[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 345426 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-07-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! बिस्टे, हजारवटा चुरोट एकैपल्ट तानेको हो कि क्यान्सरलाइ चाँडै बोलाको?


 
Posted on 02-07-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलीम कल्याण समाजलाई आग्रह:

चीलीम कल्याण समाजमा बहुसंख्यक सदस्यहरु अल्लारे उमेरका रहेको अवश्थामा, देशमा नै लोपोन्मूख अवश्थामा रहेको एक अति बिशिष्ट किसिमको चिलीम 'तमाखु', तरुनो अवश्थाका ठिटाहरुले बिर्सने स्थिती देखिएकोले, म बयोबृद्ध बिर्ख बहादूर बोगटी, चिलीम कल्याण समाजलाई आफ्नो समाजमा तमाखुलाई पनि समावेश गर्नुहुन तथा, मैले तमाखु तान्ने गरेकोले मलाई पनि चिलीम कल्याण समाजमा सदस्यता दिनुहुन आग्रह गर्दछु।

धन्यवाद्

 



 
Posted on 02-07-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सोमे उता पल्लो गाम तिर कथा हाल्दै अर्या देख्याथेम के रे आज ब्यानिपख, एता आइसकेछौ त! यि गाम्ले असत्तिहरुले सातो त लिएनन तिम्रा कतै??? होश अर है, कुकुरको पुछ्छर बाङ्गो देखेनि हाँसेर दुनियाँ तर्साम्छन यिनले, नया मुन्छे देख्नै हुँदैन!
 
Posted on 02-07-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ जिम्माललाई नि सदस्यता चाहिएछ, लौ निवेदन चाँही छोडि राखौ अहिले हाम्रो हाकिम सा'ब (राहुलभाइ राजभण्डारी)
स्वयम आँफै चिलिम बिरेक मा मस्त हुनु भएको ले वहाँ आउन साथ तपाईंको निवेदन माथि नजर अन्दाज गर्दै स्विक्रित
अस्विक्रित भएको खबर यहाँ टास्ने छौ, तर अहिलेलाई निवेदनको साथमा सदस्यता सुल्क $२५ मेरो पे पाल अकाउन्टमा ट्रान्स्फर गरिदिनु होला !
धन्यवाद !


 
Posted on 02-07-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी हाम्रा सम्धी ज्यु लाई चै आजीवन सदस्यता दिनु पर्च नि, आधी जीवन तमबाखु तानी सक्नु भो बिचरा
 
Posted on 02-07-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रित्थे, बिस्तेले भने झै आजीवन नै दिदिउँ जिम्बाल लाई,
अब हद बाँचे दुई बर्ख त हो, आजीवन सदस्य दिएर समिती लाई केही घाट हुँदैन,

 
Posted on 02-07-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सम्धीज्यु लाई आजीवन हैन डबल आजीवन सदस्यता नि तेइ रु. २५ मै दिदा नि फरक पर्दैन बिस्टे, कती चाँही बाँकी छ र अब
कठै !


 
Posted on 02-07-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम कल्याण समाज
केन्द्रिय कार्यालय
चौतारी बगैंचा।

श्री बयोब्रिद्ध बिर्ख बहादुर् बोगटीज्यू,

बिषय:- जानकारी गराइएको बारे।

महोदय,
          उपर्युक्त सम्बन्धमा तपाईले उठाउनु भएको तमाखु बारे हाम्रो ध्यान आक्रिष्ट भएको छ। चिलिम कल्याण समाज को सुरुवात गौशलाको शान्दार म:म: को भोजन पश्चात आराध्यदेब महादेबको बुटी चिलिम सेवनमा जुन अतुलनीय आनन्दको आभास मिल्दछ, त्यसको प्रचार प्रशार् तीन त्रिभुवन् चौध
लोक सबै तिर गर्न हुन स्वयं महादेबको आग्रहलाई ध्यानमा राखी गठन गरिएको हो। तसर्थ, यस समाजमा बुटि सहितको चिलिम, हुक्का सहित को चिलिमलाई अझ उच्च सम्मन गर्दै स्थापना घोषणा पत्र मै यी दुबैलाई लाइफ मेम्बर् दिने प्रस्तावना गरिएको छ। कतिपयले लाइफ मेम्बर् बनी आ-आफ्ना वाइफ लाइ समेत मेम्बर बनाई सकेको परिप्रेक्ष्मा, यहाँलाई लाइफ मेम्बर् बनिदिन हुन समेत सबिनय अनुरोध गरिन्छ।
 


भवदिय
अध्यक्ष

Last edited: 07-Feb-08 02:35 PM

 
Posted on 02-07-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए बैँशले कुत्कुत्याएका पातकी बजियाहरु हो, जिम्दै छु अझै क्यार्न घाटाँ लग्या लास जस्तो अर्छौ हँ? तिनका सत्तेनास हुन नसक्या कुलङ्गार हो, तिम्रा पोटिलो गाला नि चाउरिन्छन एउदिन्, हाम्रा नलिखुट्टाँ त बरु उ बेला दइदुद खा' ताकत बाँकि छ तिम्रा नलिखुट्टो मेरा उमेराँ त मक्केको मकैको ढोड जस्तो हुन्छ! यिनलाई हैजाले लान नसक्या अब कति बर्ख बाँच्छौ भन्छन् ए अल्सिनाहरु, अझ चाइन्जो कान्छो नातीको कान्छो छोरोको बे नहेरि त जेमराजले नि केइ आँट्न सक्दैनन मलाई! ए गाँठे, के सम्ज्या छौ आफूलाई गजप ठिटो छौ भन्ठान्या छौ, तिम्रा बथानले डिँगाउँन नसक्ने भउतेको मावलीको अग्राखको खामो यी एइ ज्यानले जुरुक्क बोकेर बनाटि गाम सम्म ल्याइपुरा हो। तिम्रा बल्डेङ्गरे आँखामा चमजम्रा पर्न नसक्या भातमारा हो, बुडो भन्छौ तिमेरु नि एउदिन बुडो हुन्छौ! स्वाँssssस्वाँssss ख्वाक्क... ख्वाक्क.. खुइयsss!!!


 
Posted on 02-07-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन सासै खुस्किने गरी कल्लाई सराप्छौ ए मर्न नसक्या असत्ती बुढा?
बुढालाई बुढा नभनी तरुनो गबरु जवान भन्ने त?
अब उ बेला अग्राखका खम्मा उचालेउ कि बरु तेइ खम्माले तिम्लाई उचाल्यो हाम्लाई त जे भने नि भो नि
अझ कत्रो स्वर उही बुढाको फेरी


 
Posted on 02-07-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपिल

अदरानीय चौतारी जनसमुदय हरु,


यसरी संभिधान सभाको मुखैमा आएर सरकारमा भएका गन्य मान्यहरुले चिलिम र हुक्का सम्भन्धित अत्यन्त सम्बेदनसिल बिषय उठाउंदा कहीं कतै चुनाव बिथोल्ने मुसो गनाएको अनुभव हुन आउछ। तसर्थ यस्ता कुराको भ्रममा नपरी यो बिषयमा सरकारको बिरोध गर्दै चुनाब बिथोल्न पाइदैन भन्ने दवाब दिन अस्कल क्यम्पस, रत्नपार्क ओरिपरी, बनेश्वर चोक, पुल्चोक र सबै चोकमा टायर जलाएर, गाडी फोरेर र इंट्टा बर्षाएर आन्दोलन सफल पर्न सबै गुण्डा गर्दी अभियानअका सदस्य हरुलाई अनुरोध गरिन्छ।

सम्योजक,
जे पायो तेही मा बिरोध कार्यक्रमा
चौतारी देश


 
Posted on 02-07-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम कल्याण समाज
केन्द्रिय कार्यालय
चौतारी बगैंचा।

जे पायो तेही मा बिरोध कार्यक्रमको भ्रममा नपर्न अपिल।


संबिधान सभाको नाममा धान सभा गरी आफ्नो भकारी भर्ने कुनियत सहित बिभिन्न हुलुस् एवं दाम सभा गर्ने भनी सर्बसाधारण सोझा सिधा-बाङ्गातिङ्गा सबैमा भ्रममा नपर्न हुन चिलिम कल्याण समाज अपिल गर्दछ।
चिलिम जस्तो पबित्र बिषयको मान मर्यादालाई खलल पर्ने गरी उक्त वक्तब्य जारी भएकोमा खेद प्रकट गर्दछ। फिलिम भन्दा राम्रो चिलिम भन्ने नारालाई गगनभेदी बनाऔं।


 
Posted on 02-07-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को नाराबाजी हो कामचोर पातकीहरु!!  बरु तो चिलिम समाजाँ चै हाम्लाई नि हुल्नु परो है, सदस्यता तिर्ने पैसो चैं तेई चिलिम किन्दा किन्दै सकियो, सोर्स फोर्श लाएर छिराउनु परो।  लौ न ठूल्दाइ, हामी त उबेलाँ चौतारीआँ बसेर चिलिम तान्दाको साईनो,  तेती त मिल्छ होला नि!!


 
Posted on 02-07-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-07-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ मिला हि नही जिस को वफा डेते
हर इक ने धोखा दिया किस किस को सजा डेते
ए हमरा जर्फ था के खामोश रहे वर्ना
दास्तन सुनातेय् तो मेह्फिल को रुलादेते
 
Posted on 02-07-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिलिम भन्दा राम्रो चिलिम!!

फिलिम भन्दा राम्रो चिलिम!!

हाम्रो चिलिम कस्तो छ? सुपरहिट फिलिम जस्तो छ!!

चिलिम एकता! जिन्दावाद्!


 
Posted on 02-07-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम एकता जीन्दावाद्को नारा घन्किँदाखेरीको एउटा घटना यस प्रकार छ।

--__--

(जुलुस आउँदैछ हल्लाको साथमा)

(लहरे चप्पल बजाउँदै हिँड्दैछ)

नेता- " चिsलिsम एकताsss!

लहरे- " घरतिर जानला यार"

समूह - "जिन्दावाद्"

नेता- " चिsलिsम एकताsss!

लहरे- " घर तिर भन्या सुनेन? कान छैन कि के हो?"

समूह - "जिन्दावाद्"

अब भन्नुहोस लहरेको नाम के हो?


 
Posted on 02-07-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हल्लाखोर, काम्चोर, भित्ताफोर, अनी अल्गोर गाम्ले हरु को?
नयाँ पार्टी हो कि समाज हो खोलेर बबाल भएछ नि
मैले सुने अनुसार त त्यो समाज को बिरुद्व मा अर्को खुल्यो रे नि त (यो पत्ता लगाउने जिम्मा जासुस को)
 
 
Posted on 02-07-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चिलिम्" भो लहरेको नाउँ।

"एकताऽऽऽऽऽऽऽऽ!" को ठाम्मा "एऽऽऽऽऽऽऽकताऽऽऽऽऽऽ" गर्द्या भे' अझ बेश हुन्थ्यो कि?

फुलुले समात्न लाओ यार! बाई!


 
Posted on 02-07-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम‍‍‌‌= लहरे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters