[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ThahaChaena

shirish

Geology Tiger
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 खुत्रुक्के (भुड्को )

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 28642 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-21-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुत्रुक्के (भुड्को )

"ए काली! तिम्रो दशैंमा टोट्टल कती पैसा भयो?"
हामी ३ जना भनेको दुई दाई र म एक बहिनी हाम्रो साझे कोठामा दशैं तिहार छुट्टीको गृहकार्य गरेको जस्तो गरीरा बेलामा ठुल्दाले (ठुल्दाई) सोधे।
" एक सय पाँच, किन?" मैले गर्ब साथ सुनाएर सोधें। "एक सय पाँच? कसरी?" विश्वास लागेनछ।
"बुवाले देको २० रुप्पे, मामीले देको १० रुप्पे, केशब अंकल काँ १५, साबित्री आन्टी काँ ५....... " म बेलिबिस्तार लगाउँदैथे बिचैमा प्वाक्क हाँस्दै भने "साबित्री आन्टी काँ त खाममा हालेर देका थे नि, ५ रुप्पे मात्रै देछन?"
"त्यै त नि" मलाई उस्को कुरो चै मन परेको थ्यो तर हासेको चै मन परेको थेन।
"हाम्लाई पनि दिनु नि दशैंमा टिका लाएर पैसा, हाम्लाई चै खाली स्याउ र केरा मात्र दिन्छन" ठुल्दाले आफ्नो मनको तितो ओकले।
" केटा मान्छेलाई किन दिनु पर्‍यो टिका लाएर पैसा, बरु केटा मान्छेले कमाएर अरुलाई दिने हो" त्यो बेला आफुले बुझेको त्यै थ्यो, त्यै भन्दें।
"अब के गर्छौ त त्यो पैसा? मामीलाई राख्न दिन्छौ हो?
" मेरो पैसा प्रतिको उन्को उत्सुकता कायमै थ्यो। "दिन्न, मेरो पैसा म आँफै राख्न सक्दिन कि के हो?" मैले आफु ठुलि भैसकेको जानकारी गराएँ। गराउन त उही बेला गराको हो तर पत्त्याउन चैं अहिले सम्म पत्त्याका छैनन।
"त्यसो भये के गर्छौ त? स्कुलमा लिएर नजाउ है, फेरी हराउँछ" पैसाको सुरक्षा प्रती सावधान गराउँदै फेरी सोधे।
 "खुत्रुक्केमा हाल्छु" मैले हाम्रो साझे गोद्रेज दराज माथि टल्किराखेको मेरो २ रुप्पेको खुत्रुक्के तिर हेर्दै भने। हुन त स्कुलमा लगेर सबैलाई देखाउन मन नलागेको त हैन तै पनि सुरक्षाको डर थ्यो। त्यै माथि मेरो डरलाई दाईले भर्खर हम्केका थिए।
"अहिले हाल्छौ? म निकाल्दिम?" दाई सामाजिक सेवा गर्न तत्पर थिए। मलाई अहिले नै हाली हाल्न चै मन थेन, अरु २,४ चोटि गन्दै राख्दै गर्न मन थ्यो तर पनि पैसा जस्तो कुरो त्यसरी स्वतन्त्र रुपले छोड्दिदा फेरी अर्काको खल्तितिर उफ्रेला भन्ने डरले "हुन्छ" भनें। दाइले पश्पतिको बाँदरले केरा झम्टेको जसरी दराज माथि बाट खुत्रुक्के निकालेर छिन्द्रिन छिन्द्रिन बजाउदै ल्याए। मैले पैसा आमासँग कर कर गरेर हात पारेको पहेंलो अक्षरमा "गृहलक्ष्मी ज्वयलर्स" लेखिएको रातो मखमलको गहना राख्ने थैलोमा राखेको थिएँ, निकालें। अबिर लागेर राता भएका पैसासँगै अली अली अक्षता र सुकेका जमरा पनि निस्किए। हामी पैसा फिजाएर गन्न थाल्यौं। यतिन्जेल गृहकार्यको गहिराइमा डुबिराखेका मेरा सान्दा (सान्दाई) पनि पैसो छरिएको देखेपछी उत्रेछन।
 "म पनि गन्दिम" भन्दै नजिकै आए। गन्दिदैमा त के जान्थ्यो र? हामी सहमत् भयौं। सबै मिलेर गनी सक्यौं १०५ रुप्पे नै रैछ।
"खै ल्याउ म राम्रोसँग पट्टयार हाल्दिन्छु" ठुल्दा फेरी जान्ने पल्टिए।
"पर्दैन, म आँफै हाल्छु" आफ्नो पैसा पनि आँफैले हाल्न नपाउनु कि के हो जस्तो भो मलाई। "ल ल तिमी नै हाल, हामी पट्याइ दिन्छौ, हुन्छ?" सान्दाले सोधे। कुरा मिल्यो, खुत्रुक्केमा सबै पैसा हालियो, एउटा १० को नोट चै ठुल्दाले हातमा खेलाई राखेका थिए। त्यस्को पालो आए पछी निक्कै नरम स्वर बनार "यो १० रुप्पे चै मलाई देउ न" भने। "किन? नाइ! " कुकुरले भेटेको मासु झैं मैले आफ्नो पैसाको सुरक्षा गर्न खोजें।
"म चाचा चौधरी र नागराज को कमिक्स ल्याउछु, तिमीलाई फर्स्टमा पढ्न दिन्छु नि...अनी पैसा पनि तिर्दिन्छु " ठुल्दाले लोभ्याए, म लोभिएँ। दशै जस्तै तिहारको पैसा पनि त्यही जम्मा गरें। एवम रीतले हरेक सङ्रान्ती, पुर्णिमा, एकादशीमा आमाबाट टिका लाएर मैले पाउने गरेको मेरो आम्दामी त्यही खुत्रुक्केमा जान थाल्यो।
कैले काँही ठुल्दाले सोध्ने गर्थे "काली तिम्रो त खुत्रुक्केमा टन्न पैसा भै सक्यो होला है?" भनेर। म पनि गर्वसाथ "अहिले सम्म त २०० जती भै सक्यो होला" भन्थे।
तर एक दिन सधैं दराजको टाउकोमा टल्किने मेरो खुत्रुक्के हरायो। हे भगवान! मेरो जिन्दगी भरीको पुँजी एकाएक गायब भो। अब के गर्ने? पुगें आमाकाँ आफ्नो ब्यथा लिएर। "त्यतै होला....दाइहरुले लुकाइदे होलान" खाना पकाउन ब्यस्त आमाले मेरो त्यत्रो समस्यालाई खास्सै गहनताका साथ लिनु भएन। दाइहरुसँग पनि मुर्मुरिदै सोधें।
"त्यै थ्यो त, आँफैले काँ राखी अनी?" भनेर खोज्दे जस्तो पनि गरे तर भेट्टिएन। अरुले खास्सै महत्व नदिए पछी आफ्नो ब्यथा लिएर पुगें बासँग। हुन त त्यस्ता झिना मसिना कुराहरु बासम्म हत्त पत्त पुग्दैन थे, आमा द्वारानै समाधान हुन्थे तर अहिले चैं मैले अरु बाटो देखिन। सुरुमा त बाले पनि "त्यही होला राम्रो सँग खोज" भन्नु भो तर मेरा आँखामा टल्पलाका आँशुले बालाई जुनसुकै बेला पनि पगाल्न सक्थे।
"ल आइज म खोज्दिन्छु" भन्दै हाम्रो कोठामा आउनु भयो। बा कोठामा छिरे पछी दाईहरु सतर्क भए । बाले पनि सबै तिर हेर्दिनु भयो तर मेरो प्यारो खुत्रुक्के भेट्टिएन।
"तिमिहरुले चलाको हो बैनीको खुत्रुक्के?" बा दाईहरु तिर आइलाग्नु भो।
"हैन" ठुल्दाले आनकानी गर्दै भने, सान्दा चै चुप थिए।
"हैन भने घरमा राखेको चीज काँ गयो त?" बा अलिक कस्सिनु भो ।
"भाईले फुटाए" ठुल्दाले रातो अनुहार बनाएर भने, सान्दा निलो भए, बा र म दुबै जना अचम्म पर्यौं । सान्दा सानै देखी भद्र थिए। उपद्रोको काम जती प्राय सबै मेरो र ठुल्दाका हुन्थे। कैले काँही त मेरो भागका पनि ठुल्दाका थाप्लोमा पर्थे, म पनि "हैन मैले गरेको हो" भनेर किन भन्थें र? तर आज त अचम्मै भो। बाले सान्दालाई "तैले फुटाको हो?" भनेर सोध्नु भो । सान्दाले "हो " मा टाउको हल्लाए, केही बोल्न सकेनन। हुन त चर्चा खुत्रुक्केको मात्र भए पनि खास ध्यान चै त्यस भित्र राखेको पैसामा थ्यो।
"अनी पैसा खै त?" बा मुख्य कुरा तिर लाग्नु भो। सान्दाले दराज भित्र बाट एउटा प्लास्टिकको झोलमा पट्यार राखेका नोट र अलिकती चानचुन निकाले।
"किन फुटाको तैले त्यो खुत्रुक्के? दाई भएर बैनीलाई दिनु त कता हो कता अझ उस्को पैसा चलाऊने हो?" बाले नसियतका २, ४ कुरा सुनाउन थाल्नु भो।
"जानी जानी फुटाको हैन" सान्दाले बल्ल बल्ल त्यती भन्न सके।
"दे बैनीको पैसा, अब देखी त्यस्तो काम गर्ने हैन" बाको काम सक्कियो।
म पोको बोकेर पैसो गन्न तिर लागें तर जम्मा ९५ रुप्पे मात्र छ। दशैं मै १०५ रुप्पे राखेको त्यस पछीका सबै, काँ गए त बाँकी पैसा? म फेरी बालाई बोलाउन जान आँटेको थ्यें, ठुल्दाले समातेर ल्याए। "मसँग छ बाँकी पैसा" भनेर ठुल्दाले सय रुप्पियाको हरियो नोट निकालेर दिए। त्यो नोट त ठुल्दाले खै काँ हो बादबिबाद प्रत्योगितमा त्रितिय पुरस्कार जितेर पाको भनेर देखाका थिए।  हामीले घरमा छीन छीनमा गरी रहने बादबिबादको प्र्याक्टिस हेर्दा त फस हुनु पर्ने थ्यो कसरी त्रितिय भएछन। जेहोस् , आफ्नो पैसा हराको बेलामा पाको त्यो पैसा आफ्नै जस्तो लाग्यो ।मेरो पैसा त मैले सबै त्यै बेला पाएँ तर त्यो खुत्रुक्के कसरी फुट्यो भन्ने कुराको रहस्य उद्घाटन करिब करिब १० बर्ष जती पछी मात्र भयो। खास कुरा चैं के भाको रैछ भने ठुल्दाले आफ्नो भैपरी आउने खर्च जती सबै मेरो खुत्रुक्केबाट चलाउँदा रैछन्, बिना कार्डको ATM जस्तो। म जुन प्वालबाट पैसा हाल्थें दाईले त्यै प्वालबाट निकाल्ने रैछन्। हुन त मलाई त्यो प्वाल अली ठुलो भाको हो कि जस्तो पनि लाग्थ्यो बेला बेलामा। आमाको पनि हात रैछ त्यस्मा तर। आमाकै त हैन आमाले लाउने गरेको चिम्टी काँटाको चैं रैछ। एकदिन त्यस्तै कार्यमा ब्यस्त भै राखेको बेला सान्दाले भेटेछन । अब सान्दाले अरुलाई भन्दे भने त उन्को दुहुनो गाई मर्ने भो, थ्यै भएर सान्दालाई पनि पैसा निकाल्ने तकनिकी सिकाएछन। ठुल्दा त प्रो. भै सकेका, सान्दा चैं सिकारु। सान्दाले एकदिन त्यै सिक्ने र गर्जो पनि टार्ने उध्यस्यले पैसा ओकाल्न खोज्दा खुत्रुक्के फुटेर छताछुल्ल भएछ।

यो शनिबार बिहान यस्तै यस्तै पुराना कुराहरु भए। अहिले जिन्दगी नै खुत्रुक्के हो कि जस्तो लाग्छ, स्‍मृति र अनुभवहरु सँगाल्ने खुत्रुक्के। कहिले फुट्ने हो, के भरोसा?

अस्तु

Last edited: 21-Dec-09 10:49 AM

 
Posted on 12-22-09 6:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Such a simple story that most of us would have gone through as kids, presented in a powerful, smooth and captivating narrative. Simply beautiful. Nostalgic!

Nice job, NK.
 
Posted on 12-22-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khushii दिदी (उमेर ढल्किन थाले देखी सबैलाई दाई र दिदी मात्र भन्न मन लाग्छ, के भाको होला?)
हो नि यो त घर घर कि कहानी जस्तै हो। अनी त्यो नाम जस्तै जीवनमा पनि सधैं खुशी छाइ रखोस्।

ritthe
हैन पुलिसमा भर्ना भैयो कि के हो? अर्काको पैसा हराको त साधारण नै हुन्छ नि, आफ्नो हराको भए थाहा हुन्थ्यो।

जिम्बाल दाई
हुन त सान्दाले पनि त्यस्तो सुनको अण्डा दिने कुखुरो मार्न त काँ खोज्या हुन र? अण्डा निकाल्ने हुँदा कुखुरै मरेछ। त्यो पैले पैले को कुरा सम्झिदा त अहिले नै टिकट काटौं कि जस्तो हुन्छ। त्यो ठाउँमा पुगे पनि त्यो बितेको समयमा पुग्न नसकिने रैछ। त्यो चाचा चैधरी को जुङा, साबुको चिन्डे टाउको अनी नागराजको केस्रै केस्रा परेको हरियो ज्यान त अहिले आँखा चिम्लिये भने पनि ठ्याक्कै सम्झिन्छु। अरु चै त्यती याद छैन। हुन त दाईले जे जे ल्याए घरमा त्यही पढ्ने हो आफुले, आधा उधी त उतै पढेर आउथे होला।

perfectionist
त्यो खुत्रुक्के मा हाल्नु अघी त आमालाई नै राख्न दिने गरेको थ्यो नि पैसा। हिसाब किताब गोलमाल भो भनेर आँफै राख्ने भाको झन त्यस्तो भो।

serial
अरुको खुत्रुक्केमा practice गरेर आफ्नो खुत्रुक्केबाट चैं प्रो तालले निकाल्या हो कि? हो है नागराज को हेयर स्टाईल पनि युनिक थ्यो।

rahulvai दाई
हाम्रो लागि चै खुत्रुक्के फुटाउनु बाध्यता भन्दा पनि रहर थ्यो। बाध्यता र उदासी अनी रहर र खुशी जोडी जोडी हुने रैछन्। मेरो मनोरन्जनात्मक प्रयासले तपाईंलाई उदासीका छिटाहरु परेछन, दुख लाग्यो।

jira दाई
"अर्काका छो-छोरी कस्ता ज्ञानी हुन्छन। मेरा चैं किन यस्ता कुकुर र बिराला जस्ता भका होलान" भन्नु हुन्थ्यो हाम्री आमा। हाम्री आमालाई के था अर्काका छो-छोरीका आमाले पनि त्यै भन्नु हुन्थ्यो भनेर।

Nikesh282
है...those golden days....कबिता फुर्ला फुर्ला जस्तो पो भो।

newlynew
तपाईंले भनेको अरु चै त्यती थाहा छैन। राम-रहिम चै अली अली थाहा छ।

Deep
कथाले घोक्र्याएर नभै मधुर मुस्कानका साथ बिगतमा आमन्त्रण गरेको हो कि?
" त्यस्तै उस्तै -- भन्या म जस्तै तर एक्लै किन पर्नु भनेर घेरो ठुलो पार्या -- ले भए यस्ता सामान्य घटना लिएर कथै लेख्ने आँट गर्न त शिबदाईले दुई बदल लाए पछी अंग्रेजीमा भाषण दिन्छु म भन्या जस्तै स्तरको आँटले पनि भ्याउँथ्यो कि भ्याउँदैनथ्यो कुन्नी।" यि लाइनहरु पढ्दा लेखनाथ बाले लेख्नु भाको अर्को लाइन याद आयो "फलेको ब्रिक्ष्यको हाँगो नझुकेको कहाँ छ र" भन्ने।
लेखिका रे मलाई, साँचैका लेखिकाहरुले आन्दोलन गर्ने भए।
दीपको कुरा जे पनि interesting लाग्ने । कुरा interesting हो कि कुरा गर्ने तरिका interesting हो कैले बुझ्न सकिन।

बैरे
तासमा जितेर लग्या भए त मेहेनत गरेर लगेको भनेर चित्त बुझाईन्थ्यो नि। हुन त खुत्रुक्के को त्यो सानो प्वालबाट पैसा निकाल्न पनि कम मेहेनत त गर्नु पर्दैन थ्यो होला।

santoshgiri
कस्तो चित्त बुझ्ने डाइलग है। धन्यवाद (दीपको तर्फबाट)

ramronepal
बाल्यकालको याद आउनु नराम्रो कहाँ हो त? पैसा त आफ्नै बैनीको त चोर्ने हो नि, अर्काकी बैनीको त मन चोर्ने हो, हैन जिम्बाल दाई?

Poonte दाई
"beauty lies in the eyes of the beholder" भन्छन नि। तपाईंको comment पनि मलाई त्यस्तै लाग्यो।

तपाईंहरुले दिने प्रतिकृया मेरालागी लेख्ने उर्जा हुन र त्यस्का लागि म सधैं आभारी छु। सबैको क्रिसमस रमाइलो होस्। जीरा दाईले भन्नु भा स्यान्टाले अब देखी कसैलाई पनि उपहार नदिने रे।हुन त आफ्नै दार्हि,जुङा काट्ने बिलेड किन्ने पैसा नभाको मान्छेले अरुलाई कतिन्जेल उपहार दिउन? भगवान यशु ख्रिस्टले सबको रक्षा गरुन।


 
Posted on 12-22-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""अर्काकी बैनीको त मन चोर्ने हो, हैन जिम्बाल दाई?""""


कुरो को चुरो भने यता आयो। त्यो मन चोर्ने भन्ने चिज नि गजपकै रेछ, टुकुटुकु हिँड्न जाने देखुन अर्काको बैनिको मन चोर्ने कोशिसमा लाग्या हो क्यार, तर अन्तिममा गएर आफ्नै मन लुटाएर फर्कनु पर्यो कयौँ हैन हैन सयौँ पटक। पछि हुर्केसि पनि बेलाबखतमा चोर्न नखोज्या त हैन तर के गर्नु, कुनै अर्काको बैनिको मन अर्को धम्मरधुसेले लुकाएर राख्या भेटिने, कुनै अर्काको बैनिको मन उनकै बा'ले सन्दुकमा ताल्चा लगा'र बिहेमा झिक्ने गरि लुका'को भेटिने! लु भएन भनेर एकबाजि त एकजना धुरन्धरले 'अर्काको बैनिको मन चोर्ने तरिका १०१'  भन्ने आशयको पुस्तक लेख्या रेछन, त्यो पनि पढियो कम्मर कसेर, पछि थाहा भयो लेखक महाशय आफैँ अधबैँशे उमेरमा पुग्दा सम्म एउटा सुको मन चोर्न सक्या रहेनछन्। एवंरित ले उमेरको यो स्लोपमा आईपुग्दा सम्म अब त एउटा मन नचोरे परान पनि राम्रोसित जाँदैन कि भन्या जस्तो लाग्छ क्यार्नु।


 
Posted on 12-22-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजुले साझा चलाऊनु हुन्न कि के हो दाई? भरे फेरी "ढोका खोल भुन्टेकी आमा, ढोका खोल न....... " भन्दै बस्नु पर्ला नि।

 
Posted on 12-22-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


किन नचलाऊनु कति पटक त यस्ता कुरा लेख्या देखेर कपाल गोडि सकि मेरो। कपाल पनि गोड्दा गोड्दै अब त गनेर भ्याइन्छ, हेरि यि यस्तै छ।


 
Posted on 12-22-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको कुरा पनि कैले कैले त---



 


Last edited: 22-Dec-09 09:35 PM

 
Posted on 06-02-10 11:08 AM     [Snapshot: 1710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


नक्कली दि,


साह्रै राम्रो कथा सुनाउनु भएको रहेछ, मैले भर्खर पढ्ने मौका पाये। त्यस्तो ठुलो त भाको छैन, तै पनि बाल्यकालको याद ताजा भयो भन्दा फरक नपर्ला। अबिर र जमरा लागेको पैसा, लोल। अनी खुत्रुकेबाट पैसा निकाल्न ममीको चिम्टी र कम्पास चलाऊन प्रो थिए म पनि। फेला पारे भने मार्थे।


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters