[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 271508 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-27-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

कति चिरबिर गरिरा???


 
Posted on 12-27-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा म चरा हो र चिरबिर गर्नलाई

 
Posted on 12-27-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली, गज्जबको फोटू राख्यौ, म्यारिज खेलेको!

तिम्रो गजल नेपे दाजीले साझामा टाँस्नुभएपछि तिम्रो तस्वीर पनि राख्नुपर्छ है कालो नपोतिकन!


 
Posted on 12-27-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दा म तेती लक्की छु कि छैन खित खित खित। अब तिम्ले मेरो फोटो हेरी हाल्यो नि फेरी किन त्यो फोटोको पछी लागेको हो यो मोरो चित्रे


 
Posted on 12-27-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दाले मेरो लागि गजल लेख्नु भो भने फोटो मात्र मान्छे नै साझामा तासिन आउछु।

 
Posted on 12-27-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि कोही कोहिलाई चाहिँ आफैँ 'साझा' बन् भनेर भन्नु पर्ला!


 
Posted on 12-27-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मार्दिम बिर्खे दा बरु खुरुक हजुरको भान्जो लाई बोलाउनुस् न। क्या मिस भाई रा छ।:P

 
Posted on 12-27-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही कसाइ बन्दै, कोही हलुवाइ बन्दै, अरू चैं पकापक खाँदै!



 
Posted on 12-27-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु गाम्ले हो घर जाने बेला हुन लाग्यो। भोली आफुले त काममा छुट्टी लेको छ। मिल्यो भने चौतारीमा आउँला क्यारे होइन भने सोमबार नै भेतुम्ला


 
Posted on 12-27-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याव अ नाइस ट्याम् ठूल्लू़ऽऽ!


 
Posted on 12-27-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


u too bye guyssssssssssssssssssssssssss

 
Posted on 12-27-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

गर्नु गर्‍यो ठुलीले तस्बीर टांसेर,
रात दिन  बित्यो तक्दिर हाँसेर।

 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथै तारेमाम्।


 
Posted on 12-27-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी भेलाको केही संसमरणीय सम्बादका केही झलक:
- मदनवा कुम्लो बोकेर हवाईजहाजबाट ओर्ले पछि कैले कुम्लो तिर अनि कैले मदनवाको छपक्क कपालतिर हेर्दै पून्टेब्रोले सोधेको "त्यो कुम्लोमा कपाल उम्रिने औसधी छ हो ब्रो?"

- बजरंग अखाडाका ब्रोहरुले बिहानै सुटुक्क भ्यासलिन दल्नु दलान् दिएर सेन्ट्रल पार्क तिर जाँदा हुँदी यसो कतै खाली चौर देख्यो की भउतेब्रोले फुङ्ग उडेको हेराईमा "कतै यै त हैन सेन्ट्रल पारक?" देख्दाको दृस्य। अनि छिन छिनमा यता हुँदी चक्का जाम हुँदैन? बन्द सन्द? भन्दै भ्यासलिन दलितहरुलाई सोध्दै निरास हुँदै गर्या बेलाहरु।

चित्रेब्रोले रिट्ठेब्रो को न्वारनको नाम पत्ता लाएर सुनाउँदा रिट्ठेब्रोले हैन भन्न नसक्दाको क्षण।

यसो उसो गर्यो "दान" नै जिन्दगीको सार हो --- भन्दै दान धर्मको कुरा गर्दा चम्कीने ठुलीका मनमोहक नयन नाच्दाका पलहरु --

नेपेसरको शब्दपुष्प बाटिकामा भावरमण गर्दै गर्दा भम्ररा समेत शान्त भएका ति क्षणाह्रु--

यस्तै यस्तै कुराहरु लेखुम्ला भन्थें जानै पाईन म चैं---


 
Posted on 12-27-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्बुईनी,

 

मैले नेप्चीको फोटु माथी गजल लेख्न ठूल्दाईलाई र तिम्रो युगल फोटु माथी कविता लेख्न दानेभाईलाई सुम्पन भनेर कति राम्रो राम्रो तस्बीर खिचिदिएको थिएँ त । यदि उनीहरुले अल्छी वा बेवास्ता गरिरहेका छन् भने मलाई भन्नु म सातो खाईदिउला तिनीहरुको ।

 

अनि झिल्के र अन्य जिज्ञासु आगन्तुकहरुको लागि प्रस्तुत छ मैले मेरो दोश्रो दिनको रातको अन्तिम प्रहरतिर हो क्यारे (झ्याप जो भईयाथ्यो) रिसाईट गरेको गजलको अडियो रेकर्ड ।

 

ल त स्वीकार गर्नुस्:

 

प्याला भर्थे तिम्रा हात म पिउँदै थिएँ

केवल त्यही एक रात म जिउँदै थिएँ

 

 

Nepe


 
Posted on 12-27-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, नेपे दाई।
अब दाईको अगाडी भाइको ( राहुलभाइ) के गजल लेखाई भयो र, गाजल लेखाई भने गरिदेम्ला क्या र। तारेमाम्।
बरु यसो फुर्सद मिलाएर लेखिदिनु भए  हाम्रो पनि सि-तारा चम्किन्छ कि?

 
Posted on 12-27-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलज्यू, यस्ता कुरा, भनिन्छ नि, चुनौती र मौका दुवै हुन् । अझ खसोखास भन्ने हो भने यस्ता कुरा लगानी हुन् अंगाली हाल्नुस् ।

 

अब एउटा मीठो प्रसंग चौतारीवासीहरुलाई राहुलज्यूको बारे ।

 

नयाँखर्कको ट्याम-स्क्वायरबाट रानीबारीको रेष्टुरेन्टतिर हानिदै गर्दा हाम्रा घरबेटी-सारथी पुन्टेदालाई एउटा रमाईलो खेल सुझ्यो । पुराना नेपाली गीतहरुको संकलनहरु बजाउदै जसले गीतको आरम्भिक धुन सुनेर गीत चिन्न सक्छ त्यसले एक गोल जित्ने । दर्जनौ गीत बज्दा पनि मैले खासै चिन्न नसकेपछि (संयोगवश लगभग सबै गीतहरु मेरा प्रिय गीतमा परेका थिएनन् र मलाई खासै सम्झना पनि रहेनछ) मैले चुपै रहेर मेरो अज्ञानता नखोल्ने विचार गरें । तर राहुल, बिर्खे र भउते त एक-से-एक पो निक्ले त । नेप्ची पनि गायिकाहरुको गीतमा शायदै चुकिन् । एनिवे, सबैजनाले राहुललाई निर्विवाद गीत-भण्डार स्वीकार गरे ।

 

त्यो खेल पछि केही बेर पुन्टेदाले नुसरत अलि फतेह खाँको कव्वाली-गजल हम अपनी शाम को जब..” बजाए । मेरो टुटेफुटेको अनुवाद संगसंगै सबैले त्यसको रसस्वादन गर्‍यौं भन्नुपरो ।

 

अन्तिम दिन चित्रेलाई विमानस्थलमा झारेसी ज्याउसन-डाडाँतिर हुँईकिदा फेरि सुनियो त्यो गजल पुन्टेदा, भाउजु र रिठ्ठेको साथ । मैले फेरि कनिकुथी अनुवाद गरें । अहिले यसो गुगल गरेर त्यस गीतको बोल र अनुवाद पढेको त मेरो अनुवाद त लाटाको देशाँ गाँडा तन्नेरी भन्या जस्तो भे छ, आफैलाई हासो उठ्ने ।

 

एनिवे, पुन्टेदा, भाउजु र रिठ्ठेको लागि त्यो गजलको बोल र अथेन्टिक अनुवाद यहाँ टाँसेको छु ।

 

अरुहरुले पनि आनन्द लिनुहुने नै छ ।

 

 

__________________________________________

गायक: नुसरत फतेह अलि खाँ

गजल: कतिल शिफई

 

हम अपनी शाम को जब नजर-ए‍-जाम करते हैं

अदब से हम को सितारे सलाम करते हैं

When we gift our evening to a cup of wine

the stars salute me with reverence.

 

गले लगाते हैं दुश्मन को भी सुरुर में हम

बहुत बुरे हैं मगर नेक काम करते हैं

We embrace our enemies while intoxicated

no matter how bad we are, we still do [this] good deed.

 

सजायें क्यूँ ना इसे ये सराय है दिल की

यहाँ हसीन मुसाफिर कयाम करते हैं

Why should we not decorate the inn of heart

here rests the beautiful travelers.

 

हयात बेच दें थोडे से प्यार के बदले

ये कारोबार भी तेरे गुलाम करते हैं

I can trade my life for a little love

this business is also done by your slaves.

 

हमें तु एक नजर से नवाज दे साकी

हम अपने होश-ओ-खिराद तेरे नाम करते हैं

Comfort me with a glance, O cup-bearer!

We leave our thoughts and understanding to you.

 

कतिल कितने सुखन-साज हैं ये सन्नाटे

सुकुत-ए-शब में जो हमसे कलाम करते हैं

“Qateel” such connoisseur of poetry is this silence

it talks to me in the loneliness of night.

_____________________________


 
Posted on 12-27-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दाजु नमस्कार
खासै कुरा गर्ने समय नपाये पनि, सुन्दै छु तपाईंले लेखेको
दाजु त हरेक क्षेत्रमा सचिन तेन्दुल्कर (अल राउन्डर) भन्न खोजेको

नुसरत फतेह् अली खाँ को त जवाफ छैन दाई
वहाँ को छोरा मुस्सरत् फतेह् अली खाँ ले पनि निकै राम्रो गाउछन
सबै लाई फेरी पनि नमस्ते


Last edited: 27-Dec-07 02:46 PM

 
Posted on 12-27-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे, बिर्खे दाइ, राहुल दाइ, रिठ्ठे, ठुली, नेपे दाइ, फेवाताल र दीप दाइ लाइ।

नेपे दाइ को गजल म मन्त्र मुग्ध भैयो। ठुली का फोटोहरु रमाइल थिए। सबैजाना कलो मसो दलेर बिरोध सभामा बस्या जस्ता थिए।

 


 
Posted on 12-27-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले भेटेको चौतारीका अबतारीहरु!

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


 
Posted on 12-27-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले,

जदौ ! बन्धुलाई अरुहरुले जस्तै मैले पनि मिस गरेको हो त्यहाँ ।

*** *** *** *** *** *** *** ***

रिठ्ठे,

जदौ !  मैले सबैको बारे मेरो ईम्प्रेशन भन्छु भनेको छु । रिठ्ठेको लागि पाँच  अलंकारहरु :

अल्पभाषी, ह्यान्सम, गम्भिर, कुशल व्यबस्थापक र सज्जन ।

अनि कुशल फोटोग्राफर पनि । रिठ्ठेले लिएको स्वतन्त्रता-देवीको क्लोज-अप हेर्नुस । देवीले हातमा लिएको पुस्तकको टाईटल पनि पढ्न सकिन्थ्यो, ओरिजिनलमा त ।

 

 



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters