[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 265712 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-08-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D

नमस्ते गाम्ले हो ।
 
Posted on 01-08-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली तिमीले सबै बुझेउ ? :)
केहि सोधेनौ त?
 
Posted on 01-08-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मिस्, गाले, हात्तेरिका, ठुली, यामे आदी इत्यदि सबै लाई ।
पहिलो पटक स्वस्थानी पढेको गालेकै पर्‍यो, बडो मज्जा आयो । हाम्रा बाउ बाजे लाई पढेको स्वस्थानी पनि तेती नै मज्जाको हुन्छ र मिस्?
 
Posted on 01-08-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Gaalab!!

Yet another great piece. WOW!!

heheheehe!!

सप्पैलाई फेरी नमस्ते,

:-)
 
Posted on 01-08-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Connection Failure
 
Posted on 01-08-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हाम्रो बाउ बाजे ( यो शब्द निकै सम्मानित शब्द हो मेरो शब्द कोषमा) ले जे गर्नु भो त्यो मलाइ सबै ठिक लाग्छ..... बरु अबका 'हामी' ले के गर्छौ त ....यो महत्वपूर्ण कुरो हो ।
तारेमाम नि भने है हजुरलै( फेरि झोक चलाउन के बेर? )
:)
हजुर त प्रौढ शिक्षाको अस्तो लाउछ मलै त बरु 'मिस' भन्दा 'माष्टर्नीनानी' भने हुन्त्यो बरै। म त हउर लै क ख ग घ पढाउन सउतिन अस्तो लाओ।
कुम्लेदाइ नमस्ते है
 
Posted on 01-08-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै लाइ नमस्कार छ है।राहुल दाइको तारेमाम र मोमो त कैलाश पर्बत सम्म पुगेछ।अब कैलाश पर्बतमा पुगेर पनि मोमो खान पाइने भो कति रमाइलो।गालब र राहुल दाइ दुबैलाइ बधाइ छ है यो उपलब्धिको लागि।
 
Posted on 01-08-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

पून्टेदाइ र नमेको स्वस्थानी पनि दामी गयो।

गालेको पाँचौं भागले पनि काउकुती लगायो, हाँस्य र व्यङ्ग्यको बेजोड मिश्रण छ, समसामयिक चित्रण छ। चौतारीको भैरव अर्याल हो गालव!

>>>राहुल आएर महादेबलाई हात जोडी अभिवादन गरे - "तारेमाम प्रभो!" दिनदिनै राहुलको मुखबाट "तारेमाम" भन्ने शब्द सुनेर महादेवलाई शंका लाग्यो र कड्किंदै सोध्नुभयो - "हे राहुल! तिमी दिनदिनै तारेमाम हो कि तारेमम हो भनेको भन्यै गर्छौ। तिमीले भन्न खोजेको के हो? मेरो साँढेको नाम पनि तारे हो। त्यसको मम खान मन लाग्यो भनेका हौ? यदि हौ भने यस्तो पापिष्ट कुरा कसरी सोच्न पुग्यौ? म तिमीलाई अहिल्यै नै श्राप दिन्छु।"<<<

:D :D यो पंक्ति पढेर त मलाइ आन्द्रामै काउकुती लाग्यो ल!! :D :D
अरू पनि जाओस् है गाल्स् ब्रो!
 
Posted on 01-08-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे र गालउले हँसाम्नु सम्म हँसाए गाँठे!!
तारेमाम ठुल्दाई!
आफ्नो त तारेमाम तारेमाम भन्दा भन्दा चाइन्जो जिन्तखि नै तारेभिर भइसओ।
को को छौ?
 
Posted on 01-08-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चित्रे!
 
Posted on 01-08-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D यो पंक्ति पढेर त मलाइ आन्द्रामै काउकुती लाग्यो ल!! :D :D

जदौ मामा, चित्रे!
 
Posted on 01-08-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ भान्जा?
सपै ब्यान ब्यानै आ'र चिरबिर चिरबिर अरेछन र हिनेछन्!
हामि ३ जना मात्तै हो अइले याँ?
पुन्टे बुडा उता कता हो अर्को गाममा खुसुर-फुसुर अरेओ देख्या थिँ, आइपुउलान कि एउछिना?
 
Posted on 01-08-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि छु
:)
 
Posted on 01-08-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को तिन जना मात्र जिम्माल् बा म नि त ह्यैँ छु नि, देख्नु भएन मलाई?
 
Posted on 01-08-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले को स्वस्थानी निशेलाई ट्रान्सलेट गर्दै होलान, आईहान्छन नि एकछिनमा, कता जालान र नआएर :)
 
Posted on 01-08-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते माष्टरनी नानि!

सान्नानि! क्यार्दै छौ बा? धेरै पछि चाइन्जो भेट भओ!
सबै बेसै होला के रे? घराँ बा आमालाई सन्चै? यो बर्ख काउलि कत्तिको फलो?
भैँसि ब्यायो? तो सिरानघरे कप्तानको खेत किन्ने कुरा के भओ? सपै बेलिबिस्तार लाऊ है! :)
 
Posted on 01-08-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! नमस्कारम्! जय होस् !

म नि यतै छु। तर अब निद्रालोगतिर जाने बेला भ'। :)
स्वस्थानी सुनिदिने सबैलाई धनियाको बात छ। पाँचौं भाग चैं अलि लामो भयो। मेरो क्षमालाई भूल गरिदिनुहोला।

अस्तु॥

पुनश्च: चित्रे - मेरो न्वारनको नाम भैरव नै हो! रे क्या। खित् खित् खित् :D
 
Posted on 01-08-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालेको नजर लाग्ला भुनेर कालो टिका धसेर धुम्न निस्क्या के थिम्, देखि हालेछ बुढाले! यल्लाई बरु "ओनोरेरी साली" बनाम् भनेको, भउतेको तिर्सना मेटाउन, कहिले साईत जुर्ने हो, कुन्नी? लाली, लिपिस्टिक दलेर आउनु है, जिम्माले?

गालउको त कुरै नगरुम् होला कि! आबो, दिन रात ट्याऊँ ट्याऊँ गरेर थाक्दै नथाकी सबैलाई हँसाउने हाम्रो सोम हम जायेगाले त डिस्क्राईब गर्न नसक्ने गालब ब्रो को, हामी के सकुम्ला, हो? आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽच! ;)

सानीमा, मास्टर्नी नानी, हरि, चित्रे, नमे, ठुल्बुईनी, कुम्लु, यामे, नानु, राहुले, सबलाई "तारेको म:म:" :p
 
Posted on 01-08-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
लु सुनुम न त प्रीती घरको हालखबर ।जिम्माल बा ले सोधि हाल्नु भओ

चित्रभाइ र हरि लै त सन?चे होला केरे
:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters