[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 265717 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-08-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई । कुरो बुझियो, सब ले त्यो गाम को नयाँ डाकटर्नी बहिनी ले ल्याको ओखति खाएछन्, मच्ची मच्ची हिंडेछन् । अब यो गाम मा म एक्लो बुढो रहने भो । श्रीष्टिको संरचना लाई चलाउनै परो, नत्र एक ट्याब्लेट यता नि देउ न नानी भन्नु हुन्थ्यो, लेट भयो ।
बाकी जिन्दगी अब म:म: र चिलिम मै बित्ने भो । तारेमाम शरण!!!!!!!!!!!!!!!!!
 
Posted on 01-08-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो ठूल्दाइ, अस्ति माहादेव भ्याकेसन आ बेलाँ तन्नेरी बनाईदेउ भन्नु पर्दैन त?

के छ कुम्ले?
 
Posted on 01-08-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, बिर्सेंंनी । बेलाँ बुद्धी आको भए त डोकोमा दुध दुहिन्थ्यो नि गाँठे ।
 
Posted on 01-08-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" हाउ या डुइङ प्रिठी ब्यान्जी न्यानी ? :p "
लोल् मामा। मि डुइन् फाइन्, हाउ या डुइङ? व्हेन् इज् माइजु कमिङ्? :P

जदौ सप्पैलाई, तारेमाम ठूल्दाइलाई :)
 
Posted on 01-08-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे

अब डाक्टरनीको ट्याबलेट त जम्मै जिम्माल मामा ले लग्या छन रे, पूण्टे दाइ नि जिम्माल कता लाएच, एउटा माग्न पर्नि भन्दै हिड्या थे, दाइ पनि उतै लाग्नु पर्ला ।

:)
 
Posted on 01-08-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! राहुल सुड्डा!

मो त पफ तान्न नपाएर बबाssल 'सिsssक' भइराको कि, अन्त कुनामा बसेर चौतारिमा सुड्डा-सुड्डिको खोक्स सुनिराको। सुड्डालाई देखेर त मेरो हड्डि हाँस्यो हौ! लु सु्ड्डा तानौँ न हौ एक दुई स्टिक? ढिक्का छैन ढिक्का? आबो एज घटाउन झारपातहरुले खाने ट्याब खाएर कहाँ हुन्छन्तनि सुड्डा, म संग स्पेशल ट्याब छन्तनि, एक लगाए पछि त फिरि टक्क लाएर सुड्डालाई १६ बर्षमा पुगेको जस्तो हुन्छ नि हौ! के छ बिचार? :)

कुम्स ब्रो, सान्स र ह्यारिस सोमलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!
 
Posted on 01-08-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन निश ब्रो, यो आन्द्रै देखि नमस्ते कसरी गर्ने हो? मलाइ पुनि सिकाइ दिनु परो। आन्द्रालाइ हातमा बेरेर नमस्ते गर्ने हो कि, हात चाइ आन्द्रा सम्म पुराएर नमस्ते गर्ने हो? कि आन्द्रा को फोटु देखाउदै नमस्ते गर्ने हो? :-s
यो आन्द्रा देखि नमस्ते कसरी गर्ने भनेर बरु स्वोस्थानि को एक अध्याय सुनाउनु परो।
:P
 
Posted on 01-08-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा नेप्चे ले ठीक कुरो गर्यो, मलाई नि सिक्नु मन छ, यो आन्द्रै देखी नमस्ते!
 
Posted on 01-08-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssss नेप्च्स पाट!
आबो मोइले सोस्थानि भन्न थाल्यो भने त सुड्डाहरु त सिधा घाट पुग्छन होला हौ मेरो कुरा नपचेर! फिरि परसादिमा पनि 'जि' राख्न पर्ने हुन्छनतनि हौ! अनि स्वसथानिको एक च्यापटर सुरु गर्न एक फिक्स हानेर सुरु गर्नु पर्ने हुन्छ। हरिप जान्छ नि फिरि मेरो त! खास आबो स्वस्थानिन कथा भनेकै हाम्रो ग्याङग को सुप्रिम लिडर महादेव सुड्डाको कथा हो नि त हौ! सुड्डा अत्ति बबालि फिरि, झ्याप को सुरमा पार्बति ग्याँसलाई झआरपातहरुको हातमा दिदिने के!!
 
Posted on 01-08-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा निस पाट!!

राहुलब्रो फिरी 'डो-लेस' छ होला कि अहिले अनि कसरी ट्याब सित्तैमा दिने नी अन्त? तर राहुलब्रोले लगाको त्यो लेदरको ज्याकेट नि दामी छ जस्तो लाग्यो हौ मोलाई। कि ब्रोको ज्याकेटमा ट्रेड हान्दिम एउटा ट्याब? ब्रो त त्यसै तातो भइहाल्छ नि एउटाले, त्यो ज्याकेट नै चाहिन्दैन हौ!!

:-)
 
Posted on 01-08-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसायो, निसे, कुम्ले अन्द नेप्च ले । बात कहाँ बाट्मात्र आउछ हो ? आफु त लाटो पो भैयो । गाम मा पाको बाठो भनेको त होइन रहेछ । चिलिम तान्ने भए १ चिलिम बाकी छ, त्यो ओखति त खान्न हो, तीतो हुन्छ रे ।
 
Posted on 01-08-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! मलाइ नि सुन्न मन लाग्या हो यो 'आन्द्रा माहात्म्य', तर गालेकुमारको चौतारी स्वस्थानी व्रतकथाको कुनै पछिल्लो अध्यायमा आउँछ कि भनेर पर्खिरा'को छु।

मेरो विचारमा यो आन्द्रा माहत्म्य भनेको देवता र राक्षस यानेकि इउरोपमा बस्ने नेपालीहरू र औरिकामा बस्ने नेपालीहरूले आन्द्र महासागरमा आ-आफ्नो आन्द्रा प्रयोग गरेर समुन्द्र मन्थन गर्ने प्रक्रियालाइ भनिन्छ।यसरी समुन्द्र मन्थन गर्दा दश अवतार प्रकट हुन्छन्। ती यस प्रकार छन्।

१) बुस मत्स्य अवतार
२) ब्लेयर कछुवा अवतार
३) सद्दाम सर्प अवतार
४) ज्ञानेन्द्र बँदेल अवतार
५) गिरिजा बामन अवतार
६) प्रचण्ड परशुराम अवतार
७)
८)
९)
१०)

बाँकी चारओटा चैं मैले बिर्सें, गालेकुमारलाइ याद होला, र यिनको बारेमा विस्तृत वर्णन पनि उनैले गर्लान्। श्री स्वस्थानी परमेश्वरीकि जय जय जय! :P ;) :D
 
Posted on 01-08-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा राहुलब्रो!!

ट्याब सुरुमा मात्र तितो हो ब्रो! पछि त हल्का ट्रिप हान्न थालेपछि त सब चिज गुड हुन्छ। ब्रोपनि दिनभरी गुsssड भएर बस्ने नि, कत्ति चिलिमले मात्र धान्न खोजेको हौ!! ल ल ब्रो त्यो ज्याकेट यता फाल्दिनुनि हौ!!

आम्बो! चित्स ब्रोले फिरी के के भन्छ हौ!!

७) राहुलब्रो चिलिम अवतार

:-)
 
Posted on 01-08-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच! कुम्स पाट!!
सहि खोक्स दियो सोमले!
मोइले पनि सुड्डा को लेदर ज्याकेट हेरेको कि, हल्का च्यात चुत पारेर चेन सेन ठोक्यो भोने त हर्रामि पिस बन्छ जस्तो छन्तनि हौ। मेरो डिङ्गो संग हरिप म्याच खान्छ हौ! सिम्स त भुतुक्कै पो हुन्छन्तनि हौ मोलाई त्यो सेट मा देख्यो भने।
लु राहुल सुड्डा ट्याब त छ , दामि माल छ, तर हाम्रो केटाहरुले बाउको डेक टिबि बेचेर किनेको कि, त्यसैले सुड्डाको ज्याकेट संग ट्रेड हान्यो भने ट्याब पायो नत्र नत्र त्यहि झारे घाँसको ट्रिपमा बस्दा हुन्छ!
कुम्स पाट मेरो सिरिन्ज सकियो ब्रो, तिमी संग अस्ति मैतिदेविको फार्मेसिमा झ्याप हानेको सिरिन्ज होला नि सोम, एउटा पास गर अनि हामि त्यो कलेज को ट्वाइलेट पिछाडि गएर फिक्स हानौँला ल? आज बबाल झ्याप हुनु छ!
 
Posted on 01-08-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो तित्स सालि कता लागेछ हौ?
कुम्स पाट तित्स सालि लाई देख्यो ब्रो ले? :)
 
Posted on 01-08-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच निस पाट! क्या सम्झायो हौ! फिक्सको कुरा!! ल यार त्यो मैतिदेवीको औसधी पसलबाट झ्याप हानेको सिरिन्ज लिएर आउँछु है अनि फिक्स हान्नु पर्छ। बरु राहुल सुड्डालाई नि ट्याबको साटो फिक्स नै हान्नु लाउने कि? ब्रोको लेदरको प्यान्ट नि दामी लागीरहेको छ मलाई! :पि

अबुई!! कहाँ तित्सको बारेमा सोधेको हौ!! आबो तित्सले फिरी मैले फिक्सको कुरा गर्न थालेको थाहा पायो भने घरमा बबाल कुरा लगाइदिन्छ नि अन्त। अस्तिन मैले एउटा काम फिक्स भयो भनेर भनेको है उस्लाई, उस्ले त "आमामा तिमी अझै फिक्सको कुरा गर्छौ, घरमा भन्दिम्?" भनेर बबाsssल। फिक्सको त नाम नि लिनु हुन्न। आज धन्न सिम्सले मेरो कुरा बुझेर उस्लाई सर्कस हेर्न लगेको छ। :पि

:-)
 
Posted on 01-08-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहssss.... क्या ट्रिप दियो यार!
कुम्स ब्रो म्याङ्गो टार्ट छ? एउटा लेउ त गुलियो थप्यो भने त हर्रामि दिन्छ नि हौ!
 
Posted on 01-08-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा सुन्दै छु हौ मो पनि तिमेरु ट्याबे (कुम्स & निश जिजु)हर को, ऐले त केहि बोल्नु सकेन कि मुख तन्केर हास्दा हास्दा एक्छिन् मा बोल्नु पर्ला। :D
जिजु चाइ बड्ता सिरिन्ज सिरिन्ज् गर्ने होइन है,कुम्ले पनि बिग्रीसक्यो उस्तै :P सर्कस् वाला ले दुइटा बन्दर चाइएको छ भन्दै थ्यो कि फिरि पठाइदेला नि सिम्स दि ले सर्कस मा:P:P:P
 
Posted on 01-08-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐयाssss:D:D:D:D नमे र गालब को स्वस्थानि पुरै पढिसक्दा हास्दा हास्दा आन्द्रा बटारियो हरे!
 
Posted on 01-08-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) |-) |-D :->
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters