[Show all top banners]

Regal
Replies to this thread:

More by Regal
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 गुराँस टिप्ने टुर !

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 22102 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-08-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                         गुराँस टिप्ने टुर !

 

" बन्दुके sss ए बन्दुकेssss ए मरीस कि क्या हो लाटीको पोइ "
मध्यरातमा सासले बोलयेको सुनेर खङ्रगै भयेँ। पुल्लुक्क झ्यालतिर हेरेको ढाडे बिरालोका जस्ता दुइटा आखाँमात्र देख्छु। पिसाबले निद्रैदेखि च्याप्या रैछ झन् डरले गर्दा त चुहिएला जस्तै भो। औँसि-पुर्नेमा मसान आऊछ भन्थे साच्ची हो रैछ भनेर आफ्ना भने हाथ् खुट्टा चिसा भए।
" ए एक चोटि उठेर पनि फेरि मोनालिसा पोजमै निदाइस् कि क्या हो सत्तुर?"
अब भने बोलि चिन्या चिन्या जस्तो लाग्यो, तैपनि बत्ति नबालेरै नियालेर हेरेको त श्रवण पो रहेछ झ्यालमा।
"आधा रात म किन जल्काएर मोरिस तेरो बा लाई"मैले रिस पोखे।
" हिजै कुरा भा होइन त झन् बिहान त्याँ दुलालको चिया पसलमा भेट्ने सबैजना भनेर" अलिक सम्झाउने स्वरमा भन्यो।
"बिहान भन्या हो तनि राती भन्य हो त?" आफ्नो भने रिस् मर्या होइन।
" कन्डोमा झलमल्ल घाम् लागे पछि मात्र बिहान हुने हो र ?"  ऊ पनि निमोठिन्छ के रे।
" येति बेला त तेरो बाज्या घरको बहुला भाले पनि बास्या छैन होला" मैले बत्ति बाल्दै भने।
" येत्रा छैन, चार बजि सक्यो। ल ल छिटो छिटो तयार हो म बाहिरै पर्खिन्छु" उस्ले कुरो फाइनल गर्यो।
 
जक्सनमा पुग्दा त राजु, किरन, सुरेन्द्र पहिलानै पुगेर साहिँला दाईलाइ चिया बनाउन उठाइ सकेका रहेछन।
"येह् बल्ल आऊनु भएछ त दुलाहा त" सुरेन्द्रले घोचपेच सुरु गर्यो।
" यो सर्पाले तर्साएर उठायो नि" मैले नि गाल पार्ने कोशिश गरेँ।
" येस्ता छन् साथी भनाउदा, उठाउन जानु पनि छ, अब्जस खानु पनि छ। येह काले! बरु गुटखा छ कि ले त खाम्" श्रवणले हात पसार्यो।
" छैन सर्पा अहिले, बरु अब चिया खाने, दुइ चार् सर्को राजुले ल्या चुरोट तान्ने अनि हल्लिदै इस्कुलतिर लागम्ला" किरनले एक पोका गुटखा जोगायो।

यसरी सुरु गरियो त्यो दिन। हुन त शैक्षिक भ्रमण जाने भनेको रात् हामीलाई निद्रा पट्टक्कै नलाग्ने, कहिले बिहान होल र दुगुरम्ला भन्या जस्तो हुन्थ्यो। सात क्लासको पोखरा टुर जाने बेलानि एस्तै गर्यो हो, बिहानै उठेर हामी भनेर बजार चौराहामा बस कुरेर बसियो , बसले भने हाम्रा घर अगाढि बेपत्ता हरन् बजाएर गाऊले उठाएछ। नौ क्लासमा भने जाने बेला जस्तो तसो मेसो मिलाइयाथ्यो, तर आऊने बेलामा राजुहरुले "गुरुजि"लाइ पनि आफुसङै बसाएर बेस्सरी LT ख्वाएछन उस्को पालो फाल्दियो बस छिन्चुको भिरबाट तल्तिर। कस्सो सबैको भाग्य दरो रहेछ र कसैलाई केहि भएन, साना तीना घाऊ त म लगाएत धेरैलाइ लाग्याथ्यो तर पनि चार हाथ खुट्टामा सबैले भिर आफै उक्लेका हुन। भन्न त तेहि accidentको मारले सान्ता मेडमको गर्भ तुहियो रे भन्ने सुन्या हो, तेसभन्दा बढी चाहिँ थाहा पाईयन।
 
तर एस्पाली चाहिं तेस्तो केहि डर थिएन, डर जति सब्बै हाम्रा बा-आमा र हेडसरले मानेछन। तेहि भएर झापा टुर क्यान्सिल गरेर हामिलाइ दैलेख लाने भए गुरास टिप्न। त्यो पनि हिन्दै जाने रे, बाटा घाटाको बनस्पति अध्ययन गर्दै उचाहि बढ्दै जाँदा ताप्मान् घट्दै जान्छ भन्ने कुरा नि बुझ्ने भन्थे केरे। कुरi त हाम्ले नि बुझ्या हो, एस्पाली पनि गाडी चरन चर्न गयो भने त हेडसरको अफिसमा ढुङा फल्छन् भनेर। तर हाम्लाई गाडि भए नि नभएनी बालै भो, अर्काआ ठाऊँमा गएर दाईँ खेल्न पाए पुग्यो।
 
इस्कुलको गेटमा सब जना भेला भएर लागियो ऊकालो, अगाडि अगाडि हमाल सर र पौडेल सर केटिहरुलाई लिएर मोरिहाले, पछाडि पछाडि हामी उनीहरुले उडाएको धुलोमा आफ्नो जिल्ल परेको अनुहार लतारनै पर्यो। हुन त कुनै कुनै नखरमाउलिहरुले हिन्न सकेन सर बिस्तारै आऊछु भनेर आफ्ना पाटनर नकुरेका होइनन् तर आफ्नो त कर्मै खोटो। कुन्तको नर्सरी देखि सङै पढेको निहुँमा येऊटी होमवोर्क सार्न दिनेलाइ पट्ट्याइयाथो तर येस्सै पाली फेरि तेस्को दाई टेस्टमा चिट चोर्दा पकराऊ परेर फेल भए पछि त दाइ बहिनीनै यऊटै क्लासमा भै हाले अनि आफ्ना भने साढे सात सुरु। अस्सत्तिले सुइको पनि कति छिटो पाएछ कुन्नि आज्काल् त नजरबन्दमा पर्žया छ यो ज्यान्। तेस्सै रामकिस्न ढकालको क्यासेट किन्दो हुँ म ।
 
हुन त सङै नभएरै पनि एक किसिमले राम्रै भाथ्यो। रोक-टोक गरेर आमा बन्न खोज्ने त कोहि थिएन टुरमा(के गर्ने सबै भैरब अर्याल मुडमा भा बेला आफुले पनि चित्त बुझाउनै पर्यो नि)।
"ओ इ गुटखा टराई गर्छस, ढुङा रङाउदै जानु पर्यो नी" किरनले मेरो सोचाइलाइ बिथोलेर मलाइ आफ्नो औकातमा ल्यायो।
"हामीसङ पनि छ नि" येस्सो पछडि हेर्छु त सुरेन्द्रले त पुरै लहरै किनेको रैछ, अझ गुटखा पर्दसनीमा आएको जस्तो लहरा घाटिँमा बेरेर गलबन्दीजस्तो बनाएको।
"ल ल टराईनै  गर्ने भए ला चुरोट पनि फुकिहाल्न त" राजुले पनि नयाँ पाटनर जन्माउन खोज्यो।
"आज त सब टराइ गर्ने हो" मलाइ फेरि अलिकति जोस्याउन मात्र पर्छ बाकि काम् त जातले पनि गर्छ। च्याप्प समातेर एक् दुइ सर्को ताने। मुटुमा गाँठो परेर, फट्को आऊला जस्तो भो।
"खै खै एता ले" राजुले खोसेर लाग्यो।
"हया मुला ले फिल्टर् नै भिजाइदिएछ थुकले" फ्याट्टै भन्छ केरे।
" उसो भए अब देखि गैडा चुरोट खान दिनु, न हुन्छ फिल्टर न लाग्छ थुक" मैले नि बल्ल बल्ल फिर्ता आएको सास् खेर फालेँ।
" तिमिहरु झगडा गरेर मोर, आफु भने गैइन्छ ऐँसेलु खान, क्या लटरम्मै रैछ त होइ!" स्रवणले बाटाको छेउतिर तुफान् हान्दै भन्यो ।
"पख पख् " हामी ऐँसेलुनै नदेखि सर्पाको पछि दौडिम्।
 
हात पुग्ने ठाउँ सम्मका ऐँसेलु नसकिने बेलासम्म झ्याङ वोरिपरि घुमि घुमि ऐसेलु खाइयो। सकिएपछि भने आफ्नो ग्रुप धेरै माथि पुगि सके होला भन्ने याद् आयो।
"ओ इ सरहरु धेरै माथि पुगिसके होलान्, जाम् यार्। ल है को छिटो पुग्दो रैछ। एक... दुइ... तीन " राजु दौडि हाल्यो। हाम्लाइ थाह छ बिरेन्द्र रनिङ् शिल्डमा ऊ रिले रेस खेल्ने मान्छे हो। त्यो सङ टक्कर गरेर किन दम बढाउनु। बरु बिस्तारै माथ्तिर लागियो। किरनले भन्य जस्तै गुटखा खाएर ढुङा रङाउदै।
बल्ल तल्ल शिद्दापाइला पुगियो, सरहरु पनि तेहिँ रहेछन् येऊटा पसलमा चिया खादै। येस्सो नियालेर हेर्छु त राजु पो चिया पकाइ राछ साहुनी सङै।
"तेरो मामाकि छोरी हुन कि के हो" सर अगडि छदा छदै पनि मुखबाट प्याचै निस्कि हाल्यो।
"काँ उहा त मेरो आफ्नै सोल्टिनी हो नि, हाम्रो बाको गाडी पहिला यो रुटमा चल्ने बेला म पनी आऊथे नी कहिले काहिँ सोल्टिनीलाइ भेट्न बिदा मिलाएर।
" भने पछि कुरा बुझियो"। साहुनि नानी केहि बोलिनन्।
" ल ल , बकवास् बन्द अब हिन्नु पर्छ। अब next stop गुराँसे।खाना तेहि खाने हो। हिन केटा हो अब।" हमाल् सरले हामीलाइ लगाम लगाए।
 
साच्चिकै गुराँसे डाडा नाम जस्तै रैछ, चारै तिर हरियालि, फाट्ट फुट्ट खरले छाएका, अनि कुनै चाहिँ पथ्थर छाएका घर, गाऊँ( हुन त त्यहाँ को लागि बजार पो हो कि)को बिचबाट जाने भर्खरै बनेको दैलेख-सुर्खेत कच्चि राजमार्ग।छेउको प्रहरी बिटपोस्ट सङै कल कल बगि रहेको ढुङे धारो, राजमार्ग तल तिर ओरालोमा साल र सल्लाको जङल, राजमार्गको माथिपट्टि डाडैँभरि गुराँसका रुख्, झन् अहिले त लालिगुराँस फुलेर चारै तिर ढप्पक्कै भयेको, मानौ त्याहाँका कोइली र लाम्पुछ्रेहरु होली खेलेर गाऊदै बसेका हुन्। स्वर्गबाट एक् ढिक्का अबिर् नै खसे जस्तो, हाम्रो आर्ट सरले बनाउने गाउँ जस्तो, अनि अहिले सम्म किताबमा र कापिका खोलमा मात्र देखेको लालिगुराँस, लाखौँको सँख्यामा-आफ्नै अगाडि। अब भने आफ्नो राष्ट्रिय फूल हातमै लिने इक्ष्या झन् तिब्र भो।
 
करिब दुइ-तीन घन्टा ती फूलहरुकै जङलमा बिताइयो, केहि फूल खाईयो पनि, केहि घर ल्याउन बचाईयो तर ठुलो कुरा भने जिन्दगी भरिको लागि येउटा मिठो सम्झना पाइयो।
हुन त त्यो यात्रामा नरमाइला क्षणहरु नभोगेको होइन, चुरोट र गुटखाको लत देखि लिएर पहिलो गल्फ्रेन्डसङ हिन्न नपाएको मन्खत, भोको पेटमा थाडो ऊकालो, थाकेक खुट्टाले फेरि गरगरे ओरालो,तेत्ति लामो हिन्न कहिल्यै बानि नपरेका पाउहरु, चिप्लेर लड्दा लागेका घाउहरु, येउटै क्लासभित्र पनि आ-आफ्नै ग्याङ्, हिन्ने मेन् बाटोमा पनि के-के जाति काँडाका झ्याङ्, टुरमा समेत अडर जमाउने सरहरु, सोध्-पुछ् गरेरै भए पनि भट्टि पत्ता लगाउने चोरहरु, कति मीठा-कति नमिठा........ तर पनि त्यो भ्रमण् र अझ लालिगुराँस सम्झिँदा त बाँकि सबै दुख पिडाहरु फिक्का लागेर आऊछ। मनमा सधै झल्किरहने त केवल् ढकमक्क गुराँस......।


 
Posted on 01-08-08 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नि पर्भौ के भनेको,

उहिले उहिले तितो अमला खुब खाइन्थो, पछि पानी खादाँ मुख मीटो होस भनि भनि,।।।

येस्तै तिता, मिठा कुराले त मन छुन्छ आफ्नो,

लौ न नि दाजै त्यसतो न सोचि दिम, चित्तै दुख्छ भन्या।।।

केटि कै कुरा मा दाजु भाई को झगडा नगरुम, बरु तपई लाई चाहिन्छन भने बिराटनगराँ थुप्रै थरुनि बहिनि हरु छन मुईले चिनेका, एक टडक पठांईदिमला।।।


 
Posted on 01-09-08 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pjna007 thanx for ur kinds words of appreciation

पून्टे दाई !
 म हजुरको कमेन्ट कुरेर बसेको थिय। तपाईलाई भेटेर तर्साउने त मलाई पनि मन छ, टेम् मिलाएर हेरुम्ला नि कस्ले कस्लाई तर्साउने रैछ ।

नेपे दाजी !
मेरो दुबै लेख पढ्ने समय निकालीदिनु भएको नै ठुलो कुरा हो मेरो लागि, झन् मन पराईदिएर त Brownie points नै पाए जस्तो भो मलाइ, धन्यबाद !

SurNataalजी, thank U !

Somewhereondearth जी, हजुरसङ पनी के म जोरी खोजुम्ला त कहिँ, थरुनी बहिनीहरुलाई चाहिँ अहिले टाढै राखुम्, फेरी रिसाएर अधिँया लाउन पनि छाडिदेलान् भन्ने डर ।


 
Posted on 01-09-08 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" बन्दुके sss ए बन्दुकेssss ए मरीस कि क्या हो लाटीको पोइ "

उफ्! कति हाँस्नु यार सुरुमै।

रिकुटे र हाम्रो गामको भाषा त ठ्याक्कै मिल्ने रे'छ हउ। गजब छ ब्रो। साह्रै मज्जा आयो।

अब अर्को कथाको प्रतिक्षामा।


 
Posted on 01-09-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very sweet and nice. :-).


 
Posted on 01-09-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भऊते काजी ज्यु
हजुरलाई हसाउन सकेकोमा खुसि लाग्यो।
अब जहाँसम्म भाषा मिल्ने सम्मको कुरा छ, अब जता सुकै लैजाउ मलाइ यो मन त मेरो नेपालि हो भन्या जस्तै त हो नि ।

kevin ekstrom Sir, i humbly appreciate ur hearty gesture.


 
Posted on 01-09-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे ब्रो, एउटा कुरा सोध्न मन लागेर छिरेको यतापनि, मोटरबाटो बन्या सुन्या थिएँ, कतातिरबाट उकाल्या छ हँ बाटो? त्यो लादेको उकालो त ठाडै लाग्थ्यो त्यतिबेला मोटरबाटो लैजान, कि उता गोठिकाँडा (गोठिडाँडा?) तिर बाट घुमाएर लग्या छ? 
 
Posted on 01-09-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे जिम्माल बा !
मोटरबाटो चाहिँ बिरेन्द्रनगर घन्टाघरतिर बाट हुन्दै कलिन्चोक, अनि कलिकाथान( करगारतिर के)बाट ठाडै उकालोमा नाग्बेलि बनाउदै कटुका-लादे-सिद्दापाइला हुन्दै दैलेखतिर निकाल्या छन् के रे। ब्लास्टिङ् पनि बेस्सरी पट्काउथे के रे ऊ बेला त, तर पछि चाइने के के बादीले आफ्नो अग्रगामि निकासको लागि बाहेक् अरुले जे सुकै निकास निकाल्नको लागि भए नि  पट्काऔने नपाउने जब्बरे कानुन निकाले पछि चाहिँ दारासिङ्(bulldozer)ले काम् चलायेका हुन्।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters