चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
झिल्के के छ हो? अब झिल्केले त्यसो भनेसि एुत्आ कुरो भन्न मन लाग्यो। बिजय कुमार ले दिशानिर्देश को एक् भाग म भनेको कुरा याद आयो। "वास्तवमै भन्ने हो भने जिन्दगी भनेको सम्झनै-सम्झनाको माला बाहेक केहि हैन रहेछ। कुनै मिठा सम्झना, कुनै तिता सम्झना र कुनै न तिता, न मिठा, फिक्का सम्झनाहरु"
लाग्छ तपाइंले पनी त्यस्तै सम्झनाहरु बुन्दै हुनुहुन्छ। लेखाई भनेको दोश्रो कुरो हो। लेख्दै जानुस्, निख्रिदै जान्छ। पढिदिने हामि छदैं छौं।
नेप्ची भाउजु, tapaile bhaneko kura ekdum thik lagyo, yadai yadma aljhyo mero jindagani....yestai rahechha bhauju k garne, arko patak pani ali HOSH puryayera lekhchhu, RahulDa sanga training linchhu aba Bhaujulai DISHANIRDESH khub man parchha ki kya ho? Mero Interview chai nachhutaunu la hehehe...Joke garya ni feri
एउफेर मजाले भलाद्मी भएर धन्यबाद ज्ञापन अर्नु परो गाँठे।
केही भलाद्मी बात गर दिन त्यसै ढल्किँदै छ।
भरे फेरि अधरातमा सराप्नु त छदैँ छ।
फेरि उही पुरानै चौतारी-भेलाको प्रसँग। गाम्लेहरु हुरुरुरुरुरुरुर चैतको हुरीजस्तै आए, गए। आफू चैँ साली नलिइ नहिड्नी भनेर हुन नसकेको साढुदाइ कै घरमा जरागाडेर बसियो। आफ्नो त अझै झुण्डेर बाहिर निस्कि'रा'छ के रे ( ह्याङ्ग ओभर छ, भनेकोके)। यो भेलाको सम्झना जिन्तकी कै सबै भन्दा रमैलो र अविश्मरणीय बनेर रहनेछाँट-काँट देखिँदै छ। पूर्व-प्रत्यक्ष्य-अपरिचित तर अत्यन्त आत्मीय मीत्रहरुले योभेटघाटमा छोड्नुभएका सम्झनाहरु:
१--रिठ्ठेसान:- अत्यन्त सहयोगी, मृदुल, कोमल। सिमीत उपलब्ध साधन स्रोतका बाबजुदबासस्थानको लागि रिठ्ठेसानले गरेको कोअर्डिनेसन तारिफयोग्य छ, धन्यबाद रिठ्ठेसान।यु आर ग्रेट।अनि सबैले भने जस्तै हैनसन्वा जैन्टल मैन।हुन त म केटी मुन्छे भएकोभए उडाउँथेँ भनेर भन्दै हिँडेअरे, पातकी जिम्मालले। तर म केटी मुन्छे भा'को भेजिम्मालले उडाएर पाताल भित्रै धस्सिए पनि जिम्मालका चङ्गुलबाट फुत्केर रिठ्ठे सँगपोइला जान्थेँ (सरी जिम्माल बा)।रिठ्ठेसान सँगका सम्झनाहरु:पहिलो दिनै साँझ धोबी-पछाडको लागि मलाई हाल्नदेखाएको गार्बेज ब्याग, अन्तरेबिना नै सेन्ट्रल पार्क पुगेपछि डिपी प्रोग्रामक्यान्सिल, स्ट्याचुअभ सालीचोर भ्रमणमा देखाएको कुशलमार्गदर्शन, कुशल गायन तथानृत्य, थोरै बोल्ने तर बोले पछिगोली निस्किने।
२-- ठुल्नानी याण्ड दाने कम्पनी लिमिटेड: पर्फेक्ट जोडी, अत्यन्त उदार रमायाँलुसोँचाइ भएकी ठुल्नानी, अत्यन्त मिलनसार र समझदार दाने-ज्वाईँ। तिमीहरुदुइजनाको जोडी जन्म जन्म सुखी रहोस्, मेरो शुभकामना। तर जन्म जन्म पछिको जन्ममा चैँमेरो ठुल्बुइनी भएर नजन्मिनु ल, ठुल्नानी। यस्तो असल मान्छे हाम्रो भागमा पनि पर्नुपरो नि (सरी दाने ज्वाइँ)। ठुल्नानी याण्ड दाने कम्पनी लिमिटेडसँगका सम्झनाहरु:उल्टो सिगार, न्युयोर्क देखि फिलाडेल्फिया सम्मकोसहयात्रा, ठुल्नानीको घरको आतिथ्य, ठुल्दाइको ३५ प्लस १ बर्डको अनुभवलाई च्यालेन्जगर्ने ज्वाइँको सातबर्षे अनुभवको म:म:, नेपाली-नेपाली त हो नि एउटै बेड हुन्छ होलानि हगि भउतेदाइ, दानेसँगको डिसी भ्रमण, ठुल्नानी र दाने सँगको लुरे-क्याभेन यात्रा, प्रेम-बिबाह-जिन्दगी बारेका खुल्ला छलफल, अन्तिम दिनको चाइनिज रेस्टुरेन्टको खानाअनि बस छुट्न लागेर भिज्दै दुगुरेको क्षणहरु: अँ साँच्ची ज्वाईँले दिनुभएको गिफ्ट त त्यैँ छुटेछ नि।
३-- जिम्मालबा':राति राति आएँ, राति राति गएँ, आँधिखोलो कस्तो थियो कस्तो भन्याजस्तो भयो जिम्माल सँगको भेटगाट।जिम्माल बुढालाई राति गएर ह्विल चेयरबाट पिकअपगरियो। २ दिन पछि नै हतार भो भनेर सुरवाल काँधमा जुत्ता हातमा लिएर लगौँटी सँगैदुकुरे बुढा।फोटुको सिडि चैँ ट्वाइलेट जाँदा नि हातैमा बोकेर हिँडे, क्यामेरा चैँ छोडेछन्। कुरा नि ठिकै हो। क्यामेरा मुला त जति नि किन्न पाइन्छ, तर यो भेटघाटका सम्झनाहरु अमुल्य छन्। जति बसे, खोक्नु खोके। केवल सुनियो, बोलिएन। नलिखुट्टोको बारेमासोध्नै भ्याइएन। खोकी सुन्दा थोरै टिबीको लक्षण देखिन्थ्यो। ओखतिमुलोको सल्लाह दिनखोजेको, "म कहिले टिभी हेर्दिन" भनेर च्याँठ्ठिए। हिड्नेबेलामा कस्टोम-चेकमाफेलापरे बुढा। गलबन्दी देखि ज्याकेट सम्म झ्याप पार्ने ग्र्यान्ड डिजाइन चौपट, त्यति हुँदा हुँदै पनि प्याँलो रङको हनुमान कट्टु चैँ क्याप्सुल बनाएर निलेरैलगेछन्-- एक्सरेले नि फेला पारेन, जिम्माल सँगका सम्झनाहरु: हिन्दि देखी गाइखाने भजन सम्म कण्ठाग्र, अत्यन्तमनोरङ्जक, अवतारी, कुशल गृहिणी अनि साँढेको उसँग लगाएका मितेरी।
४-- राहुलदा' याण्ड नेप्ची भाउजु कम्पनी लिमिटेड:कुशल म:म:लाधिश, कुशलभविश्यवक्ता, आशुवक्ता। नेप्ची भावी: अत्यन्त रेस्पोन्सिवल, मायाँलु, केयरिङ। राहुलदा' याण्ड नेप्ची भाउजु कम्पनी लिमिटेड सँगका सम्झनाहरु:राहुलदा’ को “वाह” हैन “बाह”, गजल, चिलिम ब्रेकको साथ, ३५ बर्षे अनुभवको म:म: मा जिरा धनियाको गडबड, फिलाडेल्फियाको सहयात्रा, त्यहाँको क्रिस्मस पार्टीमा नयाँ मित्रको अतिथी सत्कार, नयाँ मीत्रहरु सँगको चिनाजान र भेटघाट, एकजना मुक: चौतारी पाठकको “धोबी पछाड” कार्यक्रम प्रतिको अचानक जिज्ञ्यासा, नयाँ मीत्रहरुसँगको अन्ताक्षेरी,बिहानको नेप्ची भाविको हातबाट खसीको मासु र भात, राहुलदा’ सँगको फिलाडेल्फिया भ्रमण, नयाँबर्षको पार्टी, चनादाइ याण्ड दुर्गीभावी कम्पनीसँगको भेटघाट। मेरो जीवनको महत्वपूर्ण मोडमा बिशेष सहयोग गर्ने इक्छा तथा प्रयाश प्रति बिशेष गरेर नेप्ची भावी अनि साथमा राहुलदा’ प्रति अत्यन्त आभारी छु।
५-- नेपेगुरु: साझामा पढेर अनुमान गरेको भन्दा १८० डिग्री फरक, अत्यन्त कोमल, स्पष्टवक्ता, कुशल गजल-लेखक तथा वाचक, २० देखि ६० सम्मका सबैसँग उत्तिकै घुलमिल हुनसक्ने, आकर्षक ब्यक्तित्व अनि कुशल क्यामेराम्यान। नेपे गुरु सँगका सम्झनाहरु: सर्वप्रथम चेलोको पहिचान, फोटो-कविता वाचन, गजल-वाचन कला, बिहान ६ बजेसम्म हामी २ जना बीच मात्र भएका राजतैतिक तथा जीवन सम्बन्धी वार्तालाप, हरेक इभेन्टमा उत्तिकै चाख तथा संलग्नता, बोस्टनको सहयात्रा र यात्रामा भएका वार्तालाप, मेरो धार्मिक आस्था प्रतिको जिज्ञासा, गजल-लेखन सम्बन्धी अत्यन्त उपयोगी सल्लाह तथा सुझावहरु। मेरो गजल लेखनमा ताते ताते गराउने गुरु सँगको प्रत्यक्ष भेटघाट मेरो लागि अहोभाग्य हो।
६ – चित्रे: अत्यन्त मिलनसार, सहयोगी, थोरैबोल्ने धेरै बुझ्ने-सुन्ने, निष्पाप, सरल तथा असंख्य मीत्रहरुको प्यारो। चित्रे सँगका सम्झनाहरु: आफू झ्याप भएपछि अरु को को झ्याप भए भनेर जासुसी गर्ने अनि टिप्पणी उठाउने, पुन्टेदा’ संग बिभिन्न प्रतियोगितामा हुङ्कार र प्रतिस्पर्धा, कुशल नृत्य, ठुल्नानी-सान्नानी गीत: । चित्रेले मेरो भिसाको लागि गरेको सहयोग प्रति म अत्यन्त आभारी छु। चित्रेको सहयोग बिना मेरो उपस्थिती असम्भव प्राय: नै थियो। थ्याङ्क्यु सो मच, चित्रे।
७--अन्तरेदा’ याण्ड भाउजु कम्पनी: हँसिलो, जेण्टल अनि अत्यन्त सुमधुर कण्ठ र कुशल नर्तक। अन्तरेदा’ सँगका सम्झनाहरु:धोबीपछाड भनेर हेरा-हेर, “यो फिस्टेलाई के पछार्नु, भैगो छोड्दिम भो” भन्ने भावको दयालु हेराइ, पुल्चोक र पुल्चोके सम्बन्धि छोटो वार्तालाप, बाखरी बाखरी डान्स।
८- - मदन्वा: मदन्वाको अप्रत्यासित आगमनले यो भेलाको रनक नै अर्कै भयो। बहुरुपी, अत्यन्त मनोरञ्जक। सुसरा ओ जो बोलेछ वो तो असली मदनवाको भि माथ करेछ। वर्ण थोडी कृष्ण छ, फिर भि दिलको जो सफेद छ। अरे जो सफेद छ वो असली सफेद छ, “आए नया उजाला, चारथोपा वाला” वाला सफेद। हम आपको परनाम करिलिन्छु। अरे, हँ, हम आप से एक्टा कुराको बहुत आस करेको छ। आप जो छ, हाँस्पिटैलमा काम कर्छ। हाँस्पिटैलमै हमने एक्टा बक्सा देकेको छ। उसमे “जित्ना चाहो, ले जाओ” जैसा बात खस भाषामा लेकेको दिखेको छ। हँ, हमको थोडी सरम लगेछ, वो लेनेको। तो हम आपको रिक्वैस्ट कर्छु कि वो चिज हमको २-४ प्याकेट भेजनेको कष्ट करिहाल्नुस। वो बडा कामको चिज छ, हँ।
८--पुण्टेदा’ याण्ड भाउजु कम्पनी: चौतारी भेलाका सबैभन्दा महत्वपूर्ण सदस्य, अत्यन्त सहयोगी, अत्यन्त मनोरञ्जक, धोबिनीको पेटीकोटमा परेका भ्वाङ भन्दा धेरै हजुरको रुप, हजुर बिना यो सब महाभारत असम्भव, मंगल ग्रहबासी, हजुरको बर्णन गर्न यस पृथ्वीलोकका कुनै माइकेलाल सँग खुबी छैन भने म जाबो जुरेलीको पुच्छरले के बर्णन गरुँला र।पुण्टेदा’ याण्ड भाउजु कम्पनीसँगका सम्झनाहरु: सर्प्राइज बर्थडे केक, गन्धर्व गीत, दिदीले पारेको रउसी, खानाका परिकारहरु, साँढेको पोज, डान्सहरु, गफहरु, अनगिन्ति रोमाञ्चक अभिनयहरु, तमुभेलामा गरेको डान्स, बोस्टनको सहयात्रा, अनि अथाह माया र सद्बावहरु । मेरो यस भ्रमणका अत्याधिक दिनहरु पुन्टेदा’ र भाउजुको मायाँ र सद्बावले छ्याल ब्याल भए। यस्तो लाग्यो कि म मेरो घरमै छु। बिशेष गरेर बर्थडे केकको लागि भउजुलाई धेरै धेरै धन्यबाद। पुन्टेदा'ले चौतारी भेलाको आयोजना तथा अन्य भेटघाटको लागि खेल्नुभएको भूमिकाकोलागि म अत्यन्त आभारी छु। यै भावुक बनेको बेला “जुरेली लाई छोड भउते” भन्ने हो भने छोड्न तयार।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.