[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 “हरि डन”

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 51278 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-20-15 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?     Liked by
 

“हरि डन”
-----------

हामी भारतमा इन्जिनियरिंग पढ्दा बखतको कुरो हो | त्यतिबेला प्राय जस्तो उत्तरी भारतमा जंगली राज थियो जस्तो हिजो आज नेपालको संसदभवनमा देख्न पाइन्छ| भर्खर कलेज स्थानीय भाषामा कालेज पुगेका थियौं | नेपाली अझ भनुं बिदेशी भएकाले मात्र इन्जिनियरिंग कालेज जस्तो आवासीय महा बिद्यालयहरुमा हुने ताण्डव चाड रेगिंगबाट प्राबिधिक रुपमा बचिए पनि अनुहारको बान्की मिलेको कारण धानमा घ्रुण हुने सम्भावना रहन्थ्यो र त्रसित समय बाच्नु पर्थ्यो |

त्यो कालेज भरि एउटा किस्सा बहुत “पापुलर” थियो | “हरि डन”को | तराइमूलका नेपाली बिद्यार्थी थिए हरि सर | हामी त्यो कलेज जानु भन्दा २ ब्याच अघि दीक्षित भएर जानु भएका हरि सर |
हरि सर बाट “हरि डन” कसरी हुनु भयो त्यसको बारे धेरैलाई थोरै मात्र जानकारी थियो | हामीले सुने अनुसार, सिनियरको रेगिंग निकै खाएको हरि सरले एक दिन शहरको त्यो इलाकाको डन भेटे छ | हरि सरको कुराले प्रभावित भए छ र हरि सरलाई कुट्ने, सताउने सिनियरहरुलाई कालेजबाट नै उठाई लगी राम धुलाई गरेछ | हरि सर लाई केही नगर्न मात्र हैन हरि सर नै कालेज भित्र डन को प्रतिनिधि भएको खबर सम्प्रेषण गरे छ |

त्यस पछी के चाहियो, हरि सर भेट्यो देख्यो कि कालेजका सिनियर जुनियर सबले धनुष्टंकार नमस्कार गर्न थाले | चाकडी गर्नेहरु समेत पछी लागे | हेर्दा हेर्दै कालेजको “बोस” बन्नु भए छ | पीडितहरुको रक्षक | “आज से फस्ट इअरवालों का रेगिंग बन्द “ हरि बोस को क्रान्तिकारी घोषणाले फस्ट इअरका छात्रहरुको पूर्ण समर्थन मात्र प्राप्त गर्नु भएन रेगिंग खाँदा खाँदा भात ( रोटी ) खान बिर्सेकाहरुको मसिहा पनि हुनु भए छ |

रेगिंग गर्नी सनियरहरुको नैसर्गिक अधिकार मानिन्थ्यो | रेगिंगका परिकारहरुका पिटपाट त सामान्य भौतिक खुराक थियो भने अन्य अनेक मानसिक यातना समेत पस्किन्थ्यो | सेकेन्ड इअर देखि फाइनल इअर सम्मका सबै दादाहरुले हरि बोसको सेखी झार्ने गोप्य मन्त्रणा गरे र हरि सर माथि सांघातिक हमला भयो| “ बाल बाल, बच्नु भयो “ | त्यस पछी त हरि सर पूर्ण रुपमा बोस बाट “ डन “ मा रुपान्तरण हुनु भए छ |

यसरी सुरु भएको डन यात्रा क्रमश: झाँगिदै इलाका कै प्रमुख डन हुनु भयो रे |

कालेज जाँदा आगे पिछे दुइ नाले बन्दूक भिरेका बाडी गार्ड हुन्थे | कम्मरमा ८ बोरको देशी तमन्चा हुन्थ्यो | क्लासमा ध्यान दिएर पढ्ने बिद्यार्थी भए पनि पढाइ मा कमजोर हुनुहुन्थ्यो रे | सामन्यतया एक जनाको लागि एउटा कोठा हुन्थ्यो होस्टलमा | हरिबोसको लागि तेस्रो तल्लामा ट्वाइलेट संग जोडिएको डिलक्स ३ कोठा | एउटा आफ्नो लागि , एउटा गार्डको लागि अर्को किचेन | पढ्न चाहि खूब पढ्नु हुन्थ्यो रे | पढाइमा कमजोर भएकाले क्लासका टपर ( स्थानीय भाषामा टापर)हरुको लागि ट्युशन पढाउन आउन फरमान जारि गरिएको हुन्थ्यो रे | यति बेला फलाना टापर आउने , फलानो साब्जेक्त पढाउने |

सेमेस्टरको परिक्षाको समयमा हरि साहेब छतमा बसेर पढ्न रुचाउनु हुन्थ्यो रे| जाडो याममा घाम ताप्दै , गम्छा ओढी पुस्तक कापी र साथ् मा एउटा १२ बोरको दुइ नाले बन्दूक | घण्टा दुइ घण्टा पढाइ सढाइ सके पछी ड्याम्म एक गोलि को हर्ख बढाई गर्नु हुन्थ्यो रे | सारा कालेजबासीलाई चेतना भया “ हरि डन” ले एक च्याप्टर पढी भ्याई सक्यो |
क्रमश:


 
Posted on 01-29-15 12:56 PM     [Snapshot: 2053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

America ma tannai hari dan haru chan. Good read. Thanks Rahul Dai.
 
Posted on 01-30-15 12:19 AM     [Snapshot: 2192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब लाग्यो ठुल्दाई हरि डनको दोहोरो चरित्र पढेर / आशा गरौ यस्तै हरि डनहरुले देशको संबिधान लेख्नेछन कुनै दिन /
अरु पनि पुरानो कहानीहरु जावोस ठुल्दाई / साझामा कथा पद्न नपाएको नि धेरै भयो नि गाठे /
 
Posted on 01-30-15 8:28 AM     [Snapshot: 2262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai, wonderful story and narration as always. Hajurko kathale tanera luaucha sajha ma 😊
 
Posted on 01-30-15 8:35 AM     [Snapshot: 2270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Rahul Dai.. Wonderful story...
 
Posted on 01-30-15 9:00 AM     [Snapshot: 2271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ - हजुरको तीक्ष्ण स्मरण शक्तिको त कायल हो बा म ..... फेरी सम्झेर तेसैलाई यति मज्जाले कसिलो गरि बाट्ने तरिका नि हेर न ..... कर्ने ले भने जस्तै फेरी फेरी पढ्न पाइरहु हजुरका संस्मरणहरु .....
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters