[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 323119 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-19-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rITTHE, ठुल्दाइ तारेमाम
खै के भो भो हाम्रो चौतारीमा
कस्को आँखा लाग्यो
कस्को भाका नाग्यो
तारेमाम !
 
Posted on 09-19-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आssच...... ग्वाँचु राम कुइकेल के छ हालचाल?
एक त दिन भरी गयल हुनी तेस्मा नि अर्काको कपेर पेस्टिनी

 
Posted on 09-19-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thik chha ritthu, teta ni?

kaper pesteko maatrai ho ki kyaa ho, timro naam pani thapyaa chhu ni.


sabailaai biiiiiiiiiiiiiiiiiiiiig HELLOOOOOOOOOOOOOOO!
 
Posted on 09-19-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते काजिको मुखमा कस्ले बजाएछ।
यो गाउमा नि सिमा परिका दुस्ट छिमेकि घुसे कि कसो।
 
Posted on 09-19-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि छ?

तारेमाम् है सुर् न ताल् को
 
Posted on 09-19-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्! ठोकेम् अब कुलेलाम्!

तारेमाम्!
 
Posted on 09-19-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबका सब बिजी भएर ब्यस्त छन्, चौतारीको हेरबिचार गर्ने न भएर अस्तब्यस्त भेछ। के गर्ने के न गर्ने। तारेमाम्।
 
Posted on 09-19-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि छ?
छ भने ठुल्दाइ को तारेमाम जम्मै गाम्ले लाइ।
 
Posted on 09-19-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनुराधा"

भाग ५

त्यो रात जति लामो रात मैले भोगेको छैन। एक तमासले घडी टिक् टिक् टिक गर्दै सुन्यता भङग भै राखेको थियो। निद्रा लागेन। लाग्ने कसरी? के भन्ने हुन्, अनुराधाले? के कति गल्ति भए अथवा भएनन्, राम्रो कुरा कि अशुभ समाचार? अनेक प्रश्न प्रक्षेपण भै रहे, म निरुत्तर निद्रा देबीको खोजीमा। लगभग अनिदो रात संगै बिहानीले ब्युंझायो, संझायो-
तैंले गल्ती गर्या भए पो टेन्सन् लिने, नत्र के को टेन्सन्।
टेन्सन् लेनेका चिज नहिं है देनेका भन्छन्, हिन्दीमा।
केही बेर मन शान्त भयो, जस्तो आंधी आउन अघिको सुन्यता।
बिहान एक शिफ्ट काम् गर्नु त छंदैथ्यो। काम् सक्याएर सदा झै हतार हतार भात खाइवरी स्कूलतिर लागें।

स्कूल पुगे पछि फेरि टेन्सन्, हाफ ट्याम कहिले हुने हो र के कुरा भन्ने हुन् फेरि भनेर।
पढाइ हुदै थ्यो क्लासमा अफ्नो मनमा भने बेस्सरी गोदाइ हुदैंथ्यो। बल्ल हाफट्याम को घण्टी लाग्यो। खाजा खाने होइन आज गाली खाने तयारीमा थिएं।

लौ भन, हिजो के भन्नु थियो भनेको, ह्याँ यस्तो टेन्सन् भयो, रात भरि आटेन्सन् बस्नु पर्‍यो।
मैले एक सास मा भनी हालें।
"खास कुरा केही होइन"
"केही होइन रे" केही होइन भने हिजो के भनेको नि, झण्डै ज्यान खुस्केको।"
केही त पक्का छ, स्कूल न आएको, बुबाले गाली गरेको भन्दा नि अरुथोक् छ -लौ भनी हाल।
मैले कर गरे पछि बडा अप्ठ्यारो मान्दै भनी-
"तिमीले मेरो बारेमा के सोचेका छौ"?
मैले बुझिन, उनको कुरा।
के तिम्रो बारेमा भनेको? प्रतिप्रश्न गरें।
"मेरो बारेमा कस्तो फिलिङ् छ भनेको "

"एहे त्यो पो, अब के भन्ने खै, रुपमा च्वाँक छ, पढाइ खतरा छ, बानी अलि नखरा छ।"
मैले यति के भनेको ठुस्की हालिन्।
"यस्तो सिरियस कुरा म नि जोक गर्ने भनेको हुन्छ? जहिले नि जोकिङ् गर्ने बानी मलाई पटक्कै मन पर्दैन।"
उनको दनक खाजा खाएको भन्दा बढी भो।

हुन त मैले उनको सोधाईको गाम्भीर्यता बिलकुल अन्दाज थियो। तर उनले चाहेको उत्तरको अन्दाज थिएन, त्यसैले जोक गरेको थिएं। उनी प्रति मेरो भाव, लगाव कस्तो थियो , त्यो बिल्कुल अटल र अटल थियो नै। उनको कुरो को चुरो नबुझी तर भन्ने सक्ने स्थितिमा थिएन। त्यसैले मैले भनें।

आइतबार सम्ममा सबै कुरा क्लियर गरि दिन्छु, अहिले मलाई सोच्ने समय देउ।
"हुन्छ, सोचेर भन न आइतबार्।"
क्रमश:
 
Posted on 09-19-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु अनुराधा भाउजु आउनु भएछ। म चाइ ग्रिहकार्य गर्न छोडेर कथा पढ्न बसे।

धन्यबाद छ ठुल्दाइ लाइ अर्को भाग को लागी।
 
Posted on 09-19-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gwanche, Nepche, Rahul Sudda, Masterni nani, Bhaute Kaji , Poonte baje, Sannani sabailai JADAU hai :-)

Dheari pachhi ako chautarima sarai ramailo rahechha ni.......pahilako jastai...
 
Posted on 09-19-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ! यो सोझो कुम्लेको!

सबैजनालाई सन्चै होला क्यारे! खोइ त आजकाल कोहि नि देखिन्नन् नि किन हो? कि सबैजना बिजी भएर ब्यस्त भा हो?

राहुलदाई: हजुरको अनुराधा कथा चाँहि हामीले नि फलो गरि राछुम है! अरु नि चाँडो जाओस!

चना ब्रो: यतै हो कि दार्जिलिङ तिर हो?

जिम्माल बा: नलि खुट्टोले गार्हो पार्यो कि कसो चौतारी आउन?

हरितालिके: कस्तो ब्यस्त यार!

भउते: खोइ अरु गजल आउनै छाड्यो नि! लेख्न परेन र भन्या।

अन्तरे दाई: हा हा हा! अब चाँहि चिने चिने जस्तो भयो। त्यो एच वान बी र ओ पिटी को थ्रेड चाँहि राम्रो लाग्यो।

रिट्ठे ब्रो: के छ ब्रो हालखबर? रङ्गेली तिरको काठको पुलमा कत्तिको साइकल कुदाइयो हौ?

पून्टे दाई: किन हो यस्तो मान्छे नआउनेबेलामा मात्र झुल्किने?

गोतामे दाई: हजुरको कथा पढेर रमाइलो लाग्यो। आर्या नि ठुली भइन हैन? रमाइला हुन्छन् है सानी नानी सङ बिताएका समयहरु।

गालब: कता हरायौ बालक?

दादा: दादा ब्रो त टाप दियो कि के हो? आजकाल त नाक मुख नि देखिन्न त चौतारीमा।

ग्वाँचे: ब्रो! आज को ६ बलमा ६ वटा छक्का कस्तो लाग्यो? ;-)

चिप्लु पाट: खोइ यार नयाँ फोटोहरु छैनन्?

नेपे दाई: खोइ आजकाल नयाँ नयाँ अप्टिमिस्टिक कविताहरु आउन छाडे नि।

नमे: के छ यार? के हो तिमी नि बेपत्ता छौ नि।

झिल्के: चना ब्रो सङ्गै हो दार्जिलिङ तिर? कि अझै स्विट्जरल्यान्डमा?

सानोकान्छ: नयाँ गाना टाँस्ने होइन?

चित्रे: फोकटमा ब्यस्त हुन्छ यार तिमीपनि। यसो हाम्लाई नि ट्याम दिन पर्यो नि।

मिस्टे: खोइ कता हरायौ तिमी? नयाँ नयाँ एमपीथ्री चाहिएको थियो। ;-)

नेप्चे: स्कूलाँ मास्टरसङ बसेर गफ मात्रै लडाइन्छ कि पढिन्छपनि?

यामे ब्रो: खोइ त आजकाल को को ले कत्ति कत्ति पोस्ट गर्यो भन्ने चार्ट नि हेर्न पाइन्न त।

बब दाई: के हो यु एस ओपनको ह्याङ ओभर ले छोड्यो? :पि

दीप ब्रो: सीमा काटे देखी त फर्केर नि आइएन नि। ;-)

कलन्की ब्रो: साइकलबाट बबाल उछिटिएको थियो भन्ने हल्ला छ नि। लास्टै भएछ यार! हा हा हा!

रिगल: क्या नाम! बदनमा दर्द पो हुन थाल्यो हो, एउटा रम खलास गर्नुपर्यो हो सुबेदार बाजेको घरमा गएर।

जग्गी: एमेस्सी!!!

निसपाट: आम्बो! ब्रो त बबाल एसएमएस हान्दै बसेको छ रेन्त! लु हान ल ब्रो हान!

मदनवा: कि छ रे तिम्रो हालखबर? कता हराइलियो तिमी?

सुन्तली ब्रो: लु अर्को नि दामी गाना जाओस हौ!

माकुरे: लौलौ तिम्रो त के कुरा गर्नु! मान्छे नै म्याभेरिक रे! हे हे हे!

दुर्गे भाउजु: दाई खोइ?

नेप्ची भाउजु: दाईले अनुराधा कथा सुरु गरे देखि भाउजु त हराउनुभयो नि।

मिस: दिदी सन्चै?

सान्नानी: के छ हौ तिम्रो खबर?

ठुली: कस्तो ब्यस्त नि फेरि?

तितौरी: ओहो! हराउने फेसनै हो कि के हो? सब हराउन थाले त! लु लु चाँडो आउ।

सुनिमा: डाउडर्नी नानी! कता बिजी?

सब्बु: आँच कता हरायो हौ तिमी त! लु आबो अर्को जेन्टल मान्छे खोज्नुपर्छ के!

मुन्नी: आजकाल न साली देखिन्छिन् न त भेना नै! किन हो?

लास्ट बट नट द लिस्ट: सम्पुर्ण दिदी, बहिनी, भाउजु, साथीहरुलाई पनि मेरो तर्फबाट न्यानो अभिवादन!

जय चौतारी!
 
Posted on 09-19-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरेँ कुम्लेदा'। एक हप्तालाई भाउ पुर्याएर टाप कस्न ला' जस्तो छ नि।
 
Posted on 09-19-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाउ उ उ उ उ उ उ उ कुम्ले ब्रो,
१ हप्ता पनि हैन १ महिन कै dose जस्तो छ नि।

साँझ पख एकन्तमा तिमिलै सम्झिदा ....

रात्रिको अंधेरो बिहानी को सुनौलो, संसारको रित यस्तै हो साथि ....

सन्ध्याकालीन् तारेमाम सबै गाम्लेहरुलाइ।
 
Posted on 09-19-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुम्लेको एक महिने डोज, दामि छ ।
राहुल दाइ क्रमश: लाइ तन्काउदै लगम है, घाटी तनक्कार बसेको छु म त !
 
Posted on 09-19-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-07 5:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे: फोकटमा ब्यस्त हुन्छ यार तिमीपनि। यसो हाम्लाई नि ट्याम दिन पर्यो नि।
 
Posted on 09-20-07 5:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गिरीलाइ चौतारीमा स्वागत छ । फेरी फेरी आउदै गर्नुहोला, तपाइलाइ चौतारी मन पर्न सक्छ !
 
Posted on 09-20-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले। भ्याईएन। फेरि भेटम्ला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters