[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 313841 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-05-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु फेरी एकपल्ट हाँसम्!

एउटा मानिस लर्खराउँदै बारभित्र छिरेर म्यानजर सँग करायो ,"म तिम्रो बारम्यानलाई कारबाही गर्छु छोड्दिनँ!"

 म्यानेजर : "किन?"

ग्राहक: " किनकि उसले मेरो कोट सडकमा फ्याँकिदियो!"


म्यानेजर:" मजाक गरेको होला यति सानो कुरामा किन रिसाउनुहुन्छ?"

 ग्राहक:-" यो सानो कुरा होईन् ठुलो कुरा हो!"

 म्यानेजर :"किन र?"

 ग्राहक:" किनकि त्यो कोटभित्र म पनि थिएँ!"


 
Posted on 03-05-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can v do romance in the evening today?
I'm in a good mood
Just a little bit of kissing and biting
Reply me soon
urs lovingly,
"MOSQUITO"

 


 
Posted on 03-05-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शिवरात्री समारोह समितीको सुचना


बिगत झै यसपटक पनि हिन्दूहरुको महान चाड शिवरात्रीको पुनित अवशरमा मिती २००८ मार्च ५ तारिखका दिन यस चौतारी गा.बि.स.मा शिवरात्री पर्व मनाइने हुँदा निन्मलिखित ७ सदस्यिय कार्यसमिती गठन गरिएको छ !


१. श्री हर्क बहादुर हाङ्देवा - अधक्ष्य - बुटी तथा भाङ धतुरो समन्वय समिती
२. श्री राहुल राज राजभण्डारी -- उपाधक्ष्य -- चिलिम बिरेक समन्वय समिती
३. श्री लहरे लाल लाकौल - कोशाध्यक्ष  - शिव भजन टाँस टुँस तथा मनोरन्जन समन्वय समिती
४. श्री भगुत् भाई भण्डारी - सचिव - नागा बाबा ब्यबस्थापन् समन्वय समिति
५. श्रीमती नेप्ची माया नेम्वाङ - सदस्य - भोजभतेर तथा भाँडाकुडा समन्वय समिती
६. सुश्री ठुल्नानी ठकुराइनी - सदस्य -- खान पिन तथा भोजभतेर समन्वय समिती
७. श्रीमती चेलीनानी चौलागाईं - सदस्य - महिला तथा बुडो बालक समाज कल्यान समन्वय समिती


यस महान पर्वमा सम्पूर्ण सदस्यहरुले जिम्मेवारीपुर्वक आ-आफ्नो पद भार सम्हाल्नु हुनेछ भन्ने हामीले आशा लिएका छौ !



मिती २००८ मार्च ५ तारिख
स्थान: चौतारी गा.बि.स., साझा नगर
समय: साँझ ८ बजे देखी
धन्यवाद !


जय शम्भो !
Last edited: 05-Mar-08 02:33 PM
Last edited: 05-Mar-08 02:55 PM
Last edited: 05-Mar-08 02:56 PM

 
Posted on 03-05-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिंजो क्या है  हिक्क हिक्क लागेर बबाल भयो के--के गर्ने गर्ने---कसै गरी भएन। जानु पर्यो चौतारी भनेर आएँ। ठुली आँखा घुमाई घुमाई खोजी रा रैछे --मलाई नै त होला नी----त्यो हेराई सँग देखा देख भएसी हिक्क हिक्क टप्प भयो। म चैं त्यै जानकारी यो चौतारीमा दिएर हिँडे। पछि त ज्यान थर्र थर्र गर्छ बा! फेरी के भो भनेर यसो बुझेको त पून्टेले थर्काको रे छ  "यता बाडुल्की साडुल्की भन्ने हैन उता जानी घर थप्नी भन्दै।" --- कस्तरी थर्र थर्र भएको ल -- सोझोलाई पाएर यसै थर्काईदिने भन्या---
 
Posted on 03-05-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


देख्नु भो त दिप ज्यु म हजुरलाइ कति धरै सम्झिन्चु। अब देखि हिक्क हिक्क लाग्यो भने मैले नै सम्झेको भनेर मलाइ भेत्न चौतारिमा सवारि हुनुस् खित् खित् खित्


 
Posted on 03-05-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री अध्यक्षज्यू,

चौतारी गा वि स

विषय : कार्यसमितिमा नाम संसोधन गराइपाउँ भन्ने बारे । 

म, चेलीनानी चौलागाईंको नाम  कार्यसमितिमा अर्कै पर्न गएको हुँदा नाम संसोधन गराइपाउँ भनी विनम्र आग्रह गर्दछु ।

धन्यवाद

भवदिय,

चेलीनानी चौलागाईं 

२०६४-११-२२


 
Posted on 03-05-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बधाई छ, मलाई । शिवरात्री समारोह समितिमा मनोनयनमा परीएकोमा। यस्पालीको संबिधान सभा चुनावमा कुनै न कुनै पार्टिको बन्द सूचिमा परिएला भन्ने आश थियो, परिएन। यही समारोह समितिमा भए नि भएको अलिकती चित्त बुझाउनु पर्‍यो।
धन्यवाद, रिट्ठे।
 
 
Posted on 03-05-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Lau rithhe le adachhyaa banayidiyechha... aaba galchhi tira baba lai bhetna jaanu paryo..

galchhi haina aajha ta pashupatimai payinchhani hai sachhi..

ganjha khayera hasheko... joke haaru ta daami chha hai hhahahhahahha..

oi rithhe laharele hasayechha.. hahahhahaha

 

 
Posted on 03-05-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुचना
भर्खरै प्रकाशित चौतारी शिवरात्री समारोह समितीको सुचनामा कार्यसमितिका सदस्य सुश्री चेली नानी चौलागाइको नाम पर्याप्त कागजातको अभावको कारण
अन्यथा भएकोले सच्यायिएको छ !
धन्यवाद !


Last edited: 05-Mar-08 02:34 PM

 
Posted on 03-05-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुश्री चेली नानी सुश्री होइन श्रीमती लेख्नु रित्थे।



 
Posted on 03-05-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


श्रीमती हो र? म त अलमल्ल परे
लौ आँफैले भन्नु पर्‍यो है चेलीनानी


 
Posted on 03-05-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hamri thulnaani le i am boreeeed bhanne bela bhayna aajha achya bhani sakichhin..

aaba ta ghar nai jaane bela huna lagyo hola haina.. aajha kati doko bechiyo thulnaani..

 

 
Posted on 03-05-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे मलाई विश्वाश नगरेको


 
Posted on 03-05-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के दाई खै घर त अगिनै जाने मन थियो तर खै अहिले सम्म जान पाको छैन


 
Posted on 03-05-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीले भनेको कुरा होइन भन्छु र म ? मलाई यो चौतारीमा बस्नु छैन र ??

 


 
Posted on 03-05-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! भौतेलाइ त नागाबाबा व्यवस्थापन समितीमा राख्देछ, रिट्ठेले! 
अब कन्नीडाँडाका नागाबाबाहरू आम्ने भए भोलि यहाँ!

ठूलीले पनि जासूसी गरेर श्रीमती हो कि सुश्री पत्ता लाउने भैसकी अचेल! गुड जब् ठूली!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters