको, हो! सक्ने भए त पुन्ट्स ब्रो को मुख कच्याक कुचुक पार्न मन थियो होला हो, तर पुन्ट्सले त फिरि घुचुकमा हानेर ज्यादा मान्छेहरुको आँखै निकाल्देको पनि छ, हो! अन्त डरले बरु पत्लुङ मै पिसाब गरेर भए पनि पुन्ट्स ब्रोलाई हान्ने हिम्मत त गर्न सकेन रे कि।

जे होस्, साली नदीको कस्सम् कि! भउते सोमलाई चाईं लास्ट रड्डी नै भाको हो! आबो अर्को जुनिमा चाईं के हो कसो हो कि, तर यो जुनिमा त खोई? जुरेली भन्दा त बोरु जिम्स् सुड्डालाई ताक्यो भने चाईं चान्स होला जस्तो छ कि। नारद मुनि को त कुरै नगरुम् होला, हो! सोम त जसले जेभन्यो तेई मान्छ कि, अन्त उसको त के भरोसान्त?

लु, अगस्त मुनि सोमहरु! बर्त त बस्नु कि, तर ट्रिप दिने चीजहरु चाई खाइराख्नु, ल? अब रक्सी भनेको त आम्बोऽऽऽऽऽ, लास्ट पुवर हुन्छ कि, अन्त भगवानले पनि केई भन्दैन रेन्त!

आमामामा, पर्साद ह्याप्स दिनुको लागी लास्ट हत्तार भईसक्यो होला हो! आबो चाईं मो आजको कथा य्हैं सकाउँछु, ल?

योर्स फोरेभर,

इति श्रीको गन्ध पुराणको केदारले पादेको जस्तो माघमा हात परेको रे कि (आबो तो संस्कृत त मोलाई पनि आउँदैन, हो! तर यै भनेको जस्तो लाग्छ कि!) --- सम्बादमा चतुर उपाध्याय बाजे ॥०॥
 
Posted on 01-07-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे लाइ-
मल्हम् लगाते रहो भाइ
जब तक भर् न जाए वो जखम,
नहि तो बनाके सुनादो एक् शायरि
कैसे कि उस्ने ये जुल्मो-शितम् :P
 
Posted on 01-07-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL पुन्टेदा :D :D:D...
 
Posted on 01-07-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा post(extreme) modern श्वासतiनी,

ल यो पुन्तेदा को लागि

मैले सपना देख्न छोडे
सपना त झुटो हुन्छ रे

बिपना त झन
एऔटा भ्रम मात्र हुन्छ रे

अब म के देखु
सपना पनि छैन्, बिपना पनि छैन
जिन्दगी त एऔटा खेल हुन्छ रे
 
Posted on 01-07-07 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे हसाए गाम्ले ले
 
Posted on 01-07-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O
पून्टे दाको स्वोस्थानी त के हो के हो? बुझ्नै गारो। निश ब्रो ले मात्र बुझ्ने होला क्यारे। Dictionary देखि शब्दकोश जम्मै हेरे। तै पनि कति कुरा त अझै सम्म पनि बुझ्न सकेको छैन। मेरो त यो हाल छ भने बिचरी ठुलीको के हाल हुने होला?? :-s
हरि शरणम
 
Posted on 01-07-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-07 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters