[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 206486 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-26-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानै देखि लागेको बानी, हाम्रा बा ले नि हर्लिक्सको सट्टा कोदाको रउसि नै पिउनु हुन्थ्यो।

रउसि लाएसि त ठुल्बुईनी रिसा'को नि हाँसेको जस्तो देखिनि र'च। रिकुटेले पल्टनाँट ल्या'को यो के झोल परेछ? :D :p
 
Posted on 10-26-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारीया हासेर नै दिन बित्ने भो ।
 
Posted on 10-26-06 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै हासम न त । यो के रे नेपाली ढुंग्रो (youtube) बनाका रचन के रे । तेसै मा रच । ल है पु्न्टे दाइ भिटामिन खाने कि , कपाल पलाउच अरे क्या ।


 
Posted on 10-26-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्जिनिएर सा'प (nepalean) हजुरको जिउ त्यसतै त छैन कतै ??
:D :P
 
Posted on 10-26-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले बल्ल खाँटीका कुरा गर्नुभो!
 
Posted on 10-26-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते छ है नेप्चे, पुन्टे दाई, दीप, तितौरी, नमे, मिस्टे, कुम्ले, ठुल्नानी, माष्टरनी नानि, गालउ सपैलाई!
हन ए नमे तो नेपालि ढुङ्ग्रो त सारै मजाओ लाओ गाँठे मलाई त! हामि संअ भ'का गिदहरु नि राख्न मिल्छ हैन?
 
Posted on 10-26-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले काहीं त हामीले पनि लेख्न गाँठे, राम्रो नराम्रो त फरक हो नि, होइन र?

मट्टीको, भट्टीको, कोदाको, भातको, रातभरि पिउँदै जल
बिहान सुत्यो साँझ उठ्यो, यस्तै छ आजकल

बेरोजगार त होइन तर फुर्सद छ हरेक पल
‘सिरियस’ हुन सकिएन, यस्तै छ आजकल

पानी, तिम्रो सँगतले मेरो पढाइमा भो हलचल
तर सन्तुष्ट छु यसैमा, यस्तै छ आजकल

सम्झाउँछिन प्यारीले सधैँ गरेर अङ्कमाल
अटेरी म मोरो उस्तै, यस्तै छ आजकल

कविता लेख्न उक्सायो चौतारीको पीपल
नजानेर यस्तो पो भो, आफैंलाई LOL.
 
Posted on 10-26-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मरन्च्याँसे, लास्टको लईन कस्तो मजा संअ मिलाओ गाँठे!
खै कता लाएछन अरु गाम्लेहरु? शायद सुतिसके होलान् सबै!

लोउगिद नगाको धेरै भओ, एउडा पूर्बेली गित-

रिम्कि छेऊमै बसौँ झिम्कि
कम्पनिको धुलो उडाउँदै

धनकुटैको डाँडै डाँडा बगिजाने कुलो
चोखो धुलो भरौँ पाथि कस्को माया ठुलो
रिम्कि छेऊमै बस झिम्कि
कम्पनिको धुलो उडाउँदै

म भने तिम्रै लागि भोजपुर बजार धाको
बिर्सियौकी एउटै थालमा फन्के रोटि खाको
रिम्कि छेऊमै बसौँ झिम्कि
कम्पनिको धुलो उडाउँदै

तल तल सिमसारैमा गाई मरेको सिनो
ढुङ्गा राखे लडिजाला औँठि राख चिनो
रिम्कि छेऊमै बसौँ झिम्कि
कम्पनिको धुलो उडाउँदै

आकाशैको पल्लो छेऊमा लामपुच्छ्रे तारा
एकै थोपा सिन्दूरैले लगाईदिउँ कि भारा
रिम्कि छेऊमै बस झिम्कि
कम्पनिको धुलो उडाउँदै

 
Posted on 10-27-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो कबिता पतियोगीता हुँदै छ कि के हो? सपै जना एक से एक कबिता फुराउदै चन । हाम्रा वीरखे दाई नि के कम हुनु हुन्छ । कोहि आओ न भने हम्ले नि कबित लेख्न सेकाउन।

मस्तेर्नि दिदि दर्सन् गरेहै त।

पून्ते दै थुल्बुइनि रिसाको त हासे जस्तै देखिन्च तर थुलिभौजि ले झतारो हानेको चै कस्तो देखिन्च नि? :P
 
Posted on 10-27-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाइ।

कहिलेकाहिँ त कस्तो चित्त बुझ्ने कुरा गर्छिन् ठूलीबुइनीले हैनत पुन्टेदा :D :D

मैले नि दर्शन फर्काए है ठुल्नानी

ल मलाइ त निंद्रापो लiग्यो नुनु गर्छु एकैछिन.......... बाहिर जाडो छ आज..ब्यानब्यानै पाँचै बजे उठेर दैलो-कुचो गर्दा गर्दाभर्खर् सकियो सप्पै मेलापात गैसके घराँ मुन्छे जति.....
 
Posted on 10-27-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो कबिता पतियोगीता हुँदै छ कि के हो? सपै जना एक से एक कबिता फुराउदै चन

नमस्ते सप्पैलाइ!!

:-)
 
Posted on 10-27-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु भिडिओहुर त पिले अर्न पर्थ्यो, तर यो नमेको भिडिओ त के हो, गाँठे! राती ३ बजे चौतारीको धागो खोल्ने बित्तिकै ठुलो आवाजमा "ट्याँ ट्याँ ट्याँ, टिं टां टुं, ट्याँ ट्याँ ट्याँ...." बाजा बज्दा त तो ढोक्सी बोक्सीको सवारी हुन लाएच के रे भुनेर सातै गो! धत्!

"कविता लेख्न उक्सायो चौतारीको पीपल
नजानेर यस्तो पो भो, आफैंलाई LOL."

मर्न नसकेको च्याँसे बज्जेले नि पेटै फुट्ने अरि हँसायो त नि! कस्सो पेटको ईलासस्टिक निकै दरो र'च र, नत्र त बडाम् बुडुम् फुटी सकेको!

अनि के रे, यि ठुल्बुईनी त राम्रो बोल्न थाली अचेल भनेको, धेरै नि बोल्न थालिन् कि के हो? हि हि हि तिम्री ठुल्भाउजुको हाम्लाई झटारो हान्नि आँट? लाम ला'र देखाईदिन्छु माईली, साईंलि, काईंली, राईंली, ठाईंली, कान्छी सबलाई! :p
 
Posted on 10-27-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले काम पाएनौ कि के हो? किन जिस्काउचै ।

पून्ते दाई बिर्सनुभो अस्ती ठुलिभाउजु ले घरमा छिर्न नदिनु भाको । दिर्सु भो त्यो जदो मा सिउ सिउ गर्दै रात् बिताउनु भाको। हाम्ले नदेखेको हो र।
 
Posted on 10-27-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मिथो बोल्छे थुल्नानि, ए ....थुल्नानि म लाइ नि सिकाइदेउ न तिम्रो जस्तो बोल्न :p

कविता लेख्न उक्सायो चौतारीको पीपल
नजानेर यस्तो पो भो, आफैंलाई LOL." :D:D
मर्नि अरि हसायो च्यासे को कबिता ले :D


रोल्न् २२ हाजिर् मिस् :-)
 
Posted on 10-27-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी आज स्कुल बन्द । मिस् लाई निन्द्रा लागिरा छ रे । तितौरी अब तिमी नि कुम्ले को बनी सिक्न थालिछौ ।
 
Posted on 10-27-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हैन :o ठुल्नानि जिस्काको हैन ,मलाइ साचै मिठो लाग्छ तिम्ले बोलेको ... रिसायौ म सँ ? :S
 
Posted on 10-27-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू, नमस्ते है मेरो!

के हुँदैछ यहाँ? कविता प्रतियोगिता? मेरो त अचेल कवितै फुर्दैन भन्या, व्यस्तताले भन्ने कि केले भन्ने।

फुरिहाल्यो भने लेखम्ला एकछिनमा।
 
Posted on 10-27-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा चौतारीलाई कान्ला मुन्तिर मिल्काईसकेछन्।
लु धकेलेँ मैले सिरानमा।

नमे कता लाएछ कुन्नि, अर्को चौतारि चिन्ने बेला भओ अस्तो लाउछ मलाई!
 
Posted on 10-27-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa namaskaar aaram hunuhunchha ? :D
 
Posted on 10-27-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तितौरी!
सन्चै छु भन्नु परो बा, सास चलेकै छ, आश जिवितै छ! :)
तिमी क्यार्दै छौ नि? भान्सा भओ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters