[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 512878 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-06-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अंक दिने समय भएको छैन, तर अति हाँसो उठ्ने कुराहरुमा हाँस्न नछाडौँ! भर्खरै दीपीका र सुन्तलेले दिएको ९ लम्बरको उत्तर हाहाहाहाहाहाहाहा

आइ जिबाल बारी नाबुल, म्हो तेरो गार्दान सार्दान छिनाली दिन्जा। उसाइदा कुस्लाई भुटेकुशिमा बागाइदिम जास्दु लागिराजा आजा म्होलाई। म्हेरो लोल खाच्चार पानी काराकु काराकाइ जा। त्यो धादुरेले पानी म्हिरो माइच्याङ को गालामा माया गारेजा। म्हो तोङ्बा खारा बासेकु बेलामा माइच्याङ  ले पार्ना लायु।म्होइले कारायु बान्यु उस्ले बायना बान्यु, म्होइले खर्ल्याम बान्यु त्यो पानी बायना बान्यु। त्यो धादुरे ले मोहानि लागायु जास्दो जा मेह्रो माइच्याङलाई म्होइले जे बाने पानी बायना बान्जा। त्यो धादुरे  ले बानेको मात्ताइ बायु बान्जा। तेस्ले के आउसादी दियु म्हिरो माइच्याङ्लाई लु बान  म्होलाई। तालाई पाकाइ थाहा जा जास्दु जा। बानिनास् बाने कि ता छाइन कि म्हो छाइन। लु बान 

 

हन यो तल्ला गराको रायो पनि यसपाला त कहिल्यै झांगेन। सदै आएकै छु यो डिलां। रायो जत्रा को तत्रै। पानी नपुग्या हो कि मल नपुग्या हो। अब यो बुढाले मात्र मल थेग्न नसक्ने भो। खोराक नै छैन, के पुगोस। हरी शरणम। मरे बाबा। ऐया। खुइया। (बुढा मुस्किलले टुक्रुक्क बस्छन)। यो खुट्टो चर्केको चर्कै छ। बस्न पनि गाह्रो। ह ह ह। ............. (लोटा रित्याउछन। यसो पछाडि हेर्छन।) एती जाबो मलले के हुन्थो। तो चेली नातिनी कता गैछ। खाली चक्लेटको पछी लागेकी छ। ऐया। आजकालका केटा केटी चर्पी नभै नहुनी। एसो बिहान बेलुका एही डिल तिर आए त रायो अलिक मौलाउथो नि। ऐया। चर्पी गयो, पानीको सत्तेनाश। खानका कालहरु। न बल छ, न मल छ। ह ह ह .... ऐया। खुइ  ऐया बाबा!


 
Posted on 06-06-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता लागेछन परिक्षार्थीहरु!

यहि मौकामा पहिलो एक्स्ट्रा क्रेडिट को प्रश्न----- ढ्यानट्यार्यान.....

 

BMLB (बि एम एल बि) को नेपाली फुल फर्म के हो? यो कस्तो बेलामा हुन्छ?


 
Posted on 06-06-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१०)   पुन्टेन्द्र प्यारा परियार, भगुतभाई भन्डारी र राहुलभाई रायमाझिको परिचय दिनुहोस।

ANS:  पुन्टेन्द्र प्यारा- कपाल छैन उहा भने चै काइयो गिफ्ट माग्ने, आफ्नो उमेर ढल्की सक्यो अर्कालाई आन्टी भन्ने (मेरो कथामा मलाई आन्टी भन्नु भएको थियो)

* हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

भगुतभाई भन्डारी-उहाको बारेमा खासै थाहा भएन, एक दुइवोटा कथामा टिप्पण्णी राख्नु भएको थियो, त्यो हेर्दा त असल नै मान्छे जस्तो लाग्थ्यो, किन मुग्लिन भास्सिनु भएको हो थाहा छैन

*अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

राहुलभाई रायमाझि- हामी सबैका ठुला दाई, राइमिङ वर्ड नहाली कुरा गर्न जान्नु हुन्न, चिलिम मात्रै हो अरु केही तान्नु हुन्न, बाल दिएको छु दाई भन्दा नि कहिले मान्नु हुन्न

*अध्यक्ष, चिलिम कल्याण समाज


 
Posted on 06-06-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

११-२ अनी ४ का साथ हाजिर ।

श्रीमान परवक्ता ज्यू,
चौ म को कार्यालय 


जाँच भने सि जहिले नि पाँच बज्ने ( सरदार जी को भए १२) भएकोले अहिले बडो सकस का साथ बकस पाएको इज्जतमा समेत आँच आउने संभावना भएको ले यो बुढालाई पारीक्षा नियन्त्रक बनाइ दिए, जस जस्ले निहु खोज्छ तिनीहरु उत्तरपुस्तिका अत्यन्तै इमान्दार पूबर्क जाँच गर्ने गराउने ब्यबस्था गर्ने छु भनी यो निबेदन चढाएको छु।


 
Posted on 06-06-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhui ma ladi budi, bessari haas utheko belama ra bessari pet dukheko belama.

 
Posted on 06-06-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई भनिने श्री राहुलभाई रायमाझी ज्यू लाई परिक्षा नियन्त्रक र 'चिट चोरि अनुसन्धान आयोग'को अध्यक्ष बनाइएको कुरा जानकारि गराइन्छ!

 

साथै, पहिलो एकस्ट्रा क्रेडिटको उत्तर मिलाऊने पहिलो परिक्षार्थी सान्नानी सापकोटाको अंकको खाता खोलि त्यसमा १ अंक राखिएको छ! वहाँको सहि उत्तर थियो -

BMLB (बि एम एल बि) - Bhuin (भुइँ) Ma (मा) Ladi(लडि) Budi (बुडी)- यो अत्याधिक हाँसो उठ्दा गरिने एक कृया हो!

धन्यवाद्


 
रामचन्द्रे
Posted on 06-06-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्त बल्लबल्ल छिर्न पाचम एता, परिह्याको परिनाम आम्न लाइसकेछ । तर जे भइनि दशअमला जोडेर नमहकार गरें सप्पैलाई ।
 
Posted on 06-06-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma fail bha ho ? malai ta kei ni aayena

cheating ni  kati garu


 
Posted on 06-06-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि बेर बिश्राम लिनुभन्दा अगाडि, एक्स्ट्रा क्रेडिटको अर्को प्रश्न--........ढ्यानट्यार्यान.......

 

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS) भनेको के हो?


 
Posted on 06-06-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भगुत भाई भंडारी

हैन हउ लाले, क्यारिचौ भन्चु र अचेल तिमी। तिमी आउला र तुच्च तु्च्च पारुम्ला भनेर राखेओ सुकुटी, यसै किरा लाउला जस्तो भओ। अनि हिजो घिरिम्लोमा मिसाएर खाइदिएँ मैले त।

अस्तो चाइन्जो जिम्मालले खसीकाटे के रे। २टा खुट्टा आफैले स्याहारे। ठ्याकै तेह्र धार्नी भो शिकार। दसैआँ छोरी ज्वाई आउछन भनेर मजाले छ धार्नी बिसौली शिकार सप्पै सुकुटी पारेर राखेका। २टा लाप्टा अस्तै मैले उछिट्याएर हिनेको। हिजो फेरि कुन सुड्को कुन सुड्को पुन्टेदाइ छिरेछन् र भुसुक्कै पोको पारेर हिनेछन्। त्यै सुकुटी जिम्माललाई नै धोबिनीले पिलेटको बिस रुप्पेमा बेची रे भनेओ सुनेर मत मुर्छै परेँ के रे नि।

यसो मौकाहुँदी हामी नि फेरि झ्यालतिर बाट तान्न जान पार्छ कि के हो, सुकुटी?

हिजो सालीले भावी-जीको गुन्यु-चोली मजेत्रो लाएर आइछे के रे। अनुहार राम्रो सँ देख्न पाइएन। झुक्किएछु, क्यारम त नि ! 

आबो "भउतेको शंका" भन्ने एउटा पाठ बनाएर चौतारीका सबैलाई मास्टर्नी-भावीले पढाइदिए फेरि फेरि यस्तो हुन्नथ्यो कि भन्छु र ! 

भावी त भावी नै हुनु भो नि। मेरो रेसपेउट जिम-का-तिम छ। अझ बढी छ भनुम न। देउर-जीको मुख भावीलाई थाहै छ के रे। त्यै भे'र म त त्यो सोरी सोरी भनिटोपल्न नि आवस्यक लाउँदैन के। 

बोरु सालीको चुल्ठीमा मेरो टुप्पी बाँधेर चौतारीमा झुन्ड्याम्नी भन्नु भा'रेछ। मेरा त हाड हाँस्याछन्, खुशीले। 

हिजो मैले नि पुन्टे-दाको हवल्दार जाँघे र जिम्माल बा को भक्कु चप्पल ला'र हिनेको। साली-नानीले त कादरखान भन्नी ठानिछन्। अब जुरेली भेट्न जाँदा डेरस चेनज गरेर जानु पर्ने। त्यै बेलामा सालीले देखिछन्। 

मुन्छे त सलमान नै हो के नि। बोरु तेरे-नाम तेरे-नाम हुन्छ कि झै मानिछु।


 
Posted on 06-06-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमहकार अरे मइँलेनि राउँचन्द्रेलाई! क्यारिचौ अचेल? तेति बिघ्न देखा परदइनउ त कता कुन कार्जेआँ लायाछउतनि? तादिनै सल्लेरिओ पाखि निखन्ने भन्तेऊ क्यारेउतनि? अन्खेरुन अरु मेलोमेसो त ठिकै होला के रे नि?
 
Posted on 06-06-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम भनेको जो केटी हेरे पनि कि दाई भन्दिने, कि भाई भन्दिने। हुँदा हुँदै कसैले त देवर आदी इत्यादी भन्दिने। तर आफुलाई लाई चाँही पक्कै हेरेको हो कि भनेर कस्तो कस्तो हुने। अन्त्यमा कहिल्यै भनेको जस्तो नहुने। मन्ले खाएको मिल्दो जुल्दो कहिलेउ नभेटेर  भात्काइदिन्छु बाख्राको खोर पनि गाउदौ हिंड्नु पर्ने रोगको लक्छ्यण हो।    

Last edited: 06-Jun-08 01:28 PM

 
Posted on 06-06-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हार्दिक बधाई तथा शुभकामना

 

 

परिक्षा नियन्त्रक तथा चिट चोरी अनुसन्धान आयोग को अध्यक्ष मा नियुक्त गरिएकोमा सबै चौतारीका सदस्यहरुको तर्फबाट मलाई हार्दिक बधाई छ।

लौ आउ, बज्जेहरु, निहु खोज्या थियो हिजो अस्ती। अब जाँच मा पाँच नम्बर पनि पाउदैनौ ।


 
रामचन्द्रे
Posted on 06-06-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो क्याअर्ने त औ जिम्माल, गाम मै चौं अचेल । सान्तिनो काम अरेर भइनि तिउनभात खान पुग्ने जमर्कोमा डुलेकाछम् । अब फेरि मुग्लानतिर पसम् भने अलि मनपनि  मान्दैन, बडो दुविधामा पो छम् त हौ गाँठे ।
 
रामचन्द्रे
Posted on 06-06-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमहकार गरेम राहुलसर लाई पनि ।
 
Posted on 06-06-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ रामचन्द्रे, साथमा २ 


फेरी ४ र २  को मेसो के भन्लाउ। हिजो अस्ती देखी चौतारीका पट्ठो हरुले शाट्काट अंकमा बोल्न थालएकाछन। २ भनेको जदौ। ४- तारेमाम।


 
Posted on 06-06-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड २,३,४ सबैलाई !

रामचन्द्र जी लाई चौतारी मा स्वागत छ ! अब पुरानै गाउले भये नि ६ महिनामा एक्चोटि रिन्यु गर्या छैन भने स्वागत अभिवादन गरी नयाँ नाम पनि राख्ने ब्यबस्था छ क्यारे चौतारी मा है?
ठुल्दाइ ले परिक्षा नियन्त्रक तथा चिट चोरी अनुसन्धान आयोग को अध्यक्ष को पद पा' हो? भने पछी कोइ नहुने भये बोर फस तेसोभये !
म चाँही लास्टाँ दिन्छु है उत्तर ! सप्पै ले चोरेर हैरान पार्छन मेरो ! अस्ती देखी कान समाते नि मैले सुरु मा उत्तर दिन


 
Posted on 06-06-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिक्षा नियन्त्रक तथा चिट चोरी अनुसन्धान आयोग को अध्यक्ष

ठुल्दाइ लाई बधाई। एसो चिल्लो चाप्लो घस्नु परो अब। दाइलाई बरु लड्डु मन पर्छ कि पेडा। अनी खिउ खारेको पठाम कि नौनी। एसो मेसो पाए हुन्थो।


 
रामचन्द्रे
Posted on 06-06-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे के भन्छ यो रिठ्ठे, चौतारी चउतारी भएन ट्रेफिक को लइसेन्स रिन्यूगर्ने भाँडो अस्तो भयो कि के हो ? अब २,४ को जमानामा रिठ्ठेलाईनि धन्यापात। रिन्यू अरिकन । 
 
Posted on 06-06-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होन्त राम्चन्द्रे - अस्ती अस्ती ठुल्नानी नि आम्न छोडिन - अन्त ६ महिना कटेपछी एउदिन थुतुनो देखाम्न आ'थी रे -- गाउले हरु ले त नयाँ नाम राख्दिएचन - ठुलि बाट ठन्नो रे ! कुरा अरी सक्नुका छन त यि !
तेसै अरी ३ मैना सम्म रिनु अर्या छैन भने आधा नाम फेर्दिनी भन्नि सुन्या थे
 अब भउतेले नि ३ मैना कटायो भन्देखिन 'भगुत भाई भण्डारी' बाट 'भगुत भाडँ भण्डारी' राख्नी पक्का पक्की छ झन्नै !

क्यार्नु यस्तै यस्तै नियम बनाम्छन यि मन्त्री परिषद !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters