[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 624072 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-11-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोजन अवकाश पश्चातको तारेमाम सबैलाई। रिट्ठेले त गजब गजबका फोटा टाँसेछ। बाउचाले केलीलाई पिच्कारी ताक्दा सबैको लोला बाउचा माथि नै ताकिएको देखिन्छ। दीपूले त ढाडैमा बजार्न लागेको जस्तो, चेलीले हानेको चाँही निधारमा पर्ला जस्तो छ।

अनि तेस्रो फोटोमा अरु को को हुन् नि?     

 
Posted on 03-11-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुच्छर भको? hahaha


Harka_Bahadur ko nam chai ke ho ni? (inspired by "Tumhara nam kya hai, Basanti?")


 
Posted on 03-11-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हर्के मैले त जम्मा ४ दाना लड्डु खाको तिमीहरु ले के के मिसाएर दिएउ मलाई के थाहा? के थाहा त त्यस्तो हुन्छ भनेर भनन !


चिप्ले, त्यो अर्को फोटो मा चाँही ठुल्दाइ, हर्के (बल्ले बल्ले गर्नी), लहरे (पुच्छर भको) अनी खुशी हो !


 
Posted on 03-11-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होली हे - ल जा हान्दे मैले नि


कोल्लाई लाग्यो थाहा भएन - हान्दे पुग्यो मलाई त


 


 
Posted on 03-11-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होली आज हो कि हिजो हो ? मैले हिजो भन्ठान्या, आज शुभकामना आ'को आइ छ । कि आज दुष्ट छिमेकिको भैयाहरुको होली हो ? तेतातिरको भैयाहरु हुन शुभकामना पठाउनीहरु ।

अनि सपैलाइ जदौराम !!!

के छ मेरो हालखबर ?
ए!!! केहि छैन, हात चिलाइ रा' छ, आज -

ए बजिया कसले कसलाइ सुना हो र हालखबर ?
भन्द्या नि
फेरी चौतारीमा सबै भागाभाग  होला नि
किन हुनु परो भागाभाग

यतिकै नि
हात चिलायो भन्या होइन, ऐले ठिक छ ?

भए नि के नभए नि के ?
सोध्या नि

किन सोध्या
यतिकै नि

हाय्् ज्या मरु
चिया खाने ?

ख्वाउने भए खाने
ल हिन त,
कहाँ
च्या खाने भन्या हैन ?
हो
त्यै त हिन भन्या
ए!!! ल हिन
 
जेपिटि

 
Posted on 03-11-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरेँ है सबैलाई। मामा लाई दर्शन! खुशीलाई स्वागतम!


ए रिट्ठे लौ कस्तो फुटो खिचेर राख्या नि त्यो। म कती नक्कली होला त लोला हन्दा नि कम्मर मा हात राखी राखी


चिप्लु हजुर चै के हो त्यस्तो? लोला नभए यो दिपुलाई हातैले बजाइदिन्छु भनेर तम्सेको पो जस्तो छ? हो?


हर्क दाई अहिले त्यो फोटो टाँसिदिए भने मार्ने होला सबैले। रिट्ठे को पो फन्नी थ्यो त। मादल लिएर बल्ले बल्ले रे


अनी केली चै मलाई धकालेको छ खाली। कालोपुल मुनी बसेको मान्छेलाई धकालेर पुल पारी नै पुराइदीई। चेली चै खोइ उस्को घर नै पाइन भन्दै उफ्री राथी। चबाल को घर चाबेल मा खोजिराथी। ठुलि चै मेरो त जन्मदिन नै हो आज जती खाए नि हुन्छ भन्दै थीइ खादाँ खादाँ त नच्नै पो थाली। त्यती खाको देखिराछु तै पनि भोक लाग्यो भनेर हैरान। "Happy b'day to u thuli"


 बौचा को त के कुरा गर्नु, चउरको घाँस मरी मिटर च्यपिराथ्यो। "ए बौचा के भयो? किन त्यसरी घाँस च्यापेको?" भन्या "मलाई उडाएर कता पुराइसक्यो, ल्यन्ड नै नहुने कस्तो प्लेन हो?" भन्दै थ्यो।


मामा त पुरा बुढानिलकण्ठ पोज मा हुनुहुन्थ्यो। "मामा के हेरिरहनु भएको आकाश मा?"  भनेको तारा गन्या भान्जी रे। "दिउँसै ? " भनेको त "यो भान्जी लाई कस्ले ख्वायो हँ लड्डु अब त राती र दिन पनि छुट्ट्यौन नसक्ने भईछ रे उल्टो मलाई पो  


ठुल्दाइ चै "भस्म दलेर शम्भो तिमीले" भन्दै हुनुहुन्थ्यो। मैले धन्न हजुरलाई चै लागेन छ ठुल्दाइ आज। छोएन भाङ ले भनेको। "तिम्रो ठुल्दाइ लाई त्यस्ता भाङ ले छुन्छ?" भन्नु भयो। अनी यो गीत चै कसरी आयो अहिले मुखमा भनेको "अघी भर्खर शम्भो आउनु भाथ्यो धर्ती लोकमा हामीलाई भेट्न अनी मलाई सिकाएर जानु भो" रे। अनी "ए ठुल्दाइ पनि......." भनेर हिंडे म। 


अरु चै पछी है, के गर्नु काम गर्या जस्तो पनि गर्नै पर्‍यो। 


 
Posted on 03-11-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका हो दिपिका , फोटो खै झन आज भन्डाफोर गर्ने भनेको हैन , फोटो लुकार के गर्न लागेको एस्तो खै हामीनी हेरौन , फोटो ।


जम्मैलाई दोस्रो राउन्ड नमस्ते है ।


 
Posted on 03-11-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा दीपीका ! दरो गयो नि ! रोट्फल


 


"ए बौचा के भयो? किन त्यसरी घाँस च्यापेको?" भन्या "मलाई उडाएर कता पुराइसक्यो, ल्यन्ड नै नहुने कस्तो प्लेन हो?" भन्दै थ्यो।


 


"मामा के हेरिरहनु भएको आकाश मा?"  भनेको तारा गन्या भान्जी रे। "दिउँसै ? " भनेको त "यो भान्जी लाई कस्ले ख्वायो हँ लड्डु अब त राती र दिन पनि छुट्ट्यौन नसक्ने भईछ रे उल्टो मलाई पो  


 


ठुल्दाइ चै "भस्म दलेर शम्भो तिमीले" भन्दै हुनुहुन्थ्यो। मैले धन्न हजुरलाई चै लागेन छ ठुल्दाइ आज। छोएन भाङ ले भनेको। "तिम्रो ठुल्दाइ लाई त्यस्ता भाङ ले छुन्छ?" भन्नु भयो। अनी यो गीत चै कसरी आयो अहिले मुखमा भनेको "अघी भर्खर शम्भो आउनु भाथ्यो धर्ती लोकमा हामीलाई भेट्न अनी मलाई सिकाएर जानु भो" रे। अनी "ए ठुल्दाइ पनि......." भनेर हिंडे म। 


 
Posted on 03-11-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या दिपिका मैले घाँस समात्या होइन रुखको हाँगा हो


कस्तो छ भने यो दिपिका पनि हाँगा लाई घाँस देख्ने गरी कस्तो मात्तेको हो - धेरै खानु हुँदैन भन्दा दस दस वटा लड्डु खाको होइन


नक्कली को त कुरा नगरु - एती नक्काली कि एती नक्कली कि नेपाली फिलिम को नक्कली पनि त्यती नक्कली हुँदैन ल


अनी हर्के दाई के हो - कस्को पोल खोल्ने भन्या छ हिड्या छ - अझै सम्म छोडेको छैन है - पा पछी आँखा नै नदेख्ने अनी हुन्छ त  


 
Posted on 03-11-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होर रिठ्ठे ले मादलमै बल्ले बल्ले गरेको , म तेती बेला कता गको रैछु त्यो पार्ट चै मेरो छुटेछ , ए याद आयो लहरेलाई सम्हाल्न कम गाह्रो भो मलाई , जल्लाई भेटेनी साएरी सुनार बबाल गर्‍योनी बाटोमा , लहरे जाउ भन्दानी मानेको हैन , अझै म सँग हिड्दा तिम्लाई के को डर भन्दै थियो , पछी त बाटोमा कुकुर लाइनी साएरी सुन्छस रे मलाई त हास उठेर ।


ठुल्दाइ चै नारायण दाइको गीत गाउदै  मुटु समात्दै हिड्दै थिए है , लौ भन्दे मैले जे पर्ला पर्ला ।


 
Posted on 03-11-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपू फोटो खोइ भन्या? लेख्ने बेला के के लेख्छ फोटो चाँही छैन भने। अनि छ नि, चिया पनि ल्याउ न है फोटो लिएर आउँदा।   

 
Posted on 03-11-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै बिस्टे , बिस्टेत बागमती अगाडि पुगेर , लौ हेर हर्के सप्तकोसी भनेको यही हो रे मलाई , डरले तर्नै सकेन बज्जे त, अनी तेही सुतेको रैछ । चिप्ले त जे देखेनी खान खोज्ने भनेको ।


मैलेनी भिडियो खिचेर राखेको छु , एक दिन देखाउनु पर्छ है दिपिका सप्पैलाई । 


 


 
Posted on 03-11-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकती रि-सोचमय माहौलमा भुलेको थिएं, चौतारीको रमाझम छुटेछ। जहिले नि त्यस्तै हुने भन्या। जब काम नभेर, दिमाग जाम भेर बसेको हुन्छु, त्यही बेला सब बेपत्ता हुने, जब काम हुन्छ, चौतारीमा तामझाम हुने। आफ्नो त कर्मै उस्तो भने जस्तो भैसक्यो। 
 
Posted on 03-11-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो चाँही कल्ले सुनाइदियोस नि हर्के काजी साप'


दिउसो २,३ बजे सम्म त होस् मै थियो हर्के ५ बज्न लागेपछी सुरु भयो हर्क लीला ! "हर्के जाँउ अब घर तिर बरु तिम्रो कोठामा गएर हिजोको बुङुरको मासु र चिउरा खाँउ"  भन्या त ! "हैन आज यही बस्ने बरु म त्यो बुङुरको मासु यतै लेर आउछु" भनेर भन्छ भन्या ! "हर्के यस्तो चिसो मा कसरी बाहिर बस्नु" फेरी हामी त अहिले प्ले ग्राउण्ड मा छौ भन्या ! केही हुँदैन आज एकदम गर्मी छ म बाहिरै सुत्छु बरु तिमीहरु जाउ रे


 
Posted on 03-11-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले चै गफै दियो है रिठ्ठेले त्यो बूङूर कान्ड मचाउने त अन्तरे काका हुन म कहाँ हुनु , दिपिका र म त फोटो र भिडियो खिच्नमा व्यस्थ थियौ भनेको हैन मैले तिमीलाई , अहिले झोक नचलाऊ है मादल बोकेर बल्ले बल्ले गरेको फोटो दिपिका ले टासिदिन्छे अनी थाहा पाउछौ ।
 
Posted on 03-11-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाङ कै कुरा गर्दा एउटा असली घटना सुनाउ छु .



होली को उपलक्षमा केही साथीहरु सित हामी  पस्चिम बंगाल  को इन्जिनियर कालेजमा गएका थियौं , १४ घण्टा टिरेन चढेर। इलाहाबाद बाट गएका मध्ये एकजना डाक्टर साहेब बडा भाङ्गका पारखी थिए। भाङ्ग त चाङ्गका चाङ्ग रहेछ डाक्टर साहेब सँग। सब लाई भाङ्ग मिसाइएको सर्बत खुवाए। मिठो मानेर खाए । भाङ्ग शरीर् मा चढ्दै गए पछी थरी थरिका चर्तिकला देखाउने थाले। एक जना इन्जिनियर साहेबले पहिला पनि भाङ्ग खाएको अनुभव जोडेर अली बढी नै रित्याए। एक छिन पछी ट्वाइलेट् गएको गए नै भए छ। कसैलाई याद पनि भएन छ। भाङ्ग लागेर सुत्यो होला भन्थाने छ।



इन्जिनियर साहेबले त रेस्ट रुमलाई  नै बेडरुम ठानेर र त्यही सुकुला हुनु भए छ। होस् खुल्दा, मेरो कोठामा आज किन यस्तो गन्ध- दुर्गन्ध आए छ भनी हेर्दा मात्र आफु अर्कै आलय मा भएको चेत खुलेछ।
 


 
Posted on 03-11-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त हिंडे । यो बुढा आए सि कोइ न आउने राइछ पर्भू। कसैलाई नि बुढो न बनाइ दिनु पर्भू।

 
Posted on 03-11-09 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भएनी म चै आए है ठुल्दाइ , आज तेस्तै परेछ फेरी , बुढा आएसी सप्पै फरार भको जस्तै भछ ।


ठुल्दाइको होलिको सम्झना रमाइलो रछ , ट्रेनको रेस्ट रूम मा कसरी सुतेछ भनेर म एक छिन् गहिरो सोच्मा डुबे ।


 
Posted on 03-11-09 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी मलाईनै भाङ्ले लाग्ला भनेर सोच्मा डुब्न छोडे ।


खै गीत सुन्न पाए थकाई मेटिनथ्यो कि ?


 
Posted on 03-11-09 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त गीत आज ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters