[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234843 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-25-06 5:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज त ठुली भन्दा पैला मुइले नै हाजिर गरे ।
रोल नं १ नमे एस मिसससससससससससससससससससससससससससससस
बरु मिसले आज त बिदा लेको जस्तो मान्चु तिज भुनेर ।
 
Posted on 08-25-06 6:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर पनि रोल लम्मरको क्रमैसँग गर्न परो क्यारे!
त्यही भ'र रोल लम्मर दुई गालब! एस मिसससससससससससससससससससससससससस
 
Posted on 08-25-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अलि ढिलो भो । रोल # ६ ठुलिईईईईईईईईईईईईईई
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 08-25-06 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आमा चाँडो तयार पारिदिनु न!" मलाई निकै हत्तार भैरहेको थियो।

"पर्खि न छोरा, त्यो भर्खर पकाएको खीर बोकेर लैजान अलि गार्हो हुन्छ, एकछिन पछि तँलाई लिएर जान सजिलो हुन्छ" आमाले भान्छाबाट मलाई सम्झाउनु भयो।

आज दरखाने दिन, स्कूलमा हामी केटाहरुले घरबाट केहि खानेकुरा लिएर जानु पर्ने।

"तिमीहरुलाई सबैभन्दा मिठो जे लाग्छ त्यहि ल्याउनु" मिसले हिजो क्लासमा भन्नुभएको थियो।

मलाई सबैभन्दा मिठो लाग्ने भनेको "खीर"। आमालाई फकाएर खीर बनाउन लाएँ।

सबैथोक तयार भएपछि, म खीर लिएर स्कूल तिर लागेँ।

स्कूलमा सबै केटाहरु आइसकेका रहेछन्। सबै केटाहरुले मिठा मिठा खानेकुरा लिएर आएका रहेछन्।

भौतेले हलुवा, ग्वाँचेले जेरी, पुन्टे दाईले हिजो समातेको माछाको तिउन अनि बोतलमा खोइ के को झोल थियो।
जिम्माल बाले भुटेको भात लिएर आएछन्। उनलाई सार्‍है मनपर्ने भुटेको भात, घरमा जिम्माल्नी बजैलाई पाकेको भातपनि "अब घिउ हालेर भुट त" भनेर हैरान पार्ने।

चित्रेले के ल्यायो ल्यायो, देखाउदैन।
"चित्रे देखाउ न के ल्यायौ?" मैले कर गर्दा पनि मानेन।
"एकछिन न ठुल्नानी आउन देउ अनि उसैलाई देखाउछु" उस्ले आफ्नो झोला पछाडी लुकायो।

स्कूलाँ सबै केटाहरु आइसकेका थिए, तर मिस अनि अरु केटीहरु आइपुगेका थिएनन्। हामी तिनीहरुलाई पर्खेर बसिरहेका थियौँ।

पर बाट एकहुल केटीहरु हाम्रो स्कूल तिर आए। सबै रातो लुगामा।

"ओ हो! लौ हेर हाम्रा स्कूलका केटीहरु त सब एक से एक भएर आएछन्" पुन्टे दाईले त्यो बोतलको झोल सिरिप्प पार्दै भने।

हामी सबैजना उत्साहित हुदै तिनीहरु तिर हेर्यौँ। चित्रे जुरुक्क उठेर हामी भन्दा अलि अगाडी गएर बस्यो। मलाई पनि अघि जाउँ कि जस्तो त भा'थियो फेरि छेउमा भउतेले के भन्ला भनेर बसेँ।

उनिहरु हामी भए नजिक आइपुगे, हामी सबैजना लाटा ले पापा हेरे झै दङ्ग परेर उनिहरुलाई हेरिरह्यौँ।

"लौ किन सबै चूप चाप बसेका" मिसले हामी तिर हेर्दै भन्नुभयो।

"क्यार्नि त, त्यस्तो राम्रा भएर आएपछि, हामीले के बोल्न सक्थेम्?" पुन्टे दाईले त्यो बोतल लुकाउदै भने।

बास्तबमै कस्ता राम्रा देखिएका सबैजना। रातो लुगाले सबैलाई कस्तो राम्रो देखिने। ठिकै भनेछन् "रातो राम्रो गुलियो मिठो"

"कुम्ले तिमीले के ल्याएका छौ?" उनि मेरो नजिक आएर मलाई सोधिन।

"मैले खीर लिएर आएको छु, तिमीलाई खीर मनपर्छ?" मैले सोधेँ

"मलाई सार्‍है मनपर्छ, खीर" उनलाई मन नपर्ने कुरा पनि केहि छ र यो संसारमा?

"तिमीलाई यो लुगा सार्‍है सुहाएको छ" अघि देखि भन्न मनलागेको कुरा बल्ल बल्ल आँट गरेर भने।

"हो र? मलाई आमाले तीजको लागि भनेर दुईवटा लुगा किनिदिनु भा'छ, भोलि चाँहि अर्को लाउने" उनि फुरुक्क भइन।

उता, चित्रेले आफ्नो झोला खोल्न लाग्यो। मलाई अघि देखि उसले के ल्याको होला भनेर हेर्न मन लागिरहेको थियो।

"ओ हो, चित्रे! के हो यो?" मैले अचम्म मान्दै सोधेँ

"यस्लाई गुतपाक अनि पुस्टकारी भन्छन्, मेरो अजिले सहरबाट पठाइदिनु भएको" उसले मख्ख पर्दै भन्यो।

"मलाई गुतपाक अत्ति मिठो लाग्छ" ठुल्नानी खुसि भइन।

"कुम्ले, तिमीलाई थाहा छ भोलि त हामीहरु पानीपनि नपिइ ब्रत लिन्छौँ नि"

"हो र! किन नि?" मलाई सुन्ने रहर भयो।

"पहिले पार्बतीले 'महादेव पति पाउँ' भनेर तीजको बर्त लिएको रे अनि भगवान खुसि भएर उनलाई 'तथास्तु' भनेको रे, अनि उनले महादेव पति पाइन रे, त्यहि भएर बिहे नभएकाहरुले महादेव जस्तै पति पाउँ भनेर अनि बिहे भएकाले आफ्नो पतिलाई राम्रो होस भनेर ब्रत लिन्छन् रे, मलाई आमाले भन्नु भएको, म पनि भोलि ब्रत लिन्छु" उनले मलाई एकै साँसमा सबै कुरा बुझाइन।

मलाई अचम्म लाग्यो। किन होला त्यस्तो। अनि मेरो मनमा एउटा प्रश्न जाग्यो। एकै छिन रोक्न खोजेँ तर सकिन। अनि जुरुक्क उठेर मिसलाई सोधेँ

"मिस, हामीले चाँहि पार्वती जस्तो पत्नि पाउन कुन दिन ब्रत लिनुपर्छ?"

समाप्त

(चौतारी आउनु हुने सबै महिला मित्रहरुलाई तीजको शुभकामना)
 
Posted on 08-25-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा---
कुम्लेले दामी एपिसोड ल्याए यार! अरुभन्दा नि टाइमिङ् चैं एकदम खतरा!!

सरस्वतीलाई खुसी पार्न फूलपातीले पुजा गरेर हुँदैन, पढ्नमा साधना गर्नुपर्छ भने झैं पार्वतीजस्ती दुलही पाउन नि कसैको व्रत लिएर हुँदैन, पार्वती जस्तीलाई तीजको ब्रत लिन लगाउन सक्नपर्च।।।
 
Posted on 08-25-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु लाई नमस्ते

कुम्ले, राम्रो कथा लेखेउ ।

मेरो नि सबैलाई तीज को शुभकामना ।
आज राम्ररी दर खानु होला अनि भोलि जमेर नाच्नु होला।

आज त शुक्रबार, कति मज्जा :D

रोल # ८ चित्रे
हजुर् मास्टर्नी दिदि
 
Posted on 08-25-06 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले साह्रै राम्रो कथा लेख्नु भो ।
 
Posted on 08-25-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
कुम्ले खुशी लाग्यो -शुभ-कामनाको लागि धेरै धरै धन्यवाद !!!
कथा पढ्दा निकै रमाइलो लाग्योअनि सान्दर्भिक पनि

अsssss.. पार्वती(काल्पनिक) कस्ति थिइन र? सिता, भ्रकुटी जस्तो पाए हुदैन र? नभए मोनालिशा जस्तो पाए हुदैन र??( कमसे कम फोटो मात्रै भे'नि देख्या त छ)
:D:D
****
गालव को कुरो झन मजाको :)
 
Posted on 08-25-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धडकनमा मेरो नि:श्वास उनको
स्पन्दनमा उनको उच्छ्वास मेरो
धडकनमा मेरो कैद स्पन्दन उनको
उपेक्षामा उनको उन्मुक्त अपेक्षा मेरो


अभिबादन।
 
Posted on 08-25-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली तीज मा म एही लगाएर मन्दिर जान्छु ।

 
Posted on 08-25-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!! गालउ: राम्रो कमेन्ट लाग्यो हजुरको। अब त्यसै गर्न पर्ला। धेरै धेरै धन्यवाद।

चित्रे: धन्यवाद! गुतपाक र पुस्टकारी बाँकी छन् भने यतातिर नि पठाउने हो कि?

ठुल्नानी: धेरै धेरै धन्यवाद।

मिस: आज दर खान आउने हो कि मेरो मा??

:-)
 
Posted on 08-25-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मैले, तितौरि र् सानि मिलेर् सपै गूड्पाक र पुस्टकारी खाएसके। सरि तपाइ लै भlग् पुगेन। :P
 
Posted on 08-25-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले!
चौतारी मै खाउन दर-- फेरि मलाइ बोलाएन भन्नेको लाइन लाग्ला के ।
गौतमजीले भने जस्तै नयाँ ढाचाँ मा दाजुभाइ दिदी बहिनी सबै मिलेर रमाइलो गरौ---अनि आफ्नो घर बाबा आमा दाजुभाइ ,माइती देखि टाढा रहेका दिदी बहिनीलाइ चौतारीको रमाइलोले एकैछिन भएनि राहत देओस--दाजूभाइ हरुलाई दिदी-बैनिको माया अनि संझना ताजा बनोस--

तिरु प्रिती ठुली डल्लि लगाएत सबै चौतारी परिवार नै जम्मा होउ न त अनि रमाइलो हुन्छ
गित नि बजाउ नाचौ :)
 
Posted on 08-25-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, असाध्यै राम्रो कथा, यु रक म्यान.........

लौ ठुल्नानीहरुले पुस्तकारी र गुँदपाक खाइसके पनि जेरी चाँइ सबैको लागि पुग्ने गरी ल्या'छु मैले । सबै जना आउनुस्, ल दर खान सुरु गरिहालौं ।

तीजको उपलक्ष्यमा साझाका सबै साथीहरुलाइ शुभ-कामना ।

सबैको जय होस् ...................

 
Posted on 08-25-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज त कोइ छैनन कि क्या हो चौतारी'आँ । पुन्टे दाइ पनि काँ गे'छन आज्, हिजो अस्ती त यती बेलासँअ आइपुगिहाल्थे, तालु टल्काउँदै, हातमा कुन्नी के झोल भे'को बोतल ढल्काउँदै । । ।
 
Posted on 08-25-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ग्बचेँ । ओहो कति गुलियो आज त १० पाउन्द बध्छ होला । :(
 
Posted on 08-25-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्नानी, आज त बिजी हो कि क्या हो, तिज को रमझम सुरु भा' जस्तो छ हाम्रो चौतारीमा पनि ।
आज त केइ फरक पर्दैन जती जेरी खाए नि हुन्छ, भोली ब्रत बस्ने त होला नि ।
 
Posted on 08-25-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ के को रमझम आफु त काम मा छु ।
 
Posted on 08-25-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कोहि छैन?, ठुल्नानि मात्र हो? म पनि आए है तिम्रो साथि ल, ठुल्नानि आफुलाइ मात्र लुगा ल्याको मलाइ खै त?
अनि कुम्ले को कथा र ग्वाचे को जेरि कस्तो मिठो हो :D

रोल्न् २२
यस् मिस्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters