[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 157004 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 07-27-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें

 

:-)

guruji, kitaap nikalu ewuta edit nagarikana sirshak chai " Jasta koTtastai" rakhera..royalty lay khana pugchha..kellai garnu paryo yo kaam saam.....


 
Posted on 07-28-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth,

"...क्यार्ने हो प्रभो??"

अब अर्कालाई लेख्या लेटराँ सेन्टी हुनु भन्दा त बरु उता उर्लाबारीकी सुनीतालाई "लेटर लेखन न मलाई नी--पढ्न मुन लागेर भनेको उल्का हुन आँटी रछ हउ" भन्ने हो कि त? हँ प्रभो? सुनीतालाई अस्ति पोखरिया तिर देख्या जस्तो लाग्छ -- ल है प्रभो--गरी खाम्।

serial,

"दीप ब्रो सकेको हो - नसकिनु पर्ने जस्तो लाग्याथ्यो.."

हो नी प्रभो सकाउन हुन्थ्यो के त तरुनीको कुरा --- राम राम राम---

chipledhunga ,

"लास्टाँ सधैं सस्पेन्स फेरी।"

प्रभो, ससपेन्स त्यै लास्टाँ हुँदा त यो हालत छ झन सुरुमै भा भे त ---

Dipika02,

"क्रमश: छुटेको हो?.."

हो रे छ -- उ बेलाँ आफुले नी क्रमस: देखिएन --आखिराँ त्यो छुटेको क्रमस:ले चुटेको अलि अलि हैन आफुलाई--

Nepal ko chora,

"बाकी भाग नि पढम न त ..."

हस प्रभो ठोक्न पर्छ प्रभो -- पस्किन्छु अर्को भाग भनेको खै -- छडकिन त छडकिदै छ --पाक्ना साथ प्रभोलाई भाग लाई हाल्छु --

...क्रमश:..

 

 

 


 


 
Posted on 07-28-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why all the good writers and stories are so short? please try to make it longer

I am enjoying every words of it


 
Posted on 07-28-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani prabhu chukul ajhhai khulena ?
 
Posted on 07-28-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?  

khai ta arko shrinkhala ?


 
सान्नानी
Posted on 07-28-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiting.......
 
Posted on 07-28-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its not fair..................

yeti dherai ta kurauna paidaina ni yar


 
Posted on 07-28-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि waiting.. waiting..
 
Posted on 07-28-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्यार्न यती सारो कुराहो पर्भो? अर्को भाग पढ्न पाये धन्य हुने थिए।
 
Posted on 07-28-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Norton le bhanejastai ho la mero bhawanaa pani
 
Posted on 07-28-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काममा दाईँ छ अचेल, आज गोरु धपाउनेमा एक लम्बरमा पार्देछन मलाई। अझै धपाउँदै छु। धन्यबाद भन्दै थिएँ साथीहरुलाई त्यो क्रम पनि हतारमा रोक्नु पर्यो।

शृङ्खला बढाउँछु म मौका पाउने बित्तिकै।

साथीहरुको सदभावको लागि हार्दिक आभार।


 
Posted on 07-29-08 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढोग गरेँ प्रभो हजुरको लेखाईलाई ,बांगे पुराणको "प्रेम महात्म्य "परे जस्तो छ यो चाहिँ !चाँडै अर्को भाग पस्किनुपर्यो भन्या!
 
Posted on 07-29-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कुरेको कुरै पार्न त भएन नि पर्भो | कि दुई चार वोटा पुतला दहन नगरी अर्को भाग पडन नपाइने हो ?

 
Posted on 07-29-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिप,

राम्रो छ के राम्रो छ शहिदको कौशी। तर एउटै घटनामा  शृङ्खला त नरोकिनु पर्ने ? 


 
Posted on 07-29-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि फुर्सद ब्यस्तताको बन्दी भयो। क्रम अघि बढाउन सकिएन। भोली चैं शृंखला थप्ने हो। नथपि त भाकै छैन अनि ---
 
Posted on 07-29-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे नकुटेको धेरै भाको छ है दीप bro,

झन लास्ट में दीप देखेर पढ्नु पर्यो भनेर हेरेको त...................

 अली चाडो लेख्नु पर्यो भन्या


btw, i'm just kidding. don't take it negatively hai.

 


 


 
Posted on 07-30-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रस्तुती प्रति आ-आफ्नो बिचार राख्ने साथीहरुलाई पछि सम्बोधन गर्छु बरु शृंखला बढाम कि पैला जस्तो लाग्यो।

******************

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

साँझले रातको भुमीका निभाउन सुरु गरीसकेको त्यो बेला सडक-बत्ती कुपोषणले ग्रस्त हाडीगाउँको त्यो बाटोमा बाङ्गेले किताब फरर पल्टायो फेरी त्यसै गर्यो। म पनि हेर्दै थिएँ। ढुकढुकी ढिक्कि कुटे झैं थियो अघि देखी।

 

"अघि कराउँदै बोलाउँदै गर्या तेस्को बाउ हैन?" बाङ्गेले सोध्यो।

 

"होला नी" मैले भनें। मलाई त्यो कुरा प्रासंगिक लागेन। "बाउले बोला हो कि आमाले त्यस्को के मतलब भो रित्तो किताब भेट्या बेलाँ?" मैले किताब बाङ्गेको हात बाट लिदै सोधें।

 

"बाउले अब तेरो क्षितिजको बन्दोबस्त गर्छ हेर्न -- " बाङ्गेले मुस्काउँदै भन्यो।

 

"किन?" बाङ्गेको कुटील हाँसो हेर्दै म झर्किएँ।

 

"किन अब? किताबमा च्याप्या चिट्ठी काँ झारी  --  भेट्यो होला नी बाउले --" उस्ले भन्यो।

 

"हो त" मैले पनि सोचेँ "साँच्चै झारी त?"

 

"ल ल हिन छडकिम अब -- आउँछ बाउ अहिले तातेर अनि डाम्ला तँलाई पनि। " बाङ्गेले सतर्क गरायो।

 

मैले  शहीदको त्यो कम्पाउण्ड वालमा बन्द ढोका नजिकै पुगेर सुनें। भित्र हो हल्ला केही थिएन। बाङ्गेले नी सुन्यो अनि भन्यो "बाउ अलि सोझो छ जस्तो छ बुझिस -- चालचुल छैन--सम्झाउँदै होला -- ल बधाई छ तँलाई -- "

 

बाटोबाट अलिकति भित्र गल्ली छिरे पछी थ्यो त्यो शहीद गेट -- त्यै कम्पाउण्ड वालको ढोका क्या। मैले त्यता गल्लि तिर नियाल्न थाले -- चिट्ठी त्यतै खस्या छ कि भनेर। मैले बुझेको थिएँ क्षितिजले मलाई मात्र देखेर तल आएकी थिई। किताबमा चिट्ठी च्यापेर आएकी हुनु पर्छ। आउँदा आउंदै बाउले देखेर साझाँ छोरी कता जान लाई भनेर बोला होला।

 

अनि उ चै त्यो किताब मलाई जिम्मा लाएर फर्किहाल्ने सुरमा हुंदी हो। त्यै बेलाँ अघोरी बाङ्गेले मलाई भेट्या थ्यो। क्षितिजलाई मुस्किल पर्या हुनु पर्छ त्यति बेला। बाङ्गेको अगाडी त्यो किताब मलाई दिन उस्लाई पक्कै मन थिएन तर नदिई फर्केर जाँदा बाउको फेला पर्ने सम्भावना बलियो। त्यसैले होला उ के गर्ने के गर्ने को मनस्थितीमा थिई अनि हतार हतार किताब मलाइ दिएर गएकी प्रस्टै थ्यो।

 

मैले गल्लीको भुईँ नियाल्या देखेर "यतै खसल्या भे त हुन्थ्यो नी" भन्दै भुईँ नियाल्न थाल्यो बाङ्गे पनि। कत्ति न उसैलाई देको चिट्ठी हराको हो कि झै थ्यो फेरी बाङ्गेलाई।

 

हामी यता उती हेर्दै थिम, बाटामा शिबदाई झुली रा देखिए। टवाँटको सुरमा त्यसरी उनी कैले त बिहानै देखी झुली रा हुन्थे नभए नी साँझाँ त सधै। भेटे पछि दिक्कै लाग्ने गरी ओगटथे। कुरा नगरे जथा भाबी बोलेर आईलाग्ने। घरै सम्म आईपुग्थे। उनलाई पन्छाउन भन्ने कि मन्छाउन असाध्यै गार्हो थ्यो। मैले बिस्तारै तर बाङ्गेले सुन्ने गरी भनें "उता बाटो तिर नहेर है शिबदाई झुली राछन -- नदेख्या जस्तो गरेर यतै भुईँ तिर हेरी राख -- उनी बाटो लाग्छन अनि बत्तिनु पर्छ।"

 

"के खोज्या हँ?" शिबदाई त हामी छेउ मै पो आईपुगेछन बाटो लाग्न छोडेर।

 

के भन्ने के -- म सोच्दै थिएँ बाङ्गे बोली हाल्यो "सय रुप्याँ नोट थ्यो काँ झर्यो झर्यो"

 

"सय रुप्या रे?" शिबदाई अलि टाठो जस्तो भए।

 

"हो दाई -- गैँडा हरायो नी" बाङ्गेले भन्यो। मलाई चैं हास उठ्यो। हाँस्न भएन।

 

"यही हरा?" शिबदाई पनि सोध्दै  खोज्न थाले।

 

"यतै तिर हो" जस्तो लाग्छ बाङ्गेले सुनायो अनि फेरी थप्यो "घराँ त छोडीन होला -- हाताँ समाति रा थेँ -- घराड त ल्याकै जस्तो लाग्छ -- यो गल्लीमा छिर्दा सम्म थ्यो -- निस्किदा छैन"।

 

शिबदाई "हमें तुम्से प्यार कितना यह हम नही जानते--" लरबराको स्वरमा गाउँदै थिए-- गीतको बोल रोकेर अलि ठुलो स्वरमा भनें "घरैमा छोडीस होला -- जा घराँ गएर हेरेर आईज --यहाँ भेटें भने म राख्दिरन्छु" अनि फेरी म तिर हेरेर भने "जा तँ पनि -- तिमीहरु घरमा हेर म यहाँ हेर्छु -- जस्ले पैला भेटछ मुकेसको भट्टीमा आउने।"

 

"हस दाई, भेटनु भो राखीरख्नुस है" भन्दै बाङ्गे र म मुस्किलले हाँसो थामेर हिनीम।

 

"तिमेरुले चिन्तै गर्नु पर्दैन -- पैसा त म राख्दिहाल्छु नी-- " बर्बराउँदै उनी फेरी खोज्न थाले -- के खोज्या हुन के भेटने हुन कुन्नी --- हामी गल्लीबाट निस्किंदै गर्दा उनी "यह लाल रंग --" गाउँदै थिए।

 

"त्याँ लेटर भेटे भने?" सडकमा आए पछि मैले भनें।

 

भए पो भेट्टाउँछन। हाम्ले हेरेकै हो नी --- कि त त्यस्ले भित्रै झारी--कि किताबमा च्याप्नै बिर्सी" बाङ्गेले भन्यो। डबली अगाडीको पसलमा आईपुगे पछि बाङ्गेले "खै ले त एक चोटी फेरी हेरम" भन्दै किताब म सँग लिएर त्यो पसलको उज्यालोमा हेर्न थाल्यो। म संगै थिएँ। बाङ्गेले पाना पल्टाउँदै थ्यो। अनि देखियो।

 

चिट्ठी भनेर चिट्ठी थिएन तर किताबमै पेन्सिलले केही पंक्तिहरु लेखेको थ्यो। "तरुनी त खुँखार रे छे" बाङ्गेले आफ्नो प्रतिक्रिया दियो। मैले उ सँग किताब खोसेर लिएँ अनि भनें "हेर बाङ्गे यो कुरा कसैलाई नी नभन है -- अरुहरुलाई भनीस भने राम्रो हुँदैन नी फेरी"

 

"अब के राम्रो के नराम्रो -- त्यसलाई हेरेर र सम्झेर गरेर छ सात बट्टा जति चुरोस र एक सिसी जति बाउको रक्सी सकाएँ होला मैले -- तरुनीले लभ चैं तँ सँग गर्न लाई --अब यो भन्दा नराम्रो अरु के हुन्छ?" बाङ्गे दिक्क माने झै गरी भन्यो।

 

म घर तिर लाग्छु भन्या बाङ्गेले "आईज सरसोतीथान पछाडी एक एक राउण्ड तानम -- तेरो लभ मेरो ट्र्याजिडी पर्या दिन" भन्यो।

 

आफुलाई ती पक्तीहरु पटक पटक पढ्न मन लाइ रा बेलाँ --- मैले केही भन्नु अघि नै बाङ्गेको बाउको सरकारी मोटर आयो। राम्रै भयो। बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --

---शृङ्खला कायमै छ ---


 
Posted on 07-30-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"-- त्यसलाई हेरेर र सम्झेर गरेर छ सात बट्टा जति चुरोस र एक सिसी जति बाउको रक्सी सकाएँ होला मैले -- तरुनीले लभ चैं तँ सँग गर्न लाई --"

बाङी चाँही मान्छे गज्जबको हो ल


 
Posted on 07-30-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bro, yo ati choto bhayo hai, alik laamo lekhne garum... very interesting
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters