[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 259607 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-16-07 6:21 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    कसरी था'भो रिसाको राहुलदा??!!नमस्ते अरेनन् भूनेर हो ?
    ल टक्र्याए हजुरलै नमस्कार!!! तारेमाम भन्न आम्दैन के रे ।

    नमस्ते अरे है मुइले नि । लु गौतमजी ले स्वागत अर्नुभे'छ हरिशजी (RajaHarischandra)लै कति टाढा बड आम्नु भ'होला कुन्नि भोकप्यास केहि लाग्याथ्यो कि ?
    :D
     
    Posted on 02-16-07 6:45 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    शिवरात्री, चिलिमे जदौ!

    को को छन कुन्नी, हरिशजी लाई स्वागत, मास्टर्नी दिदी, गोतामे दाजु, ठुल्दाइ बाँकी सप्पैलाइ नमस्ते।

    लु ग्वाँचे, लागुम त भउत्या घरतिर, मोज गर्नुपर्छ।

    :-)
     
    Posted on 02-16-07 6:51 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हाउँरा सत्यवादी हरिश (RajaHarischandra) ब्रोलाई स्वागत छ चौतारीमा!
    तारेमाम है, चौतारीका नयाँ मित्र लाई । बरु सत्यबादिमित्रको चिलिम तान्ने बानी छ कि छैन ?
    हैन मिस्, मैले ठट्टापो गरेको, गृहकार्य नगर्दा झापारेको नि रिसाएको भन्ने म पनि बुद्दु नै ल जा ।

    गोतामे, सानो कान्छा, ह्यारी सबै लाई जय शम्भू । अलिकति बाकी छ शिब जी को प्रसाद, लाइनमा बसेर आउनु होला ।
     
    Posted on 02-16-07 6:54 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हे हरी मेरो भागको नमस्ते खै? :p
    ग्वांचे, हरी, भाउते एकै गामका? :O कस्तो रमाइलो।

    चिसोले मार्न आंतिसक्यो। खै आफ्नो गाममा कोहि छैनन यस्सो भेटघाट गर्न नि। :(
     
    Posted on 02-16-07 7:12 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     
     
    Posted on 02-16-07 10:05 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    धन्यबाद है, मलाइपनि चौतारि मा बस्न दिनुभएकोमा। गौतम ब्रो, तिमिनै भएउ मेरो चौतरि को पथप्रदर्शक यार्। मिस, आउन त बाटाबाटै आएको, तल्ला पधेराको चीसो पानी खाइयो, तेति तिर्ख लागेको छैन, भोक लागे पछि त, हजुर कै ढोका ढक्ढकाउनु पर्ल नि।
     
    Posted on 02-16-07 10:06 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्कार गरे है चौतारीका सबै आफ न्त हरुलाइ !
    खै हाम्रो प्याला र रौसिको त कुरै छैन यार ।
     
    Posted on 02-16-07 10:20 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    के छअअअअअअअअअअअअअअअअअअअ हउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ गाम्ले हो !

    भउतेका तर्फबाट यो तिनपाने जदौ स्विकार्नुस्।

    आज सुक्रबार, सबैजना धोबिनीका भट्टीमा गुटमुटिएर बसे जस्तो छ।

    ग्वाँचेलाई ठूल्दाइले बाटैबाट बुटी सुँघाएर पठाको रे'छ। ग्वाचे तगेरादेखि नै हललललललललल हाँस्दै आए। किन हाँसेको भनेको त, "जिम्मालका भैँसीले फुल पारेछ। बुढाले फुल थाप्न भनेर बोरा लिँन दुकुरेछन्। फर्किँदा खेरि त फुल भुइमा खसेर फुटिसकेछ। थुक्क जिम्मालको बुद्दी, भैँसीको दिन आए पछि त गोठैमा बोराको जगेडा गरेर राख्न पर्छ नि। बुढा को उमेर मात्र ढल्क्यो, सुद्दी कहिले ढल्केन हाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहा" गर्छन के रे ग्वाँचेले। आज शिउरात्री, हाउँले कुरा बुझिहालेम नि। आज त गाममा मुन्छे नबहुलाको देख्यो भने मात्र अचम्म मान्नुपर्छ। :p

    ६वटा बोतलमा २टा त बाटैमा कता कता ठोक्क्याएर फुटाएछन के रे। ४वटा ल्याइपुर्याका थे। फेरि यहाँ आएर नि उत्पात के। कुखुराको गिदी, मुटु, र आन्द्राको भुटुवा बनाउनुपर्छ भन्दै भालेको टाउको सिमी छोडाको जस्तो कोट्याएर गिदी खोजेको खोजेई। खसी हैन के ग्वाँचे, यो कुखुरो हो भन्छु मैले। "तँ बाठो न भ त भउते। गिदी भनेको जेको नि हुन्छ।" भन्दै त्यै टाउको कोट्याउँदै बसेका थे, एकोहोरो। हैन यो बुटीले कुनै कुनै मुन्छेलाई त के सारो १४ भुवन देखाउने रेछ। निशे, हरि र मैले ४ बोतल र कुखुरो सक्दा सम्म, ग्वाँचे त्यै कुखुराको टाउको घरी मुसार्दै, घरी कोट्याउँदै गिदी खोज्दै बसे के रे। एउछिन पछि बुटीले छोड्यो भने झर्लान नि चौतारी तिर। :p

    हरिश ज्यु नमस्कार छ है। हउर त के भाको के त्यस्तो। गाम्लेले ढेँडु लखेटेजस्तो लखेट्छन कि भनेर पहिले नै भाग्नलाई तयारीका साथ चारखुट्टाले टेकेर ढेँडु बनेर बस्नु भे छ त। के का लखेट्थे हउरलाई, आफ्नै जात बढेको देखेपछि त खुशीले उफ्रिँदै स्वाअत अर्छम के रे नि। यहाँ सबै ढेँडु नै त हुम नि। सर्कस देखाउन पो पुच्छर लुका'र २ खुट्टाले टेकेर हिनेको सबै।
    हउरलाई यो भउते ढेँडुको तर्फबाट पिठ्युँ कन्याउँदै स्वाअत अरेँ है। :-)

    एउफेर फेरि सप्पैलाई रात्रीकालीन जदौ।

    :-)
    -भउते
     
    Posted on 02-16-07 10:31 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भउते गुरु, बूटिको कमाल हो कि बूढिको कमाल । शिव आराधाना त बहुत अच्छा गएछ । दिल खुश भो । एक चिलिम बोनस् ल बुढाको तर्फ बाट ।
     
    Posted on 02-16-07 10:33 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बुढी को तर्फ बाट हुन गएको मा सच्याइ पढि दिनु होला ।
     
    Posted on 02-16-07 10:35 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मलाई जोडी मिल्ने आए छन कि क्या हो, शिब भक्ती ?
     
    Posted on 02-16-07 10:42 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यस्तै हो ठूल्दाइ / ठुल्दिदी बाटो चिप्लो छ, धानिन्छु भन्दा भन्दै नि चिप्लिन्छ। अरुले नदेखि फेरि उठ्न खोज्दा झन सब्ले थाह पाउने गरि चिप्लिन्छ। :-)

     
    Posted on 02-16-07 10:44 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चिलिम बढी लागे छ जस्तो छ आज सब लाई ।
     
    Posted on 02-16-07 10:49 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    खित्... खित्... खित्...
    मो ओभरडोज भएर चौरीमा सुतिराखेको कि, साईडमा राहुल सुड्डा बबाsssल तानिराको, अन्त पर देखि भाउते सोम स्टिक भर्दै आयो हैन , तिनै जना मिलेर हर्रामि तानेको त भरे ठुल्दिदि लाई गन्धले लागिराको! मो त सेन्टिफ्ल्याट भयोन्तनि हौ, ठुल्दिदि डिट्टो ठुल्दाईको स्टाइन दिन थालेको नि त फिरि! :O

    चित्रे सोमलाई थ्यांक्स छ ल चौतारी दामि भनाएको भएर!

    लु कोहि छ एक राउन्ड तान्ने?
     
    Posted on 02-16-07 11:07 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भउते गुरु को शिब महात्म्य पढेर खूब हासियो, भाङ खाए छ भन्थान्दो हो, निश ब्रो अझै एक चिलिम धान्छ यो ज्यान ले, आज बडा च्यालेन्ज दिए छ कसैले । तनुम्, जय सम्भू ।
     
    Posted on 02-16-07 11:38 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    '....के का लखेट्थे हउरलाई, आफ्नै जात बढेको देखेपछि त खुशीले उफ्रिँदै स्वाअत अर्छम के रे नि।..' देवरजीले ठिक कुरो अर्नुभो
    अनिखेरि यि नेप्ची चै ठूल्दाइको भाषा पो बोल्छिन त।
    यस्तै हो निशान्त ।।अहिलेचै खित खित खीत अर्छौ .....उ बेलाँ .....कि स्क्रिन हेर्ने न कि चै के लेखे नि त भुनेर हेर्ने बानी अर्नु पर्छ के नत्र ठूल्दिदी - ठू्ल्दाइ हुन बेर लाउदिनन। कसो नेप्ची बुइनी ?

     
    Posted on 02-17-07 2:36 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ नमस्ते गरे है सबै गाम्ले हरु लाइ । लौ गाम्ले हरु तपाइहरु आफै भन्नुस यो फोटु मा भका को को गाम्ले हुन ।

     
    Posted on 02-17-07 4:11 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सिरे, यामे, सान्कान्छा र जमुनीका बा।
     
    Posted on 02-17-07 5:04 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हे हे हे दादा के भन्या, काँट हुनु यामे तेहाँ ?
     
    Posted on 02-17-07 6:50 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    कहाँ बाट म हुनु नि त्यो फोटु मा यो त हिजो चौपारि मा बसेर चिलिम र खोइलाबिर्के (गाम को लोकल) तान्ने हरु को फोटु हो । सिरे दाजु त अहिले जमुनि सगँ हुनुहुन्छ होला । किन चौपारि मा आउनु हुन्थ्यो र ।म हिजो दिन भरि दाउरा काटन गको लखतरान , चौपारि मा आउन पाइन नि । दादा पनि जे पायो तेहि बोल्नु ।
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    ए १ पनि पुगेनछ ?
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Funny when Nepalis talk about Epstein and injustice
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    नेपाली वालमार्ट चोर
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    When will Nepali women be equal?
    Why Prachanda seems to be the smartest of them all?
    When will the culture of impunity end?
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
    Can we really get rid of Nepotism in the government?
    बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    Sukulgunda 2.0 / www.sukulgunda.com
    How many ministries do we really need?
    Why Oli must go for the UML to survive?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters