[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 289594 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
~ चौतारी ५१ ~

सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)

Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions

Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Posted on 04-14-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
सुती रख्या मान्छे ले नि कम्पूटर चलाऊंछ र ठुली ?
मेरो कथा को भाग ६ पढ्यौ त ?
http://sajha.com/sajha/html/openthreadall.cfm?StartRow=261&PageNum=14&forum=271&threadid=44122
 
Posted on 04-14-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
chaina rahul dai monday padchu hai.
 
Posted on 04-14-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
नयाँ बर्ष बिक्रम सम्बत् २०६४ सालको हार्दिक मङ्गलमय शुभकामना !!

सबैको जय होस्, आउने साल्, मालामाल होस् ।

Posted on 04-14-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
क्रीकेट त सक्कियो, अब त गाम्ले हरु चौतारी मा भेल हुने बेला भयो होला । रात्रीकालीन नमस्कार सबै गाम्लेहरुलाई ।
 
Posted on 04-14-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
मेरो पनि शुभकामना छ!

आर्याको फोटु पनि हेरियो। लाईभ देख्या बेलामा भन्दा अलि अग्लो पो लाग्यो त हो मलाई!!! गोताएँज्यूहेरुले त हिजो नयाँ वर्ष पनि मनाउनुभो होला केरे!

भउते नेपाल गा'को पुन्टे दाइलाई खास्सा भा' रछ। दाउ पारे त नि गाँठे बुढाले। अब भउते फर्केर आउन्जेलसम्म केके हल्ला र गाँईंगुँईं सुन्न पर्नी हुन् यी कानले!!! :)
 
Posted on 04-14-07 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ए गालु राम,
कता गायब हो अचेल?

राहुलदाइ,
तपाइको फुनै उठेन, दिनभरि गरें मैले। अब भोलितिर गरम्ला।

यामे र रातेको के छ हाल?

सुत्नेबेला नि भो बा।
 
Posted on 04-14-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
sorry chitre, ma bahira pare, message chodenau ta? :P ahile mile gare huncha ek taal. ma ghar mai chu ahile.
 
Posted on 04-14-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Hey guys, guess what???
Now there's a drug's thread in ENGLISH!!!
LOL!! :D

PS: I just had to point that out!! ;)
:D
 
Posted on 04-14-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हेहे चित्रे!!! क्या बात!! गायब भा'भे म अहिले कसरी आइपुग्थ्याँ? :) आजभोलि अलि भूमिगत भइया छ त्यही भ'र आइर'ने अनुकुल अलि मिल्या छैन :)
अनि ब्रो चैं कहिले हो आन्ध्र महासागर नै तरिसक्यौ रे भन्नी सुन्या थीं त! अस्ति बीबीसी बाट था' पा'को!
 
Posted on 04-14-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
मेरो पनि शुभकामना छ!
 
Posted on 04-14-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हा हा! गालुराम, आन्ध्रे खोला त तरिसकें, भ्वाइस अफ अमेरिकाले नि प्रसारण गर्या थियो नि। :P

राहुलदाइ, ल म टराइ मार्छु है त अब।

ए चरीनंग्रे(nails), ईस्टारबक्समा जाने हैन? ;)
 
Posted on 04-14-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
तारेमाम्, गालब गुरु, चारइ नङ्रे, ज्योत्सना बुइनी, चित्रे आदी इत्यदि ।
नयाँ साल, मालामाल होस् ।
चित्रे फोन कुरेर बसेको छु, हान्दी हालुम ।
 
Posted on 04-14-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
राहुलदाइ, मेरो अपार्टमेन्टको फून अलि बिजी भैराछ, एकछिन है।
 
Posted on 04-14-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
फोन साह्रै ब्यस्त भए भोली बिहान प्रतिक्षा मा हुन्छु । अहिल लाई सबै लाई तारेमाम ।
 
Posted on 04-15-07 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
"होइन सर होइन, चनाले भनेको हुँदैन, हामी मान्दै मान्दैनौ । हाम्रो सबै माग पुरा हुनै पर्छ, फी बढाउन पाइदैन पाइदैन ।" धेरै जना स्याँउँ स्याँउँति कराए । वातावरण उत्तेजित बन्यो । चनालाइ बडो अप्ठेरो पर्यो, आफ्नो क्लासको साथिहरुतिर हेर्यो, आफ्ना साथिहरु पनि चनाको त्यो भनाइपछि स्तब्ध भएको देख्यो । चना बडो असमञ्जसमा पर्यो, मनमनै सोच्यो - "बोलि फिर्ता लिने कि, के गर्ने के गर्ने । आsss बोलिहालियो, किन फिर्ता लिने?" चनाले अठोट गर्यो "अब म बोल्दिन । अब अरुले बोलेको सुन्छु । "

त्यसपछि हेडसरले फेरि भने ।
"ल चनाले भनेजस्तै २५% त होइन ८०-९०%मा सहमत गरम, र हामीले केहि दिनभित्र कति सम्म मागहरु पुरा गर्न सक्छौ त्यो हेरेर भनौला । ल हुन्छ?"
"हुदैन सर । हुदैन । फी बढ्न त दिदै दिन्नौ । अरु कुरा हामीलाइ थाहा छैन । चनाले बोल्दैमा हुन्न सर ।"
"ल चना के भन्छौ तिमी ? बिहान देखि तिमीले निकै राम्रो कुरो गरेको थियौ, तिम्रो कुरोहरु हामीलाइ पनि चित्त बुझेको थियो, अहिले तिम्रो साथीहरु फी बढाउने कुरो मानेको छैनन । के भन्छौ तिमी?"
"मैले भन्ने कुरो भने सर । म मेरो क्लासको मात्रै प्रतिनिधि हो, सबैको प्रतिनिधि होइन । सरले ८० - ९०% फी बढाउने भनेको कुरो मलाइ पनि चित्त बुझेको छैन । अरु सबैलाइ चित्त बुझाउनोस, सबैले जे हुन्छ भन्छ मलाइ पनि त्यहि मञ्जुर हुन्छ । " चनाले आफुलाइ लागेको कुरो भन्यो ।

त्यसपछि चना बोलेन, वार्ता अझ साँढे दुइ घण्टा लम्बियो । पहिला सहमति भैसकेको मागहरुमा सरहरुले किचकिच गर्न थाले । बेलाबेला हाँसो हुने, बेलाबेला चर्काचर्की पर्ने तर कसैले कसैलाइ सहमत गराउन नसकिने तवरले वार्ता लम्बिदै गयो । नबोलिकन बसेको चनालाइ बोल्न सरहरुले बारम्बार उक्साँउथे तर चनाले भने सहमत मागहरुबाट पछि हटेर कुरा गर्दा पनि आफुले भन्ने कुरोहरु पहिले नै भनिसकेको, नयाँकुरो भन्ने बाँकि नरहेको र पुरानो कुरो दोहोर्याउन जरुरी नभएको मात्रै भन्यो । अन्त्यमा वार्ता असफल भन्ने घोषणा गर्दै सबैजना बाहिरिए ।

बाहिर आउने बित्तिकै चनाको साथिहरुले २५% बढाउने भन्दै प्याच्च बोलेर चनाले महाभुल गरेको भन्दै टोके । रातिको मिटिङमा पनि सबैले चनाको तीब्र आलोचना गरे । कसैले प्रशिक्षणको लाइन बाहिर गएर बोल्न नहुने भनेर भाषण सुनाए, कसैले अस्ति भर्खर स्कुलमा आएको केटालाइ बिश्वास गरेर भूल भएको भन्न थाले । तर चना भने भित्र भित्र टुटेको थियो, मेहनत गरेर बिहान देखि हरेक कुरामा सक्रिय आवाज उठाएको सशक्त तर्क गरेर कतिपय सवालमा हेडसर र अन्यलाइ नाजवाफ बनाएको जस्ता कुराहरुप्रति कसैले पनि ध्यान दिएन, खालि २५% भन्न नहुने मात्रै भनीरहे । फेरी चनाको अन्तर्मनले पनि थप मागहरुमा भएको कुरो मान्ने भनेपछि केहि न केहि फी त बढीहाल्छ, बिल्कुलै बढाउनहुदैन थियो भनेर अडान लिनुलाइ जायज अडान मानेकै थिएन ।

केहि दिनमा फेरी वार्ता हुने भनियो, चनाको अनुपस्थितिमा भएको अनेक चरणको कोठे बैठकले फेरी पनि चनालाइ वार्ता कमिटिमा राख्ने निर्णय गरेछ । तर चनाले वार्ता कमिटिमा बस्न अस्वीकार गर्यो । चनाको कक्षाबाट गगन प्रतिनिधि बनेर गयो, तर गगनले वार्ताअवधिभर केहि पनि बोलेन । चना दर्शकदीर्घामा गएर बस्यो, सरहरुले बेला बेला चनालाइ दर्शकदीर्घाबाटै बोल्ने हो कि भन्थ्यो तर ऊ बोलेन । वार्तामा तर्कबितर्क फिक्का रह्यो जिद्दीको मात्रा धेरै रह्यो, कुनै नयाँ बिषयमा वार्ता प्रवेश गरेन र अन्त्यमा फेरी फी कै कुरोमा गएर वार्ता असफल भयो ।

केहि दिन पछि स्कुलले एकतर्फि सुचना निकाल्यो । "सम्पूर्ण विद्यार्थी, अभिभावकवर्ग र शुभच्छुकहरुको आकांक्षालाइ ध्यानमा राखि हाललाइ २५०% फी बढाउने निर्णय स्थगित गर्दै २५% मात्रै बढाउने र निकट भविष्यमा ब्यापक पुनराबलोकन गरेर सर्वस्वीकार्य ब्यबस्था कायम गर्ने निर्णय संचालकसमितिले गरेको हुँदा हड्तालरत बिद्यार्थिहरु सबैलाइ नियमित स्कुल संचालन गर्न गराउन सहयोग गर्न अनुरोध गरीन्छ ।" अचम्म रुपमा हडताल टुङ्गियो, न कुनै माग पुरा भयो, न बिद्यार्थिले केहि उपलब्धी नै गरे । शायद लामो हड्तालले सबै थकित थिए र चिन्तित पनि थिए शायद । स्कुल फेरि सञ्चालन हुने भयो । तर २५% फी बढाएको अपजस भने चना एक्लैले खप्यो । हुन त कसैले पनि "चनाको कारणले गर्दा फी बढेको" भनेर प्रत्यक्ष र गम्भीर आरोप लगाएन, तर बेला बेला हुने कुराकानीहरुमा चनाले लाइन बाहिर गएर बोलेको र चनाले भने जसरी नै २५% फी प्रशासनले बढाएको हो भनेर अप्रत्यक्ष रुपमा आलोचित हुने र चनालाइ दोषि देखाउने क्रम भने जारी रह्यो ।
 
Posted on 04-15-07 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
तारेमाम गाम्लेहरु ! मन्तयेक ला? नयाँ बर्ष मनायो ताआआआआआआआ ???

यो बर्षआ नयाँ बर्षाँ एउदुइटा नयाँ कुरो था' पाइयो गाँठे । हाउँरो नेपालाँ इन्ड्या'ट सापट लेर मनाको बिक्रम सँउत अरे । भउतपुराँ बिस्केत जात्रा अरेरै मनाम्छन यल्लाइ । तर जात्रा किन भओ भनेर सोधो भने दन्त्यकथा तेर्साम्छन बुढापाकाअरु । राजकुमारीआ नाका'ट सर्प निक्लेर राजा मारे अरे, दिनदिनै राति मस्त सुत्या' राजा भोलिल्ट ब्याँन मरेओले जनता (प्रजा हो कि रैति हो, अचेल हुँदि जनता भन्चन क्यार) हैरान भओ अरे, अनि एउटो शुरवीर उम्मेदवारले रातभर जाग्रामाँ बसेर त्यो सर्पलाइ मारेर राजा फेर्ने हैरानिबाट मुक्ति दिलाओ रे । अनि बिसिका: (बी==सर्प, सि==मृत्यु, का:==पर्व) जात्रा चला' अरे । (मोरो कुन चै रैछ त्यो शुरवीर ? उ बेलाँ उम्मेदवार बन्दै राजा बन्ने शानदार गणतन्त्रलाइ मासेर राजतन्त्र ल्याओ होला अनि दन्त्यकथा हालेर जात्रा शुरु पो गर्याथ्यो कि ऊ बेलाँ, के थाहा? )

भारतआ तमिल, बंगाली, पञ्जाबिले नि यो मनाम्नि रैछ । कम्बोडियाँ नि मनाम्नि रैछ । कटा'ट त्याँ नि सर्प निक्लँदै राजा मार्दै हिड्या होला है !!!!!

लु यो गफ यत्तिकै, अब आजआ भाग कथा -

भाग - ८
---------------
"होइन सर होइन, चनाले भनेको हुँदैन, हामी मान्दै मान्दैनौ । हाम्रो सबै माग पुरा हुनै पर्छ, फी बढाउन पाइदैन पाइदैन ।" धेरै जना स्याँउँ स्याँउँति कराए । वातावरण उत्तेजित बन्यो । चनालाइ बडो अप्ठेरो पर्यो, आफ्नो क्लासको साथिहरुतिर हेर्यो, आफ्ना साथिहरु पनि चनाको त्यो भनाइपछि स्तब्ध भएको देख्यो । चना बडो असमञ्जसमा पर्यो, मनमनै सोच्यो - "बोलि फिर्ता लिने कि, के गर्ने के गर्ने । आsss बोलिहालियो, किन फिर्ता लिने?" चनाले अठोट गर्यो "अब म बोल्दिन । अब अरुले बोलेको सुन्छु । "

त्यसपछि हेडसरले फेरि भने ।
"ल चनाले भनेजस्तै २५% त होइन ८०-९०%मा सहमत गरम, र हामीले केहि दिनभित्र कति सम्म मागहरु पुरा गर्न सक्छौ त्यो हेरेर भनौला । ल हुन्छ?"
"हुदैन सर । हुदैन । फी बढ्न त दिदै दिन्नौ । अरु कुरा हामीलाइ थाहा छैन । चनाले बोल्दैमा हुन्न सर ।"
"ल चना के भन्छौ तिमी ? बिहान देखि तिमीले निकै राम्रो कुरो गरेको थियौ, तिम्रो कुरोहरु हामीलाइ पनि चित्त बुझेको थियो, अहिले तिम्रो साथीहरु फी बढाउने कुरो मानेको छैनन । के भन्छौ तिमी?"
"मैले भन्ने कुरो भने सर । म मेरो क्लासको मात्रै प्रतिनिधि हो, सबैको प्रतिनिधि होइन । सरले ८० - ९०% फी बढाउने भनेको कुरो मलाइ पनि चित्त बुझेको छैन । अरु सबैलाइ चित्त बुझाउनोस, सबैले जे हुन्छ भन्छ मलाइ पनि त्यहि मञ्जुर हुन्छ । " चनाले आफुलाइ लागेको कुरो भन्यो ।

त्यसपछि चना बोलेन, वार्ता अझ साँढे दुइ घण्टा लम्बियो । पहिला सहमति भैसकेको मागहरुमा सरहरुले किचकिच गर्न थाले । बेलाबेला हाँसो हुने, बेलाबेला चर्काचर्की पर्ने तर कसैले कसैलाइ सहमत गराउन नसकिने तवरले वार्ता लम्बिदै गयो । नबोलिकन बसेको चनालाइ बोल्न सरहरुले बारम्बार उक्साँउथे तर चनाले भने सहमत मागहरुबाट पछि हटेर कुरा गर्दा पनि आफुले भन्ने कुरोहरु पहिले नै भनिसकेको, नयाँकुरो भन्ने बाँकि नरहेको र पुरानो कुरो दोहोर्याउन जरुरी नभएको मात्रै भन्यो । अन्त्यमा वार्ता असफल भन्ने घोषणा गर्दै सबैजना बाहिरिए ।

बाहिर आउने बित्तिकै चनाको साथिहरुले २५% बढाउने भन्दै प्याच्च बोलेर चनाले महाभुल गरेको भन्दै टोके । रातिको मिटिङमा पनि सबैले चनाको तीब्र आलोचना गरे । कसैले प्रशिक्षणको लाइन बाहिर गएर बोल्न नहुने भनेर भाषण सुनाए, कसैले अस्ति भर्खर स्कुलमा आएको केटालाइ बिश्वास गरेर भूल भएको भन्न थाले । तर चना भने भित्र भित्र टुटेको थियो, मेहनत गरेर बिहान देखि हरेक कुरामा सक्रिय आवाज उठाएको सशक्त तर्क गरेर कतिपय सवालमा हेडसर र अन्यलाइ नाजवाफ बनाएको जस्ता कुराहरुप्रति कसैले पनि ध्यान दिएन, खालि २५% भन्न नहुने मात्रै भनीरहे । फेरी चनाको अन्तर्मनले पनि थप मागहरुमा भएको कुरो मान्ने भनेपछि केहि न केहि फी त बढीहाल्छ, बिल्कुलै बढाउनहुदैन थियो भनेर अडान लिनुलाइ जायज अडान मानेकै थिएन ।

केहि दिनमा फेरी वार्ता हुने भनियो, चनाको अनुपस्थितिमा भएको अनेक चरणको कोठे बैठकले फेरी पनि चनालाइ वार्ता कमिटिमा राख्ने निर्णय गरेछ । तर चनाले वार्ता कमिटिमा बस्न अस्वीकार गर्यो । चनाको कक्षाबाट गगन प्रतिनिधि बनेर गयो, तर गगनले वार्ताअवधिभर केहि पनि बोलेन । चना दर्शकदीर्घामा गएर बस्यो, सरहरुले बेला बेला चनालाइ दर्शकदीर्घाबाटै बोल्ने हो कि भन्थ्यो तर ऊ बोलेन । वार्तामा तर्कबितर्क फिक्का रह्यो जिद्दीको मात्रा धेरै रह्यो, कुनै नयाँ बिषयमा वार्ता प्रवेश गरेन र अन्त्यमा फेरी फी कै कुरोमा गएर वार्ता असफल भयो ।

केहि दिन पछि स्कुलले एकतर्फि सुचना निकाल्यो । "सम्पूर्ण विद्यार्थी, अभिभावकवर्ग र शुभच्छुकहरुको आकांक्षालाइ ध्यानमा राखि हाललाइ २५०% फी बढाउने निर्णय स्थगित गर्दै २५% मात्रै बढाउने र निकट भविष्यमा ब्यापक पुनराबलोकन गरेर सर्वस्वीकार्य ब्यबस्था कायम गर्ने निर्णय संचालकसमितिले गरेको हुँदा हड्तालरत बिद्यार्थिहरु सबैलाइ नियमित स्कुल संचालन गर्न गराउन सहयोग गर्न अनुरोध गरीन्छ ।" अचम्म रुपमा हडताल टुङ्गियो, न कुनै माग पुरा भयो, न बिद्यार्थिले केहि उपलब्धी नै गरे । शायद लामो हड्तालले सबै थकित थिए र चिन्तित पनि थिए शायद । स्कुल फेरि सञ्चालन हुने भयो । तर २५% फी बढाएको अपजस भने चना एक्लैले खप्यो । हुन त कसैले पनि "चनाको कारणले गर्दा फी बढेको" भनेर प्रत्यक्ष र गम्भीर आरोप लगाएन, तर बेला बेला हुने कुराकानीहरुमा चनाले लाइन बाहिर गएर बोलेको र चनाले भने जसरी नै २५% फी प्रशासनले बढाएको हो भनेर अप्रत्यक्ष रुपमा आलोचित हुने र चनालाइ दोषि देखाउने क्रम भने जारी रह्यो ।

*******************************************************************************************
 
Posted on 04-15-07 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
जदौ सबै जनालाई..............
यो आइतबार को शुभ सन्ध्या
अनि मिसले नयां मित्रता को शुभकामना टक्राउनु भकोमा धन्यबाद
 
Posted on 04-15-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
जदौ सबैलाई!

गालउजी, हिजो नयाँ वर्ष मनाईयो। 'Iamlamsane' जीसंग पनि चिनजान भयो।
 
Posted on 04-15-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
आज नि सुनसान छ, चौतारी । के साह्रो ब्यस्त भएको हो, नयाँ बर्ख मनाउन ?
जे भए नि सबै को ब्यसै होला भनी मानी छु ।
तारेमाम्, मन्तयक ला ?
 
Posted on 04-15-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
जदौ!!
सबै राम्रै होलान क्यारे, सबलाई न्यू यियर को ह्याङ ओभर भैराको जस्तो छ।
ठुल्दाइ आज नि किरकेट हेर्दै हो?
ल हर्न प्लीज, फेरी भेटौंला!
 
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters