[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 227549 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-15-07 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को इन्तजार हुनु र? मलाइ सायरी मै जवाफ दिने मान्छे को इन्तजार गरेको नि।
:-)
 
Posted on 01-15-07 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल बेस्ट ओफ लक ।
 
Posted on 01-15-07 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद छ है बेस्ट अफ लक को लागी ।


जान्ते है वो कि हम उन्की इन्तेजार मे है,
इसिलिये वो शायद देर लगा रही है ।
वक्त कट्ता हि नहि उन्के बिना हमारा,
यह जान्ते हुए भि हमे सता रही है ।
न जाने क्या मिल्ता है उन्हे हमे यु सता कर
जो देर से आकर भि वो मुस्कर रही है ।।


:-)
 
Posted on 01-15-07 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! तितौरीको दामी फोन गफ गइरा' रच।
संयोग पनि कस्तो परेच भने, यता स्वस्थानीको कथा पनि फोनमै चल्या छ। :)

चौतारी स्वस्थानी व्रतकथा - ११
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

'हेलो कुमारजी! के छ?'
'ठिक छ हो। तिमी काँ गा' यार? म स्वस्थानी भन्नलाई कुरिरा'छु, झन सुन्नी मान्छे नै गायब भन्या!'
'हेर्नु न, हिजो राति अबेरसम्म अड्डा जमा'को; उठ्न पनि ढिलो भयो। बाहिर हेर्या, हिउँ परिरा' रच। अब फोनबाटै भएनि स्वस्थानी सुन्न पर्यो भनेर।'
'फोनबाट के स्वस्थानी सुन्छौ यार! पैसा धेरै उठ्ला नि! बरु आऊ न यतै। तिमी आउन्जेलमा एअर कन्डिसनरले कोठा तता'र राखम्ला।'
'हैन ठिकै छ। हिजोको ह्याङओभरले गर्दा हिंड्नी जाँगर नि छैन। अनि आज पुस महिनाको लास्ट दिन र'च। यो महिनामा बेसिक-चार्ज बराबरको फोन पनि गर्या रैनचु। अँझ यो पुसभित्र नचलाए ल्याप्स् हुने प्वाइन्ट पनि थुप्रो छ। आज चैं फोनबाटै चलाम् मिल्छ भने।'
'मिल्न त के नमिल्नी थ्यो र! तिमी आयौ भने स्वस्थानी सकिएसि यसो जाडो मनाम् भनेर २-४ बोतल मगाउनी बिचार गर्या थिएँ। ठिकै छ, त्यो प्लान भोलिलाई पोस्टपोन् गर्दिम्ला। बरु भन के विषयमा सुन्न मन छ।'
'कुमारजी! मलाई सधैं तपाईंकै मुखबाट सुन्न मन लाग्या' एउटा कुरा छ। त्यो के भने तपाईं र गणेशबीच कस्को पूजा पहिले गर्ने भनेर कम्पिटिसन भा' कुराको वास्तविकता के हो, यसो बयान गर्दिनुस् न।'
'ह्या के सुन्चौ यार त्यस्तो कुरा नि? मलाई मा'देउ बुढाले लास्टै -याग गरदिया हुन् नि त। मप्रति कम्ती अन्याय भा'छ? त्यो कारणले अहिलेसम्म हामी बाउछोराको बोलचाल नै बन्द छ।'
'हो र? खास भा' चैं के हो?'
'लौ अब करै गर्छौ भने भन्दिम्ला के भो र? मेरो कुरा सुन्ने तिमी बाहेक को छ र? बास्तवमा कुरा के भने गणेशे र मलाई एउटा सत्येनारायणको पूजामा निम्तो आ'थ्यो। त्यो पूजामा हामीले गर्न पर्नी भन्या' बाहिर बसेर कथा सुन्दिनी र भक्तहरुको हातको टीका र दक्षिणा थाप्नी। कुरो काँ' रड्कियो भने त्यही टीका लगाउनी बेलामा। पूजाका आयोजकहरुले इन्भाइटेड सबै देउता गेस्टहरुको नेमलिस्ट बना'रचन्। अनि त्यै लिस्टमा नाम भा' रोल क्रम अनुसार हाम्रो पूजा गर्ने, टीका लाउने कुरामा सल्लाह भा'रच। अब, यत्रो देउता छन्, कोबाट सुरु गर्ने भन्ने कुरालाई लिएर अर्गनाइजरहरुले पनि लामै छलफल गर्या' रचन्। लास्टमा केही नलागेर अल्फाबेटिकल अर्डरमा सबै देउताको नामहरु लिस्टअप गर्ने र त्यही लिस्टको रोलमा टीका लगाउनी सहमति भएच। भनेपछि, मेरो नाम 'क'बाट शुरु हुनी भा'भर, गणेशेभन्दा अगाडि परेछ। अनि त "म जेठोको पूजा नै नगरी मेरो भाइ कुमारको पूजा कसरी हुन्छ?" भनेर खोते थाप्न थाले।'
'ए! यति सानो कुरामा के माइन्ड गरिरा' होलान् त नि गणेशजीले पनि?'
'त्यही त। एकदम ठिस् छ के। जल्ले पहिले लाएनि लगाउनी त्यही टीका हो। दक्षिणामा हेरफेर हुनी हैन क्यारे! त्यै पनि खुब रडाको मच्चाउन थाल्यो। अनि त मलाई पनि झोंक चल्यो नि। अनि मैले पनि पूजा चैं मेरै पहिले हुनुपर्छ भनेर अडिग लिन थालें। आखिर कुरा हाम्रा बाको कानमा पुगेछ। अनि बुढाले हामीलाई बोला'र मार थर्काए, "दुई पैसोमा ईज्जत फाल्ने बज्जिया' हो" भन्दै। गणेशेले फेरि बाउको अगाडि पनि "मे तपाईंको जेठो छोरो हुम्। मेरो पूजा पहिले हुनुपर्छ" भन्न थाल्यो। बाले "देउतालाई जेठो कान्छोको के मतलब? म कहिल्यै मरेर जाने भए पो जेठो छोरोको भएको नाताले तैंले मेरो कार्यकाज चलाउन पर्च भनेर तलाई बढ्ता ईज्जत र जिम्मेवारी दिने कुरा आउँछ। मलाई यो जेठो-कान्छोको कुराले कुनै डिसिजन दिन मन छैन" भने। त्यो गणेशे पनि हात्तीको टाउकोभित्र भेडाको गिदी भरिएको; ज्यान गए मानेन। अनि बालाई पनि झ्याउ लागेछ, गणेशेलाई मोरालाई हराइदिन्छु भनेर "यो पनि कति टेन्सन् दिन सक्दोर'छ? ल, जो सुमेरु पर्वत घुमेर पहिले आइपुग्छ, त्यसको पूजा पहिले हुन्छ। ल जाओ अहिले नै" भनेर कम्पिटिसन गर्न लगाए। त्यो गणेशे चैं के गरम् के गरम् भएर बसिरा'थ्यो। अब ज्यान हेर्यो भक्तहरुले चढा'को हाई-फ्याट् दूध पिई पिई भुँडी लागेर त्यस्तो छ। त्यसमाथि पनि मुसोमा चढेर कहिले रेस् पुरा गर्नी? अनि म त हिंडे क्यारे। फर्केर आउँदा त आफ्नो सत्यानास। मुलाले बाउलाई गाँजा र छ्याङ् ल्याएर दिएछ। हाम्रो बाउ सुड्डो पनि गाँजा भनेसि हुरुक्कै। मख्खै परेचन् नि! गणेशेले रेस् हापेर ठेगान लागेछ भन्ने सोचेचन्। अनि, "ल गणेश तैंले रेस् रिटाएर् गरिस् जस्तो छ। गाँजा र छ्याँङ् पनि खुवाइस्। मलाई खुसी लाग्यो। ल वर माग्।" भनेचन्। कस्तो रयागिस्ट् भने, कमसेकम रेस् सकिएसि वरदान दिया भए नि हुन्थ्यो नि। गणेशेले के मागुँ के मागुँ भइरा' बेलाँ मुसोले "देउताहरुमा सबभन्दा पहिले पूजा मेरो होस्।" भनेर माग भनेर आइडिया दिएछ। अनि त कुरा त्यही त हो नि! उसले रेस् नदौडिकन खोज्या कुरा पाइहालो। म फर्किंदा त म चैं हेर्या हेर्यै। त्यही भ'र हेर अगस्त्य, यो हाम्रो संस्कार भनेको देउतादेखि दानवसम्म, दानवदेखि मानवसम्म सबै मतिभ्रष्ट छन्। चाकडी गरे जे पनि पुग्छ। कहाँ कति बेला षडयन्त्र हुन्छ थाहा छैन; होस गर है!'
'तर कुमारजी, तपाईंलाई घाटै मात्रै भा' त छैन नि! रम्भाजीलाई त्यही बेलाँ सुमेरु पर्वतमा भेटा'र ल्या' हो रे नि त!'
'हाहाहा! काँबाट थाहा पाउँछौ यार? हेहेहेहेहेहेहेहे! तिमीपनि जासुस रहेछौ।'
'अस्ति, "अप्सरा मासिक"मा पढ्या थिएँ तपैंको लभस्टोरी!'
'हाहहा! मैले सुमेरु पर्वतमा रम्भालाई भैटेर पट्याएको कुरा कष्यप ऋषिलाई बाहेक अरुलाई भन्या थिइन। कसरी त्यो पत्रिकामा पुगेछ?'
'तपाईंलाई थाहा छैन? कष्यप ऋषि त हुन् नि अहिलेको "अप्सरा" को प्रधान सम्पादक भा'छन्। २ महिना भो नियुक्ति भा'।'
'ए बरबाद पारेछ नि! साँच्ची आजभोलि त्यो पत्रिकाको कभरमा कसको फोटोहरु आउँछ? हाम्रा पालामा त उर्वर्शी थिइन् क्यारे टप मोडल। अब, अहिले बुढो भइयो। त्यो पत्रिका पनि पढ्नै छोडियो।'
'नयाँ परीहरु आइरा'छन्। अलि नयाँ खालको मोडल चाहियो भने त्यही उत्पत्ति गराइदे भइगो। सजिलो छ नि त स्वर्गबाट पत्रिका निकाल्न।'
'ए रम्भा!!! हेलो!! तिमी पल्लो कोठाको सेटबाट हाम्रो कुरा सुनिराख्या हो?'
(महिलाको स्वर) 'हजुर! कोसँग यति लामो समयसम्म गफ गर्नुभा' होला भनेर सुनिहेर्या नि!'
'हेत्तेरिका! यो घरमा प्राइभेसी भन्नी कुरै छैन्। आर्काको फोन कन्भर्सेसन् पनि लुकीलुकी सुन्नी हो? देउता त यस्ता असभ्य छन् भने यो देशका मान्छे कस्ता हुनी भन्या ??!! खाली नचाहिंने कुरा गरेर रिस उठाइदिन्छन्'
(क्लिक्क)
'हेलो कुमारजी!! हेलो! हेलो!!! फोन राख्देचन्। रिसाए जस्ता छन् बुढा। बल्ल रोमान्टिक कुरा आइरा'थ्यो; भाउजूलाई पनि यै ट्याममा फोन सुन्न आउन पर्नी भन्या'
(अगस्त्यमूनितिर क्लिक्क)


इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकादशम् अध्याय॥११॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-15-07 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma Jwai hu, Jai Nepal
 
Posted on 01-15-07 5:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे
तितौरी,
कति Innocent बार्तालाप भएछ नि कान्छि सङग ।
साँच्चै त्यो कथाको किताब लगिदेउ है ।

स्वस्थानी पनि रमाइलो लाग्यो ।
जाओस् प्रभु जाओस् अझै ।


'तर कुमारजी, तपाईंलाई घाटै मात्रै भा' त छैन नि! रम्भाजीलाई त्यही बेलाँ सुमेरु पर्वतमा भेटा'र ल्या' हो रे नि त!'
'हाहाहा! काँबाट थाहा पाउँछौ यार? हेहेहेहेहेहेहेहे! तिमीपनि जासुस रहेछौ।'
'अस्ति, "अप्सरा मासिक"मा पढ्या थिएँ तपैंको लभस्टोरी!'
'हाहहा! मैले सुमेरु पर्वतमा रम्भालाई भैटेर पट्याएको कुरा कष्यप ऋषिलाई बाहेक अरुलाई भन्या थिइन। कसरी त्यो पत्रिकामा पुगेछ?'
'तपाईंलाई थाहा छैन? कष्यप ऋषि त हुन् नि अहिलेको "अप्सरा" को प्रधान सम्पादक भा'छन्। २ महिना भो नियुक्ति भा'।'
'ए बरबाद पारेछ नि! साँच्ची आजभोलि त्यो पत्रिकाको कभरमा कसको फोटोहरु आउँछ? हाम्रा पालामा त उर्वर्शी थिइन् क्यारे टप मोडल। अब, अहिले बुढो भइयो। त्यो पत्रिका पनि पढ्नै छोडियो।'

'हेत्तेरिका! यो घरमा प्राइभेसी भन्नी कुरै छैन्। आर्काको फोन कन्भर्सेसन् पनि लुकीलुकी सुन्नी हो? देउता त यस्ता असभ्य छन् भने यो देशका मान्छे कस्ता हुनी भन्या ??!! खाली नचाहिंने कुरा गरेर रिस उठाइदिन्छन्'
 
Posted on 01-15-07 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगत्स्य मुनिको डाइरिको पाना बाट....................

चार्ली च्याप्लिनको जस्तो ह्युमर भएका, आइन्स्टाइनको जस्तो बुद्दी भएका, हर्क्युलिसको जस्तो बल भएका, स्वार्जनेगरको जस्तो जिउ भएका, गेट्सको जस्तो धन भएका, बुसको जस्तो शक्ति भएका, मदर टेरेसाको जस्तो मन भएका, बेकहामको जस्तो पपुलारिटी भएका, ज्ञानेको जस्तो हठ भएका, गिरिजाको जस्तो भाग्य भएका देबादी देब, हे बाचन शिरोमणी, हे कुमार तपाईंको प्रसंसा म जस्तो तुच्छ मनुवाले कसरी गर्न सक्छु र ? तपाईंलाइ मेरो कोटि कोटि नमस्कार छ ।

(मन्मनै ....... यस्तो बज्या भुँडे गणेशले झेल्ली गर्दा नि थाहा नपाउने मुर्ख कुमारेको प्रसंसा त गर्नै परो, क्यार्नु चाकरी चाप्लुसिको जमाना छ, फेरी भोली देखि स्वस्थानी भन्न आएन भने आपत पर्छ ! बज्याले हिजो ल्याएको भनेको सोमरसको बोटल घुट्क्याइ पो सक्यो कि, दारु भने पछि त आफ्नो बाउलाइ नि मात दिन्छ । आहा पक्कै नि ब्लु लेबल ल्याएको हुनुपर्छ, मुखमा पानी आयो सम्झेर, आफुले किनेर खान सक्ने हैन् यै मोराहरुको चाकरि गरेर त खानु छ...........)
 
Posted on 01-15-07 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ यामे, क्यार्दै छौ ?
 
Posted on 01-15-07 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

तितौरीको फोन वार्तालाप र गालवको फोन स्वस्थानी रमाइलो लाग्यो। ज्वाईँ साप, यामे, ग्वाँचे के छ हालखबर?
 
Posted on 01-15-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

तितौरीको फोन वार्तालाप र गालवको फोन स्वस्थानी रमाइलो लाग्यो।

यो हाम्रो संस्कार भनेको देउतादेखि दानवसम्म, दानवदेखि मानवसम्म सबै मतिभ्रष्ट छन्। चाकडी गरे जे पनि पुग्छ। कहाँ कति बेला षडयन्त्र हुन्छ थाहा छैन; होस गर है!' --- एकदम मनासिब

ज्वाईँ साप, यामे, ग्वाँचे, चित्रे के छ हालखबर? मेरो त ठीकै छ।
 
Posted on 01-15-07 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 01-15-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात्! यो बिर्खे माईलाको!
आशा छ, आजको दिन सबै गाउँलेहरुको सुखमय हुनेछ!
धन्यवाद्!
 
Posted on 01-15-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा मा नयाँ मोड आए छ, बेजोड छ । यस्तो कथा हर् रोज पढन पाइयोस् । अस्तु! ।
 
Posted on 01-15-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गालउ!
स्वस्थानि बल्ल पढेँ!
झन झन आधुनिक र रमाईलो हुँदै गैरहेको छ! तर एकोहोरो मन के हाम्रो, अहिले तत्कालै अरु नि पढ्न पाए हुने जस्तो लाग्ने भन्या :)

जदौ ठुल्दाई!
 
Posted on 01-15-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मामा, ठूल्दाइ

आज त अचम्मै पो भो त, ठूल्दाइ आए, चिलिमको कुरै गरेनन, तान्ने हैन?
 
Posted on 01-15-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......त्यो गणेशे पनि हात्तीको टाउकोभित्र भेडाको गिदी भरिएको;......ज्यान हेर्यो भक्तहरुले चढा'को हाई-फ्याट् दूध पिई पिई भुँडी लागेर त्यस्तो ...:D:D:D..

हे गालब! तपाइ को सेन्स अफ ह्युमर लाइ मेरो कोटि कोटि प्रणाम!

ठुल्नानि,चित्रे ,यामे ,ग्वाचे,हरि ,ज्वाइसाप ,राहुल्दाइ अनि जिम्माल्बा सबै लाइ शुभप्रभात!
 
Posted on 01-15-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा भान्जो। हो त है आज ठुल्दाईले चिलिम को कुरा नै गर्नुभएन।
आज व्रत त छैन नि ठुल्दाई कि कसो? :)
 
Posted on 01-15-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कुन सुराँ ला'र चाइन्जो आफ्नु भाषाँ बोल्न नै बिर्सेछु गाँठै! तो माथि मुइले लेखेओ कुरो एसरि पडुम गाम्लेओ-

हे हे हे हरितालिके भान्जो। तेई त म नि अचम्माँ परिरा' गाँठे, यिनि ठुल्दाई त आज चिलिमे बात मार्दै मार्दैनन! के जाति बर्त सर्त बसे झै मानिछु मुइले कि कसो ठुल्दाई?:)
 
Posted on 01-15-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, बेयाम सम्झाइ दिनु भो । हिजो अलि बढी नै झ्याप भएको ले आज न तान्ने भनेर कसम खाको २० मिनेट भो । भाइ ले सम्झाइ दिए पछि न तानी सुख?ल आउ, एक चिलिम सियर गरम्, माइ डियर ।
 
Posted on 01-15-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कुरो अर्दा अर्दा तितौरी नानु नि छुनुमुनु अर्दै आइपुगिछिन्!
क्यार्दै छौ बा? सपै बेशै होला के रे? घरमा सपैलाई सन्चै भुनेर सोधुम भने हिजै सपै बेलिबिस्तार ला'को कथा पडिहालियो। बरु तो के जाति अउँरेजि किताब किन्यौ त घर पठाम्नलाई?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters