[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 180215 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-10-05 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल आइते!
----
सिरेले बालुवामा खिर्रो थिचेर माछालाई बिख बनाए। नमे भयो, उसोफा भो सिरेको आज्ञा बमोजिम बिख थिचे। भउतेले ढडिया थापे।

जुन खोलीमा पनि छैन, उही खोलिमा भोटी !
आफ्ना पोइलाई बासि, मकै नाठे पोइलाई रोटी !!
... ... ...

भउतेले सुसेल्दै गीत गाम्दै थिए, अनि मैले मार सातो टिपेँ। "ए भउते त्याँ माछा भाग्लान् बढि नकराऊ फेरि।" चूप लाए मैले भनेसी मान्चन् के। उताट नेपे दाजी र पुन्टे अनि लाले, बेसिथाने, बिर्खे गल र फुर्लुगं (माछा टिपेसी राख्नी कोक्रो जस्तो सानो चोयाको भाँडो)बोकेर आए केरे माछा मार्नी भनेसी त।
"ल ल केटा हो आँधिखोले भोटी मैले छोपेँ। ह्यातत्तेरी पच्छर चिप्ले भागो।" मैले माछा फुत्काउँदै भने। "धत्तेरी! यो भउतेले माछालाई बाठा बनाइसकेछन्। भाग्यो नि। कति ठुलो थियो।" म पछुताउँदै माछा फुत्केको रिस भउतेतिर पोखेँ।
"फुत्केको माछा ठूलो देखिन्छ दादा!" भउतेले मलाई सहानुभुति दिँदै भने तर नमे भने माछा देख्न नपाएकोमा पछुताउँदै सोधे, "कत्रो थियो नि दादा?"
"तिम्रा पिडौँला जत्रो थियो, रामोराम!।" मैले अलिकति गफ मिसेँ।

पछि बिख लागेपछि भने माछा अलिअलि निस्के। नेपे दाजीले च्याप्प च्याप्प यार माछा त। साझाका केटाहुरलाई गणतन्त्रमा लट्ठ पार्नी नेपे दाजी अब खिर्राको बिख पाएसी आँधीखोले भोटी के बाँकि राख्न! उसै त खिर्राको बिखमा लट्ठ परेका माछा नेपे दाजीको त हात खोज्दै हिँडे झैँ भो भनम् न।

अनि माछा पोलेर खान लागियो आँधिको तिरमा। उताट पुन्टे दाजीको छोरो भुन्टे र गोताएँको छोरो स्यानु गोताएँ पनि आए। स्यानु टुक्रो दिए केरे सिरेले, "लाओ तिमेरुले खानी जस्तो यही गंगटो छ।" भन्दै गंगटो दिए।
फुच्चेहुर त मख्ख।

तिम्रो बाबु मेरो बाबु माछा मार्न गाको,
तिम्लाई पुच्छर मलाई टाउको बराबरी भयो मायाले! ...

 
Posted on 12-11-05 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोलेको माछा खाँदै सबै रमाइलो गर्दै थिएम्।
एक हुल तरुनि हरु आए अचानक! पाल्पा बाट आएका रे। हाम्रो आइते को एक जना सङ्ग खासखुस चलेको रेछ केरे, दुइजना त गित पो गाउँन थालेचन!
आइते - पाल्पा तिर घुम्या छ नजर
झल्को आउँछ तानसेनको बजार
काली सलल, पाल्पालि मायालाइ सम्झैँ झलल
केटी - मेरो पनि मन् छैन थिर
हुन्न भेट राम्दिको पूलनिर
आँधी सलल, स्याङ्जाली मायालाई सम्झेँ झलल

आइते - माडी फाँटमा म धेरै धाउने
तिम्लाइ भने सम्झनै नआउने
काली सलल, पाल्पाली मायालाइ सम्झेँ झलल

केटी - तिम्रो हाम्रो भैरन्थ्यो देखादेख
भेट गर्नलाई आएनउ रिम्घा लेक
आँधी सलल, स्याङ्जाली मायालाई सम्झेँ झलल


उता चित्रेको चाहिँ कुरा मिल्न लागेको रेच केरे तर केटिले पछि पछि भनेर चित्रे लाई टेन्सन।
अनि दुबैले यस्तो गित गाएचन् -

चित्रे - भन माया पर्खीम म कति
धेरै भयो बसेको पिरती
सुर्जे चन्द्रमा……..
दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा

केटी - गाम समाजलाई अडिनु पर्छ
अझै पर्खि बसन एक बर्ष
सुर्जे चन्द्रमा…….
दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा

चित्रे - बिति सके तिन चारै बर्ष
सधैँ त्यसै भन्छौ र मन मर्छ
सुर्जे चन्द्रमा……..
दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा

केटी - एक बर्ष त बस्न देउ हेर
जानु पर्छ बाउ माइती त्यागेर
सुर्जे चन्द्रमा
हो दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा
 
Posted on 12-11-05 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........
उता लुते (लौ न लौ) को भने कुरा अर्के परेच। चाइनेजो शहराँ गएर अलि अलि अउँरेजी पनि सिकेको....उनले त गित भट्ट्याउन थाले अउँरेजि मिसाएर। फेरि केटि पनि कम्तिको रैनछिन्.....

लुते - यसो हेर्दा खान्दानि थरको, भन माया
भन माया गाम को कि शहरको
तारा खसेछ
त्यसै राम्रो स्याउ जस्तो गालामा झन डिम्पल(Dimple) बसेछ

केटी - गाउँ कि हैन शहरकी म त, तिमि पनि
तिमि पनि कहाँ को भन त
तारा खसेछ
माया तिम्रो त्यो छड्के नजरमा दिल बसेछ

लुते - मनमा मूरि पालेर रहर
आजभोलि आजभोलि बसाइँ छ शहर
तारा खसेछ
त्यसै राम्रो स्याउ जस्तो गालामा झन डिम्पल बसेछ

केटी - देख् ना साथै बोलि नै भयो जाम
झिल्के रैछौ के गर्छौ तिम्ले काम
तारा खसेछ
माया तिम्रो त्यो छड्के नजरमा दिल बसेछ
 
Posted on 12-11-05 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानै उठ्नासाथै हिजो रातीको माइला र दादाको कुरो काँ पुगेछ भनेर था पाउन म मुखै नधोइ चौताराँ आइपुग्या थिं। तेतिकैमा हजुरबा बुढा घरबाड चार भञ्जयाँङ हल्लिनी गरी कुर्लिन थाले।

"यो हनबेद्रो साइँलो, रंग न ढङ्गा' मोरो, हैन यल्ले ब्यान ब्यान न्वाएर मन्तर जप्न नी छोडिसयो कि क्या हो? यल्लै घराँ राखेर भएन अब। उ, एक ब्यानैँ गाउँ भरिका उरन्ठेउला मोराहर्का संगताँ लागेर खत्तम हुने भो यो त।
ए हरिलठ्ठक, जा त्यो फाँटा' हेम्या' घराँ रुद्रि ला' र आ' छु , सिदा पोको पार्या लेरौनै बिर्सेछ, लौ गै हाल्।"

अब परेन फसाद! बुढा' कुरा नमानौं, टिक्न बस्न दिंदैनन्, मानौं, गाउँ भरिका केटी अनि केटाहरुका अगाडिबाट पोको बोक्दै हिड्न पर्छ। जिस्काएर हैरान गर्छन।त्यो गोताएँ र दादाका अगाडि परियो भने ता घर पुगुन्जेलाँ सिदै आद्दि पार्दिन्छन् । पुरी र मुला केरौको अचार त कोसै परा' ड सुङिसक्छन। क्या फसाद अब।
 
Posted on 12-11-05 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु साइँला नि आएचन्.......
हन के हो हजुर्बाउ बुडा ले तर्साए रे? क्यार्न पिर मान्छौ गाँठे हामि हुँदा हुँदै, चाइन्जो चौतारिआँ बसुम, गफ चुटुम, झोल तुइँक्याउँ, चिलिम फुकुम, तास खेलुम,गित गाम दुइ दिनको जिन्दगानी पो हो त गाँठे। बेलाँ रमाइलो नअरे कैले गर्छौ? अब घराँ जानि बेलाँ चाइनेजो ३टा आलुका गाना, एक मुठि मासा दाल, एक दुना घिउ, एक टपरी चामल लियेर हजुर्बाउ लाइ लैदे भैग नि, बुडा नि मख्ख नातिले बिँडो थाम्यो भन्ठान्चन। चाइनेजो सर्प नि मर्ने लठ्ठी नि नभाँचिने कि कसो??
 
Posted on 12-11-05 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्वाल बुढाले चौताराँ कैले काइँ रेडियो बोकेर आउँथे। एक ब्यानै एउडा गीत सुन्या त, हरे शिब। अब गीत पनि कस्ता कस्ता निकाल्न थाले। सुन्दै जाँदा पुर्व तिरा’ एउडा बाँसखुट्टे लबस्तरोको गीत आयो, सुरुमा ता राम राम भन्दै थ्यो, आधुनिक भजन होला भनेर सुन्दै गा’ त,
“छोरो ल्याउँछ केटीसाथि, छोरी ल्याउँछे ब्वाइ
नखर्माउली बुहारी त सुकुलगुण्डो ज्वाँइ

श्रीमतीले आँखा तर्छे, वल्लो झर्किन्छे
बल्ल बल्ल सुत्न गयो, कोल्टो फर्किन्छे

श्रीमतीका कोठा भरि लिपिस्टिकका बट्टा
भेटे जति सबैसित गर्दै हिड्छे ठट्टा ।

श्रीमतीको सँधै भरि मिटिङ बैठक भन्छे
पुर्याउन आउँछ सँधै जुङ्गामुठे मान्छे”।

पो भन्छ त। कस्तो दु:शासनको पुनर्जन्म धारी र’ छ र न नी। यस्सो सुन्दा त अहिलेको शहराँ समाजाँ मान्छे तेस्तै नै हुँदा हुनन्। तर तेस्तो गीत गाउन लाज कसरी सक्या होला हि?
 
Posted on 12-11-05 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आर्को पल्ट माछा मार्न चाइँ त्यो सिम पट्टीको बन निरा' खोलाँ जानी है?
मैले त्यो हेमे बुढा' छोरो सुन्दरेलै शहरा' ड गुलेली किन्न भनेर पैसा देर पठा' छु। माछा मरे मर्यो, न मरे नि बनाँ टन्नै जुरेली, लाम्पुच्छ्रे, छँदै छन् नी। सिमकुखुरो अथवा तित्रा भेटियो भने ता घराँ खाजा खानै न गए नी भो। कि कसो?

मेरा घराँ चैँ था' पौन हुन्न है। हजुरबौ बुढाले था' पाए भने त मेरा कुकृत्यलै ले र उन्नाइसौं पुराण रच्दिन्छन् फेरी।

अस्ती कुन चाइँले मेरा बाउलै गएर चौताराँ बसेर बिंडी तान्छ रे तिम्रो छोरो, भनेर लाइदेछ। चुरोट किन्न पठाए भने मैले ल्याको बेलाँ दोरार' गन्छन्, बुढा। कैले काइँ यस्सो दश बिसका नोट थमाइदिन्थे हाताँ। अब त गै गो नि।
 
Posted on 12-11-05 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा मार्ने काइदाको उपाय छ नि । त्यो लामखुट्टेबाट बच्ने मछेडधानि हुन्च नि, हो तेसलाइ ढडया जस्तो बनायो , माछा त कति हो कति, अस्तिनै सुरौदाया तेसरि कति माछा मरियो मारियो ।
किन खिर्रो र पिर्रे काट्ने अनि थिच्ने झन्झट अर्नि ?
 
Posted on 12-11-05 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै सल्ला अन्सार घराँ एक थाल भात हसुरेछि हान्नियो सिम तिर। सुरुमा नेपाल्ने, दादा र म मात्तै थेम, पछि बिर्खे माइला नि आए।
"नेपे दाजि काँ गए हुनन्?" भन्दै थे बरा।
फाँटतिरा'ड गए चाँडै हुने तर भख्खरको रोपाइँ, आर्का' आली बिगारिने डरले बरु गोताँया घरनिरको गोरेटो तिरा' ड शनै: शनै झर्दै सिमतिर लाग्नि निधो भो। नेपाल्नेले त मछेडधानी नी ल्याएचन्।
"यिनले चैं बोल्या पुर्यौंचन् है"। माइलाले भनिहाले।

गाउँ कट्यो। मान्छेहरु पनि बिरालाकोटि यस्सो खेताँ काम अर्न आकामात्र देखिए। मैले मौका छोपेर गुलेली निकाल्दै हात तिखार्न थालेँ।
 
Posted on 12-12-05 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुसारेको गहिरोबाट नेपेसाहिँला खुस्रुक्क भुतेरहातिर झर्दा खेरि, बुढो सल्लोको खोलातोर लत्रेको हाँगाको झुपुल्लो परेको ठामबाट २टा तामे ढुकुर भुर्र उडे।
तामे ढुकुरले पुनि चिन्छ्न् के यी गुलेली खेल्नी केटाहुर बदमास छन् भन्ने कुरा।

आलु र तामा हजुर,
छेपारोलाई जामा, भ्याकुतोलाई इस्टकोट
हाऽ है, भ्याकुतोलाई इस्टकोट!

एन्द्रकमला फूलको हजुर,
वासना मिठो चल्यो, कहाँ होला
त्यसको बोट!
हा हैऽ, कहाँ होला त्यसको बोट?
हा हैऽ, कहाँ होला त्यसको बोट?
... ... ...


तल खोलाँ भने केटाहुर माछा खोज्ने धुनमा थिए। आज माछा बिरालोले गुँड सारे झैँ ठाम सारी सारी माछा खोज्दापनि हात नलागेसी घरि छेपारोतिर घरि भ्याकुतातिर हेर्दै थिए केटाहुरले त। अझ नपुगेर ढुगांमाथि पो सुत्छन् बा, पौडर ज्यान तताउनलाई के। दमैको राजुले आफ्नो पालिवाला टोपी हातमा लिँदै नेपेसाहिँलाको गुँलेली माग्यो। "यी ढुकुर सुकुर नमार् त ए पापी!" राजुले मासु खाए नि यी चल्ला सल्ला खाँर्दैनथ्यो के प्रकृतीप्रेमी छ। मन पनि कमलो छ के केटोको।
 
Posted on 12-12-05 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउते सं कति धेरै तुरुप रैचन, पुरानो चौतारिआं गको गए छ । सप्पैका तुरुप जति तेतै परे जस्तो छ, सबै गनेसमान, भउते निल खाने भो गाठे । ल है भउते भरे पाटन ढोका भेनाकां जानु पर्च ?
 
Posted on 12-12-05 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..अस्ति लालेहरुले द्वाली थुने देखुन मलाई नि माछा मार्नी रहर चलेर हूरहूरी भई मेला पाताँ मनै लाउन सकेको छुइन। फेरि घरका जानवच्चालाई मासुमाछा नख्वाको पनि जुगै भएकोले अव वसेर भइन् भनेर बिहानै ठंकर प्रसादको डेरातिर लागे। ठंकर प्रसाद मुन्छे चाँहि तराई तिरका हुन्, तर दुई महिना देखि जिल्ला सडक विभागले मटर बाटो खन्नी भनेर ठेक्दार वनाएर पठायसी त्यही मोटी होटेल्नीको घराँ एउटो कोठो लेर बसेकाछन। म पनि बाहिरका मुन्छेसंग छिट्टो मिल्ती गर्छु, फेरि तराईका मुन्छे घर सम्झेर गारो नि हुँदो हो भनेर त्यो मानेको हात अलिकति मुइ (मही) पनि पठाइदेकोथेँ अस्तिनै।

‘आज कतावाट आइलिइदिनु भयो काका’ भन्दै ठंकर प्रसादले उनको कोठा भित्र लगेर खाटमा बस्न भने र कोठैबाट झ्यालतिर हेर्दै तल ‘चाय’ ल्याउन अराए मोटीकी छोरीलाई। पहिला त अलि अप्ठेरो लागेर भनम कि नभनम भओ त्यस पछि चाँहि ‘मोही माग्नी ढूंङरो किन लुकाउनी हो’ भनेर खुसुक्क ‘ल ठेकदारसाप्, तो पहरो फोर्न ल्याको बोम (Bomb) हरुबाट एउटो दिन परो, बरु माछा मार्न तपाइँपनि आम’ भने। शुरुमा त बुढाले अलि हुन्न जस्तो गरे तर पछि मैले ‘हेर्नुस ठेक्दार साप्, कसैले था पाउन्नन, त्यो सिमोरवोटको काली र (रह) मा हान्नी हो, त्याँट त जति चर्को पड्केनी ठाना (Police post) सम्म त ज्यान गए नि सुनिन्न’ भनेर भनेसि चाँहि वल्ल ‘काका, हुजुरले भनिदिएकोले मात्र हो, और लोगलाई नभनिदिनुहोला’ भने। त्याँसि चा खाइयो, अनि उनको अपिसको इस्टोराँ (store) गएर एउटो बोम गोर्खापत्रमा बेरेर दिए। उनि आफु चाँहि नआउनि तर एक सेर माछा पछि उनलाई पठाउनी कुरो भओ।

त्यतैबाट लालेको घराँ गएँ। लाले डोको बुन्दइरैच। तेलाई करेसाँ लएर मेरो पिलान (plan) सुनाएँ। केटो दंग परो गाँठे! माछा भनेसी लालेले र्याल काढ्न थालिहालो। अनि लाले र म डोको वुन्दै द्वालीका बारेआँ गफ गर्योँ एकछिन। यो द्वाली चहिँ मलाई मन पर्दैन गाँठे। कि परार साल थकालीहुरले गरे झैं खोलै फर्काउनु परो, हैन भने यो तुर्के द्वाली थापेर जितिन्न। ट्याम पनि धेरै लाग्नी, माछा नि धेरै नपर्नी। खोलो नि यता टाल्डा उता भल उता टाल्डा यता भल, हैरानै! फेरि तो खिर्रो थिच्दा आँखाँ लाउनि डर! पोहोर भङ्ली दमिनिको छोरोले खिर्रोको चोप आँखाँ लाएर धन्न आँखो फुटाएन, फुलो अझै छ देब्रे आँखाँ। माछालाई बिख् पनि हुन्च कि हुन्न कुन्नि तो खिर्रो। माछा लोलाए जस्तो मात्र गर्चन, पानी धमिलो भएर हो कि त! विख भा त ठहरै पार्नी थो!

साँझ तिर नमे, लाले, बिर्खे, सिरे, भउते, दादा, पुन्टे, साँइला, जंगे सप्पै भएर सिमोरवोटको काली र तिर गइम्। गोताएँनि मन नलाइ नलाइ, ‘ब्या गरेसि चेन् (change) भओ’ भन्चन् भन्ने डरले यामकलालाई छाडेर आओ।
खोलो पुगेसि कता तिर बोम ठोक्दा ठीक होला भनेर दादा र मैले आँखा लाइम्। बडेमानको ढुंगोमुनि ठुल्ठुला माछा सल्बलाको दादाले देखेसि तेइँनिर हान्नी सल्ला भओ। त्याँसि मैले बोमलाई लाम्चो ढुंगोआँ बाँधे र सिरेलाई चाईँ सिखरेट सल्काम्न लाएँ। केटाहुरलाई ढूंगा पछाडि लुक्न लाएर म र सिरे अगाडि गइम्।


क्रमश…….
 
Posted on 12-12-05 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो लात्ती (kick) ले किन यसरी खुट्टा फाले नि? ए कोदाको ढिडो !
लौ ठिटाहुरले त माछा मारेर खोलै सुकाएछन् ।

माछी मारन है केटा हो
आफ्नीहरुलाई सम्झेर, माछी मारन !
 
Posted on 12-12-05 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(For those who can't read the above post...)

.....अस्ति लालेहरुले द्वाली थुने देखुन मलाई नि माछा मार्नी रहर चलेर हूरहूरी भई मेला पाताँ मनै लाउन सकेको छुइन। फेरि घरका जानवच्चालाई मासुमाछा नख्वाको पनि जुगै भएकोले अव वसेर भइन् भनेर बिहानै ठंकर प्रसादको डेरातिर लागे। ठंकर प्रसाद मुन्छे चाँहि तराई तिरका हुन्, तर दुई महिना देखि जिल्ला सडक विभागले मटर बाटो खन्नी भनेर ठेक्दार वनाएर पठायसी त्यही मोटी होटेल्नीको घराँ एउटो कोठो लेर बसेकाछन। म पनि बाहिरका मुन्छेसंग छिट्टो मिल्ती गर्छु, फेरि तराईका मुन्छे घर सम्झेर गारो नि हुँदो हो भनेर त्यो मानेको हात अलिकति मुइ (मही) पनि पठाइदेकोथेँ अस्तिनै।

‘आज कतावाट आइलिइदिनु भयो काका’ भन्दै ठंकर प्रसादले उनको कोठा भित्र लगेर खाटमा बस्न भने र कोठैबाट झ्यालतिर हेर्दै तल ‘चाय’ ल्याउन अराए मोटीकी छोरीलाई। पहिला त अलि अप्ठेरो लागेर भनम कि नभनम भओ त्यस पछि चाँहि ‘मोही माग्नी ढूंङरो किन लुकाउनी हो’ भनेर खुसुक्क ‘ल ठेकदारसाप्, तो पहरो फोर्न ल्याको बोम (Bomb) हरुबाट एउटो दिन परो, बरु माछा मार्न तपाइँपनि आम’ भने। शुरुमा त बुढाले अलि हुन्न जस्तो गरे तर पछि मैले ‘हेर्नुस ठेक्दार साप्, कसैले था पाउन्नन, त्यो सिमोरवोटको काली र (रह) मा हान्नी हो, त्याँट त जति चर्को पड्केनी ठाना (Police post) सम्म त ज्यान गए नि सुनिन्न’ भनेर भनेसि चाँहि वल्ल ‘काका, हुजुरले भनिदिएकोले मात्र हो, और लोगलाई नभनिदिनुहोला’ भने। त्याँसि चा खाइयो, अनि उनको अपिसको इस्टोराँ (store) गएर एउटो बोम गोर्खापत्रमा बेरेर दिए। उनि आफु चाँहि नआउनि तर एक सेर माछा पछि उनलाई पठाउनी कुरो भओ।

त्यतैबाट लालेको घराँ गएँ। लाले डोको बुन्दइरैच। तेलाई करेसाँ लएर मेरो पिलान (plan) सुनाएँ। केटो दंग परो गाँठे! माछा भनेसी लालेले र्याल काढ्न थालिहालो। अनि लाले र म डोको वुन्दै द्वालीका बारेआँ गफ गर्योँ एकछिन। यो द्वाली चहिँ मलाई मन पर्दैन गाँठे। कि परार साल थकालीहुरले गरे झैं खोलै फर्काउनु परो, हैन भने यो तुर्के द्वाली थापेर जितिन्न। ट्याम पनि धेरै लाग्नी, माछा नि धेरै नपर्नी। खोलो नि यता टाल्डा उता भल उता टाल्डा यता भल, हैरानै! फेरि तो खिर्रो थिच्दा आँखाँ लाउनि डर! पोहोर भङ्ली दमिनिको छोरोले खिर्रोको चोप आँखाँ लाएर धन्न आँखो फुटाएन, फुलो अझै छ देब्रे आँखाँ। माछालाई बिख् पनि हुन्च कि हुन्न कुन्नि तो खिर्रो। माछा लोलाए जस्तो मात्र गर्चन, पानी धमिलो भएर हो कि त! विख भा त ठहरै पार्नी थो!

साँझ तिर नमे, लाले, बिर्खे, सिरे, भउते, दादा, पुन्टे, साँइला, जंगे सप्पै भएर सिमोरवोटको काली र तिर गइम्। गोताएँनि मन नलाइ नलाइ, ‘ब्या गरेसि चेन् (change) भओ’ भन्चन् भन्ने डरले यामकलालाई छाडेर आओ।
खोलो पुगेसि कता तिर बोम ठोक्दा ठीक होला भनेर दादा र मैले आँखा लाइम्। बडेमानको ढुंगोमुनि ठुल्ठुला माछा सल्बलाको दादाले देखेसि तेइँनिर हान्नी सल्ला भओ। त्याँसि मैले बोमलाई लाम्चो ढुंगोआँ बाँधे र सिरेलाई चाईँ सिखरेट सल्काम्न लाएँ। केटाहुरलाई ढूंगा पछाडि लुक्न लाएर म र सिरे अगाडि गइम्।


क्रमश…….
 
Posted on 12-12-05 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर काका बुढा, अस्तिन त धम्की (दमको रोग) ले गर्दा राम्ररी बोल्न सक्दिन भन्थे लाले हुर सित । आज त
चईनि बिपत्तै सित फलाकेका छन् है बुढा त । स्यानी-आवैंले के अरिचन् कुन्नि ?

अस्तिन मलाई नि बिहानै क्यारम क्यारम भओ र चईनी लाले कहाँ गएर चा-पानी खान परो, दिउँसो तिर गोरु
जुधाम्नी कि तेस्तै केही गर्नी सल्लाहा अरम्ला भनेर लाले कहाँ गएँ केरे । लाले त एकसरो मुन्छे केरे, अब
स्वास्नी भाको भए पो चईनी बेलाँ घर-धन्दा अर्थीन् र । भर्खर चईनी दैलो-पिँढी पोतेको रैच केरे, त्याँसी लुँडो र
रातोमाटो घोलेको पोतारी (भाँडो) चईनी मझेरीमै राखेको रईच । तेती सकेसि आफू भनि अँगेनाँ चईनी आगो
ताप्दै चा पकाईराको रैच केरे ।

खास त चप्ली (चप्पल) त दैला (ढोका) को बाहिर पट्टी जो खोल्न पर्नी त हो, तर अब भर्खर लिप-पोत गरेको
ठाममा चईनी खाली खुट्टा हिँडिदिनी हो भने त मेरा खुट्टाको छापै छाप पर्नी भओ केरे लालेका घरको दैला हुँदी,
मझेरी हुँदी चईनी जताततै जो । तेसो भएर मैले नि चप्ली लाएर जो भित्र जान्चु भनेर गाको त नराम्रो सित
चिप्लेँ केरे । सन्नीका भर जो परेँ तो पोतारीमा झन् । धन्न लालेले फेरि उठाए मलाई र त्याँसी घर आएर चईनी
कालो हलेदो र चईनी गाईको घीउ खाको त आर्को उल्का आईलागो केरे । के भओ भनि ठोक्किएको ठाम त चईनी
पहिले भन्दा पुनि तगडा भओ केरे, गाईको घीउले होला कि कुन्नि ? जे होस्, अहिले त सप्पै चईनी ठीकै जो छ है ।

अनि काकाले चईनी माछा मारेको कुरा अर्दै हुनुहुँदो रैच केरे, चईनी लालेलाई गँगटाले टोकेको कुरा र चईनी चेपागाँडा
(tadpole) लाई नेपे साँहिलाले चईनी हिले माछा भन्दै हामीले नदेख्नी गरी जाँगेको खोल्तीमा पानी कागत (प्लाष्टिक)
को झोलाँ लुकाम्दै अरेको कुरा पुनि भन्नुहोला है, क्यार्न छिपाम्न परो र गाम्ले हुर सित जो त ।

Keep rolling...
 
Posted on 12-12-05 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्जे दक्खिना'ड पच्छिउँ ढल्न्न ढल्न्न आँट्या हुँदो हो। लात्तिको बोम देखि लेर माइला' मछेडधानी सब ला'र सिमखोला' माछा निखारियो।
र न नि के बिदि रचन नि। सबका भागाँ दुइ दुइ पसरी माछा परे। उता राजु चैं कालीमाटीका मुर्ति बनौंदै रेछ। एउडा शिबलिङ्ग त बनाइ नि सयछ। अब धेरैबेर खोला किनाराँ बसेदेखिन् (भुत) लाग्नी भा' भेर घर तिर हान्निने निधो भो।
फाँटको बाटो हिड्दै थेम।सिम सिम पानी बर्खिन थाल्यो। सुख्राम्याँ खेताँ रोपाइ चर्किंदै रेच। खाजा खाइवरि रोप्न सुरुके गर्याथे, पर्कितिले धोका दिइ गो। सुइइइइइया सुस्केरा हाल्दै भँडार्नी भौजु हतारिंदै घुम खोज्न तिर लागिन्।
'ह न ए मारानी हो, यस्सो असारे गाऔ त'। सेउसे दाइ, जो बउसे गर्दै थे, रोपार हर्लै जोस्यौन लागे। सुख्राम्या खेतको साँधाँ नानीराम्या खेताँ पनि रोपारको तँ छाड म छाड थ्यो।
भँडार्नी भौजुलै कल्ले त्यता' ड डाइलक हानिगो।

सालको पात बसालेको भात गैसक्यो उम्लेर,
असार्को रोपाइ आउनुभो तपाई छाता हैन घुम्लेर।
 
Posted on 12-12-05 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साईलोलाई रउसी र माछा लागेजस्तो छ! पुसाँ असारे गीत गाम्दै हिँड्या छ!

(गीतको लय हेर्दा काठमाडौँको काँठे भाकासंग मिल्दो देखिन्छ। )
 
Posted on 12-12-05 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त खोलैतिर बसेँ ओडाराँ, घुम पनि थिएन, पानि कागज पनि थिएन, छाताका कुरै नअरम्।
सञ्जुपनि वन गऽकि रैछ केरे आधी डोको घाँस लिएर भिज्दै आई। भिज्दाखेरि कति राम्री देखिन्छे नि।
अनि -याले खोलाऽ छेउका ओडाराँ बसेर गफगाफ अर्दै पानि बिदो हुन्छ कि भनेर कुर्दे अरियो।



-याली खोला बगर,
काफल पाक्यो लहर,
माया आउन बसन, लाग्यो रहर!

मर्नु र बाँच्नु बराबरी, के छ कराकरी?
मुटु छ र माया लाग्यो, आँसु सरर!

-याली खोला बगर,
काफल पाक्यो लहर,
माया आउन, बसन लाग्यो रहर!
... ... ...

 
Posted on 12-12-05 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, गोताएँले त बिर्सेचन।
अब असारे गीतमात्तै काँ हो र, याँ त माछा मार्न नि गइया छ। मैना पुसा भे नि कुरो असार्तिर कै भैरा' छ के।चौताराँ आफ्नो कुरो अर्नलै मैना जुन भे नि के भो र, हैन र?
 
Posted on 12-12-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँले गीत चैं थाप्पाइ हाले। काँ को अनेर।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters